बाधक व्यक्ति हुन्छ, संस्था हुँदैन भन्दा ठिक होला, मुख्य बाधक हो दुराचारी, भ्रष्टाचारी जस्तागलत प्रवृत्ति समतामुलक समाजको बाधक हुन्–मौनी स्वामी कलकी बाबा

बाधक व्यक्ति हुन्छ, संस्था हुँदैन भन्दा ठिक होला, मुख्य बाधक हो दुराचारी, भ्रष्टाचारी जस्तागलत प्रवृत्ति समतामुलक समाजको बाधक हुन्–मौनी स्वामी कलकी बाबा

धर्म संस्कार संस्कृतिप्रति आस्थावान राख्ने मानिसहरू धेरै पाइन्छन् । वषौंदेखि बोलेर नै दैनिक जीवन निर्वाह गर्ने कुरा सामान्य कुरा होइन । तर, मौनी कलकी बाबाले धर्म संस्कार र संस्कृतिप्रति प्रतिवद्व भई वि.स. ३०३९ सालदेखि बोल्ने बानी त्यागी नबोलेर नै आफ्नो दैनिक जीवन निर्वाह गर्दै आउनुभएको छ । आफुलाई आवश्यक कुराहरू लेखेर नै प्रतिक्रिय जनाउँदै आउनुभएको छ । शारिरीक दृष्टिकोणले अपाङ्ग भएतापनि कान स्पष्ट सुन्ने, आँखा स्पष्ट देख्ने, चस्माको सहायताले लेख्न सक्ने क्षमतावान बाबासँग बोली त्यागी गर्नुको कारण, धर्म, संस्कार, संस्कृति लगायतका विषयवस्तुमा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाका उप सम्पादक रेशम बि.क.ले लेखन विधि मार्फत गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।
 परिचय बताइदिनुहोस्, न ? 
मेरो नाम मौनी स्वामी कलकी बाबा । महाभारती पनि हो । आफ्नो परिचय दिँदा पूर्वाश्रम मानी गृहस्थ आश्रमको दिनुहुन्न भन्छन् । त्यसो भएर मेरो घर सममलपुरी हो । मैले समन्यास लिएको वि.स. २०३८ साल हो । वि.स. २०३९ सालदेखि बोल्ने गरेको छैन । बोल सतयोगी महाभारती यश्वर कलकी अवतार भगवान्लाई चढाएर आफै आएर मद्वारा बोली दिनुहोला भनेर मौनवर्तमा छु । सुन्नमा आउँछ कि द्वावर युगमा वेदव्यासले बखान गर्नुभयो– गणेशले लेख्नुभयो । गणेशले जय शास्त्रमा लेख्नु भा थियो । व्यासले भन्नु भा थियो– पछि नैमिबारणयमा चाखेद अठार पुराण विभाग गरेर पठन पाठन गर्न सरल बनाएका थिए । वाचन गर्दा वेदव्यासको जीवु काथ्यो लेख्न मिल्दैन र गणेशले लेख्नु भा थियो । मेरो जीवु काम्दैन । कुरा लेख्न चाहन्छु । तर, बिर्सिन्छु । जो याद हुन्छ । सोही ती ३ पत्रमा लेखेको छु । वेदव्यासकी आम शुद्र कन्या हुनुहुन्थ्यो । तपैकी आमा कास्की कन्या हुनुहुन्थ्यो ।
 जन्म कहिले भएको थियो ?
मेरो जन्म वि.स. २००८ सालमा भएको थियो रे । तर, मलार्य थाहा छैन ।
 औपचारिक अध्ययन कतिसम्म गर्नुभएको थियो ?
धेरै पढेँ । त्यसैले ता बोलीवाद भयो । धनुर्वेदाचार्य महाराजनीतिज्ञ, कलकी अबाताराचार्य भन्ने स्वअध्ययन कम हो र , धेरै हो ।
 शारिरीक अपाङ्ग कहिले कसरी हुनुभयो ?
वि.स. २०७१ सालमा अयोध्यानेर भारतको उत्तर प्रदेश गोण्डा स्टेशनमा सुस्त चल्न लागेको रेलमा चढ्छु भन्दा दुबै हातले रेलका दुबै डण्डा समातेर दायाँ खुट्ट सिढीमा राखेर उक्लन खोज्दा बायाँ खुट्टा भुईमा लत्र्यो । उचालेर झरे । २–३ कदम पर पर सरेर बस्दा पछाडी तर्फ ढलेँ । रेल नजिककै देखियो । पछि सर्न खोजेँ । तर, सकिनँ । एउटा मानिसले हेरी रहेको रहेछ । मैले तान्न भनेँ । १ फुट जटि तान्यो । उठेनका लागि बसेँ । दायाँ पैतला छिनिएको थियो । बायाँ कुरकुच्चा फुटेको थियो । होनहार हुन्छ भन्छन् ।
 शारीरिक अपाङ्गा हुँदा हुँदै पनि कसरी धर्म संस्कारको संरक्षणमा वकालतको यात्रा हुनुहुन्छ ?
कुनैपनि काम स्थुल शारीले गर्दैन । स्थुल शरीरता कुनै बेला थिएन । अहिले छ तापनि कुनै बेला मुर्दा हुनेछ । आर्थत काम हुन्छ शरीरद्वारा । देशमा एक्लै हुँदैन । धेरै हुन्छन् । काम ब्रह्माआत्माले गर्छ । शरीर निमित्त बन्छ ।
 दैनिकी कसरी बिताउँदै हुनुहुन्छ ?
मेरो दैनिकी भगवान् भरोसामा बित्दै छन् । मैले बनाएर बन्न सकेको छैन । प्राख्ध जस्तो छ । त्यस्तै हुन्छ भनी कलकी सतयुगको ध्यानमा छु ।
 सहयोगी राख्नुभएको छ, कि छैन ?
सहयोगी आफू जस्तो सदाचारी भए त राख्ने हुन्थ्यो । तर, त्यस्ता सहयोगी पाउन दुर्लभ भयो । म एक्लै पो छु ।
 बसाई कहाँ छ, आजभोली ?
कत्तै छैन । २ दिनभन्दा बढी एक ठाउँमा बस्न मिल्दैन । बस्ने हो भने सतयुगी महाभारती यश्वर कलकी अवतारको कार्य गर्नुपर्छ । भएन भने हानी हुन्छ । म थलिन्छु । औषधी लाग्दैन । तेसो भएर तेस्रो दिन बसेको ठाउँ बद्ली गर्नुपर्छ र चौथो दिन जान मिल्छ । भ्रमण गरिहन्छु । सुनिलस्मृति गाउँपालिका २ नं. वडा स्थित चर्तुभुजमा सममलपुरीनाथ कलकी भगवान् मन्दिर आश्रम बनाउने चेष्टा छ । वि.स. २०५१ सालमा कलकी तीरथ धाम निर्माण कार्य पेश गरेको थिएँ । विरेन्द्र महाराजधिराजले धन्यवाद भन्नु भएको थियो । दुर्भाग्य त्यही सालबाट नेकपा (माओवादी) उत्पन्न भयो । नेपाल सरकार बन्यो । मेरो दशा त्यस्तै छ । सुधार गरिदिने सहयोगी एक पनि भेटिदैनन् । कार्य समितिमा शाकाहारी मानिस हुनुपर्ने हुनाले समिति समस्तान बन्न सकेको छैन ।
 नबोल्नुको कारण के–के हुन् ?
धारा प्रवाह भाषण प्रवचन खुलिन र सतयुगी महाभारती यश्वर कलकी विष्णुलाई बोली चढाएर तपाईकै अंगमा आएर बोली दिनुहोला । म बोल्ने छैन भनेर मौनव्रत बसेको हुँ । ६ महिनापछि भगवान्ले कुरा सुनाउन थाल्नुभयो । मैले सबै याद गर्न सकिनँ । जो याद भयो सो लेखेर ३–४ पत्र बनाएको हो ।
परिवारमा को–को हुनुहन्छ ?
मेरो त कलकी अवतार भगवान् नै सर्वस्व हो । १ दर्जन जटि मोर्ती जयपुरदेखि बनाएर ल्याएँ । राख्ने धाम मन्दिर १ पनि बनेका छैनन् । कलकी भगवानका भक्त तथा कलकीवादी मेरो परिवार हो । कति जना होलान् थाहा दिएको छैनन् ।
 पछिल्लो राजनीतिलाई कसरी नियाल्नुभएको छ ?
राजनीतिक गर्ने मानिसले पैशा नै सबै हो । पैसा आफ्नो मुठ्ठीमा हुनु परेयो । अरुलाई होस् कि नहोस् । पैसा तथा धन सम्पत्ति पूँजी बढाउन मै व्यवस्था राजनीतिक दलका नेता तथा धेरै जनप्रतिनिधिहरू । यति भए पुग्छ भन्ने मान्छे कुनै भेटिदैन र त्यस समस्या समाधान गर्न पूँजी सुधार व्यवस्था मन्त्रालय बनाम भन्ने प्रस्ताव राख्दछु ।
 नबोल्ने जस्तो कठिन कार्यलाई कसरी आत्मसात गर्नुभयो ?
उनैको शक्ति हो । उनैले बन्द गरे होलान् । मुख बन्द गरेर हजारौं मुख खोल्न चाहन्छन् र हो कि मलाई पूँजी सुधार व्यवस्थापन मन्त्रालय स्थापना नहुँदासम्म नबोल्ने महा आदेश–महाहुकुम छ ।
 अन्य स्वामी र तपाईमा के–के फरक छन् ?
मैले महाराजनीतिक गरम भन्छु । महात्म गान्धिको जस्तो स्वराजनीति गरम भन्छु । अन्य स्वामीहरुले के चाहन्छन् भन्न सकिदैन । धेरै खेलाडी छन् । कुँड–कुँड पानी मुडमुड बुद्धि भन्छन् । कुनै असल हुन्छन् भने कुनै कमअसल हुन्छन् । आफ्ना काम जोगिएर गर्नुपर्छ । जोगाउने कलकीवादीको सम्पर्कमा हुनुपर्छ ।
 हालसम्म कुन–कुन ठाउँमा पुग्नुभयो ?
सबै तीरथ स्थलहरुको भ्रमण गरी सकेको छु । बाँकी कुनै पनि ठाउँहरू छैनन् । कैलाश मानसरोवर र दामोदर कुँड एक्लै जान सकिने रहनेछ । एक्लै जान सक्ने ठाउँ भारत र नेपालको सर्वत्र पुगी सकेको छु ।
 चर्तुभुज मन्दिरमा कुन–कुन उद्वदेश्यले आश्रम निर्माणको पहल गर्दै हुनुहुन्छ ?
सबै देवता मठमन्दिर तीरथ उपासना ईशस्थलहरू छन् । कलकी देवताका छैनन् । बनाउनु परो भनी बनाउने हो । कलकी भगवान् सरायुगी विशष्णु हुनुहुन्छ । सतयुगी ब्राह्ण ज्ञानी ब्राह्णको युग हो । सबै मानिसहरू ब्राह्ण बन्नु पर्छ तथा सबै मानिसहरू ब्राह्ण बन्नुपर्छ । सबैलाई समाकृत ब्रह्ण विद्या दान दिनुपर्छ । जातीय भेदभाव गर्नु अपराध हो । जात ठूलो अपराध मद्यमास भक्षण गर्दा हुन्छ । त्यसै सतसमस्कारले ब्राह्ण बन्न नदिएर हुन्छ ।
 मन्दिरको आश्रममा कस्ता क्रियाकलापहरू हुन्छन् ?
सतोगुणी जीवन भन्नु, धार्मिक जीवन भन्नु र देवता जीवन भन्नु एकै हो । मनुष्य नै सतोयु भए देवता, धर्मात्मा हुने हो । मनुष्य नै तमोगुणी भए दानवता अर्धमत्मा हुने हो । देवताको धर्म भाषा संस्कृत हो । सतयुगमा समस्कृतलाई समाकृत भनत घण्टा मान्छे सतोगुण तथा सदाभारी भएर समकृत भाषा पठनपाठन गर्नुपर्छ । गौमताको सेवा गर्नुपर्छ, गृहत्यागी, आश्रम तीरथ बसीको बसोबासको व्यवस्था गर्नुपर्छ । कत्तै गरीवीले पीडित, असाहाय मानव छन् भने उनीहरुलाई आश्रममा लिनुपर्छ । आदी परोपकारी क्रियाकलाप आश्रममा हुन्छन् ।
 आश्रम निर्माणका लागि कुन–कुन निकायमा पहल गर्नुभएको छ ?
धेरै पटक सम्बन्धित निकायहरुमा पलह गरेको थिएँ । तर, सामाजिक कार्य एक्लै गर्न कार्य हैन । समिति समस्याहरू भएर केही भएको छैन ।
 दैनिक आवश्यक आर्थिक व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
नेपाल सरकारबाट प्राप्त हुने समाजिक सुरक्षा भत्ता अनुसार मासिक एक हजार ६ सय र गुठी संस्थाले ६ सयका दुई हण्डी दिएको छ । पशुनाथमा दाता भागतहरुले शोध्छन् केही चाहिन्छ भन्छन् । खाने मान्छे भए राशन पठाउने थिए । तर, कुनै छैनन् । कोलाई पठाउने ठाउँ पनि चाहिदो रहेछ । चर्तुभुजमा दसनाम कलकी आश्रम बनाउने योजना छ । यो भने ता हुनेछ । साधुहरुमा आकाशवृत्ति भन्ने चलन हुन्छ । भगावन् भरोसामा चल्छ । मैले आफ्नो लागि कुनै व्यवस्था गरिन् । भगवान्का लागि गर्ने मनशाय भयो, भवागन्को लागि भन्नाको अर्थ हो । ८ अरब महाभारतीय जनताको लागि भन्नु एकै हो । अझै भनम चराचर जगतमा भगवान् व्यापक हुनुहुन्छ । सम्पूर्ण जीव जगतको लागि भनेर मेरो आफै भैजानेछ, गर्नपर्ने छैन भन्ने कुरामा म विश्वष्ट छु ।
 व्यक्तिगत जीवनका खुसीहरुलाई त्यागरे संस्कार, संस्कृतिहरुको संरक्षणमा सन्तुष्टि हुनुभएको छ ?
छैन । झ्वाट्ट सन्तुष्टि छु भन्दैन । कारण देशको सुधार नगरेर बर्णण गर्न मिलेको छैन । त्यसैले केही तनाव चलिरहेको छ । सायद समिति नहुनाले हुन सक्छ ।
 जीवनमा स्मरीय क्षण के हो ?
नचिताएर, ननिदाएर ज्ञान समाधिस्था हुन सकिन्छ भने जीवनमा त्यो भन्दा स्मरणीय खुसीको क्षण हुन सक्दैन । तर, त्यो सामूहिक साधना नभएर सम्भव छैन ।
 स्वास्थ्य जीवन यापनका लागि के–के कुरामा ध्यान पुराउन आवश्यक छ ?
सात्विक आहार व्यवहार, योग, थेरापीमा ध्यान दिन आवश्यक छ । नेपालमा खानपान बोलीचाली कस्तो छ भन्छन् । सो सत्वयुगी हुनुपर्छ । चाली भनेको व्यवहार स्वच्छ हुनुपर्छ । आम्दानी हुने भए पनि छलकपट गरेर गर्नु हुँदैन । शारिर स्वस्थ्य भएर मात्र हुन्न । मन अंतःकरण पनि स्वास्थ्य गर्नुपर्छ ।
 बोल्दा र नबोल्दाको अनुभूति कस्तो रह्यो ?
बोल्दा असल बोलेभन्दा भन्दै गलत बोली पनि भैजाने रहेछ । मौन रहँदा लेख्न पर्छ । लेख्दा गलत कुरा लेख्न हुन्न भन्ने याद हुन्छ र मन पनि शुद्व हुन्छ । ओमशान्ति संस्था लिबाङ, रोल्पामा खोल्नुभएको रहेछ । ब्राह्माकुमारीहरुले राजयोग पढाउनु हुन्छ । उहाँहरुले धर्म भनेको पवित्रा र साम्ति हो भन्नु हुन्छ । पवित्रा भएन भने साम्ति हुँदैन । साम्ति भएन र अशान्ति भयो भने के धर्म भन्नु जीवन व्यर्थ भैजान्छ ।
 नबोल्दा अभद्र व्यवहार पनि भोग्नु परेयो कि परेन ?
धेरैले गरे, मौन बस्यो भनेर भन्दा पनि राजनीनिक स्वार्थ पूर्ति गर्न हतियार भैदिएन भनी अभद्र्र व्यवहार गरिरहेका छन् । मलाई निर्धन, गरीव, दुःखी, असहाय बनाएर तडफाई रहेको छन् । जो गर्न चाहे विगारी दिने बनाउन सहयोग गरिनन् । पुरै सरकार मेरो लागि असहयोगी भएको छ ।
 नबोल्दा धेरै कुराहरू लेख्दा समस्या हुन्छ होला, नि ?
जाने पो लेख्छ, नजानेपछि त लेख्न समस्या पर्ने नै भयो । मैले ता कलकी पखरःले भन्नु हुन्छ सो सायद भए संमको लेख्छु । मलाई केही समस्या छैन । पापकालीन क्रियाकलाप कलियुग अन्त्य गर्न पुण्यमय सतयुगी कुराहरू लेख्न ता लहर लाग्थ्यो । सबैबाट यस्ता लेख रचनाहरू पाउन पाए । समकृत अंग्रेजी राष्ट्र भाषा तथा मातृभाषा समान रुपले पठनपाठन गर्ने पाठ्यक्रम रचना गर्न पाए, सर्वाङ्गीन सात्विक विकास योजना बनाई दिए, पूँजी सुधार व्यवस्था मन्त्रालय स्थापना गरिदिने सम्पुर्ण समस्या समाधान हुनेथियो ।
 विरामी हुँदा कठिन लेख्न कठिन हुन्छ होला, त ?
कठिनाई नै विरामी हो । विरामी कठिनाई हो । विरामी भएपछि निको पार्ने औषधी त बने । तर, विरामी नहुने उपाय शुन्य जस्तो छ । पतञ्जली र आशता एफ.एम.को विरोध भौगो । त्यो विदेशी हैन थियो । देशी पनि हैन थियो । त्यो त स्वदेशी कार्य थियो । तेले जीवनत्मालाई विरामी हुन नदिन औषधी, योग, ज्ञान, ध्यान दिने, मानिस खानपान, बोलिचाली सुधार शिक्षा दिने थियो । नेपाली टि.भि, एफ.एम.ले दिएको छ ? अंग्रेजी मिडियम बोर्डिङ स्कूल खोल्ने, कुखुरा फार्म खोल, मत्स्य पालन, भेडा बाख्रा पालन गर, बङ्गुर फार्म खोल, मासुमा क्याल्सियम हुन्छ, नियमित अण्डा खाऊ, समस्कृत देव भाषा हटाऊ, साग, फलपूmल र खाद्यन्न भारतसँग माग, डिमे खाऊ, नदिए मासुको झोल खाऊ आत्मनोरञ्जन भनेको ज्ञान, वैराग–भनेको के हो ? मनोरञ्जन घर, होहोरी साझ बनाऊ, केटाकेटी नचाऊ । यो भन्दा कठिन विरामी के हुने हो ।
 मोबाइल फोन प्रयोग गर्नुभएको छ कि छैन ?
मोबाइल फोनबाट विज्ञानले धेरै ज्ञान प्रस्तुत गरेको छ । त्यसैमा रेडियो, टि.भि, क्यामरा लगायत अन्य सेवा सुविधाहरू छन् । मलार्य भने त्यो खोल्न र बन्द गर्न पनि आउँदैन । फोन गर्नु परेको खण्डमा अनुरोध गर्दछु । तैपनि सोच्छु र काम भै जान्छ । अरु आवश्यक अनुभव भएन । अर्काे कुरा म रामताराम हुनाले कुनैले चोरी गरिदिला, लुकाईदिला, विगारीदिला भन्ने फिकारी पनि पर्छ र लहर पनि लाग्दैन ।
योगी नरहरिनाथले हिमाली हुलाक भन्नु हुन्थ्यो । चिठ्ठी पत्र पाउँदा आफ्ना मान्छेले लाने, सरकारी उपकरणको उपयोग नगर्ने भनेको हिमाली हुलाकी हो । सो चलाउन महासमगठन हुनुपर्छ । चारजना बस्ने ठाउँमा एक मोबाइल भए भै जान्छ । असमगठित हुने हो भने सबैसँग एक÷एक मोबाइल हुनुपर्छ । चाहना भए जुन माध्यमबाट पनि सम्पर्क हुन सक्छ । यो ठाउँ सतयुगी असीम महाभारत महाराज्यको महाराजधानी सममलपुरीम हो । सममलपुरी महाराजधानीमा कलकी भगवान्को सतयुगी महाराज दरबार भएको ठाउँ छ । सममलपुरी गोकुल भएको ठाउँ छ । यस विषयमा चर्चा गर्ला । अहिले मलाई कलकी आश्रम चाहिएको छ । सतयुग तपोवन बनाउन जंगल चाहिएको छ । यस विषयमा सोच विचारका लागि म अनुरोध गर्दछु ।
 समतामुलक समाजका लागि हिन्दु संस्कार, संस्कृति हो भन्ने छ, यस विषयमा तपाईको धारणा के छ ?
बाधक व्यक्ति हुन्छ । संस्था हुँदैन भन्दा ठिक होला । मुख्य बाधक हो दुराचारी, भ्रष्टाचारी जस्ता गलत प्रवृत्तिको कारण समतामुलक समाजको बाधक हुन् । महात्मा गाँधीले पाएको निदा गर, पापको निदा नगर भन्नु भएको छ । तिनी बाधकको दमन गर्नुपर्छ । त्यसको उपाय पहिले नै बताइसकेको छु । सतयुगमा कुनै बाधक हुने छैनन् । सजनहरुको बहुमत हनेछ । जनमन ब्राह्मण हैन, कर्ममा ब्राह्मण हुनुपर्छ । विश्व हिन्दु सरकारको सुधारवाद नगरेक ईशायी ईस्लाम थोपी दिने तत्व मुख्य बाधक हुन् ।
अन्य धर्महरुमा ता के छ । भित्र पसेर बझ्न मन लाग्दैन किन भने धार्मिक भन्दैमा धर्ममा तामोगुणी मानिसहरू पनि छन् । देवता सरकार परीक्षितले कलिलाई शुद्व भइरहनु भनेर ७ दिनमा स्वधाम गमन गरेपछि आठौं दिनबाट कलियुग शुरु भयो । ब्राह्मण, क्षेत्री, स्त्रीको जनै हुँदैन । तिनीलाई ब्राह्मण क्षेत्री नै भन्छन् । अस्दृश्य हुँदैनन् । त्यसको शुद्व पनि अस्दृश्य थिएनन् । त्योमा कलि पसेर हिंसा, झै–झगडा, जुवा, मद्यपान, मास भक्षण, चोरी, डकैटी, जस्ता दुराचारण हुन लाग्यो र पुरुै शुद्व वर्णलाई शुद्व वर्ण भनी अस्दृश्य बनायो । तर, त्यो कलिद्वारा चढ्दै वैश्य क्षेत्रीबाट ब्राह्मणसम्ममा समेत पुगेया । अब ब्राह्मण पनि सर्वभक्षी दुराचार छन् । शुद्रमा पनि सदाचारी संमनी आत्मा छन् । अबको छुवाछुत सदाचारी र दुराचारी मा हुनुपर्छ । वर्ण, जातमा हुनु व्यर्थ छ । शुदहरु शुद्व भएर आब वेदव्यास वेद विश्व विद्याश्रम खोलेर सतयुगी महाभारतीय जनता ब्राह्मण हुनु उचित छ ।
 संघीय राज्य व्यवस्थालाई कसरी नियाल्नुभएको छ ?
एकात्मकर संघीय राज्य व्यवस्था एकै जस्तो लागेको छ । केही फरक देखिएन । भारतमा मोदीले नोटवदी गरेको जस्तै लाग्छ । नोट उही छ कागज मात्रै बदल्यो । उसको लागि त गह्राृ होला । जनताको लागि केह फरक परिन । संघीय व्यवस्था के हो सम्झेकै छैन, के भन्छन् । मलाई त केवल महाभारत महाराज्यकै ध्यान छ । महाराज्य संघ बनाए भा शुभ हुने हो । संघीयताले केही गरेको छैन ।
आफ्नो काम आफै गर, स्वालम्बि होऊ, आफैले लगाउने खददार खादी घरबुना बस्त्र आफै बुन, चर्खा चलाऊ, दुराचरण त्याग, सदाचरण अपनाऊ, भनि अहिंसा र सत्यको स्वराजनीति गर भन्ने नेता शिक्षा महात्म गान्धीको र आवश्यक पूँजी मात्र राख, अनावश्यक पूँजी राष्ट्रियकरण गर भन्ने कमरेड लेनिनको नीति लागू गरेपछि जनताको जीवन स्तर परिवर्तन हुने थियो । कलकिवाद भन्ने कुरा सम्पूर्ण तर्क सतयुग स्थापनाका लागि हो । सतयुग सतोयुगी सदाचारीको युग हो । तमोगुणी दुराचारीको युग छैन । धर्म संस्कार र संस्कृतिभित्र विकृति पसेको छ । सुधारवादको लागि हो भने त राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने थिएँ । मेरो माग यो छ कि नेपाली भाषामा नेपालमा जो गरिन्छ नेपाली भै जान्छ । त्यसो भए नेपाली कम्युनिष्ट, नेपाली कांग्रेस, नेपाली जनता नभनेर सुधारवादी कम्युनिष्ट, सुधारवादी कांग्रेस पार्टी, सुधारवादी जनता पार्टी भन्ने या सुधारवादी महादल खोल्ने हो भने सबै नेताहरुसँग भेटघाट गरिन्छ । सुधारवादी महादल खोल्ने हो भने केन्द्रीय समिति कार्य समिति सतोगुणी हुनपर्ने छ । मद्यमास भक्षण त्याग्नु पर्नेछ । धुम्रपान अमल पनि त्याग्नु पर्नेछ । समकृत देव भाषालाई प्रमुख राष्ट्रिय भाषा बनाउनु पर्नेछ । धर्मको ठाउँमा समकृत समस्कृति लेख्न उचित छ । समस्कृत समस्कार,, समस्कृति हुनु परो । धर्म त आफ्नो ठाउँमा छदै छ । सतोगुणी जीवन धार्मिक जीवन हो । देवता जीवन हो । तमोगुणी जीवन अधार्मिक जीवन हो । दानवता जीवन हो भनी भाषण सदुपदेश दिएमा जनताको जीवन स्तर सुधार हुने थियो । शिक्षा सुधार, सकल सुधार, शिक्षा विगारे, सकल विगारे । सुधारवाद नै मुल हो ।
पूँजीवाद नास्तिकवादी दुराचारी अत्याचारीले गर्दा जनता यस्तो मारमा परिहेका छौं । यस प्रकारका कुराहरुलाई अन्त्यको लागि सुधारवाद मै ध्यान पु¥याउनु पर्नेछ । अन्य कुन्र उपाय नै छैन । पूँजी सुधार व्यवस्था मन्त्राल स्थापना गरेर यस्ता विकृतिहरुलाई अन्त्य गर्नुपर्छ ।
 समतामुलक सामाज निर्माणका लागि के–के कुरामा ध्यान पु¥याउन आवश्यक छ ?
सबै कुराको एक कुरा– पूँजी सुधार व्यवस्था मन्त्रालय स्थापना भयो भने हामी सबैले चाहे जस्तो समतामुलक समाज निर्माण हुनेछ । भएन भने सभ्य, सुन्दर, समतामुलक समाज निर्माण गर्ने कुरा कुनै उपाय छैन । अहिलेसम्मका राजनीतिक दलहबाट हुँच भने होश हुन्न भने सुदारवादी महादल खोल्न र हुनेछ ।
अन्तिममा केही कुरा छुटेका छन्, कि ?
सर्व प्रथम त मेरो धारणाहरू पाठकसम्म पु¥याउने अवसर दिएकोमा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्दछु । शिक्षा, स्वास्थ्य, सड लगायतका नागरिकका आधारभूत आवश्यकताहरुको वजेट सत्ता पुगेका पार्टी वा प्रतिपक्षयमा रहेका पार्टीहरुले अस्तव्यवस्त बनाएका छन् । हालसम्म जुन जुगी आएपनि कान चिरेका भने जस्तै भएको छ । हालसम्म धेरै राज्य व्यवस्था परिवर्तन भएका छन् । तर, नागरिकका दुःख दैनिक बढेका छन् । विभिन्न पार्टीका नेताहरू कार्यकर्ता मुखी होइन जनतामुखी बन्नु पर्छ । तब मात्र नेपाली नागरिकले राज्य व्यवस्था परिवर्तन भएको महशुस गर्ने छन् । हामीले चाहेको जस्तो समतामुलक समाज निर्माणका लागि सबै राजनीतिक दलका नेताहरुले सुधारवादी नीति अवलम्बन गर्न आवश्यक छ ।

You may also like