सुनिलस्मृति गाउँपालिका अध्यक्ष र वडा अध्यक्षको विवादको विषयमा नेकपाद्वारा प्रेस विज्ञप्ती जारी

रोल्पा समाचार जेठ ११ लिबाङ


सुनिलस्मृति गाउँपालिका गाउँकार्यपालिकाको बैठकमा गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगर र वडा नं. ४ का वडा अध्यक्ष गञ्जबहादुर क्षेत्री बीचमा विवाद एवं हानहानको विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाका जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्नुभएको छ । नेकपा रोल्पाका अध्यक्षद्वारा जारी विज्ञप्तीमा वडा अध्यक्ष क्षेत्रीले आफ्नो पदीय हैसियत विर्सिएर माथिल्लोतहको निर्णय उलङ्घन गर्दा सो घटना भएको निस्कर्षका साथ सो विज्ञप्ती जारी गर्नुभएको छ ।


आईतबार विहान घटनाको विषयमा सबैतिर छलफल तथा अध्ययन गरेको बताउँदै अध्यक्ष थापाले विज्ञप्ती जारी गरेको बताउनुभएको छ । सो जारी विज्ञप्तीमा भनिएको छ–‘रोल्पा जिल्ला सुनिलस्मृति गाउँपालिकाको मिति २०७७ साल जेष्ठ ०९ गतेका दिन बसेको कार्यपालिका बैठकमा कोरोना भाईरसद्वारा श्रृजित राष्ट्रीय संकट (लक डाउन)को फाईदा उठाउन खोज्ने केही काला बजारिया व्यापारीहरूको उक्साहतका ४ नं. वडा कार्यालयका वडा अध्यक्ष श्री गञ्ज बहादुर क्षेत्रीज्यूले संघीय सरकारको राहत वितरण सम्बन्धि एकद्वार नीतिको उल्लङ्घन गर्दै अराजकता मच्चाउने, आफु समेत बसेको गाउँपालिका स्तरीय बैठकको सर्बसम्मत निर्णय बिपरित ‘वडाको निर्णय हो’ भन्दै पालिकावाट अनुमति लिई अत्यावश्यक खाद्यान्न र विकास निर्माण सामग्री ढुवानी गरि ल्याउने गाडीहरूलाई सडक सिल गरि घण्टौं काँध धारामा रोकी सताउने, सुलिचौर बजारको सिमित बैंकिङ्ग सेवा समेतलाई अबरूद्ध पार्ने र गाउँ कार्यपालिकाको बैठकमा उहाँको त्यस्ता गैर जिम्मेवारपूर्ण हर्कतका विषयमा छलछल चलाउन खोज्दा तथानाम गाली बेईजेती गरि गाउँपालिकाका अध्यक्ष श्री गुणेन्द्र घर्ति मगरज्यू माथि जाई लाग्ने (पालिका प्रवक्ताज्यूको आधिकारिक विज्ञप्ती पनि हेरौं) र उल्टै अध्यक्ष घर्तिज्यू बिरूद्ध ईलाका प्रहरी कार्यालय, सुलिचौरमा उजुरी दिने,एकतर्फी लाईने कुरो हालिदिएर नेपाली कांग्रेस जिल्ला पार्टी सभापतिज्यूलाई चर्को विज्ञप्ती जारी गर्न लगाएर आफ्ना मातहतका संचार माध्यमहरू र सामाजिक संजालहरूवाट गोयबल शैलीमा “तिललाई ताड बनाई “अनर्गल प्रचार युद्ध छेडेको देख्दा साह्रै दुःख लागेको छ ।’
सो घटनाका सन्दर्भमा अध्यक्षले सबैपक्ष सम्मेमित हुनपर्ने, जनप्रतिनिधी भएपछि जिम्मेवार बन्नु पर्ने बताउँदै थापा घर्तीमगरद्वारा जारी विज्ञप्तीमा भनिएको छ ः–‘प्रतिपक्षका साथीहरूको यस प्रकारको अशोभनीय व्यवहारलाई कुन रूपमा बुझ्ने होला ? त्यस स्तरका जिम्मेवार साथीहरूले आफ्नो पदीय हैसियत, अधिकार क्षेत्र र सिमा तथा दायित्वलाई ठिक ढंगले नबुझि यसरी अनावश्यक विवाद श्रृजना गर्नुलाई राम्रो कुरो हो भन्न सकिन्न ।’

सबै पक्षले यस घटनालाई अतिरञ्जित नगरी सबैको सहकार्य र अपसी सहमतिसद्वारा समस्याको सामाधान गर्नहुन समेत अपिल गर्दै उक्त विज्ञप्तीमा भनिएको छः–‘अन्त्यमा, आदरनिय जनसमुदायमा सुनिलस्मृति गाउँपालिकाको घटनालाई उपरोक्त रूपमा बुझिदिनु हुन् र सरकारमा रहनु हुने साथीहरूले स्थानीय तहको सत्तामा पक्ष–विपक्ष हुँदैन् भन्ने कुरोको चुरोलाई राम्ररी मनन गरि यस विपतको घडीमा अहमतिका कुरोहरूलाई पनि व्यापक छलफल गरि सहमति र सहकार्य द्वारा मिलेर अघि बढ्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी हार्दिक अपिल गर्दछ ।’

You may also like