जीवन बचाउने गणतव्य पूरा भयो । मानसिंह बिक अध्यक्ष नेपाल पत्रकार महासंघ रोल्पा ९८५७८२२२७५

साउन २ गतेसाझ म कामको सिलसिलमा सुलिचौर बजारमै बास बसेको थिए । अधेरी क्षितिज खुलेको थिएन । सपनामा ठूलो नदी पार गरेको थिए । ३ गते विहान सुवर्णावती गाउँपालिकाको काम सकेर सकेर जेलबाङको साथी रेशमसँग सुलिचौरबाट उकालो लाग्दै थियाँैँ । सुलिचौरबाट लिबाङतिर बाइकमै थियाँै । मलाई ठीक ८ः४२ मा थबाङबाट दीपेन्द्र विकले फोन गर्नुभएको रहेछ । म बाइकमा भएर उठाउन सकिन उहाँले फेरी ४ः४३ मा पनि फोन गर्नुएको थियो । उठाउँन खोज्दा खोज्दै गोजिबाट मोबाइल निकाल्दा निकाल्दै फोन कट्यो । मैले जरुरी भएको थाने र मैले ४ः४५ मै गरे लागने । विहान ८ः४७ बजे फोन गरे उठाउनुभयो । दिपेन्द्रले भन्नुभयोः “मानसिंह सर हो, म दीपेन्द्र विक थबाङबाट हो । मैले रेडियो मालश्रीका विनोद डाँगीबाट नम्बर मागेको हुँ । सर एउटा जरुरी समस्या पर्यो । हिजो विहान ११ बजे भर्ना गरको मेरो बुहारी गर्भवती भएको थबाङका सामुदायिक अस्पतालमा लिएका थियौँ अब डाक्टरले सक्दैन भन्छन्, दुईखोलीसम्म मात्रै गाडी आउँछ त्यहासम्म लग्ने कुनै साधन भएन हिलिकप्टरबाट मात्रै सम्भव छ रे कसरी विरामी दुवैको जीवन बचाउन सकिन्छ ।”
मैले भने –“म खर्वरै फोन गर्दछु,” तत्कालै मैले रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई फोन गरेर भनेः–सर थबाङमा एउटा सुत्केरी विरामीको उच्च जोखिम छ रे दुईदिनसम्म केही हुँदैन महिला र वच्चाको जीवन जोखिममा छ रे । ” प्रमुख जिल्ला अधिकारीले म कुरा गर्दछु भन्नुभयो । तत्कालै मैले रोल्पा जिल्लाका प्रभावशाली नेता छिटो उद्धार गर्न सक्ने नेता दीपेन्द्र कुमार पुनमगर सिजललाई फोन गरेर भने ः–“अंकल तपाई कहाँ हुनुहुन्छ, फोन अलि बुझिएन । एउटा हातले वाइक चलाउँदै ति भदौरेको घुम्तिमा समेत मोवाईलमा नम्वर डायल गरेकै छु ।
उहाँलाई भनेः “सिजललाई अंकल छिटो गर्नुप¥यो । सिडिओ सरले हामीले मन्त्रालयको प्रक्रियामा ढिलो हुन्छ भन्नुभयो तपाईले डाइरेक्ट गर्नुभयो भन सरले हामीले मन्त्रालयको प्रक्रियामा ढिलो हुन्छ भन्नुभयो तपाईले डाइरेक्ट गर्नुभयो भने छिटो हुन्छ रे तपाईले छिटो गर्नुहोस् छिटो उद्धार चाहियो अरु कुरा पछि गरौला । उहाँले पनि निकै चासो पूर्व छिटै गर्नुभयो । उहाँलाई ९ः ८ मा फोन गरेको थिए । त्यस पछि वर्षमान पुनमगर अनन्तलाई पनि ९ः २१ मा गरेको थिए । उहाँलाई पनि पनि तुरुन्त उद्धार गर्नुप¥यो । सबै नेताहरुले छिटो गर्नका लागि पहल गर्नुभयो । तर पनि गृहमन्त्रीको स्वीकृतमा भयो भने सहज हुने सुझाव आयो । फेरी प्रमुख जिल्ला अधिकारीलाई फोन गरियो । मौसम रोकामगरलाई ९ः१० मा फोन गरियो उहाँले मलाई थाहाँ भएर म अब सम्पर्क गर्दछु भन्नुभयो । मैले उपराष्ट्रपतिका प्रेस सल्लाहकार मनोज घर्तीमगर, सचिवालयका शरद दाजुलाई पनि फोन गरियो ।
प्रमुख जिल्ला अधिकरीलाई गृहमन्त्रालयबाट आदेश नआउँदासम्मका लागि मैले वरु नीजि कम्पनीहरुलाई भनिदिनु प¥यो सर खर्चका लागि बरु अहिल नै हो भने मेरो खातामा भएको पैसा पठाई दिउँदा भने । उहाँले खर्चका लागि अलि कठीन हुन्छ के हो मानसिंह ज्यू भन्नुभयो र मैले कति लाग्छ सर भन्दा उहाँको जवाफ थियो करिव ५ लाख मैले भित्र भित्रै मेरो खाताको पैसाले पनि पुग्ने भएपछि मैले उहाँलाई भने उद्दार पहिलो हो सर आर्थिका लागि हामी व्यवस्था गरौला नि सर । त्यतिभने भन्दा भन्दै प्रमुख जिल्ला अधिकारीले हिलिकप्टरको जोहो गर्दा गर्दै १० पनि बज्यो । उहाँले भन्नुभयो नेपाली सेनाको हिलि तयार भयो । अन्य कम्पनीको भेटिएन । पहिलो नेपाली सेनाको हिलि काठमाण्डौँबाट ११ः ५ बजेतिर हिडेको थियो । सो हिलि फेरी ३० मिनेटमै प्राविधिक समस्या भएर रोकियो रे भन्ने सुनियो । अर्काे पटक झन तनाव भयो । हामीले पहिलो पटक सबैको सहयोगमा उडान भएको हिलि थबाङ नपुगेपछि प्रमुख जिल्ला अधिकारीसँगै हामी जिल्ला प्रशासनमै जोहो गर्न तिर लागेका थियौँ । सिमिकोटबाट खोजियो । नेपालगञ्ज पनि तर फेरी १ः५ मिनेटमा फेरी दोस्रो पटक काठमाण्डौँबाट उडेको थियो । थबाङबाट लगातार फोन आयो । सर कति बेला आउँछ त आएको छैन । म्यासेजमा पनि निरन्तर आयो । करिव ५ मिनेटमा फोन आयो नै । करिव २ः४० मा थबाङको आकाशमा आएको कुरा प्रहरी चौकी थबाङका इन्चार्ज भिमबहादुर सुनारबाट थाहाँ भयो । थबाङबाट दीपेन्द्रले भन्नुभयो आयो सर अब ।
खर्च व्यवस्थापनका लागि साँची खड्कदल गणका गणपति अजय गुरुङ सर बस्नुभएको छ । उहाँले साँची बसेर नगर्नेदिएको भए बैंक खोज्दा खोज्दा उद्दारमा ढिलाई हुन सक्थ्यो । हिलि थबाङबाट विरामी हालेर ३ः४५ बजे काठमाण्डौँका लागि उडेपछि मात्रै प्रमुख जिल्ला अधिकारी पनि काठमाण्डाँैको यात्रा तय गर्नुभयो । काठमाण्डौँ पुगेको टोलीलाई निरन्तर सम्पर्क गरियो । थपाथली प्रसुति केन्द्रमा लगेपछि बच्चा जन्मियो । मैले दीपेन्द्रलाई फोन गरे कस्तो भयो ? उहाँले बच्चा जन्मिएको छ रे सर अझै थाहाँ छैन छोरा की छोरी ।
दीपेन्द्रको यो जवाफ पाएपछि मात्रै खुसी भयो । आज जीवनमा एउटा नयाँ काम गरियो । समाजका लागि जीवन त अर्पिकै थियो । थबाङमा युद्धकालमा कार्य क्षेत्र लिएर बसेको त्यही दलित बस्ती साविको थबाङ ३ दलित बस्तीका २६ वर्षिय वरमाया बिक यस धर्तीमा आफू पनि रहेर र नवजात शिशुलाई पनि यस धर्तिमा जन्म दिनुभयो । उहाँ नवजात शिशुलाई जन्म दिएपछि र आफू यस धर्तीमा बाँचेपछि उहालाई मैले राती करिव ८ः४७ बजे फोन गरेको थिए । फोन उहाँको जेठाजु दिपेन्द्र नै उठाउनुभयो ।
मैले दीपेन्द्रलाई अब त तनाव मुक्त भएको सन्दर्भमा सोधिहाले तपाईले हिलि कप्टर मगाउने सोच कहाँबाट अयो ? उहाँले भन्नुभयो अब बाटो बन्द छ । हामी सेनाको टिममा त पुगेका थियाँै तर उहाँहरुले तपाईहरुले जिल्लामा भन्नुहोस् । भन्नुभयो । मलाई केही याद आएर विनोद डाँगीले यो कुरा मानसिंह सरलाई भन्नुहोस् उहाँबाट सम्भव हुन सक्छ भन्नुभयो रे । उहाँबाट नम्बर मागेर फोन गरेको थिए । सबैभन्दा हामीले अरुलाई चिन्दैन थियौँ । एउटा हाम्रो दलित समुदायको सचेत युवा र पत्रकार महासंघको अध्यक्षभएको हिसावले तपाईबाटै यो कदमको शुरुवात भएको हो ।
मैले बरमाया विकलाई फोन दिन आग्रह गरे जेठाजु दिपेन्द्रले दिनुभयो । बरमायाँ फोनमा पनि खुसी मुद्राको आवास थियो । “बधाई छ तपाईलाई” मैले भने । उहाँले भन्नुभयो धन्यवाद छ । मैले तपाईको जीवन बचाउन बल्ल सकियो तपाइलाई कस्तो लागेको छ त ? उहाँले भन्नुभयोः–“तपाई लगायत सबैलाई धन्यवाद छ मेरो जीवन पनि बल्ल बल्ल बाचेको छ । तपाईहरु नभएको भए त म मर्ने नै थिए । खुसी लागेका छ म लिबाङतिरबाटै आउँछु भेट होला है । ” “मेरो जीवन पनि बाच्न सफल भयो बच्चा पनि राम्रो भयो । ” उहाँलाई मैले सोधे स्वास्थ्य त ठिक भयो तर पैसाको चिन्ता लागेको छ होला नी भन्दा लागेपनि के गर्ने र पैसाले जीवन आउँदैन रहेछ । पैसामात्रै हिलि कहाँ आउँदो रहेछ कति बेर पर्खिनु परेको थियो । म त जीवनबाट हरेस खाई सकेको थिए तर बाचियो जसरी पनि तिरिएला । ”
यदी आज विहान मैले फोन कल व्याक नगरेको भए बरमायाको जीवन के हुन्थ्यो होला । अनि माओवादी केन्द्रका केन्द्रीय नेताहरुले पहल नगरेको भए के हुन्थ्यो होला । प्रमुख जिल्ला अधिकरी, गणपति अजय गुरुङ सरले साँची नबसदिएको भए के हुन्थ्यो होला । हुम्लाको प्रमुख जिल्ला अधिकारीले गरेको व्यवस्थान पहिलो पटकको हिलिकप्टर विग्रिएर दोस्रो नपाइएको भए । माननीय गृहमन्त्री जनार्दन शर्मा र सिजलबीचमा सम्पर्क नभएको के हुन्थ्यो हो । रोल्पाका नेताहरु केन्द्रमा नभएको भए । विनोद डाँगीले मेरो नम्वर नदिएको भए के हुन्थ्यो होला । प्रमुख जिल्ला अधिकारीले निरन्तर पहल नगरेको भए आज हामी सबै खुशी हुन पक्पै पनि सक्दैनौ थियौँ होला । हामी कल्पना पनि गर्न सक्दैनौँ । हामी बरमायालाई र बालकलाई यस धर्तीमा हाम्रो सामु राख्न सक्थ्यौ की सक्दैन थियो । तर म भन्दछु हामी सक्न कठिन नै थियो ।
नेपालमा अझै पनि आमा र शिशुको मृत्यु उपचार हुन नसक्दा भइरहेकै छन् । यो एउटा प्रतिनिधी घटनामात्रै हो । बरमायाको पहिलो छोरा ६६ वर्षको छ । जीवनको अन्तिम क्षणमा पुग्दा पनि सबैको पहलले बरमायाको आफ्नो जीवन पनि बाँच्न सफल भयो र वरमायाले धर्तीमा अर्काे छोरालाई पनि जन्म दिनुभयो । हिलि कप्टर उडान खर्च ३ लाख ४९ हजार ठूलो होइन । जीवन बाचेको छ । आर्थिक व्यवस्थापन गर्न राज्य, सरकार अनि रोल्पाबाट विभिन्न सार्वजनिक पदमा बसेका मानिसहरुले चाहेमा के अब मर्ने चिन्तामाट मुक्त भएका बरमाया र आफ्नो परिवारलाई फेरी पैसाको चिन्ता बनाउने ? त्यसैले हामी सबैले बरमायाको जीवन त बचायाँै अब आर्थिक भारबाट मुक्त गर्ने तिर पनि लाग्नु पर्दछ । होइन भने फेरी बरमाया र परिवारलाई बच्चा जन्मिएको खुशी भन्दा आर्थिक भारको पीडाले पोल्ने छ नै । यसबाट मुक्त गराउनका लागि हामी जस्तै अधिकारकर्मीहरुको पहलमा राज्य, सरकार र स्थानीयतह, स्वास्थ्य सँस्थाहरुले समन्वय गरी जोहो गरी बरमायालाई अब चिन्ताबाट मुक्तको जीवन जीउनका लागि वातावरण निर्माण गर्नुपर्दछ की ।
अन्तमा खवर गरेपछि मैले तत्काल उद्धारको पहल गरिदिनका माननीय उपप्रधानमन्त्री कृष्णबहादुर महरा, माननीय गृहमन्त्री जनार्दन शर्मा, पूर्व अर्थमन्त्री माननीय वर्षमान पुनगर ‘अनन्त’, पोलिट व्युरो सदस्य दीपेन्द्र कुमार पुनमगर, रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, खड्क दल गणका गणपति अजय गुरुङ, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख नायव उपरीक्षक रामप्रसाद घर्तीमगर, जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख जिल्ला डा. भवानी प्रसाद शर्मा, हुम्लाका प्रमुख जिल्ला अधिकारी धनप्रसाद पौडेल शर्मा, प्रहरी चौकी थबाङका इन्चार्ज भिमबहादुर सुनार, पत्रकार महासंघका पूर्व अध्यक्ष मौसम रोकामगर लगायत सम्पूर्ण सहयोगी निकाय दिने सहयोगको गरिदिने धन्यवाद सबैलाई । यस्तै गरीव तथा विपन्नका लागि सरकारले उद्धारको काम गर्दै जानेछ भन्ने पूर्ण विस्वास लिएको छु । आगामी दिनमा यस्तो अवस्थाबाट आम महिलाहरुले मुक्ति पाउनेछन् भन्ने कामना व्यक्त गर्दछु ।

You may also like