जलजला यातायात प्रा.ली. जनताका लागि हो

नन्दबहादुर पुनमगर
अध्यक्ष
२धन्यवाद छ तपाईहरुले जलजला यातायात प्रा.ली सञ्चालन हुने भएको छ । यहाँको परिचय दिनुहोस नी ?
%मेरो नाम नन्दबहादुर पुनमगर हो । मेरो घर जंकोट गाउँ विकास समितिको वडा नं ४ मा पर्दछ । अहिले म जलजला यातायात प्रा.लि.को अध्यक्ष भई आफ्नो भूमिका निर्वाह गरिरहेको छु भने म जलजला यातायात व्यवसायी समितिको पूर्व व्यवसायी पनि हुँ ।
२तपाई एक्सासी अध्यक्ष बन्नु भएको हो की कहिलेदेखि यातायात व्यवसायीमा लाग्नु भयो नि ?
%होइन हाल जिम्मेवारी बहन गरेको मात्रै हुँ । म यस यातायात व्यवसायी क्षेत्रमा २०६५ साल देखि लाग्दै आएको थिएँ ।

२रोल्पा जस्तो कम यात्रुको चाप हुने जिल्लामा किन जलजला यातायात प्रा.लि. सञ्चालन गर्नु भएको हो ?
%हामीहरू यस जलजला यातायात प्रा.लि. सञ्चालन गर्नको लागि मुख्य उद्वेश्य अन्य व्यवसायी संस्था र व्यक्तिहरूको नेतृत्व अधिन भित्र नरहनुका साथै यात्रुको सङ्ख्याको चापलाई मध्यनजर गर्दै यात्रुलाई प्रभावकारी सेवा प्रदान गर्नका लागि जलजला यातायात प्रा.लि. सञ्चालनमा ल्याएका हौं ।
२तापाईको अध्यक्षतामा जलजला यातायात प्रा.लि सञ्चालन गरिरहँदा कति ओटा यातायातका सधानबाट प्रा.लि.ले आफ्नो सेवाको आरम्भ गरेको छ ?
अहिले यस जलजला यातायात प्रा.लि.मा १२ ओटा यातायातका साधन जीपहरूबाट प्रा.लि.को सेवाको आरम्भ गरेका छौं । आगामी दिनमा हामी प्रर्याप्त यातायातका साधनका साथ जिल्ला लगाएत अन्य ठाउँका यात्रुलाई प्रा.लि.ले आफ्नो सेवा प्रदान गर्नमा निरन्तर प्रयन्त गरिरहने छौं । यातायात व्यवसायीहरूले प्रा.लि.का यातायातका साधन भित्रिने दर्ता गर्ने क्रम बढ्दो अवस्थामा रहेको छ । निकट भविष्यमा प्रर्याप्त यातायातका साधनबाट प्रा.लि.को सेवालाई यात्रुको माग अनुसार प्रदान गर्ने गरी तयारी गरिरहेका छौं । ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंं
२यस प्रा.लि.ले जिल्लाको कुन–कुन स्थानमा आफ्ना सेवाको आरम्भ गरिरहेको छ ?
%अहिले जिल्लाका थाबाङ, मिरूल, बागमारा, घर्तीगाउँ, तालाबाङ लगाएतका थानीय रूडमा जलजला यातायात प्रा.लि.ले आफ्नोको आरम्भ गरिरहेको छ । आगामी दिनमा जलजला यातायात प्रा.लि.ले जिल्लाका स्थानीय रूड लगायत जिल्ला बाहिरका रूडमा प्रा.लि.को सेवा आरम्भ गर्ने तीव्र तयारी गरिरहेका छौं ।
२जलजला यातायात प्रा.लि.ले जिल्लाको स्थानीय रूडमा आफ्नो सेवाको आरम्भ गरिरहेको अवस्थामा ति स्थानबाट कति बजे जीप छुट्ने गर्दछन् नि ? अध्यक्ष ज्यू ।
%जलजला यातायात प्रा.लि.ले अहिले स्थानीय रूडमा सञ्चालन गरिएको जीप छुट्ने समय तालिका निम्न अनुसार जीपहरू छुट्ने गर्दछन् । जसमा लिबाङदेखि बागमाराका लागि बिहान ६ः३० बजे, बागमारादेखि लिबाङका लागि बिहान ६ः४५ बजे, लिबाङदेखि थबाङका लागि बिहान ८ः०० बजे, थबाङदेखि लिबाङका लागि बिहान ३ः०० बजे, लिबाङदेखि मिरूलका लागि बिहान ८ः३० बजे, मिरूलबाट लिबाङका लागि बिहान ७ः०० बजे, लिबाङदेखि घर्तीगाउँका लागि बिहान ७ः३० बजे, घर्तीगाउँबाट लिबाङका लागि बिहान, लिबाङदेखि तालाबाङका लागि बिहान १०ः०० बजे, तालाबाङदेखि लिबाङका लागि बिहान ७ः०० बजे छुटाउने कार्य गरेका छाँै ।
२जलजला यातायात प्रा.लि. ले सञ्चालन गरिएको स्थानीय रूडमा निर्धारण गरिएको भाडादर र जलजला यातायात व्यवसायी समितिले निर्धारण गरिएको भाडादरमा कति फरक छ ?
%जलजला यातायात व्यवसायी समितिले सञ्चालन गरिएको स्थानीय रूडमा निर्धारण गरिएको भाडादर र जलजला यातायात प्रा.लि.ले सोही स्थानीय रूडमा सञ्चालन गरिएको जीपको भाडादर केही समयको लागि यथावत भाडादर कायम गरिएको छ । हामी आगामी दिनमा जलजला यातायात प्रा.लि.ले सञ्चालन गरिएको रूडमा जलजला यातायात व्यवसायी समितिले निर्धारण गरिएको भाडादरभन्दा फरक भाडादर कायम गर्ने तयारी गरिरहेका छौं । साथै जलजला यातायात प्रा.लि. ले आगामी दिनमा यात्रु मैत्री बनाउने प्रयत्न पनि गरिरहेको छौं ।
२जलजला यातायात प्रा.लि.ले आफ्नो सेवा सञ्चालनको समयमा यात्राको क्रममा यात्रु चढाउने चलन छ कि छैन नि ?
%जलजला यातायात प्रा.लि.को सेवाको क्रममा बिच बाटोमा सामान र यात्रु राख्ने चलन छ तर जीपको क्षमता भन्दा बढि ओभर लोड र अनावश्यक सामान नराख्न प्रा.लि.का व्यवसायीहरूलाई निर्देशन समेत गरिएको छ ।
२प्रा.लि.को नयाँ सेवा के हो ?
%जिल्लामा यात्रुको माग अनुसार यात्रुलाई सेवा प्रदान गर्नुका साथै आपतकालीन सामानहरू निःशुल्क आदन प्रदान गरिदिने र यात्रुहरूको सामान लगाएत जरूरी सामानहरू सपलायर्स गरिदिनु हो ।
२अन्त्यमा केही भन्नु हुन्छ, कि ?
%म के भन्न चाहान्छु भने यो हाम्रो रोल्पाली यातायात व्यवसायीलाई कसरी आधार गरौं । प्रा.लि.बाट जिल्लाका स्थानीय रूडमा अहिलेसम्म कष्टपूर्ण यात्रा गर्न बाध्य भएका जिल्लाबासी लगाएतका यात्रुहरूको यात्रालाई सहजताका यात्रा र सुरक्षित यात्रा बनाउने नै यस प्रा.लि. को प्राथमिकता दिने छौं । यस प्रा.लि.को सेवालाई आगामाी दिनमा यात्रु मैत्री बनालाका लागि यात्रु महानुभाव लगाएत सारोकारवाला निकायहरूको अमुल्य सल्लाह सुझावको अपेक्षा गर्दै लजलला यातायात प्रा.लि.को बिचार धारणा सार्वजनिक गर्ने अवसर दिनुभएको रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाका प्रकाश एवं सम्पादक मानसिंह वि.क.लाई प्रा.लि.को तर्फबाट हार्दिक कृतिज्ञता प्रकट गर्दछु ।

You may also like