जीवन एक जाती अनेक

लक्ष्मण तङ्नामी मगर

साधारणतया जीवन भनेको जन्मेदेखी मृत्युसम्मको अवधीलाई नै भन्ने गरिन्छ र कसै–कसैले भगवानको उपहार सम्झेका छन जीवन भने कसैले अन्य खेल पनि, जति–जति परिभाषा खोज्दै गयो सायद बिस्तृत परिभाषा पाउन कठीन पर्दछ । एउटाले एकथरी भनी प्रमाणित गदछ । भने त्यही प्रमाण अर्कोले आलोचित गर्दै अर्को परिभाषा व्यक्त गर्दछ । साँच्ची जति बिद्धानहरूसंग गएर सोधे पनि आखिर एकै परिभाषा पाउन गाह्रै पर्दछ । जो जसले जस्तो परिभाषा दिए पनि मानव एक चेतनशिल प्राण्ी हो भनी भन्न कोही पछि पर्दैन ।
मानव इतिहासलाई खोज्दै जाने हो भने एउटा जीवनको सन्तती बिभिन्न थरीका प्राणीहरूको रूप बदलिदै जांदा एउटा बादररूपी मानवको उत्पत्ती मानवको उत्पत्ती भएको पाईन्छ भने किवदन्ती खोज्दा अनेक प्रकारका भनाईहरू पनि पाईन्छ । जे जसरी होस यो चेतनशिल प्राणीको उत्पत्ती भयो । उत्पत्ती कालदेखी आधुनिक युगसम्म आईपुग्दा मानव रूपी प्राणीले बिभिन्न नयां–नयां कुराहरूको उत्पत्ती गर्दै आईरहेको छ । जव मानिस एउटा चेतनशिल प्राणी भयो तव केही चिजहरू आफ्नोपनको महसुस गर्दै गयो । संम्वतह उसले आफूलाई पछी प्रयोग गर्ने बस्तुहरू संचित गर्न थाल्यो । फलस्वरूप उसमा स्वार्थी भावना बढ्दै गयो, उसले सबै चिजहरू म र मेरो भनी संकलन गर्न थाल्यो । त्यसैले बस्तुहरू बांडफाड गरी बिभाजन गरिन थालियो । ती बस्तुहरू मध्ये पृथ्वी पनि एक रह्यो, जसमा बिभिन्न तरिकाले बिभाजन गरेको पाईन्छ । त्यस मध्ये भौगोलिक र जातीय बिभाजन प्रमुख भएको पाईन्छ । सायद बि.सं. १७७९ मा पृथ्वी नारायण शाह नजन्मिएको भए नेपाल बिभिन्न जात जाती भन्ने कुरा टाढा रहन्थ्यो होला कि । उहांले नेपाल चार जात छत्तिस बर्णको फूलबारी हो ।” भनी नभनेको भए पनि सायद यस्तो जातीय भेदभाव हुने थिएन होला की । हुन त अरू देशमा पनि बर्ण बिन्यास तथा अन्य तरिकाले भिन्नता भएको पाईन्छ । नेपालकै सन्दर्भमा हेर्नु पर्दा जातीय खण्डन गरेको पाईन्छ । यहाका प्रमुख जातहरू भनेकै ब्राह्मण, क्षेत्री, बैश्य, शु्द्र गरी चार जातमा बिभाजन भएको पाईन्छ भने आफ्नो जातलाई संरक्षण गर्न जो सुकै पनि अगाडी बढाको पाईन्छ । यही अगाडी बढ््ने होटलमा एउटा प्रतिस्पर्धा पनि यदाकदा भएको पाईन्छ । जे होस यसलाई त म अलि अलि गर्दा मोती हो, मोती हुंदा हुंदै खती भो, भन्न पछी पर्दैन । जन सुकै कुरा होस बढ्दै गयो भने एउटा बिकराल रूप लिन्छ । यो त्यसैको उपज हो । मान्नुहोस कि एउटा एउटा बोरामा १०० के.जी. वा १०० प्रति बराबर सामान अटाउन सक्छ । भने त्यसमा १३० के.जी. वा १३० प्रति हाल्दा के होला ? आफै कल्पना गर्न सक्नुहुन्छ । कैयौं ठाउँमा त जातीय झै–झगडा मन मुताव भएको पाईन्छ । अझै एउटै जातमा पनि तल्लो र उपल्लो जात रे । जातीय भेदभाव लगाएत अर्को बिभिदता पनि पाईन्छ हिमाली, पहाडी र तराई । चाहे त्यो हिमालमा बस्ने मगर होस या क्षेत्री या फेरी ब्राह्मण वा अन्य त्यो त फेरी हिमाली रे । त्यस्तै पहाडमा बस्ने पहाडी र तराईमा बस्ने तराईबासी रे अझै कता कता त मधेसी पनि । त्यस्तै पुर्वमा बस्ने पुर्वेली पश्चिममा बस्ने पश्चिमेली, अझै कता–कता जिल्लाबासीको नामले पनि पुकार्ने । गुल्मेली, पाल्पाली, स्याङ्जाली, गोर्खाली । हो आखिर नेपाल भित्र बसेपछी सम्पूर्ण नै नेपाली हुन्छ होला नि होईन र ? आखिर जातमा किन लड्छौ ? आफ्नो कर्म गर्ने आफ्नै भाग खाने होईन र ? अझ एकमुष्ट नेपाली वनेर अन्य बिभिन्न किसिमको बिकासको काम गरे हुन्न र ? आफ्नो जात आफैले संरक्षण गर्नु पर्दछ । के एउटा वीर बहादुर, राम वा श्याम जो सुकै होस उसले उसको सन्ततीको संरक्षण गर्न नपाउने र ? के जसले जन्मायो उसैलाई आमा बाबा भन्न नपाउने र ? हो त्यसै गरी आफ्नो जातको आफैले संरक्षण गर्ने र अर्काको अरूलाई दमन नगर्ने हो भने के त्यो झगडा गर्ने दिमाग अन्य नयाँ बस्तु सिर्जनामा काम आउदैन र ? जसरी एउटा कमिला प्राणिलाई हेर्ने हो भने आफ्नो हरेक कामको लागी कती सहयोगी हुन्छ । त्यसै गरी हामी मानव जाती पनि यो मानव जीवन एक ठानी सहयोगयुक्त काम काम गरौ जव एउटा कालो भैसीले पनि सेतो दुध दिन्छा । तव सेती भैसीले पनि सेतो नै दुध दिन्छ । फेरी दुवैलाई काटे पनि रातो रगत नै हुन्छ भने हाम्रो मनमा बिभिदता किन ? एउटा प्राणी कमिला पनि त हो तर उसमा त मिलनसार हुन्छ भने हामी त मानव, खै त हामीले मानवरूपी काम गरेको । त्यसैले हामीले पनि मानव जीवनलाई त्यसरी नै बिदाई गरौं की जसरी हाम्रा पुर्वज पुर्खाहरूले गरेका थिए ।
अन्त्यमा एक पटक खुल्ला हृदयले भन्न मन लाग्यो जय मानव…………। सबैको भलो होस ।

You may also like