२०७३ भादर् ५

एउटामात्रै लिबाङ नगरपालिका सरोकारवाला निकायको चासो हुँदा मात्रै सफा हुन्छ । तर आज भोली फोहर लिबाङका विभिन्न स्थानमा थुप्रिएका छन् । टेक्टर पनि आएको छैन । यसको व्यवस्थापनमा बारेमा लिबाङ नगरपालिकाका निमित्त कार्यालय प्रमुख श्यामलाल के.सी.सँग हाम्रा कार्यकारी सम्पादक रेशम बिकले उहाँसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।
तपाईलाई रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको तर्फबाट हार्दिक स्वागत गर्दै यस नगरपालिकाको क्षेत्रभित्र सरसफाइ कसरी भइरहको छ ?
धन्यावाद । यस लिबाङ नगरपालिका रोल्पाको बजार क्षेत्रको सरसफाइ अस्थायी रुपमा धांसीखोलाको किनारामा व्यवस्थापन गर्दै आइरहेकोमा हाल अविरल वर्षातका कारण गाडि जाने बाटो अवरुद्ध हुदाँ सरसफाइ कार्यक्रम स्थगित भएको छ ।
नगरपालिकामा नियमित रूपमा नै सरसफाइ गरी रहँदा अहिले बजारमा फोहोर कसरी थुप्रियो । यस विषयमा पनि बताइदिनुहोस् ।
अत्यन्तै समसायिक प्रश्न राखिदिनु भयो, नगरपालिकाको स्थापनासंगै यस नगरपालिकाले नियमित रुपमा सरसफाइ गर्दै आएको हो । प्रत्येक हप्ताको विहीवार र शुक्रबार दैनिक १२÷१३ ट्याक्टरका दरले बजारक्षेत्रको फोहर उठाउदै धांसिखोलाको किनारामा व्यवस्थापन गरीदै आएकोमा हाल वर्षातका कारण उक्त स्थानसम्म गाडी जान नसकेको र अन्यत्र व्यवस्थापन गर्ने स्थल नभएकोले हाल नगरपालिकाको बजार क्षेत्रभित्रको सरसफाइ कार्यक्रम स्थगित गर्नु पर्ने वाध्यता भएकोले नगरपालिकाको गाडिले फोहर नउठाउँदा बजारमा फोहर थुप्रिएको यथार्थ हो । भरखरै नगरपालिकाको पहलमा जिल्ला स्तरीय राजनैतिक संयन्त्र सम्मिलित फोहरमैला व्यवस्थापन स्थल खोजी टोलीले तीन स्थानको अध्ययन अवलोकन गरी वातावरणीय हिसावले, दुरीको हिसावले, लागतको हिसावले सबैभन्दा उपर्युक्त स्थान लिबाङ नगरपालिका वडा नं.९ को बग्र भन्ने स्थान छनौट भएको प्रतिवेदन पेश गरेको छ । अव त्यसै अनुसार अगाडी बढ्ने कार्यक्रम छ ।
नगरपालिकाको क्षेत्रभित्र फोहोर व्यवस्थापनको समस्या अहिलेसम्म किन समाधान हुन सकेन ?
पहिलो कुरा त बजारवासीले कमभन्दा कम फोहर उत्पादन गर्न सक्नु भएको छैन, त्यसैमा पनि गल्ने र नगल्ने फोहर छुट्टयाएर गल्नेलाई गलाई मलको रुपमा प्रयोग गर्न नसक्नु पनि कमजोरी नै हो । अब रह्यो नगरपालिकको भुमीका (फोहरमैला व्यवस्थापन स्थल छनौट भइसकेको छ, अब त व्याकहो लोडर पनि आइसकेकोले सोको निर्माण पछि बजारको फोहरमैला व्यवस्थापन कार्य नगरपालिकाले छिट्टै शुरु गर्ने छ ।
नगरपालिकालाई सफा सुघर बनाउनमा कुन–कुन निकायले कस्तो जिम्मेवारी निर्वाहको आवश्यक परिहरको छ । जिल्लाको एक नगरपालिका लिबाङलाई कार्यकारी अधिकृत ज्यू ।
नगरपालिकालाई सफा सुग्घर बनाउन सबैभन्दा जिम्मेवारी त नगरवासीले नै गर्नु पर्छ । नगरवासीले कमभन्दा कम फोहर उत्पादन गर्न सक्नु पर्छ । उत्पादन भएको फोहरमा पनि गल्ने र नगल्ने फोहर छुट्टयाएर गल्नेलाई गलाई मलको रुपमा प्रयोग गर्न सक्नु पर्छ । त्यति गर्दा पनि उत्पादन भएको फोहरलाई नगरपालिकाले राखेको फोहर मलाई भन्ने कन्टेनरमा राखि दिनु भयो भने मात्र नगरपालिकालाई फोहरमैला व्यवस्थापन गर्न सहज हुने छ । यसे भयो भने मात्र हामीले सरफाइको हकमा गरेको नगरवासीको प्रतिवद्धता पुरा भइ हाम्रो लिबाङ नगरपालिका रोल्पा सभ्य, सफा र सुन्दर हुने छ ।
नगरपालिका घोषणा भएको लामो समयपछि पनि दम्पिङ साइटको व्यवस्थामा किन ढिलाई भइरहेको छ ?
नेपाल सरकारबाट यस लिबाङ नगरपालिका रोल्पाको स्थापनासंगै यस नगरपालिकाले नियमित रुपमा सरसफाई गर्दै आएको हो । प्रत्येक हप्ताको विहीवार र शुक्रबार दैनिक १२ देखि १५ ट्याक्टरका दरले बजारक्षेत्रको फोहर उठाउदै धांसिखोलाको किनारामा व्यवस्थापन गरीदै आएकोमा हाल वर्षातका कारण उक्त स्थानसम्म गाडी जान नसकेकोले बजारको फोहर लामो समयदेखि उठाउन सकिएको छैन र अन्यत्र व्यवस्थापन गर्ने स्थल नभएकोले बजार क्षेत्रभित्रको फोहर थुप्रदै गएको छ । स्थायी डम्पिङ साइतको खोजिका लागि पटक पटक प्रयास नगरीएको होईन । धेरै पटक सम्भाव्य स्थानको खोजी गरी व्यवस्थापन गर्न खोजिएकै हो ।कुनै ठाउँ व्यक्ति विशेषबाट त कुनै ठाउँ समुदायबाट अवरोध भइ डम्पिङ साइटको व्यवस्थापन हुन सकिराखेको छैन ।भरखरै नगरपालिकाको पहलमा जिल्ला स्तरीय राजनैतिक संयन्त्र सम्मिलित फोहरमैला व्यवस्थापन स्थल खोजी टोलीबाट फोहरमैला व्यवस्थापनका लागि सबैभन्दा उपर्युक्त स्थान लिबाङ नगरपालिका वडा नं.९ को बग्र भन्ने स्थान भएको प्रतिवेदन पेश गरेको छ । विवाद नभए अव त्यसै स्थानलाई डम्पिङ साइतको रुपमा प्रयोग गर्न प्रकृया अगाडि बढाईनेछ ।
नगरपालिका क्षेत्रभित्र जथाभावी फोहोर गर्नेलाई किन सरसफाइ ऐननुसार नगरपालिकाले कानूनी दायरामा ल्याउन सकिएको छैन
नगरपालिकाले मात्र एक्लो रुपमा कसैलाई कानुनी दायरामा ल्याउन सक्दैन । सरसफाइ सम्बन्धी कानुन छ । तर कानुन प्रयोग गर्न स्थानीय प्रशासनले सहयोग गर्नु प¥यो, सुरक्षाकर्मीले सहयोग गर्नु प¥यो, टोल विकास संस्थाहरुले सहयोग गर्नु प¥यो र सरसफाइसंग सम्बन्धित सबै निकाय तथा सरोकारवाला सवैले सहयोग गरेमा जथाभावी फोहर गर्ने व्यक्ति समुदायलाई कानुनको दायरामा ल्याइ कारबाही गर्न सकिन्छ ।
नगरपालिकाको जथाभावी सार्वजनिक ठाउँमा फोहोर फ्याक्ने गरिरहेका छन्, नगरपालिका र सरोकारवाला निकायको अनुगमन कसरी गर्दै हुनुहुन्छ ।
नगरवासी तथा बाहिरबाट आएका व्यक्तिहरुले जथाभावी रुपमा सार्वजनिक स्थानमा फोहर फ्याकिरहेका छन् । तर फोहरमैला व्यवस्थापन गर्न डम्पिङ साइट र बाटोका अभावले फोहर उठाउन सकिएकै छैन भने सरसफाइको के अनुगमन गराइ भयो र अनुगमन र टि इन कार्यक्रम स्थगित छ ।
जिल्लाको महत्वपूर्ण क्षेत्र टुडिखेललाई फोहोरमुक्त बनाउनमा नगरपालिकाको दीर्घकालीन योजनाको बारेमा पनि बताइदिनुहोस् ।
टुँडिखेल (रोल्पा जिल्लाको महत्वपूर्ण क्षेत्र जसलाइ जिल्लाको मुटु भन्दा पनि हुन्छ ।) त्यस्तो स्थानमा फोहर थुप्रिदा कुन चाही रोल्पालीको मन रुदैन होला र । बजारमा व्यवसायी गरी वस्ने तथा अन्य महानुभावले फोहरमैला राखेको बोरा टेकमनले भेट्ने ठाउँमा राखि दिनु भएन वा आफै राति आएर फोहर टुँडिखेल फालिदिनु भएन । यातायात व्यवसायीहरुले आफ्ना यात्रीहरुलाई जथाभावी फोहर नफाल्न र फाल्नै परे नगरपालिकाको कन्टेनरमा फाल्न लगाउनु प¥यो । बजारलाइ प्लाष्टिक झोला मुक्त बनाउनु प¥यो । आ–आफ्ना घर आगनमा उत्पादन भएको फोरहमैला सड्ने र नसड्ने छुट्टयाई सड्नेलाई सडाई मलको रुपमा करेसावारी वा अन्य वारीमा प्रयोग गर्नु प¥यो । नगरवासीलाई यो सम्बन्धी तालिम र सचेनामुलक कार्यक्रमबाट सचेत गराइएकै छ । नसड्ने फोहरलाई नगरपालिकाको जिम्मा लगाए पछि नगरपालिकाले आफै व्यवस्थापन गर्छ । ति फोहर अस्थायी रुपमा फोहरमैला व्यवस्थापन गर्न अस्थायी फोहरमैला व्यवस्थापन स्थल लिबाङ नगरपालिका वडा नं.९ को वग्र भन्नेै स्थानमा गर्ने छ र अब नगरपालिकाले छिट्टै दिर्घकालिन फोहरमैला विसर्जन स्थलको खोजी गर्ने कार्य अगाडि वढाउने छ ।
नगरपालिकालाई सफा सुघर बनाउनमा नगरपालिकाले अहिलेसम्म सञ्चालन गरेका अभियानहरू पनि उल्लेख गरिरदिनुहोस् ।
लिबाङ नगरपालिका रोल्पालाई सफा र सुग्घर बनाउन अहिले सम्म सञ्चा्लन गरेका अभियानहरु तपसिल बमोजिम छन ।
क)नगरवासीलाई फोहरमैला व्यवस्थापन सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम सञ्चाबलन र नगरवासीबाट फोहरमैला व्यवस्थापन गर्ने छौ भन्ने् प्रतिवद्धता गराएको ।
ख) नगरवासीलाई फोहरमैला संकलनका लागि फोहर मलाई लेखिएको कन्टेनर र सडाउने भाडो वितरण गरीएको । फोहरमैला शिर्षकमा रकम विनियोजन गरी महिनाको प्रत्येक हप्ता १२÷१५ ट्रिपका दरले फोहरमैला उठाई व्यवस्थापनस्थल लगि व्यवस्थापन गर्ने गरीएको ।
ग) नगरपालिकाका बजारक्षेत्रमा बजारवासीलाई विहान टिन इन कार्यक्रम गरी बजारवासीलाइ सचेत गराउनुका साथै शौचालयको अवस्था बारे अनुगमन गरेको ।
घ) दीर्घकालीन रुपमा फोहरमैला व्यवस्थापन गर्न ल्याण्ड फिल्ड साईड स्थल खोजी कार्य गरी हाल लिबाङ नगरपालिका वडा नं.९ को बग्र भन्नो स्थान उपर्युक्त स्थान भएको प्रतिवेदन प्राप्त गरेको ।
ङ) फोहरमैला व्यवस्थापन कार्यमा प्रयोग हुने मेसिन (व्याकहो लोडर) खरिद गरी अपरेटरको समेत व्यवस्था गरेको ।

लिबाङ नगरपालिकामा निर्माण न भवन नक्सा स्वीकृत भएर मात्र निमाण कार्य आगाडि बढेका छन् कि छैनन् ?
यस नगरपालिकाको मिति २०७२ पौष २५ गतेको नगरपरिषद्बाट लिबाङ भवन निर्माण तथा सडक मापदण्ड २०७२ पारित भइ लागु समेत भइसकेको छ । निर्माणाधिन भवन जस्तो अवस्थामा वनेको छ त्यस्तै अवस्थामा अभिलेखिकरण गरीने छ भने अब बन्नेन भवन नक्सा पास गरेर मात्र निर्माण गर्न सुचित गरी सकिएको छ ।अटेरी गरी भवन निर्माण गर्नेहरुको नक्सा पास पनि हुदैन र अभिलेखिकरण पनि हुदैन । तर त्यस्तो खालको पाइएको छैन ।
नक्सा स्वीकृति नलिएर निर्माधिन भवन र निर्माण भइसकेका भवनलाई नगपालिकाले के गर्दै छ ? साथै घडेरी विक्रिमा पनि भवन निर्माण निर्दे्शिका भन्दा फरक मापदण्डले पास हुँदैछ भन्ने छ, वास्तविक के हो, नि ?
यस नगरपालिकाको मिति द्दण्ठद्दरण्ढरद्दछ को नगरपरिषद्बााट लिबाङ भवन निर्माण तथा सडक मापदण्ड २०७२ पारित भइ लागु समेत भइसकेको छ । निर्माणाधिन भवन जस्तो अवस्थामा वनेको छ त्यस्तै अवस्थामा अभिलेखिकरण गरीने छ भने अब बन्नेभ भवन नक्सा पास गरेर मात्र निर्माण गर्न सूचित गरी सकिएको छ ।अटेरी गरी भवन निर्माण गर्नेहरुको नक्सा पास पनि हँुदैन र अभिलेखिकरण पनि हँुदैन । घडेरी पास गर्दा मापदण्ड विपरीत त हुँदैन, किन कि त्यो मापदण्ड त मालपोत कार्यालय र नापी कार्यालय रोल्पाले समेत कार्यान्वयन गर्नु पर्छ ।

नगरपालिकाबाट भवन निर्माण सम्बन्धी निर्दे्शिका पास भएदेखि यता कति भवन निर्माणधिन अवस्थामा छन् । ति निर्माणाधिन भवनको नगरपालिका सहित जिल्लाका सरोकारवाला निकायले अनुगमन कसरी गर्दै हुनुहुन्छ ।
निर्माणाधिन भवन निर्माण सम्पन्नध भएपछि अभिलेखिकरण मात्र गर्ने हो ।अब निर्माण हुने भवनको हकमा ठ जना महानुभावले दरखास्त दिनु भएको छ । कार्य शुरु हुन वित्तिकै अनुगमन टोलिले अनुगमन गर्छ ।
अन्तिममा यस पत्रिकाकाबाट केही भन्नु हुनुहुन्छ, कि ?
सरसफाइ र फोहरमैला सम्बन्धी आफ्नो भनाइ र कार्यक्रम वारे विचार राख्नेछ अवसर दिनु भएकोमा यस पत्रिका परिवार सबैलाइ धन्याद साथै पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना ।

You may also like