समयको महत्व बुझ्नुको विकल्प छैन

                                                                             पूर्णबहादुर भण्डारी
                                                           नेपाल प्रहरी जवान, हाल कारागार रोल्पा ।
समय हेर्दा र सुन्दा जति सामान्य अनि हल्का जस्तो लाग्छ । त्यति सामान्य छैन अलिकति गहिराईमा पुगेर सोच्ने हो भने । समयले कसैसँग नातासाइनो गाँस्न पनि चाहँदैन अनि कसैसँग नजिक कसैसँग टाढा पनि बन्न चाहँदैन आफ्नै गतिमा हिडिरहेको छ । समयले हामीलाई आफ्नो अनुकूल बनाई दिन्छ । तर, हामीले बनाउन सक्दैनौ । आफ्नो स्वार्थ अनुकूल बनाएर त्यहि स्वार्थमा समयलाई हिडाउन अनि हिडाउन खोज्ने चाहना त त्यो सपना मात्रै बन्न सक्ला । तर, पूरा हुन सक्दैन ।

समयलाईभन्दा हामी आफुलाई नै बलवान ठान्ने अहामतावाद त्यही घमण्ड र जिद्दीले गर्दा जीवनका यात्राहरु असफल हुन पुग्ने गर्छन् । असहज, चुनौती, जोखिम जे सुकै भनौ वा संम्बोधन गरौं । मानव जीवनका हरेक मोडहरु त्यही समयको एक सेकेण्ड समयसँग जोडिएका हुन्छन् भन्दा फरक नपर्ला । किनकि त्यही अवस्थाबाट आज हामी आफ्नो यात्रालाई हिडाई रहेका छांै । कुनै बेला त्यही समयले जन्मिन सिकाएको थियो । भने जन्मिएर संघर्ष गर्दै जीवनका विभिन्न उतार चढावसँग हिड्न पनि त्यहि समयले सिकायो । अनि हामी बस्दै गरेको समाजमा कसैले समयको रंग कस्तो हुन्छ भनेर प्रश्न गर्याे भने त्यो सबैका लागी हाँस्यास्पद बन्ला । तर, बोलाउन र निर्देशन दिन नसकिने त्यहि अमूल्य समयले फनफन्ति भुमरी जस्तै घुमाएर संसारबाट नफर्किने गरी अलग बनाई दिँदाको त्यो अबस्था कति हृद्य स्पर्शी अनि मार्मिक हुन्छ होला कल्पना पनि गर्न सकिँदैन । समयले न हामीले दिएको माया प्रेमलाई ग्रहण गर्छ न हामीले देखाएको घमण्ड लाई साथ दिन्छ । कुनै कुरासँग सम्झौता नगर्ने निस्वार्थपन त उसको विशेषता रहेछ ।

यही समयले खान सिकायो, बोल्न चल्न सिकायो, अनि हिडन पनि । सबै कुरा सिकाएको छ । प्रविधिको विकाससँगै प्रतिस्पर्धात्मक आजको युगमा पुग्न र सफलता हासिल गर्न पनि यही समयले सिकाएको छ, समयले हामिलाई आफ्नो नियन्त्रण भित्र घेराबन्दी गरेर राखेको छ र त हामीले हरेक क्रियाकलापहरुको सीमारेखा छुट्याएका छौं । मानवीय जीवनशैलिका हरेक अबस्थाहरुलाई यति साँघुरो बनाई दिएको छ कि भोलि भनेर ढिला सुस्ती मात्रै गर्दा भोग्नुपर्ने परिणामलाई असली रूपमा छर्लङ्ग देखाई दिन्छ । यही समयले कतिबेला आत्मग्लानीसँगै आफैले आफैलाई पश्चाताप भएको अनुभूती गराई दिन्छ भने कतिबेला सफलतामा पुगेको अनुभूती गराइ दिन्छ । समयसँग न कुनै डर छ न कुनै त्रास छ । आफ्नै गति र रफ्तारमा हिंडिरहेको छ । पृथ्वीमा उत्पत्ति भएका सृष्टिकर्ताहरु विस्तारै विकास क्रमसँगै परिर्वतन हुँदै आए, हुँदै छन् र हुँदै जानेछन् । तर, अमूल्य समय हिजो पनि त्यही हो, आज पनि त्यही छ र भविष्यमा पनि यही नै हुनेछ मात्रै अबस्था परिवर्तन भएको हो । जीवनको हरेक गतिविधि हामीले बुझ्ने गरेको, भन्ने गरेको त्यो अमूल्य समयको एक सेकेण्ड समयसँग जोडिएको छ । कुनैबेला रोकिएको छैन बरु केही न केही सिकाएकै हुन्छ समयले । न मृत्युलाई चिनेको छ न जन्मलाई चिनेको छ । साच्चिकै मानवीय जीवनशैलीसँग जोडिएका हरेक कुराहरूलाई सहज बनाउँदै, बनाउने कोसिस गर्दै सोच्ने गरेको त्यो उद्वेश्य अनि देख्ने गरेका ती सपनाहरु थोरै भएपनी पूरा गर्नका लागि अमूल्य समयको महत्वलाई बुझ्नु नै सफलता हो ।

यदि वर्तमान समयको महत्व बुझ्न सकेनौं भने त्यसको प्रभाव पक्कै पनि भविष्यमा पर्दछ । निकट भविष्यमा वर्तमान समयको गल्त कम्जोरीलाई सम्झि बस्नु बाहेक अन्य कुनै विकल्प हुँदैन । त्यसैले उज्वल भविष्यको सुनिश्चितको लागि वर्तमान समयमै समयको महत्व बुझ्न अपरिहार्य छ । समय प्रति कुनै प्रकारको हाँसो, आँसु , रिस, आक्रोश छैन । बरु नआत्तिएर संसारलाई अनुशासनमा राखेर सभ्य बन्दै सभ्यताको त्यो असीमित यात्रामा हिडाउन सफल अनि मूल्यवान क्षमताको प्रतिक समयको महत्व बुझ्नुको विकल्प छैन जुन ।

You may also like