बाल बिबाह हामी कसैले पनि गर्नु हुँदैनः लालिगुराँस किशाेरी समूह अध्यक्ष सगुन बि.क.

बाल बिबाह हामी कसैले पनि गर्नु हुँदैनः लालिगुराँस किशाेरी समूह अध्यक्ष सगुन बि.क.

सगुन बि.क.
लालिगुराँस किशाेरी समूह रून्टिगढी गाउँपालिका-६ राेल्पा

नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाको समन्वयमा र ग्ल्ँएब् को आर्थिक सहयोगमा रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका–२ नं. वडा, रुन्टीगढी गाउँपालिका–५ र ६ नं. वडा, परिवर्तन गाउँपालिका–२ र ५ नं. वडा, रोल्पा नगरपालिका–५ नं. वडा बाहेक अन्य सबै वडाहरुमा बाल बिबाह न्यूनिकरणको उद्वेश्य सहित बाल बिबाह न्यूनिकरण कार्यक्रम लागू भएको छ । कार्यक्रम लागू भएको स्थानीय तहहरुमा विभिन्न नामका किशोरी समूहलाई रुपान्तरण कक्षा पनि सञ्चालन भएको छ । रुन्टीगढी गाउँपालिका–६ रोल्पा स्थित लालिगुराँस किशोरी समूहको अध्यक्ष सगुन बि.क.सँग समूहको गतिविधि, बाल बिबाहको अवस्था, बाल बिबाह न्यनिकरणको प्रयास, रुपान्तरण कक्षाको फाइदा सहित अन्य विषयवस्तुमा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक रेशम बि.क.ले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।
पत्रिकाको तर्फबाट हार्दिक स्वागत छ । 
धन्यवाद ।
आजभोली कुन कार्यमा व्यवस्त हुनुहुन्छ ?
नोबेल कोरोना भाइरस (कोभिड–१९)को कारण महिनौं दिनसम्म विद्यालय र किशोरी समूहको नियमित रुपान्तरण कक्षा पनि बन्द भएको थियो । आजभोली नियमित रुपमा रेडियोबाट प्रशारित रुपान्तरण कक्षा सुन्ने, अध्ययन र घरायसी कार्यमा हामी व्यस्त छौं ।
 किशोरी समूहमा कति जना किशोरीहरु आवद्व हुनुहुन्छ ?
यस समूहमा ३० जना किशोरीहरु आवद्व छौं । समूहमा आवद्व किशोरीहरुले सिकेको जीवन उपयोगी कुराहरु आ–आफ्ना साथिहरुलाई पनि प्रदान गर्दै आएको छौं । जसले गर्दा पनि बाल बिबाह न्यूनकरणमा सहयोग पुगेको छ ।
रुपान्तरण कक्षामा कुन–कुन विषयमा अध्ययन गर्नु हुन्छ ?
हामीले सुरुमा मेरो संसार, आत्मा जागरण जस्ता जीवन उपयोगी शिक्षा हासिल गरिरहेका छौं ।
 रुपान्तरण कक्षाले जीवनमा कस्तो परिवर्तन ल्याएको छ ?
हो, हामीले विद्यालय स्तरमा सैन्द्वान्तिक शिक्षा अध्ययन गरिरहेका अवस्थामा रुपान्तरण शिक्षाले हामीलाई बाल बिबाहबाट हाम्रो जीवनमा पर्ने असरहरुको बारेमा थप शिक्षा हासिल गरेका छौं र गर्दै आएका छौं । यस शिक्षाबाट हाम्रो जीवनमा बाल बिबाह गर्नु हुँदैन, बिबाहको असर, असल साथिको पहिचान गर्नुपर्छ, भेदभाव गर्नु हुँदैन, आत्म जागरण जस्ता व्यवहारिक ज्ञानहरु सिकाई भएको छ । त्यसैले विद्यालयमा अध्ययनको क्रममा पनि सिकेका कुराहरुमा रुपान्तरण कक्षाबाट जीवन उपयोगी शिक्षा हासिल गर्न सहयोग पुगेको छ ।
 रुपन्तारण कक्षा कसरी अध्ययन गर्दै आउनुभएको छ ?
सुरुमा प्रत्येक हप्ताको शनिबार सहजकर्ताको सहजिकरणमा रुपान्तरण शिक्षा अध्ययन गर्द थियौं भने लक डाउन पश्चात् जिल्ला स्थितका विभिन्न रेडियो होलेरी, रेडियो माडि आवाज, रेडियो मालश्री रेडियोबाट प्रत्येक हप्ताको २ दिन शुक्रबार र शनिबार दिउँसो २ः०० बजेदेखि ३ः०० बजेसम्म प्रसारण भइरहेको छ । आपूmलाई पायक पर्ने रेडियोबाट हामीले रुपान्तरण कक्षा लिइरहेका छौं । सुरुमा हामीले सहजकर्ताको सहजिकरणबाट रुपान्तरण कक्षाबाट जीवन उपयोगी शिक्षा हासिल गर्द थियौं भने अहिले रेडियोबाट प्रसारण रुपान्तरण कक्षाले धेरै किशोरीहरु लाभान्वित भएका छौं । यसबाट धेरै किशोरीहरुले जीवन उपयोगी शिक्षा हासिलमा सहयोग पुगेको छ ।
 बाल बिबाहको अवस्था के छ ?
हाम्रो गाउँमा बाल बिबाह भएको छैन । रुपान्तरण कक्षा सञ्चालबाट हामीले हाम्रा अभिभावकहरुलाई पनि बाल बिबाहबाट जीवनमा पर्ने असर सम्बन्धि जानकारी गराउँदै आएका छौं भने कक्षाबाट हामीले सिकेको कुराहरु हाम्रा साथिहरुलाई पनि प्रदान गर्दै आएको हुँदा बाल बिबाह रोकिएको छ ।
बाल बिबाह रोकथामा वडा कार्यालय, जनप्रतिनिधि, अभिभावकहरुको भूमिका कस्तो छ ?
यस ठाउँमा बाल बिबाह रोकथाममा वडा कार्यालय, जनप्रतिनिधि र अभिभावकहरुले सहयोगी भूमिका निर्वाह गर्दै आउनुभएको छ । जसले बाल बिबाह नै रोकथाम भएको छ ।
 कतिपय ठाउँमा किशोरी समूह, बाल क्लवको नेतृत्व नै बाल बिबाह गरेको अवस्थालाई कसरी नियाल्नुभएको छ ?
पक्कै पनि किशोरी समूह, बाल क्लवको नेतृत्वबाट बाल बिबाह हुनु आफैमा दुःखत कुरा हो । तर, यस ठाउँमा यस्तो भएको छैन । हामी विगतका त्यस्ता कुराहरुबाट पाठ सिक्दै हामीले जिम्मेवारीपूर्ण भूमिकाप्रति उत्तरदायित्व गर्दै हामी हाम्रो जिम्मेवारी निर्वाह गर्दै आएका छौं र जानेछौं ।
 बाल बिबाह सम्बन्धि कानुनी व्यवस्थाको बारेमा जानकारी छ कि छैन ?
बाल बिबाह गर्नु हुँदैन र बाल बिबाहको असर सम्बन्धि यस समूहमा आवद्व सबै किशोरीहरुलाई जानकारी छ । त्यसैले पहिले कुरा त हामीबाट बाल बिबाह हुँदैन । कानुनमा बाल बिबाह सम्बन्धि भएका कानुनी व्यवस्था पनि यस समूहमा आवद्व किशारीहरुलाई जानकारी छ । हामीले जानेका कुराहरु पनि अन्य किशोरीहरुलाई जानकारी गराउँदै आएका छौं । त्यसैले बाल बिबाह सम्बन्धि कानुनी व्यवस्थाको बारेमा यस समूहमा आवद्व किशारी र अन्य किशोरीहरुलाई जानकारी नै छ ।
 बाल बिबाह कार्यक्रमको समयवधि सकिएपछि किशोरी समूहलाई कसरी सक्रिय बनाउने भन्ने विषयमा सोच्नुभएको छ ?
पक्कै पनि नेपाल रेडक्रसा सोसाइटी जिल्ला शाखाको समन्वयमा र ग्ल्ँएब् को आर्थिक सहयोगमा सञ्चालित बाल बिबाह न्यूनिकरण कार्यक्रमको समवधि सकिएपछि पनि यस किशोरी समूहलाई सक्रिय बनाउने विषयमा हामीले सोचेकै छौं । हामीले यस कार्यक्रमबाट धेरै कुरा हासिल गरेका छौं भने रुपान्तरण कक्षा सञ्चालन क्रममा हामीलाई किताब उपलब्ध भएको छ । त्यसैले हामीले सिकेको कुरा र किताबको सहायतबाट किशोरीहरुलाई बाल बिबाह न्यूनिकरणमा सक्रिय बनाउने छौं । किशोरी समूहलाई विस्तारका लागि हामीले गाउँपालिका, वडा कार्यालय, जनप्रतिनिधि सरोकारवाला निकायसँग समन्वय गर्दै आएका छौं । अब किशोरी समूह गाउँपालिका स्तरीय, वडा स्तरीय, टोल स्तरीय विस्तार भयो भने पक्कै पनि यस गाउँपालिकामा किशोरी समूहको मुद्वाहरु संस्थागत हुनेछ । यसका लागि किशोरी समूहरुलाई आ–आफ्नो ठाउँमा सहयोगी भूमिका निर्वाहका लागि म अनुरोध गर्दछु ।
 बाल बिबाहको न्यूनिकरणमा सशक्त भूमिका निर्वाह गर्दैै के–के समस्या भोग्नु परेको छ ?
हामीले बाल बिबाह न्यूनिकरणमा समूहको मार्फत सशक्त भूमिका निर्वाह गर्दै गर्दा विभिन्न समस्याहरु भोग्नु परेको छ । हामी बाल बिबाह न्यूनिकरणका लागि रुपान्तरण कक्षामा सहभागिता हुँदा पनि सुरुमा अभिभावकबाट रोक्न खोज्नु, तिमीहरुले त्यहाँ किन जान्छौं ? के पैसा पाएका छौं ? समूहको गतिविधिहरुमा समूहमा आवद्व किशोरीहरु उपस्थिति नहुनु जस्ता समस्या भोग्नु परेको थियो । तर, समय बित्दै जाँदा हामीले हाम्रो अभिभावकहरुलाई रुपान्तरण कक्षा सम्बन्धि स्पष्ट बनाएपछि अहिले हामीलाई कक्षामा सहभागि बन्ने सहज वातावरण सिर्जना भएको छ ।
 किशोरीहरु विभिन्न कारण विद्यालय छाड्नु पर्ने अवस्थामा यस समूहमा आवद्व किशोरीको अवस्था के छ ?
हो वास्तावमा धेरै किशोरीहरुलाई शिक्षा हासिल गर्ने चाहना हुँदा हँुदै पनि विभिन्न कारण धेरै किशोरीहरुले विद्यालय छाड्नु पर्ने पीडादायि अवस्था छ । तर, यस समूहमा आवद्व किशोरी र यस ठाउँका अन्य किशोरीहरुले नियमित रुपमा विद्यालयमा उपस्थिति हुँदै आएका छौं ।
 बाल बिबाह रोक्नका लागि समूहले के तयारी गरेको छ ?
हाम्रो ठाउँमा बाल बिबाह भएको छैन । अब रुपान्तरण कक्षाबाट बाल बिबाहको वातावरण नै बन्दैन किन भने किशोरी, अभिभावकहरुलाई बाल बिबाहको असर सम्बन्धि जानकार भएको हुँदा अब बाल बिबाह हुँदैन । गाउँपालिका, वडा कार्यालय, इलाका प्रहरी कार्यालय, आमा समूह, किशोरी समूह, बाल क्लव, युवा क्लव लगायत सरोकारवाला निकायहरु बीच समन्वयमा बाल बिबाहको असर सम्बन्धि जनचेतना फैल्याउन सकिएमा पक्कै पनि बाल बिबाहको वातावरण हुँदैन । तर, आगामी दिनमा बाल बिबाह भएको खण्डमा यस समूहले इलाका प्रहरी कार्यालय, गाउँपालिका, वडा कार्यालय, आमा समूह जनप्रतिनिधिहरुसँग आवश्यक समन्वय बाल बिबाह रोक्ने योजनामा छौं ।
 यस समूहमा आवद्व किशोरीहरुले लक्ष्य निर्धारण गर्नुभएको छ कि छैन ?
नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाको समन्वयमा ग्ल्ँएब् को आर्थिक सहयोगमा सञ्चालित बाल बिबाह न्यूनिकरण कार्यक्रम अन्तर्गत रुपान्तरण कक्षाबाट किशोरी समूहमा आवद्व किशोरीहरुलाई आ–आफ्नो लक्ष्य निर्धारणमा सहयोग पुगेको छ । हामीले सुरुवा विद्यालयमा शिक्षा हासिल त गर्दै आएको थियो । तर, धेरै किशोरी साथिहरुले आफ्नो लक्ष्य निर्धारण गरेका थिएनौं । अब हामी आ–आफ्नो क्षमता अनुसार लक्ष्य निर्धारण गरी सुन्दर भविष्यको सपना सहित अगाडि बढेका छांंै । मलाई आशा छ हामी सबै आ–आफ्नो लक्ष्यमा पुग्ने छौं । हाम्रो लक्ष्यमा पुग्नका लागि पक्कै पनि गाउँपालिका, वडा कार्यालय, प्रहरी निकाय, शिक्षक, अभिभावक, आमा समूह, संघ संस्था लगायत सरोकारवाला निकायहरु पनि प्रत्यक्ष वा अप्रत्यक्षमा सहयोगी भूमिकाको अपरिहार्यता छ । ति सरोकारवाला निकायरुलाई सोही अनुसारको भूमिका निर्वाहका लागि म हार्दिक अपिल पनि गर्दछु ।
 विद्यालयमा किशोरीहरुको अवस्था के छ ?
हामी अध्ययनरत विद्यालयमा पनि किशोरीहरुले बाल बिबाह गर्ने र विद्यालय छाड्ने अवस्था छैन । यस विद्यालयमा पनि बाल क्लव गठन भएको छ । यस बाल क्लवले हामी किशोरीहरुको हितमा काम गर्दै आएको छ । सेनेटरी प्याडको विद्यालयमा व्यवस्था नहुँदा महिनावारी हुँदा किशोरीहरुलाई पढाई नै छोड्नु पर्ने बाध्यत्मक अवस्था थियो । तर, अहिले विद्यालयमा किशोरीहरुका लागि सेनेटरी प्याडको व्यवस्थाले हामीलाई पढाईमा सहज वातावरण सिर्जना भएको छ । हामी अध्ययन गर्ने विद्यालय विस्तारै किशोरी मैत्रीतिर उन्मुख छ ।
 गाउँपालिका, वडा कार्यालय, जनप्रतिनिधि, प्रहरी, सरोकारवाला निकायहरु किशोरी समूहले के–के अपेक्षा गर्दछ ?
हामीले रुपान्तरण कक्षाबाट जीवन उपयोगी शिक्षा बाल बिबाह गर्नु हुँदैन, बाल बिबाहको अवसर, आत्म जागरण, अनुशासित, भेदभाव गर्नु हुँदै जस्ता शिक्षा पाएका छौं । साथै आगाी दिनमा पनि गाउँपालिका, वडा कार्यालय, प्रहरी निकाय, अभिभावक, शिक्षक, संघ संस्थाको सहायताबाट नै हामी किशोरीहरु लक्ष्यमा पुग्ने हो । किशोरी समूहले बाल बिबाह रोक्न खोज्दा पनि कतिपय निकायहरुबाट त तिमीहरुले के पो गर्न सक्छौं र ? भन्ने पनि आउन सक्छ । त्यो अवस्थामा हामीलाई गाउँपालिका, वडा कार्यालय, प्रहरी, अभिभावक, शिक्षक, संघ संस्थाकै सहायता पर्छ । त्यसैले किशोरी समूहकोा नेतृत्व विकास सँगसँगै बाल बिबाह रोकथामका लागि खास गरी गाउँपालिका र वडा कार्यालयबाट आवश्यक वजेटको विनियोजन गरी आगामी दिनमा किशोरी मैत्रीको अपेक्षा गर्दछु । समाजमा बाल बिबाह रोकथाम भयो भने पक्कै पनि हामीले कल्पना गरेको सभ्य, सुन्दर, खुसी परिवार र समाज बन्न सक्छ । यसतर्फ सबै निकायहरुको समयमा ध्यान पुग्न आवश्यक छ ।
 अभिभावक र किशोरीहरुलाई के भन्नु हुन्छ ?
किशोरी समूहमा आवद्व किशोरीहरुका अभिभावकहरु बाहेक अन्य अभिभावकहरुलाई हामी के पढ्दै छौं भन्ने कुरा जिज्ञसा राख्नु पनि स्वभाविक नै हो । अब अभिभावकहरुलाई किशोरीको एजेण्डामा साथ सहयोग दिनका लागि म अनुरोध गर्दछु । किशोरीहरुको अभिवष्य अभिभावकको भूमिकाले निर्धारण गर्ने भएकोे आफ्ना किशोरीहरुको भविष्यका लागि वर्तमानमा विशेष ख्याल पु¥याउन म अभिभावकहरुलाई म अपिल गर्दछु । अभिभावकहरुबाट उमेर नपुग्दै बिबाह प्रस्ताव ल्याएको खण्डमा उक्त प्रस्ताव अस्वीकार गर्नका लागि किशोरीहरुलाई म आग्रह गर्दछु । किशोरीको इच्छा विपरित बिबाहको प्रक्रिया अभिभावकबाट अगाडि बढाएमा पनि नजिकको जनप्रतिनिधि, प्रहरी, किशारी समूह, आमा समूह सहितका अन्य सरोकारवाला निकायरुलाई समयमै सूचना दिनका पनि किशोरीहरुलाई म अनुरोध गर्दछु ।
 अन्तिममा केही कुरा छुटेका छन् कि ?
अन्तिममा लालिगुराँस समूह र मेरो व्यक्ति धारणा पाठक वर्गसम्म पु¥याउने अवसर यस पत्रिकामार्फत दिनुभएकोमा हजुर र पत्रिकाको सम्पूर्ण टिमलाई म धन्यवाद व्यक्त गर्दछु । साथै बाल बिबाह न्यूनिकरण कार्यक्रम अन्तर्गत रुपान्तरण कक्षाबाट हामीलाई बाल बिबाह सम्बन्धि सचेत सहित आत्म जागरण बन्नेमा सहयोग पु¥याउने नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखा, ग्ल्ँएब् लाई पनि हाम्रो समूहको तर्फबाट म यस पत्रिकाबाट आभार व्यक्त गर्दछु । किशोरीहरु समयमा बाल बिबाहका असर सम्बन्धि सचेत नहुँदा बिबाह गरेर अहिले ति धेरै किशोरीहरु सम्बन्ध विच्छेद, आर्थिक भार, शारिरीक कम्जोरी आदी समस्याले दैनिक जीवन बिताउन बाध्य हुनुहुन्छ । त्यसैले सम्पूर्ण किशोरी र अभिभावहरुलाई समयमा सचेत बन्नका लागि म अनुरोध गर्दछु । बाब बिबाह न्यूनिकरणमा यो किशोरी समूहको भूमिकालाई सक्रिय बनाउँदै अगाडि बढ्ने छ ।

You may also like