आँखामा कुनै समस्या भएको अवस्था तुरुन्त नजिकको आख उपचार केन्द्रमा पुगेर समयमा उपचार गर्न सबैमा अनुरोध गर्दछु– सामुदायिक आँखा केन्द्र लिबाङ प्रमुख धनराज यादव

आँखामा कुनै समस्या भएको अवस्था तुरुन्त नजिकको आख उपचार केन्द्रमा पुगेर समयमा उपचार गर्न सबैमा अनुरोध गर्दछु– सामुदायिक आँखा केन्द्र लिबाङ प्रमुख धनराज यादव


This image has an empty alt attribute; its file name is 0051422.jpg

पछिल्लो समयमा सेतो पुतलीबाट उत्पन्न शापु रोगको बिगबिग बढेको छ । रोगको कारण आँखामा विभिन्न समस्याहरू उत्पन्न हुने भन्दै प्रशासन र स्वास्थ्यकर्मीहरुले समयमा नै सचेत बन्न अनुरोध गरेको अवस्था छ । सेतो पुतली रोल्पा जिल्लाको विभिन्न ठाउँमा देखा पर्न थालेको छ । ठाउँ–ठाउँम पुतलीको सम्पर्कमा नआएका व्यक्तिहरुको आँखामा समस्या देखा परेको अवस्थामा समुदायिक आँखा केन्द्र लिबाङका प्रमुख धनराज यादवसँग सेतो पुतलीबाट देखा पर्ने रोग, बच्ने उपाय, पुतली नियन्त्रण, आगामी योजना लगायतका विषयवस्तु रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको उप सम्पादक रेशम बि.क.ले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।

 पत्रिकाको तर्फबाट स्वागत ।
धन्यवाद ! रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको उप सम्पादक रेशम बि.क. लगायतका सम्पूर्ण टिलाई ।
 आजकाल कुन कार्यमा व्यवस्त हुनुहुन्छ ?
केन्द्रबाट प्रवाह हुने सेवाको क्रममा निरन्तर विरामीको आँखा जाँच सेवा र गत भाद्रको २२ गतेदेखि २६ गतेसम्म यस जिल्लाको माडी गाउँपालिका, परिवर्तन गाउँपालिका र नगरपालिका भित्रका महिला स्वेयम सेवकहरू ६० जनालाई एक दिने एक दिने आँखा स्वास्थ्य तालिम सम्पन्न भएको छ । सुनछहरी गाउँपालिका र रोल्पा नगरपालिका शिक्षक÷शिक्षिकालाई एक दिने आँखा स्वास्थ्य तालिम समेत सम्पन्न भइसकेको छ । २०७८ साल मंसिर महिनामा मोतियाविन्दु सम्बन्धि आँखाको अप्रेसन शिविर तयारी लगायतका कार्यालयकै कार्यमा व्यस्त छु ।
 आँखा केन्द्रमा आँखाका विरामीको चापको अवस्था कस्तो छ ?
 अहिले दैनिक २० जनाभन्दा बढि आँखा विरामी आँखा केन्द्रमा सेवामा आउने गरेको अवस्था छ ।
 आँखा केन्द्रबाट कुन–कुन प्रकारको सेवा सुविधा प्रदान भइरहेको छ ?
यस केन्द्रबाट दैनिक इएम् सेवा बिहानको ८ः३० बजदेखि ६ः०० बजेसम्म, चस्मा जाँज, आँखाको क्ष्इए जाँच, आँखाको आसु नली जाँच, माइनजर अप्रेसन जस्तै– आनोको प्रेसेन, आँखाको ढकनी भित्र वा बाहिर फर्केको अप्रेसन, सुपथ मुल्यमा औषधी विक्री, सुपथ मुल्यमा चस्मा विक्री, आकस्मिक सेवा २४ घण्टै जस्ता सेवाहरू प्रवाह गर्दै आएको छ ।
 जिल्लामा आँखा सेवा प्रवाहको अवस्थालाई कसरी नियाल्नुभएको छ ?
यस जिल्लामा आँखा स्वास्थ्य सेवा लिएको सन्तोजनक देखिन्छ । अब जिल्लाको सबै स्थानीय तहमा आँखा हुनु पर्छ र गाउँमा नजानेका आँखाका विरामीले आँखा सेवा लिनलाई सरोकारवाला निकाय, समाज सेवी लगायतका निकायबाट जिल्ला सामुदायिक आँखा केन्द्रबाट समन्वय गरी घुम्ति शिविर सञ्चालन गर्न जोड दिनुपर्ने आवश्यक देखिन्छ ।
 जिल्लामा पुतलीबाट उत्पन्न रोगका अवस्था कस्तो छ ?
जिल्ला सामुदायिक आँखा केन्द्रमा शापु रोगका विरामी अहिलेसम्म शुन्य छ । त्यस कारण यस जिल्लामा प्रभाव छ । तर, अनुमान गर्न सकिन्छ ।
 यो रोगको लक्षणहरू बताइदिनुहोस्, न ?
यो रोगका लक्षणहरू निम्न छन्, जसमा एकासी एउटा आँखा रातो हुन्छ । तर, चिप्रा, कचेरा नलाग्नु, उज्यालोमा हेर्न नसक्नु, आँखाको दृष्टि अचनाक कमी हुन, आँखाको दुखाई अत्याधिक वा सामान्वय हुनु, उपचार ढिलो भएमा कालो नानीमा सेतो देखिनु यस रोगको लक्षण हुन् ।
 बच्ने उपायहरू के–के हुन् ?
हामीले सुन्दै आएको रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो भन्ने भनाइलाई अनुसरण गर्दै निम्न उपायहरू अपनाउन आवश्यक देखिन्छ, जसमा सेतो पुतलीको सम्पर्कबाट टाढा रहने, धेरै उज्यालो बत्ति नबाल्ने, साझा र राती झ्याल, ढोका बन्द गर्ने, सम्भव भएसम्म झ्याला, ढोकामा जाली राख्ने, सुत्ने कोठामा बत्ति निभाएर वा मधुरो बत्ति बालेर झुल लगाएर मात्र सुत्ने आदी यस रोगबाट बच्ने उपायहरू हुन् ।
 विरामीले समयमै उपचारमा ध्यान नदिँदा आँखामा समस्या आउँछन् ?
अझै पनि आँखाका रोगी विरामीहरू घरमै बस्ने, जडिबुट आँखामा हाल्ने, झारफुक गर्ने जस्ता कार्य गर्दा आँखामा दीर्घकालनी असर पर्ने गर्दछ । आँखा केन्द्रमा उपचार नगराउनुले सधैका लागि दृष्टिविहीन हुन सकिन्छ ।
 आगामी योजनाहरू के–के तय गर्नुभएको छ ?
यस केन्द्रबाट नियमित सेवा प्रवाह सँगै सन् २०२२ देखि प्रत्येक तीन/तीन महिनामा आँखाको अप्रेसनको तयारी गर्दै छौं । र अब आँखाको विरामीलाई आँखाको अप्रेसनको व्यवस्था केन्द्रमा नै हुनेछ । जसले गर्दा रोल्पा जिल्लाबासीलाई अब आँखा अप्रेसनको लागि टाढा जानु पर्दैन । आर्थिक र समयको वचतमा सहयोग पुग्ने भएको छ ।
 जिल्ला स्थित सरोकारवाला निकाय लगायत जिल्लाबासीहरुलाई केन्द्रको तर्फबाट के भन्नु हुन्छ ?
आँखामा कुनै समस्या परेमा आफू खुसी कुनै पनि औषधी नहाल्न र मेडिकलबाट जथाभावी औषधी किनेर नहाल्नु । कुनै किसिमको जडीबुटी आँखामा हाल्न, झारफुक गर्ने र गराउने कार्य बन्द गरौं । समस्या कम्तिमा वर्षको दुई पटक जाँच गराउन म अनुरोध गर्दछु । स्थानीय तहबाट र आँखा केन्द्रको समन्वयमा यस केन्द्रलाई सामुदायिक आँखा अस्ताल बनाउनका लागि जिल्लाका सरोकारवाला निकायहरू उन्मुख हुनका लागि अपिल समेत गर्दछु ।
 अन्तिममा केही कुरा छुटेका छन्, कि ?
अन्त्यमा सेतो पुतलीबाट उत्पन्न शापु रोगले नागरिक त्रसिट बनाएको अवस्थामा रोगबाट बच्न लगायतका विषयवस्तु मेरो विचार पाठकसम्म पु¥याउने अवसर रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्दछु । आँखामा कुनै समस्या भएको अवस्थामा घरायसी उपचार, धामी झाँक्री कहाँ गएर फुक्ने जस्ता गलत कार्य नगरी नजिकको आँखा उपचार केन्द्रमा पुगेर समयमा नै उपचार गर्नका लागि यस पत्रिकाका मार्फत सबैलाई अनुरोध गर्दछु ।

You may also like