राजनीतिक परिवर्तन भएपनि जनताको जीवन स्तरमा परिवर्तन आएको छैन– भुप नारायण घर्तीमगर, परिवर्तनका लागि साझा प्रयास समूह संयोजक

राजनीतिक परिवर्तन भएपनि जनताको जीवन स्तरमा परिवर्तन आएको छैन– भुप नारायण घर्तीमगर, परिवर्तनका लागि साझा प्रयास समूह संयोजक

This image has an empty alt attribute; its file name is 234918193_903375943626714_7100842518505594715_n.jpg

भुप नारायण घर्तीमगर,

परिवर्तनका लागि साझा प्रयास समूह संयोजक ।
रोल्पाको सुनिलस्मृति गाउँपालिका ४ नं. वडा सुलिचौरका समाज सेवीहरुको सक्रियतामा नितान्त गैर–राजनैतिक एवम् गैर–नाफामूलक सामाजिक संस्थाको रुपमा स्थापना भएको परिवर्तनका लागि साझा प्रयास समूहले परिवर्तन आफैबाट शुरू गर्नु पर्छ र परिवर्तनको यात्रा आफ्नै आँगनीबाट शुरू हुन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै समाज र जनताको सेवामा समर्पित हुँदै समाजिक कार्यमा महत्वपूर्ण जिम्मेवारी भूमिका निर्वाह गर्दै आएको छ । समूहका संयोजक भुपनारायण घर्तीमगरसँग समूह गठन गर्नुको उद्वेश्य, हालसम्म गरेको अभियान, आगामी योजना लगायतका विषयवस्तुमा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको उप सम्पादक रेशम बि.क.ले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।
पत्रिकामा स्वागत छ ।
 धन्यवाद ।
 आजभोली कुन कार्यमा व्यवस्त हुनुहुन्छ ?
 म अचेल परिवर्तनका लागि साझा प्रयास समूह मार्फत साथीहरुसँग मिलेर सामाजिक कार्यमा लागि रहेको छु ।
समूह गनठनका लागि कसरी उत्प्रेरित हुनुभयो ?
 मेरो मित्र बालकृष्ण सुवेदी जीले प्रस्ताव गर्नु भयो । सबै साथीहरुको सर–सल्लाह ग¥यौं अनि समूह गठन भयो ।
 समूहको उद्वेश्यहरु के–के हुन् ?
 हाम्रो उद्वेश्य समाजमा सकारात्मक र श्रृजनशिल परिवर्तन ल्याउनु हो । समाजमा देखिएका तमाम विकृति र विसंगतिहरुको विरुद्ध सकारात्मक र शालिन ढङ्गले आवाज उठाउनु हो । त्यसका निम्ति हामी सबैसँग हातेमालो गरेर अगाडी बढ्नु हो ।
समूहको विधानमा कस्ता नीति नियमहरु उल्लेख भएका छन् ?
 अहिले हाम्रो संस्थाले दर्ता प्रक्रिया पुरा गरिसकेको छैन् । हामी प्रक्रियामै छौं । कोभिडको कारणले पनि असजिलो बनाएको छ ।
 अन्य ठाउँमा पनि विस्तार गर्ने अवधारणा र समूहले हालसम्म कुन–कुन अभियानहरुमा सम्पन्न भएका छन् ?
 हाललाई त्यस्तो बिचार छैन । भविष्यमा हुन पनि सक्छ । अहिलेसम्म यो संस्थाले स्वास्थ्य केन्द्र सरसफाइ, खानेपानी सरसफाइ तथा मर्मत, रोल्पामा अक्सिजनको आपुर्ति, अति आवश्यक दिब्याङ्ग दलित र जनजातीहरूलाई खाद्यान्न तथा दाल नुन तेल वितरण, असहाय तथा बेवारिसेहरूलाई उद्धार तथा संस्थाहरू मार्फत लालनपालन बसोबासको व्यवस्था, विरुवा वितरण, सरसफाइ र सार्वजनिक शौचलयको मर्मत सम्भार जस्ता कार्यहरू गरेको छ ।
सामाजिक अभियानमा स्थानीय सरकार, राजनीतिक दल लगायत सरोकारवाला निकायहरुको भूमिका कस्तो रह्यो ?
 हामीले सहयोग र समन्वय गरेसम्म सरोकारवाला सबै निकायहरुको भूमिका सकारात्मक र सहयोग पूर्ण रह्यो । त्यसका निम्ति हामी आभारी छौं र हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छौं ।
 समाजिक अभियानमा हालसम्म कुन–कुन निकायबाट कति रकम संकलन रकम कुन क्षेत्रमा खर्च भएको छ ?
हामीले अहिलेसम्म कुनै पनि निकायबाट रकम प्राप्त गरेका छैनौं । हामी आफैले र विदेशमा बस्नु हुने रोल्पाली, खासगरिकन हाम्रा परिवारका सदस्यहरू, नातागोता, साथीभाइको सहयोग पाएका छौं । उक्त सहयोग पनि विदेशमा बस्नु हुने रोल्पालीहरुको साझा समूह रोल्पाको लागि रोल्पालीको आव्हानमा हामीलाई प्राप्त भएको हो । उक्त सहयोग रकमको आम्दानी खर्च विवरण गत श्रावण ९ को प्रथम साक्षात्कार कार्यक्रम मार्फत विल भर्पाई सहित सार्वजनिक गरेका छौं । सहयोगी मनहरूलाई फेरी पनि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।
 रकम संकलन गर्दै प्रशासनले समेत सूचना जारी गर्नुलाई समूहको धारणा के छ ?
 स्थानीय प्रशासनको नियम सूचना पालना गर्नु सबैको कर्तव्य हो । स्थानीय प्रशासनले मन्त्रालयलाई उधृत गर्दै जथाभावि चन्दा संकलन गरि दुरुपयोग नगर्न भनेको हो क्यार । हामीले जथाभावि चन्दा उठाएका थिएनौैं । हामी आफै र आफ्ना परिवारका सदस्यहरू तथा नातागोताबाट त्यो पनि रोल्पाका लागि रोल्पालीको आव्हानमा हामीलाई प्राप्त भएको हो । हामीलाई चन्दा चाहियो दिनुहोस् भनेर कही कतै उठाउने माग्ने गरेनौं । हामी नियमको पालना गर्ने जिम्मेवार नागरिक पनि हौं ।
 हालसम्म अभियानको सफल्तालाई समूहले कसरी नियालेको छ ?
 अहिलेसम्मको कामप्रति हामी सन्तुष्ट छौं । तर, धेरै गर्न बाँकी छ । हरेक समाजमा समस्या हुन्छन् । तथापि सबै मिलेर समाधान तर्फ लाग्ने हो । हामी सबै एक हँुदै सामाजिक स्वार्थका निम्ति कार्य गर्न आवश्यक छ ।
सामाजिक अभियान सञ्चालन गर्दै गर्दा कस्ता कस्ता समस्याको सामाना गर्नु प¥यो ?
 हामी हाम्रो निस्वार्थ कर्म र लक्ष्यप्रति स्पष्ट थियौं । तसर्थ समस्याभन्दा पनि सहयोग र सद्भाव पायौं । सानातिना समस्या त जहाँ र जहिले पनि हुन्छ र भईरहने छ । यही नै जीवनको रीति हो पनि ।
 आगामी योजनाहरू के–के हुन् ?
हाम्रो योजना सबैसँग मिलेर समाजका निम्ति कार्य गर्दै जाने हो ।
 वर्तमान राजनीतिक अवस्थालाई कसरी नियाल्नु भएको छ ?
 देशमा ठूलो परिवर्तन भयो । तर, जनताको जीवन स्तरमा आशातीत परिवर्तन आएको छैन । देश पर निर्भर बनिरहेको छ । राजनीति सेवाको मार्गबाट स्वार्थको पथतर्फ उन्मुख छ । प्रणालीगत सुधार र विकास हुनु पर्नेमा प्रणालीगत विकृति भएका छन् । सबै मिलेर राजनीतिलाई सकारात्मक र श्रृजनशिल दिशातर्फ लैजान आवश्यक छ । जहाँ राष्ट्रियता सुदृढ होस् । जनजिविकाको सुनिश्चितता होस् । हाम्रा वैभवशाली संस्कार संस्कृतिका संरक्षण होस् ।
 राजनीतिकमा फर्किने सम्भावना के छ ?
वर्तमानमा मेरो त्यस्तो कुनै योजना र सोच छैन ।
 अब राजनीतिमा आउनका लागि समूह मार्फत सामाजिक काम गरिखेको भन्ने जिज्ञासाप्रति तपाईको धारणा के छ ?
 पटक्कै होईन । मैले निस्वार्थ मनहरुसँग जोडिएर निस्वार्थ योगदान गर्ने प्रयास गरिरहेको छु । राजनीति गर्न समाज सेवाको खोल ओढ्न कुनै जरुरी छैन पनि । म त्यो प्रकारको काम गर्दिन ।
 अब फेरि अमेरिका फर्किनु हुन्छ कि यतै समजसेवा गर्नु हुन्छ ?
 मेरो ईच्छा गाउँमै बस्ने छ । काम विशेषले परदेश गएता पनि कर्मथलो घर देशनै हुनेछ ।
समूहबाट अन्य ठाउँका समाज सेवीहरुले सिक्नु पर्ने कुराहरु के–के हुन् ?
 अनेकतामा एकता गर्दै समाजका निम्ति केही गर्न प्रयास गर्नु ।
जिल्ला सरकोरावाल निकायहरुलाई समूहको तर्फबाट के भन्नु चाहानु हुन्छ ?
 जनता जनार्दन हुन् । देश जनार्दनहरुको बासस्थान । सरोकारवालाहरुका निम्ति देश पवित्र मन्दिर हो भने जनता देवता हुन् । जे जति सकिन्छ र सम्भव हुन्छ, देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रयास गरौं । के गर्दा जनतालाई सहयोग हुन्छ र देशलाई फाईदा भनेर सोचौ गरौं ।
अन्तिममा कुराहरु छुटेका छन्, कि ?
 देश बने हामी सबै बन्छौं । देश विग्रे सबै विग्रन्छौं । देश परनिर्भर बनिरहे छ । युवाहरू विदेशिदै छन् । गाउँ समाजमा उत्पादन ह्रास उन्मुख हुँदै छ । यही अवस्था धेरै समय चले देशले धान्न सक्दैन । अझै समय छ । सबैले देश र जनतालाई केन्द्रमा राखेर आ– आफ्नो ठाउँबाट ईमानदारी पूर्वक सक्दो योगदान गरौं । उत्पादन मूलक, रोजगार मूलक र वातावरण प्रेमी विकासमा जोड दिँदै सकारात्मक, श्रृजनशिल, सद्भाव पूर्ण एवम् समृद्ध समाज र राष्ट्रको निर्माणमा सक्दो योगदान गरौं ।

You may also like