लक्ष्मी राई अस्ताईन

लक्ष्मी राई अस्ताईन


केवी विरही ।

घट्ना परि घट्ना सुन्दै जांदा आँसु थाम्न सकिएन त्रिवणी ७ गाङ रोल्पाको घट्ना मैले पढेको खेलेको ठाउँ मेरो जन्म भूमि पनि हो । पुर्व कि चेली लक्ष्मी राई भोजपुरबाट रोल्पा आएछन् । एउटा दलित केटासँग अनलाइनमा माया प्रेम परेर फोनको आधारमा । हुन त दुवैको पहिलो घरबारमा फेरबदल भयो । घरासीय आपतहरू सिर्जना भए छन् । घरबारमा पुर्णविराम लागे छ । दोस्रो घरबारको कसम खाए छन् । केटा मलेसियामा छन् । उनी इट्टाभट्टामा काम गर्न आएछन् अनि केटाका भन्जा भान्जी पनि ईट्टाभट्टमा गएका रहेछन् । यसरी आफन्तसँग भेटेर रोल्पा आए छन्, राई । रोल्पामा ससुरा र देवरले हामी त नेपाली हो । तपाईंको माईती ले स्वकार्छन् त ? सबै परिचय मागे छन् । नागरिकता देखाउन अनुरोध गरेछन् । मेरो नागरिकता पहिलाको बुढासँग छ भन्दै सुरसरा र देवरलाई जवाफ राईले जवाफ दिइन् । केही नलिएको घरबाट निस्केको बताए छन्, नारिकता उसँग छ केही लिए छैन म लक्ष्मी राई हुँ । तपाईंको विदेशमा बसेका छोरासँग लभ परेर सम्झौता भयो । घर जाउ मेरो बुढा बाउ छन् । पालेर बस म नेपाल आएपछि बिबाह गरौंला भनेपछि शब्दलाई
विश्वासको महल बनाएर केटाकै घरमा बसे छन् । परिवारले छोराले भने ठिकै छ बस् भने छन् । रात दिन खेतबारीमा काम गरे छन् । र पछि घरमा बसाले सबै छुटीभङ भएका ८७ वर्षीय ससुरा पालेर बसेछन् । बाजो खेतबारी खनजोत गरि धेरै अन्न फलाए छन् । छरछिमेकले मिलनसार सबैलाई राम्रोसँग राख्ने क्षमता भएकी ससुरालाई सेवा गर्ने गरे छन् ।
विचारा भोजपुर कि चेली लक्ष्मी राई यसरी एकान्तमा आएर सबै काम जानेकी सबैको आँखामा बस्न सफल लक्ष्मिको पहिलो घरबारको पीडामा बिछित्तएकी हुनु पर्छ । नागरिकता नलिए बिदासु हुनु कारण होलान् घर जमाएर बसेकी चेली घरबाट त्यसै निस्किएन घरमा पीडा झगडा बुढाका अनैतिक पीडा केही न केही हुनुपर्छ । आफ्ना जीवनका कालखण्डमा पीडा बताउन नसकेर पहिलेको बुढाका पीडा प्रष्ट पार्न नसकेर सन्यासी भएकी हुन सक्छिन् ।

दलित परिवारमा सबैका मन जित्न सफल लक्ष्मी राई धेरै बाख्रा पाले कि रहेछन् । गोठालो जादा भिरबाट लडेर मृत्यु भएछ । प्रशासनले पोष्टमार्तम गरि दाहासंस्कार गर्ने अनुमती दिए छ । आज तिम्रो लास जल्दै छ । तिमी माइतका परिचय नगराएर खरानीमा जल्दै छौ । तिम्रो आमाले सपना अशुभ देख्छिन् होला ? परिश्रमी नारी जहाँ पनि टेकेर जीवन जिउन सक्ने क्षमता तिम्रो जन्मथलो भोजपुरले पनि प्रेमबाट आजित रुदै हिडेकी पीडित नारी सन्यासी जीवन जिउने आसले ईट्टाभट्टामा पसेकी नारी प्रेममा पागल बनेर पहिलो घरबारबाट मनहरुलाई ध्वजा ध्वजा बनाउँदै रोल्पा पसेकी दोस्रो अन्तरजातीय प्रेममा रोल्पा आएको ९ महिनामा गोठालो जाँदा भिरबाट लडेर बाच्ने समाजलाई माथि उठाउने सपना विदेशी श्रीमान् माया तिम्रो सपनाको महलमा बाच्ने आस चितामा बिलिन हुँदैछ । पूर्व भोजपुर कि असल चेली मृत्यु रोल्पमा श्रीमान भेट नहुदै भोजपुर कि छोरी रोल्पाको असल बुहारी ९ महिना मात्र रहेयौं । तिम्रो दुःखद घट्ना तिम्रो आमाको कानमा पर्दा कति चीत्कार देखाउलान् कति रुन्छन ? तिमी चितामा जल्दै छौं । भावपूर्ण श्रद्वाञ्जली लक्ष्मी राई !

You may also like