के रहेछ चीन ? गानगणतन्त्र चिनको यात्रा अनुभूति मध्य भागसम्म

 

के रहेछ चीन ? गानगणतन्त्र चिनको यात्रा अनुभूति मध्य भागसम्म


मानसिंह विश्वकर्मा (अध्यक्ष)
नेपाल पत्रकार महासंघ रोल्पा भ्रमण यात्री
–२०७५ भाद्र ९ देखि १९ सम्मको
हामीले सानै उमेरमा अध्ययनको क्रममा नेपाल दुई ठूला राष्ट्र (दुइ ढुंगा) बीचको एउटा तरुल हो । नेपालको दक्षिणमा नेपाल भन्दा करिव २२ गुणा र चीन करिव ६५ गुणा ठूलो छ भन्ने अध्ययन गरेका थियौँ । सानै विद्यार्थी जीवनमा सामाजिक विषयमा अध्ययन गर्ने गरेको विषय पछि राजनीतिमा एका एक राजनीतिक परिभाषा बदलिएको प्रशिक्षण पाउने गरियो । जति बेला सानै उमेरमा नेपालको आमूल परिवर्तनको पक्षमा जनयुद्धमा सरिक हुने अवसर पाइयो त्यति बेलामा नेपालको परिभाषा यस्तो थियोः–“नेपाल दुई ठूला राष्ट्रबीचमा रहेको तरल पदार्थ हो, यो जति बेला पनि विस्फोट हुन सक्छ ।” यीनै दुइवटा बीचको मेरो मानसिकता अब एकाएक नयाँ परिभाषा आफैमा जन्माउन सकियो ः–“विशाल, विकासशील, मेहनती, विज्ञान प्रविधियुक्त देशको बीचमा विकास गरिव मूलक पो रहेछ । ” यो हेरेर नयाँ अनुभुति मात्रै भएन कि जीवनमा चिन र चिनका नागरिकहरुबाट धेरै कुरा सिक्नु पर्ने व्यवाहरिक ज्ञान भएको छ । यो नयाँ कुरा सिक्नका लागि रोल्पाबाट काठमाण्डौँ हुँदै चिनसम्मको यात्राको विषयमा एउटा एउटा आलेखको माध्यमबाट लिपी बद्ध एवं अभिलेखिकरण गर्नका लागि तयार भएको छु ।
काठमाण्डौबाट रोल्पासम्मको फोनवार्ता

नेपाल पत्रकार महासंघका केन्द्रीय समितिका अध्यक्ष गोविन्द आचार्य

एक्कासी नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यबाट फोन आयो मानसिंह भाई तपाईले राहदानी त बनाउनु भएको छ । मैले सोचे एक्कासी आज फोन आयो है किन अब एक वर्ष पहिले बनाएको राहदानीको काम लाग्छ कि जस्तो लागेको थियो । तर उहाँले राहदानी प्रेस काउन्सिलमा पठाई दिनु है । मैले भने ः–“सहर्ष रुपमा हुन्छ सर । ” उहाँले भाद्र २ गते विहानै फोन गर्नुभएको थियो ।


प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ

फेरी उहाँले गरेको करिव १५ मिनेट पछि प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पनि फोन गर्नुभयो । उहाँले भन्नुभयोः–“ ल बधाई छ, मानसिंह भाई आराम छौँ, तिमीले राहदानी बनाएका छौँ नी अब तिमीलाई एउटा अवसरमा छनौट गरेका छाँै, राहादानी प्रेस काउन्सिलका महेन्द्र सिंहलाई पठाई दिनु है ।” उहाँले काठमाण्डाँै आए पछि भेट हौला । करिव १५ मिनेटको अन्तरालमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य र प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठबाट फोन आएपछि अब भने त केही हुन्छ कि जस्तो लागेको थियो । मैले पनि अब विदेशको केही दिनको यात्राको अवसर प्राप्त भएको जस्तो संकेत भयो कि जस्तो छ भन्नेमा मनभित्र मित्र नै आधि चल्यो, एक्कासी मनभित्रको खुशीको हुरी चल्यो, मनभित्र खुसी र हर्षको विचमा नै चलि रहेको थियो । त्यसैको निरन्तरमा अब फेरी प्रेस काउन्सिल नेपालका महेन्द्र सिंहबाट पनि फोन आयोः–“उहाँले पनि बधाई छ मानसिंह सर, हजुरलाई तपाईलाई शुभअवसर प्रदान भएको छ । तपाईले हजुरको बायोडाटा र राहदानी अनि नागरितासँगै पत्रकारिता पेशामा लागेको संक्षिप्त विवरण मलाई पठाई दिनु है सर । ” मैले अब उहाँबाट अन्तिम निर्णय सुनाएपछि मलाई साच्चिकै अब एउटा अबसर नै हो । यो अवसरलाई जसरी भएपछि अबसरलाई बढल्नु पर्दछ भन्ने लागेको थियो । म फेरी त्यो राहादानी पठाउनका लागि म सदरमुकाममा थिएन । मैले उहाँलाई भने ः–“म नेपाल पत्रकार महासंघकै काममा सुलिचौरमा छु । म तपाईलाई साझमात्रै पठाउन सक्छु सर ।”


प्रेस काउन्सिल नेपालका महेन्द्रराज सिंह
नेपाल पत्रकार महासंघ रोल्पाले सञ्चालन गरेको “भवन निर्माण एवं कल्यानकारी कोष” स्थापनाका सुलिचौर बजारमा सहयोग संकलन गर्नका लागि सुलिचौर बजारमा गएको थिए । त्यस स्थानको कार्यक्रम सम्पन्न गरी लिबाङमा आएको थिए । मलाई अझै उत्साहित भएर काम गर्ने प्रेरणा मिलेको थियो । म लिबाङ आएर मेरो नागरिकता, पासपोर्ट लगायत संक्षिप्त बायोडाटाहरु बनाए । त्यसलाई मैले महेन्द्र सरको मेलमा पठाई दिएको थिए । उहाँलाई पनि मैले भने मेरो डकुमेन्ट पठाएको छु सर पाउनु भयो भने मलाई फोन गर्नुहोला । उहाँले त्यो सन्देशपछि मैले सन्देश उहाँले हुन्छ पाए भने खवर गर्दछु नि । त्यो सन्देश अर्काे विहान करिव १० बजेतिर मलाई फोन गर्नुभयो । उहाँले तपाईको सामाग्री आई पुगेको छ । म अध्यक्ष ज्यूलाई दिन्छु नी ।  उहाँले यसो भन्दै गर्दा मलाई निकै खुशी लागेको थियो त्यस पछि मैले उहाँले मेरो बारेमा संक्षिप्त जानकारी लिनुभयो । मैले मेरो सबै डकुमेन्ट पठाएर म काठमाण्डौ जानु पर्ने भयो ।
महेन्द्र सरबाट जति सकिन्छ छिटो काठमाण्डौँ आउनका लागि अनुरोध गर्नुभयो । म साच्चिैकै हो त जसरी भएपनि जानु पर्दछ । म साउनको ३ गतेको रोल्पा समाचार साप्ताहिक पत्रिका प्रकाशन गरेर जाने निधो गरे मैले । २ गतेको अबेरसम्मको वसाई अर्काे दिन विहान पत्रिका बजारमा गयो । आइतबारको काममा केही चाप हुन्छ नै त्यसैमा अझै केही काम मिलाएर जानु पर्ने देखियो । त्यसै दिन सूचना दिवस मनाउनको लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पा र हरप्लेस रोल्पाको संयुक्त आयोजनामा सूचना दिवस मनाइयो । १२ बजेदेखि कार्यक्रम शुरु गरिएको ३ बजेसम्म कार्यक्रम चलेपछि कार्यक्रमको अध्यक्ष भएपछि हिड्न मिलेन । त्यसैले करिव ४ बजे आफ्नो सुख दुखको यात्रामा साथ दिने मोटर साइकलमा रोल्पाबाट भालुबाङसम्मको यात्रा बाइकमा जाने निधो गरे र यात्रा अगाडि बढाए । यात्राको क्रममा सुलिचौरसम्म पानी परेको थिएन जब भिंगी जादाँ पानीको निकै चोटिलो स्वर सुनियो । चोतिलो स्वरसँगै आफूकहाँ पनि आइ पुग्यो । त्यही पानीमा पानीसँगै बाइकमा ¥यानकोट लगाएपनि भिज्दै भालुबाङसम्मको पुगियो । भालुबाङसम्म गएपछि हाम्रो रोल्पाबाट काठमाण्डौका लागि हिडेको रोल्पा प्रा.ली.को बस बल्ल चकचकेमा आई पुगेको थियो । त्यसै रात्री बसमा काठमाण्डौँमा पु¥याउनु पर्ने रोल्पाको कोसेली आउँदै थियो । त्यसै गाडीमा सामान राखेपछि त्यसै बसमा जाने काठमाण्डौँ जाने निर्णयमा पुगे अनि म भालुबाङको गर्मिमा बसेर गाडीको पखाई गरि रहेँ । भाल्बाङको हाम्रो होटेलमा बाइक राखे, सोही होटेलमा नै भाट खाएर बसलाई कुरीरहे । करिव १ घण्टापछि गाडि आई सक्यो । मलाई गाडीको गुरुजीले फोन गर्नुभयो । म गाडिको नजिक पुगे ।

रोल्पादेखि काठमाण्डौसम्मको यात्रा

दोस्रो दिन  रोल्पा प्रा.ली.का. रात्रीकालीन सेवामा काठमाण्ठौमा लागियो । रातभरको यात्रा, विहान ९ बजे चीनियाँ राजदुतावासको काउन्सिलरमा पुग्नु पर्ने त्यो वाध्यकारी समय भयो । उता त्यस दिन नपुगेमा अर्काे दिन ढिलाई हुने । कहिले काही त्यो भएन भने चिनको यात्रा नै रोकिने सम्भावनालाई पन्छाउनको लागि आतुरताका बीचमा पनि अगाडि बढियो । आँखा राम्ररी खुलेकै थिएन । त्यो थानकोटको जाम त्यहाँ पुग्नका लागि  निकै कठिन भयो । जामले गर्दा निकै समय लाग्यो त्यसैको बीचबाच मेरो यात्रा अगाडि बढियो । जब त्यो नागँढुंगाको उकालोमा पुगियो तव काठमाण्डौको धुलो, धुवाको प्रर्दुशनसँग आवाको पनि शुरु भयो । त्वार–त्वार आवाज आउन थलो बस, गाडी र जीवन अनि काठमाण्डौँ देख्न थालियो । काठमाण्डौँ उपत्यमा निकै चमकझमक थियो तर थानकोटको पारीको भित्तातिरको गाउँमा भने कुनै चमक  थिए । त्यो पनि रोल्पा झै लाग्थ्यो । अझै रोल्पाभन्दा पनि विकासमा पछाडि परेको झै अनुभूति हुन्थ्यो मलाई । कस्तो असमान विकास हो मैले बुझन नै सकिन । तर उपत्यकाभिर जाने बाटो साघुरो सडक, हिलाम्मे बाटो, खाल्डै खाल्डाले निर्माण भएको सडक हो कि जस्तो लाग्ने । त्यही हिलो र खाल्डामा हामी यात्रा गर्दै काठमाण्डौको कलंकीमा पुगियो । हतार हुने भएकाले कलंकीबाट नै हात्तिसार पुग्ने निधो गरियो । त्यताबाट अझै अलि घुमाउरो हुने सिधै बसपार्कमै जाने निर्णय गरेको थिए । बसपार्कमा पुगियो बस बाहिर रोक्नका लागि नमानेपछि भित्रै भएकाले बस पार्किङमै लगेको थियो । हामी बसपार्कमै पुगियो ।
हामी चिन प्रवेशको लागि चिनको राजदुताबासको काउन्सिलर ९ बजेदेखि ११ बजेसम्म मात्रै खुला हुँदो रहेछ । कामका लागि ११ बजेसम्म सेवाका लागि टोकन लिइ सक्नु औपचारिक नियम रहेछ । म त्यस कार्यालयमा पुग्नका लागि काठमाण्डौको बसपार्कबाट हात्तिसारमा लाग्नु पर्ने भयो । हतार भएकाले सार्वजनिक बसमा जादाँ केही समय ढिलाई हुने भएकोले गर्दा ट्याक्सीमा जानै पर्ने वाध्यकारी झै बन्यो । उता सबै साथीहरुले त्यो फारम भरि सकेपछि मलाई के डर लाग्न थाल्यो भने समयमै नपुग्ने भएमा कतै चिनको यात्रामा प्रवेशका लागि लिनुपर्ने अनुमतिपत्र नआउने हो कि भन्ने थियो । ट्याक्सीको गुरुजीले पनि रोल्पामा केही समय सामाजिक कार्यकर्ता भएर काम गर्नु भएको मौका परेछ । उहाँले रोल्पा जिल्लाको सदरमुकाम लिबाङसम्म मोटरबाटो निर्माणको शुरुवातको चरणमा खुंग्री, मिझिङका जनताहरुको बीचमा औधि बसेको जानकारी दिनुभयो । पूर्वी नेपाल घर भएर केही समय रोल्पामा कर्मथलो बनाएका चालकले उत्सुकता पूर्वक सोध्नुभयो ः–“ रोल्पा कस्तो छ आजकाल ? रोल्पा जिल्लाको सदरमुकाम लिबाङसम्मको बाटो अझै पनि कच्चि छ होला है ? ” उहाँले रोल्पा अझै उस्तै होला भन्ने मनसायबाट प्रश्न गर्नभयो । उहाँले करिव २०५३ सालतिरको रोल्पालाई सम्झिनु भएको थियो । मैले भने “तपाई २०५३ सालमा होइन, प्रक्रियामा आएपछि त लिबाङसम्मको सडक पुरै कालोपत्रे भएको छ । त्यसमात्रै होइन नी सबै साविकका गा.वि.स.पुरै सडक पुगेको छ ।
रोल्पा त्यति पुरानो नै छैन । उहाँले फेरी रोल्पामा जनयुद्धको बेला के के भयो है भन्नु भएको थियो । मैले भने रोल्पामा जनयुद्धले बनाएको हो । हुनन त हाम्रो बीचमा आफ्नो पीडा छन् । काखको सन्तान गुमाउँदाको पीडाले पुर्खेकी आमा अझै होस गुमेकै छ । हामीसँग सँगै विवाहहित जोडी विजोक र सपनाको एउटै चिहानमा दास दस्कार गरेको इतिहास पनि ताजै । माओवादीले अनुसन्धानको बेला लग्दा मरेका मानिसहरुको कथा पनि जीवीत नै छ । एउटै हत्याकाण्डमा निशसस्त्र जनताहरुको ४६ जनाको जीवन बलिदान दिएको स्थान पनि हाम्रै माझ छ । एउटै जेलबाङ गाविसबाट मात्रै ७२ जनाको जीवन बलिदान भएको जेलबाङ, ११ जना कलाकारको हत्या भएको स्थान भाबाङ, जनयुद्धमा परिवर्तनको प्रतिकको रुपमा उभिएको जलजला, अनि पाथीभारा अप्रेशनको बेलामा जंगलमै सुत्केरी भएका थबाङी महिलाहरुको कथा पनि उत्तिकै सम्मान योग्य छ । विदेश जानेहरुले गाडी चलाउने, मजदुरहरुले आर्थिक सहयोग र मौसम चन्दा उठाएर जनमुक्ति सेना पालेका कुरा पनि कम छैन । जनयुद्धको बेलामा देशभरीका नागरिकले शहीदमार्ग खनेर गाडि सञ्लानल गरेको शहीदमार्ग पनि यतै छ । जननमूना अस्पता, नमूना विद्यालय, जनमुक्ति सेनाको अस्थायी शिविर पनि रोल्पामै छन् । वर्तमानको रोल्पा बनाउनको लागि, जनयुद्धको बेलामा ९६९ जना रोल्पाली आमाका विर सन्तानले  बलिदान दिएका छन् । रगतले भिजेको माटोमा ८६ जना बालबालिकाका बुवा आमाले बलिदान दिएका छन् तनी ८६ जना हाल टुहुरा बालबच्चा भनेर चिनिएका छन् । त्यतिमात्रै होइन दाजु ३६ जना अझै बेपत्ताको सूचीमा छन् । अझै जीउदो परिवारको सदस्य आउँछ कि भनेर त्यसै बन्दी बेपत्ता हुँदा गएको बाटो र गिरिफ्तारी भएको स्थानमा हेरेर बसेका छन् । यतिमात्रै होइन श्रीमान मुक्तिको लागि लड्न गएको बेलामा उतै शहीद भएर शहीद परिवार बनेका ३२३ जना महिलाहरु एक बनेका छन् । सारा रोल्पालीहरु कुनै बेला सबै आतंककारीको बिल्ला भेर्ने वाध्य थिए । मानिस त मानिस भयो बनमारा झारले समेत आतंकारीको झार भन्ने थियो त्यो अवस्थाबाट आज यो परिस्थितमा आउँदा रोल्पा फेरी सम्माननित छ । हिजो रोल्पा भन्दा डोल्पा सुन्थे दाजु तर आज रोल्पा भन्दा रोल्पा नै सुन्छन् । हिजो रोल्पाली भन्दा थप पिडा खेप्नु पर्ने थियो तर आज स्वाभिमानको रोल्पा बनेको छ । आर्थिक, सामाजिक, राजनीतिक, विकास सबै हिसावले रोल्पा निर्माणको चरणमा छ । मैले सरर यो वयान गरेपछि उहाँले पनि रोल्पालाई सलाम छ गर्नु भाकै हो । भन्नुभयो ः–“यो परिवर्तनको लागि रोल्पाली र रोल्पाले । आज परिवर्तनको बाटोमा दोह¥याएको सत्य हो भन्दै उहाँले सलाम रोल्पा र रोल्पालीई मन भित्रबाट । यो मा म पनि सहमति छु भन्ने तिनी ट्याक्सी चालक पनि सहमति भए ।
अब रोल्पा पनि सम्बृद्धिको दिशामा अगाडि बढेको छ नी त सर । आबुइ रोल्पा पनि त्यसो विकास भएको नी ? यो जिज्ञासाको विषयमा अझै रोल्पा जिल्लाका जनताको राजनीतिक चेतना, राजनीतिक सुझवुझ, शिक्षा, स्वास्थ्य सूचना, विद्युत, सडक, आम जनताको नयाँ फेरिदै गरेको जीवनशैलीका बारेमा कुरा गर्दै गयौँ, उहाँ निकै अच्चम्म पर्नु भएको थियो । त्यही रोल्पाप्रति २०५३ सालको रोल्पा र २०७५ सालको रोल्पाबीचको कुरा गर्दा गर्दै हामी काउन्सिल अगाडि पुगियो । मैले ट्याक्सी चालक दाजुलाई विदाई गरियो । म चिनियाँ काउन्सिलरतिर काम गर्नका लागि लागे । त्यसरी अब चाइनाको यात्रा तय भयो । चीनको यात्राको शुरुवातको विन्दुमा पुगियो ।

दोस्रो दिनकै मध्यान्तरबाट
२०७४ साल असोज ५ गते मध्यान्तमा म काउन्सिरको अगाडि गेटमा १० बजेर ३५ मिनेटमा पुगे । त्यहाँ कामका लागि टोकन लिनका लागि सबै लाइन लागि रहेका छन् । म त्यो लाइन देखेर आफै अचम्म परेको थिए । काउन्सिलरको गेटबाट केही दृश्यले नभ्याउने परसम्म पुरै लस्करै लाईन कहिले होला पालो भन्ने थियो तर त्यहाँ त्यति छिटो काम सम्पादन हुने रहेछ ? हामी एकैसाथ लाइनमा थियौँ पछि आफ्नो आफ्नो लाईनबाट आफ्नो काउन्टरमा गयौँ । आफ्नो काम त्यति छिटो नै हुन्छ भन्ने मलाई लागेको थिएन । बाल्यकालमै परेको छाँप थियो कि चिनियाँहरु निकै छिटो छरिटो तरिकाले कार्य सम्पादन  र्गछन् । मैले आफ्नो टोकन लिएको केही समयमै कार्य सम्पादन भयो । मलाई निकै खुशी लागेको थियो । वास्तमा चिनको शुरुवात नेपाल स्थिति चिनियाँ दुताबासबाटै शुरुवात हुँदो रहेछ । त्यहाँ मेरा राहादानी र आवश्यक फारम भरेर भिसाको लागि करिव ४ दिनपछि मात्रै जाने भन्ने थियो । ४ दिनपछि भनेको भाद्र ७ गते नै थियो । भाद्र ७ को लागि रोल्पा जिल्लाबाट कामको चापको बेलामा भएको बेलामा ४ दिनको लागि काठमाण्डौँ कति बस्यौँ ? आफ्नो काम जिल्लामा निकै छ । महासंघको भवन निर्माण, कल्याकारी कोष स्थापनाको लागि चलाइएको अभियान सँगै आफ्नो समाचारको काम छाडि नसक्नु थियो । त्यसैले म उसै दिन जाने निधो गरे । मैले प्रेस काउन्सिलका अध्यक्ष आदरणीय किशोर श्रेष्ठ दाजुलाई फोन गरे । उहाँले तपाईले  जहिले पनि कति हतार ? रोल्पामा मात्रै बस्ने काठमाण्डौँ नबस्ने भन्नुभयो ।  मैले आफ्नो हतारको काम बारेमा बताई दिएको थिए । उहाँले ठीक छ काम गर पहिले यता त मिलिहाल्छ भने । मैले रोल्पा जिल्ला घर भएर हाल उपराष्ट्रपतिको प्रेस सल्लाहकारमा आदरणीय व्याक्तित्व मनोज घर्तीमगरलाई फोन गरे । उहाँसँग पनि फोन गर्न त गरियो तर पनि भौतिक भेट हुनै पर्नै थियो तर भइएन किन भने उहाँ पनि कार्यालयको काममा नै रहेकाले उहाँसँग फोनमा भएउटा भद्र सहमति भयो । हामी एक आपसमा भेट नहुन सक्ने अवस्थामा थियौँ तर हामीले कहाँबाट म रोल्पा आउँदा मेरो काउन्सिलरको काम उहाँले नै सहयोग गर्नु पर्ने थियो । किन कि ७ बिहीबार थियो । हाम्रो यात्राको उडान ९ गते थियो । आफ्नो गृहजिल्ला रोल्पा आएपछि कामको व्यस्तताले गर्दा होला म छिटै फर्किन पाउँदै थिए । त्यसैले मैले जसरी भएपछि रोल्पा जिल्ला जानका लागि त्यो भिसा लिनका लागि कुनै आफ्नो साथीलाई जिम्मेवारी नदिएर हुँदैन थियो । म जसरी पनि रोल्पा रात्रीकालीन सेवामै आउने विचार गरे । अब प्रेस काउन्सिल नेपालमा गएर केही सल्लाह गर्ने निर्णय गरे । त्यहाँ हाम्रो सम्पर्क कर्ताको रुपमा प्रेस काउन्सिलकै कर्मचारी महेन्द्र सिंह सर हुनुन्थ्यो । म हात्तिसारबाट अगाडि लागे ।

सम्मानीनीय उपराष्ट्रपति नन्दबहादुर पुनमगरका प्रेस संयोजक मनोज घर्तीमगर
एरपोट नजिक रहेको प्रेस काउन्सिल भवन भित्र पुगे । त्यहाँका लाइवे्ररी कक्षमा रोल्पा समाचार साप्ताहिक दर्ताका लागि दिए । लाइव्रेरीमा जनयुद्धको बेलामा संगै युद्ध पत्रकार भएर मुक्ति वा मृत्य कसम खाएका पत्रकार सवि वानियाँ दिदीलाई देखे । मैले भने तपाई अब कर्मचारी भएर काम गर्न थाल्नुभएको । उहाँ हामी सबै संगै जनयुद्धकालमा संगै जनयुद्धको सञ्चार मोर्चामा काम गरेका थियौँ । हाल करिव १५ वर्ष पछि यस्तो अवस्थामा देख्न र भेट्न पायौँ । हाम्रो वर्गिय साथै हाम्रो पेशागत माया पनि थियो । त्यो आज काठमाण्डौँमा परक समयमा भेट यो । हामीले छोटै समयमा जनयुद्धका कथा व्याथा अनि भोगाईकोबारेमा सक्षिप्त कुराकानी गरियो । यसरी हाम्रो संक्षिप्त बसाई सकिएको थियो । म अध्यक्ष किशोर दाजुको कार्यकक्षम पुगे । तर त्यस भन्दा अगाडि उहाँको सूचकका रुपमा प्रेश काउन्सिलकै महेन्द्र सिंहसरसँगै कुरा भयो । मैले भने दाजु कता जानु भयो त ? उहाँसँग नै भेट हुनैपर्ने कुरा थियो । उहाँको मुखबाटै चिन भ्रमणको बारेमा कुरा सुन्न मन लागेको थियो तर पनि उहासँगको भलाकुसारी नै ठूलो थियो । हाम्रो भेट हुन सकेन तर पनि त्यसै कार्यालयबाट अब आफ्नो रोल्पा यात्रामा हतारै थियो । मैले रोल्पाको रात्री बस भेटाउनको लागि हतार नै हुन थाल्यो । तर मैले अब किशोर दाजुसँग पनि फोनमा कुरा गर्नु पर्ने भयो । त्यस्तै मनोजलाई पनि मैले काउन्सिलरबाट लिएको कागज छोड्नु थियो । उहाँले भने कुरा किलियर गर्नुभएको थियो । तपाई र मेरा भेट सायद यस पटकको यात्रा हुँदै सर तर मैले मेरो कामका लागि मेरो कागजात  महेन्द्र सरसँगै छोडिदिने सल्लाह भयो त्यसैले मैले सबै कागजातहरु महेन्द्र सिंहको छोडेर म रोल्पाको लागि काठमाण्डाँै बाट छुट्ने विचार गरी सबै जिम्मेवारी महेन्द्र सरलाई दिए ।
त्यहाँबाट नेपाल पत्रकार महासघंको केन्द्रीय कार्यालयमा गएर अध्यक्ष गोविन्द आचार्य ज्यूसँग भेट भयो । उहाँले मलाई बधाई दिनुभयो । मैले पनि धन्यवाद दिए । पत्रकार महासंघको केन्द्रीय कार्यालयमा  गएर रोल्पा जिल्लाको बारेमा अवगत गराइयो । रोल्पा हाम्रो प्रयासबाटै भएको भवन निर्माण एवं कल्याकारी कोष स्थापनार्थको लागि प्रमुख अतिथि अध्यक्ष गोविन्द आचार्य लगायत सबैलाई आउनको लागि निमन्त्रणा गरिएको गरियो । त्यसपछि रोल्पा उहाँहरुले आउने सकेसम्म समय मिलाउने भन्नुभयो । साथै नेपाल पत्रकार महासंघ रोल्पा शाखाको बारेमा छलफल सकियो । त्यस पछि म बसपार्क तिर लाग्नका लागि सञ्चारग्रामबाट बसको यात्रा तय गरे ।
त्यसमा पनि केही छलफल भयो । एक जना व्यक्तिले मलाई सोध्नुभयो । उहाँले मैले गाडीमा बसेर फोन गर्दा उहाँले संशा गर्नुभएछ यो मानिस विदेश जार्दै रहेछ । उहाँले भन्नुभयोः–“तपाई यति मिजासिलो बोल्ने, तपाईको कुरा सुन्दा त तपाई केही ठूलै सँस्थामा काम गर्नुहुन्छ जस्तो छ, तपाई त नेपालको विकासमा योगदान दिन सक्ने व्यक्ति जस्तो माने तर किन विदेश जादै हुनुहुन्छ त ? नेपालमा पढे लेखेका सबै विदेश जाने अनि कसरी नेपालको विकास हुन्छ ?” उहाँले मेरो मूलाङ्कन १० मिनेट मै गर्नुभएको थियो मलाई विदेश रोजगारकाका लागि होला भन्नु भएको रहेछ । तर म रोजगारको लागि विदेश जान लागेको थिएन । उहाँको सरिर हेर्दा सामान्य झै थियो । उहाँको जीवनमा पनि कुनै नयाँ चकम झमक थिएन । उहाँ पनि सामान्य किसान परिवारको नै हुनु हुन्थ्यो । उहाँमा त्यतिसम्म देशको चिन्ता, देशका युवाहरु विदेश जानुले नेपालको विकास नहुने कुरा बुझ्नुभएको छ । म मनोज र महेन्द्र सरकलाई जिम्मामा दिएर रोल्पा आउनको लागि एरपोर्टबाट, गौशासाला अनि सुकेधारा हुँदै बस पार्कमा आए । त्यहाँ हाम्रीलाई सानै उमेरमा परिवर्तनको पक्षमा संगठित हुने अधिकारका लागि लड्नुपर्ने बताउँदै हिडाल्नुभएका  रत्न महरा र अन्य दाजुहरुसँग भेट भएर बसपार्कमै गफ ग¥यौँ । चिया खायौँ र केही गफ गरेर जब ५ बज्यो गाडी हिड्ने संकेत गरेपछि म गाडि भित्र बसेर आएको थिए । अब काठमाण्डौँदेखि दाङ भालुबाङसम्मको यात्रामा अब हिडियो । गाडीमा पछाडिको सिट थियो । काठमाण्डौकौ धुलो र धुवाले हैरान । यात्रा त्यति मजाको भएन । दाङसम्मको यात्रा जसरी पनि गर्नु पर्ने भयो ।
चौथो दिन कलंकीदेखि फेरी रोल्पासम्म
कलंकी नाआउँदा सम्म बाटो अलि सहज भए पनि कलंकीबाट नागढुङगासम्म त धुलो धुवा सँगै बाटोको खाल्डा खुल्डी निकै थियो । त्यसैमा गाडीमा नेपाली संगीत भए पनि कति हुन्थ्यो ? हिन्डी गीत आफूलाई त ताल न बेतालको लाग्ने त्यो गीत । त्यस्तै यात्राको क्रम निरन्तर जारी रह्यो । त्यसै गर्दागर्दै मुग्लिङ आइ पुगेको थियौँ । मुग्लिङमा वर्षातको पानीले बाटो बन्द थियो । हामी करिव २ घटना जति जाममा नै रोकियौँ । केही भएको छैन रहेछ । एउटा ट्याक्सीले ओभर ट्याक गर्दा आफै ट्रकबाट घाइते हुन पुगेको छ तर त्यही एउटा घटनामा प्रहरीको उपस्थिति नहुँदा करिव २ घण्टा बस्नु परेको थियो पछि । हामी गएर बाटोमा बन्द गर्ने होइन दुइवटैलाई साइट लगाएर कुरा गर, प्रहरी बोलाउ भनेर हाम्रो देशमा कस्तो विडम्बना ट्रक र ट्याक्सी टोकिदाँ पनि २ घण्टा जाम हुने । मलाई छिटो हिड्नु पर्ने थियो । गाडीमा त झन ढिलो झन ढिलो गरेको झै लाग्दथ्यो । किन किन विहान दाङको एउटा काम भ्याउनको लागि जानै पर्ने थियो । भालुबाङमा त मोटर साइकल छोडेको थिए । दाङ सम्मको यात्रा तय गरियो । यात्राको क्रममा रोल्पा यातायात प्रा.ली.को यात्रामा रोल्पासम्मको यात्रा थियो । तर मैले मोटरसाइकल भालुबाङसम्म लगेको अर्काे कारण दाङमा नेपाल पत्रकार महासंघको कामका लागि घोराही जानु पर्ने थियो । भालुबाङसम्मको यात्रा निकै कठिन भयो । वर्षातको यात्रा मुग्लिङ सडक खण्डको जाम, दाउन्ने भिरको जामले यात्रा निकै कष्ठकरसँगै भालुबाङ आँउँदा ४ बजेको थियो । बजार सुनसान थियो, भाले बास्ने बेला हो तर भाले नै थिएन होला र त भालुबाङमा भालेको डाको सुन्न सकिएन । बस, ट्रकको आवाजमात्रै सुनियो । त्यो दिनको करिव १ः३० मिनेट भालुभाङको पिपलबोटमै वित्यो । किन कि मैल जहाँ मोटर साइकल राखेको थिए त्यस स्थानको च्यानल गेट लगाइएको थियो । फोनबाट गेट खोल्नका लागि अनुरोध गर्ने गरी धेरै पटक फोन कत्ति पनि उठेन । मैले किन यतिसम्म फोन गर्दा पनि फोन नउँठाएका होला भनेर मेरो मन भित्र निकै जिज्ञासा जाग्यो । मैले म आफैलाई पश्न गरे ? म पनि कस्तो मुर्ख मान्छे ? मलाई पो मेरो समयको चाप छ । समयको महत्व कतिको छ । मैले प्राथमिकतहमा समयको महत्वको पाठ पढेको थिए त्यसैको पो झसक्क याद आएको थियो । समयको एक छिन पनि मेरो समयको महत्व मलाई मात्र छ म बाहेक अरु कसैलाई थाहाँ छैन अनि महत्ववोध पनि छैन अरुलाई ? किन कि मेरो स्थानमा उहाँ हुनुहुन्न,  मेरो बारेमा उहाँलाई थाहाँ छैन । तर मेरो कामको बारेमा जो मसँग नजिक र मेरो जीवनलाई नजिकबाट नियाल्छन् तिनै मानिसहरुलाई मात्रै थाहाँ थियो । उहाँ र मेरो परिचय भए पनि त्यति नजिकबाट र घनिष्टता थिएन । मैले  मैले भन्ने त बाइक राख्दा उहाँलाई भनेको थिए । मैले सोचे यदी मैले फोन नउठाएको भए थबाङको बरमायाँ विश्वकर्माको जीवन मृत्य हुन सक्थ्यो । त्यति मैले छिटो फोन रिरिभ नगरेको भए हाम्रो गाउँका सुत्केरी महिलाको मृत्यु पनि हुन सक्थ्यो, मैले यस्तै वेवास्ता गरेको भए हाम्रो गाउँका रुखबाट खसेका दाजुको मृत्यु हुन सक्थ्यो त्यसैले फोनको महत्व नबुझेपछि मैले पनि पिपलबोटमा नै वित्यो । जव क्षितिज खुलेको थियो । वर्षाको सिमसिमे पानीपरेपछि पानीको विश्रामपछि केही सयम त्यतै वित्यो । अब अधेरी खुल्न थाल्यो । क्षितिजमा चन्द्रमा अनि ताराहरु विलाउँदै गएको जस्तो भए । चन्द्रमा र ताराहरुमाथि सुर्यले विजय गर्नका लागि तयार भए जस्तो गरी आयो । अब अधेरीबाट बाटो देखिने गरी उज्यालो हुन थाल्यो । अब त्यही पिपलबोटबाट बाइक राखेको स्थानमा गए र त्यहाँ म गएको केहीसमय पछिमात्रै च्यानल गेट खुलेको थियो । विहान पो फोन किन उठाउनु भएन भन्दा म निद्रामा थिए भन्नुभयो । मलाई थाहाँ नै भएन मैले राती सुत्ने बेलामा डिस्टप हुन्छ भनेर साइलेन्ट बनाएर सुटेको थिए । फेरी मैल आफैलाई प्रश्न गरे ओ हो म कति सोचे मलाई पो मेरो समयको बारेमा थाहाँ छ उहाँलाई सुत्ने बेलामा डिस्टव हुने त भयो । भन्दै मैले यही आफ्नो समयको बारेमा अरुलाई के थाहाँ मलाई जस्तो अरुलाई मेरो समयको के थहाँ ? मलाई मात्रै नै थाहाँ थियो त्यसैले आफ्नो बारेमा अरुलाई थाहाँ हुँदैन त्यतिबेला आफ्नो समय पनि बर्वाद भइरहेको हुन्छ । त्यसैले आफ्नो बारेमा आफू नै जानकार र सचेत हुनुपर्ने कुरा समेत थाहाँ भयो । यही प्रश्नको बीचबाट म भालुबाङबाट घोराहीसम्मको यात्राका लागि भालुबाङ मस्कोट हुँदै चौघेरासम्मको यात्रा त ठिकै भयो । तर, चौघेरादेखि दाङ घोराहीसम्मको यात्रा भने निकै कठिन भयो । वर्षा यामको दाङका कटुवा, बवई खोलामा वर्षाको यात्रा । बल्ल बल्ल घोराही ट्राफिक कार्यालय नजिक गएपछि राम्रो भयो अनि मेरो यात्रा दाङ जिल्लाको लागि मात्रै थियो । घोराहीमा महासंघको भेटघाट लगायत कर कार्यालयमा काम लगायत अन्य काम कार्याका लागि काम गरेपछि अब त्यहाँबाट रोल्पा फर्किने यात्रा निधो गरे । अब फेरी विहानको ठीक उल्टो सुर्यलाई चन्द्रमा र ताराले हराउनको लागि सुर्य अस्टाउन लागेको थियो । म तिनै खोलामा अलि कठिन नै थियो म नयाँ बाटो हुँदै चौघेरा निस्के अनि म फेरी मस्कोटको ओराले अनि लमही हुँदै भालुबाङमा आए । भालुबाङमा आउँदा अध्यारो नै भइ सकेको थियो । त्यहीबाट बाइकको लाइट बाल्दै बदडाँडाको जंगल अनि बदडाँडादेखि चकचके सम्मको यात्रामा पुरै रात परेको थियो । दुइ दिनको रात्री बसको यात्राबाट थकित शरिर अनि अवेरको समय सुलिचौर आएर बास बसियो । किन मलाई रोल्पा आएर फेरी चाइन ९ गतेको फलाइटको लागि अगाडि जानु पर्ने थियो । मैले चिनियाँ काउन्सिलमा छाडेका पासपोर्ट र भिसा लागि छाडेका सबै कागजात लिन जानु पर्ने थियो । मैले सुलिचौर करिव रातीको ११ बजे आई पुगे अनि कुमार दाजुको होटेलमा बसियो ।
काठमाण्डौँदेखि कुमारदाजुको होटेलसम्म
कुमार दाजुको होटेलमा राती बसियो । कुमार दाजुको मिठो बोलीमा पनि अनि विहान क्षितिज खुलेको थिएन । उहाँले मलाई किन यति रानी नै उठेको के को हतार एक दिन मर्ने जिन्दगी पनि हत पछि उज्यालो भए पछि जानु होलो । मलाई राती नै लिबाङ पुग्नु पर्ने थियो तर पनि त्यस बेलामा राती नै परि सकेको थियो । रातीमा सुरक्षा र सात्दोवाटोमा जंगलको बाटो अनि सुनसान समयमा जान सकिएन । एक्लै रातीको बेलामा जानका लागि आफैलाई अलि असहजता लागेको थियो । म कुमार दाजुको होटेलमा आई पुग्दा घडिको सुइ १० अंकामा गएको थियो ।  घडीले १० बजाई सक्दा पनि मैले त्यो सर्वमान्य नियम नमानेर सबेरै छ भनौँ भने म कहिले मुर्ख पो बन्दछु त्यसैले पनि मैले १० बजेकै थानेर अब थकित अनि अवेरमा नजाने निधो गरेको थिए । त्यसैमा वर्षायाम त्यसैमाथि अविरल वर्षा भएको थियो । शसिर भाद्र महिनाको गर्मीमा पनि वाईको गतिमा चलेको हावा र पानीको समिश्रणले अझै शरिरले चिसो महसुस गरेको थियो ।  रोल्पा जिल्लामा हुने विभिन्न सामाजिक एवं अन्य कामलाई व्यवस्थित गरी करिव १० दिनका लागि चीनको भ्रमण जानु पर्ने थियो । भ्रमणका लागि रोल्पाको सबै काम मिलाएर २ दिनपछि फेरी काठमाण्डाँै नै फर्किनु थियो  । त्यसैले मलाई जसरी भए पनि लिबाङ छिटो पुग्न्ु पर्ने थियो । अधेरी खुलेकै थिएन । म उठे अनि विहानै सबै काम भ्याइ सक्दा पनि अझै अधेरी खुलेको नै थिएन । तर म विहानै सुलिचौरबाट लिबाङतर्फका यात्रा शुरु गरियो बाइकको लाइट नै बालेर ।
विहानै उठेर क्षितिज नखुले पनि लिबाङ हिड्ने योजना गरे । म आफैलाई पनि प्रश्न गरे किन हतार मलाई ? जहिले पनि, के का लागि हतार, के पाउनको लागि हतार ? हुन पनि मैले अनिवार्य यी प्रश्नको जवाफ म भित्रै थियो । मैले किन मलाई यति हतार भन्ने प्रश्नको जवाफमा काम गर्ने मानिसलाई जहिले पनि हतार हुनु स्वभाविक हो म पनि एक काम गर्नेमा पर्दछु । जहिले पनि किन भन्ने प्रश्नमा मैले यति बेला हतार नभएको कहिले हुने यो उमेर भनेको हतार गर्ने बेलानै हो । के का लागि हतार भन्दा पनि समाज र आफ्नो लागि नै हो भन्न जवाफ दिए र मैले यी प्रश्नको हल गर्दा मलाई क्रियाशीलताको आगो अनि सक्रियताको भावना ज्वालामुखि झै आयो ।  अनि मैले हत त्यस्ता पानी र कुइरोको विरुद्धमा यति संघर्ष पनि गर्न नसक्ने अझै चिसो थियो मैले सम्झे विगतको जनयुद्धमा रातभरी पुस माघको सयमा हामी थुर्पाका फेड जेठपुन्नी लेक, ताराखसे अनि ज्याङ माथीको दमारमा हामी निद्रा परेको दिन भन्दा त कति सहज हो । त्यसैले भित्रैदेखि साहत आयो र मैले अब प्राकृति हावा, पानीको विरुद्धमा आत्मसंघर्षको वातावरण बन्यो अनि म लम्किए । मिझिङसम्म आउँदा त निकै सजिलै थियो । तर लम्पुजा देखि सात्दोवाटो आउँदा भाद्रको पहिलो साता पानी निरन्तरता नै थियो । रातभरी अविरल वर्षाको कारण भोली विहानसम्म पनि पानी पूर्णरुपमाले रोकिएको थिएन । त्यो सात्दोवाटामा पानी र कुहिरोले गर्दा पनि सडक अलि देखिदैन थियो तर म निरन्तर हिडि रहेको थिए । एक्कासी बाइकको लाइटमा केही समस्या आयो । करिव अब केही समय त्यतै रोकिए । त्यति बेला रोकिनै पर्ने भयो । मोवाइलको टर्च बालेर आउने कोािशष गरे पनि कुहीरोले सबै प्रकाश शोषण गरेको थियो । मैले जिल्लामा रहेका केही साथीहरुको काम समेत गर्नु पर्ने थियो । त केही समय त्यही भडौरे नजिकै रोकिए । मोवाइलको लाइट वाल्दै बाइकलाई भडौरे सम्म आएर । अब त्यस भन्दा यता त चल्दैन लाइट विना चलाउन सकिएन । त्यसपछि केही समय भदौरेमै रोकिदा रोकिदै जव क्षितिज खुल्यो तव लिबाङ देखियो । चराहरु पनि चिरविर चिरवीर गर्न थाले अनि मलाई पनि निकै खुशी लागेको थियो । म अब लाईटको प्रकाश विना नै हिड्न सक्ने भए किन कि हिड्नका लागि सुर्यकै प्रकाश काफी भयो । म लिबाङ आई पुगे ।

चापको त्यही विचमा दुइ दिने लिबाङबसाई


लिबाङ आएर महासंघको भवन निर्माणका लागि केही गर्नै पर्ने काम थियो र मैले तिनै काम गर्ने तिर लागेको थिए । वालुवाको अभाव, अनि ब्लकको अभाव, सँगै मजदुरको पनि अभावलाई पुर्ति गरियो । मलाई यो बीचमा हाम्रो आदरणीय दाजु खर्कबहादुर दाजु, पत्रकार महासंघका उपाध्यक्षद्वय दारासिंङ डाँगी, देवी कुमारी गुरुङ लगायतले सहयोग गरिरहनुभएको थियो । त्यस्तै जिल्लाका सरकारी कार्यालयहरुसंगको केही कामलाई पनि पत्ते गर्नु थियो । मलाई सबैले चिन जान लागेको भनेर बधाई तथा शुभकामना दिने गर्दथ्ये । मलाई चिया पसलदेखि सार्वजनिक कार्यक्रममा समेत बधाईको ओइरो लाग्न थाल्यो मैले पनि सहजताका साथ स्वीकार गर्दै धन्यवाद दिए । सायद लाग्छ यो चिन यात्रा रोल्पा जिल्लाबाटै पत्रकारिता गर्नेहरुमा नयाँ विषय नै थियो । नेपाल पत्रकार महासंघ केन्द्र र प्रेस काउन्सिलको संयोजनमा छनौट समितिले मलाई जिल्ला अध्यक्षहरुमा मलाई छनौट गरेको रहेछ । वास्तमा यो पनि मेरो लागि त थियो नै तर पनि आम रोल्पाली पत्रकारहरुको लागि पनि नयाँ अवसरका रुपमा लिए । पहिलो कार्य सम्पादनको हिसावले दोस्रो कुरा क्रियाशीलताको हिसावले मलाई छनौट गरेपछि मलाई पनि चीनको भ्रमणको अवसर पनि पहिलो पटक आएको थियो । चिनको भ्रमणले मेरा मनमा निकै उद्धेलित पनि बनायो । सायद लाग्छ मलाई मेरो बुवा अमाले पनि भाग्य रामै्र दिएछन् भन्ने सोच भयो । साच्चिकै रोल्पामा जन्मेको अनि उत्पीडित समुदायबाट अगाडि बढेकोले मायाँ गर्ने धेरै छन् । मलाई राजनीतिमा लगाएर वा शिक्षा दिक्षा प्रदान गरेर सबैले मलाई यो स्थानसम्म आई पुग्नका लागि सबैको परिश्रम छ । यसमा सबैलाई धन्यवाद दिन्छु । मैले पनि सबैको मन तथा बाट निकै सल्लाह सुझाव पाएको थिए । साथै अरु जिल्ला जस्तो हाम्रो जिल्ला थिएन । त्यसैले पनि मैले मेरो भ्रमणको बारेमा भन्न कुनै पनि कठिनाई थिएन । मैले मेरो चिनको यात्रा बारेमा सबै साथीहरुलाई बताउँदै जादाँ सबै अग्रज एवं साथीहरुले निकै राम्रो सुझाव दिए । साच्चिकै रोल्पाको नयाँ सँस्कारको पनि विकास भएको छ । अन्य जिल्लाका मानिसहरुहरुमा बाहिर बढी भनेपछि उडान न हुँदै भनेमा कसैले अडकाइ देलान भन्ने डर हुदो रहेछ । रोल्पामा यस्तो अवस्था छैन । हामी सञ्चारकर्मीहरु पनि पहिले देखिको हाम्रो एउटा सँस्कार छ राम्रो गर्नेलाई सहयोग गर्ने त्यही प्रवृत्तिमा रहेका हामी सबैले मेरो भ्रमणको बारेमा यात्रा शुभ रहोस् अनि फलदायी होस् भन्दै कामना गर्नुभयो । त्यसैमा दुइ दिन रोल्पा बसाई सकियो । अनि म फेरी ७ गते रोल्पाबाट काठमाण्डौँ जानका लागि तयार हुनै पर्ने भयो ८ गते मैले काठमाण्डौँका अन्य काम मिलाउनु नै थियो । त्यसैले ७ गते रोल्पाबाट रोल्पा यातायात प्रालीको बसबाट म औपचारिक रुपमा चिनको यात्रा तय गर्दै मेरा रोल्पाली अग्रज पत्रकार एवं आफ्नो मान्यजनबाट विदाईसँगै मेरा महासंघका साथीहरुलाई निर्देशन एवं आफ्नो समाचार परिवारलाई म नआउञ्जेलसम्मको लागि गर्नुपर्ने जिम्मेबारी प्रदान गर्दै म काठमाण्डौँ जानका लागि यात्रा तय गरे । त्यसमा पनि मैले महासंघको ढोकाको लागि ग्रील बनाउनको लागि नाप लगि दिनुपर्ने कारणले लिबाङबाट भालुबाङसम्म बाइकमै जानुपर्ने भयो । त्यसैले मैले सुलिचौर, खुंग्री लगायतका स्थानमा काम गर्दै जानुपर्ने भएकाले बसमा टिकट लिएर समान राखेर म अब लिबाङबाट काठमाण्डौँ तर्फको यात्रा शुरु गरे ।
चीनको यात्राका लागि रोल्पबाट काठमाण्डौँसम्म
रातभरीको हिडाई अनि भाद्र महिनाको पहिलो साताको अविरल वर्षा पानीको मधुर धुन अनि त्रिश्ली नदिको सुसाइसँगै फेरी मेरो यात्रा काठमाण्डौँको उपत्यका तिर नै अगाडि बढियो । एक्कासी रोल्पा यातायात प्रालीका कर्मचारीहरुको मिठो बोलीसँगै अगाडि बढियो । तर त्यस गाडीमा धेरै कुरा खड्किएको मध्ये एउटा प्रमुख मलाई लागेको कुरा भनेको रोल्पा जिल्लाबाट बाहिर चल्ने सवारी साधानमा रोल्पाको बारेमा चर्चा परिचर्चा गरिएको गीत सँगीत भएको भए अझै सुनमा सुगन्ध हुन्थ्यो होला । मलाई एक जना यात्री फेरी संयोग भक्तपुर तिरकै दाजु सँगैको सिटमा परेका थियो । उहाँले सोध्नुभयो तपाईको रोल्पा तिर पनि यस्तै ¥याप गीतहरु मात्रै बज्छन् र सुन्छन् मैले यति बेला रोल्पालीको उच्चो शिर निहुरिएर मनले नमान्दा नमान्दै पनि मैले मौन उत्तर दिए । मैले भने गाडी लाइन यस्तै हो । सर किन भने हुन त रोल्पा प्राय लोकगीत, अनि रोल्पा र रोल्पालीकै बारेमा लेखिएको गीतहरुका पनि थुप्रै छन् । तर गाडी लाईनमा यस्तै सुनाउँछन् । होइन भने तत्कालीन स्थानीय विकास अधिकारी  रमेश क्षितिज सरले रचना गर्नुभएको सुन्दर रोल्पा, सम्बृद्ध रोल्पा पौरखी जनताको गतिशील रोल्पा, शहीद चुनु गुरुङले रचना गर्नुभएको तिम्रै निम्तिी बरु यो ज्यान गए गएजाला लगायत गतिशील र विरगाथाले भरीपूर्ण गीतहरु पनि छन् । यस्तै पछिल्लो चरणमा रोल्पा प्रति समर्पित गीतहरु पनि थुपै्र छन् । तीनी गीतहरु सुनाए पनि कम्तिमा रोल्पा जिल्लाको बारेमा यात्रा गर्ने यात्रुहरुले रोल्पाको वास्तविकता थाहाँ पाउँथे तर आजकालको यात्रामा यस्तै गीतहरु सुनाउँछन् । के गर्ने आफ्नो ठाउँको भन्दा पनि यस्तै अल्लारे गीत सुनाउँछन् । किन हो यो सँस्कार र प्रवृतिको केही समयपछि अन्य हुनुपर्दछ मैले भने ।
यस्तै भन्दै गर्दा फेरी नागढुङ्गा गई पुगियो  । नागढुङ्गामा फेरी विहानको हल्ला पनि उस्तै थियो । उनीहरुको हल्ला थिएन । कसैले हातमा पानी, कसैले मक त कसैले जङ्गफुटहरु लिएर सबैले आफ्ना सामानको प्रचार गरिरहेका थिए । उनीहरुको सबैको अवस्था हेर्दा कुनै रहरको विषय थिएन यो प्रचार गर्ने विहानै चार बजे नै उनीहरुको सुत्ने समयमा उनी सबैलाई पानी, मकैहरु लिएर आफ्नो सामानको बारेमा  कराउने पर्ने थिएन । त्यसैमा पनि बालबालिका नै थिए । देश निर्माणको लागि मानिने बालबालिकाहरुको अवस्था सडकमा पानी, मकै र जङफुटको साथमा बसको अनि बस भित्रका भोका मानिसको प्रतिक्षा गर्दै १०÷२० रुपैया संकलनमा दिन विताइ रहेपछि कसरी हुन्छ देश सवल यो यो नीति निर्माणताहरुले सोच्नु पर्ने बेला हो ।
त्यसै गर्दा क्षितिज अझै खुलेको थिएन, एक जना गन्दर्भ दाजु पनि टुपुलक्क गाडि भित्र पस्नु भयो । उहाँले विहान पखको गीत गाउँदै राम्रो गरुन् पशु पति नाथले, मनले ताकेको, इच्छाले चाहेको सबै इच्छा पुरा गरुन् भन्दै गीत गाउँन लाग्नु भयो । उहाँले गीत त खुम मज्जाले गाउँनु भयो ।  उहाँले यात्रुको मन छुने गाए पनि हाम्रो लागि कसैले हो भन्ने परेन बरु यसले माग्न आएको हो भन्ने परेको थियो । गन्दर्भ समुदाय परम्पराकालमा यो देशका शासकहरुले  गीत गाएर जीवन जीउने समुदायको रुपमा चित्रित गरे । तर हाल त्यो पेशालाई सम्मान्ति पेशा बनाउनको लागि न त राज्य, नत सरोकारवाला नत आफै गन्दर्भ समुदायले बनाउने दिशामा ध्यान दिन सके । बरु त्यसलाई मगन्ते पेशाको रुपमा बनाउनको लागि राज्य, सरोकारवालाले फेरी अर्काे चित्रित गरे । गन्दर्भ समुदायलाई भने केही थहाँ छैन । उनीहरुलाई आफ्नो पेशालाई मर्यादित विषयसम्म सोच्ने हैसियतमा पुगेका छैनन् । त्यसै गर्दा अब कलंकी आयो । त्यहाँबाट ति गन्दर्भ दाजु झर्नु भयो । कसैमा पनि मायाँ ममता थिएन झर्ने समयमा । हामी सबै बसपार्कमै ओलिर्ने जति यात्रीहरु बसमा यात्रा ग¥यौँ तर पनि अरु कलंकीमै ओर्लिए । कलंकीबाट यात्रा गर्दा गर्दै अब भक्तपुरे दाजुसँग छुटिने बेला पनि हुन थालेछ । रातभरको यात्रामा हाम्रो साथ छुट्ने भयो । अनि रोल्पा र भक्तपुरको विषयमा कुराकानी पनि राम्रै भएको थियो । हाम्रो मित्रता घनिष्टटा हुँदै जादा फेरी विछोडिनु पर्ने थियो । बस पार्क आयो हामी बसपार्कमै ओर्लियौँ हामी दुवै जना सुकेधारातिर लागेको थियौँ । सुकेधारासम्मको यात्रा पनि सँगै भयो । त्यसपछि हाम्रो यात्रा विछोडिनु पर्ने भयो । जे होस उनको नाम भानबहादुर श्रेष्ठ दाजुसँग विदाई भयौं । म सुकेधारा रोल्पाका अग्रज पत्रकार एवं सम्मानीय उपराष्ट्रपति नन्दबहादुर पुनमगरका प्रेस संयोजक मनोज घर्तीको कोठातिर लागेका चिनको यात्राको आवश्यक तयारी गर्नका लागि ।
चीनको लागि कामाण्डौसम्मको राती यात्रा


भाद्र ७ गते रातभरीको हिडाई अनि भाद्र महिनाको पहिलो साताको अविरल वर्षा पानीको मधुर धुन अनि त्रिशूली नदिको सुसाइसँगै फेरी मेरो यात्रा काठमाण्डौँको उपत्यका तिर नै अगाडि बढियो । एक्कासी रोल्पा यातायात प्रालीका कर्मचारीहरुको मिठो बोलीसँगै अगाडि बढियो । तर, त्यस गाडीमा धेरै कुरा खड्किएको मध्ये एउटा प्रमुख मलाई लागेको कुरा भनेको रोल्पा जिल्लाबाट बाहिर चल्ने सवारी साधनमा रोल्पाको बारेमा चर्चा परिचर्चा गरिएको गीत सँगीत भएको भए अझै सुनमा सुगन्ध हुन्थ्यो होला । मसँगै एक जना यात्री फेरी संयोग भक्तपुर तिरकै दाजु सँगैको सिटमा परेका थियौँ । उहाँले सोध्नुभयो तपाईको रोल्पा तिर पनि यस्तै ¥याप गीतहरु मात्रै बज्छन् र सुन्छन् ? मैले यति बेला रोल्पालीको उच्चो शिर निहुरिएर मनले नमान्दा नमान्दै पनि मैले मौन उत्तर दिए । मैले भने गाडी लाइन यस्तै हो । सर किन भने हुन त रोल्पा प्राय लोकगीत, अनि रोल्पा र रोल्पालीकै बारेमा लेखिएको गीतहरुका पनि थुप्रै छन् । तर गाडी लाईनमा यस्तै सुनाउँछन् । होइन भने तत्कालीन स्थानीय विकास अधिकारी  रमेश क्षितिज सरले रचना गर्नुभएको सुन्दर रोल्पा, सम्बृद्ध रोल्पा पौरखी जनताको गतिशील रोल्पा, महान् शहीद चुनु गुरुङले रचना गर्नुभएको तिम्रै निम्तिी बरु यो ज्यान गए गएजाला लगायत गतिशील र विरगाथाले भरीपूर्ण गीतहरु पनि छन् । यस्तै पछिल्लो चरणमा रोल्पा प्रति समर्पित गीतहरु पनि थुपै्र छन् । तीनी गीतहरु सुनाए पनि कम्तिमा रोल्पा जिल्लाको बारेमा यात्रा गर्ने यात्रुहरुले रोल्पाको वास्तविकता थाहाँ पाउँथे तर आजकालको यात्रामा यस्तै गीतहरु सुनाउँछन् । के गर्ने आफ्नो ठाउँको भन्दा पनि यस्तै अल्लारे गीत सुनाउँछन् । किन हो यो सँस्कार र प्रवृतिको केही समयपछि अन्य हुनुपर्दछ मैले भने ।
यस्तै भन्दै गर्दा फेरी नागढुङ्गा गई पुगियो  । नागढुङ्गामा फेरी विहानको हल्ला पनि उस्तै थियो । उनीहरुको हल्ला थिएन । कसैले हातमा पानी, कसैले मक त कसैले जङ्गफुटहरु लिएर सबैले आफ्ना सामानको प्रचार गरिरहेका थिए । उनीहरुको सबैको अवस्था हेर्दा कुनै रहरको विषय थिएन यो प्रचार गर्ने विहानै चार बजे नै उनीहरुको सुत्ने समयमा उनी सबैलाई पानी, मकैहरु लिएर आफ्नो सामानको बारेमा  कराउनै पर्ने थिएन । त्यसैमा पनि बालबालिका नै थिए । देश निर्माणको लागि मानिने बालबालिकाहरुको अवस्था सडकमा पानी, मकै र जङफुटको साथमा बसको अनि बस भित्रका भोका मानिसको प्रतिक्षा गर्दै १०÷२० रुपैया संकलनमा दिन विताइ रहेपछि कसरी हुन्छ देश सवल यो यो नीति निर्माणताहरुले सोच्नु पर्ने बेला हो ।          त्यसै गर्दा क्षितिज अझै खुलेको थिएन, एक जना गन्दर्भ दाजु पनि टुपुलक्क गाडि भित्र पस्नुभयो । उहाँले विहान पखको गीत गाउँदै राम्रो गरुन् पशुपतिनाथले, मनले ताकेको, इच्छाले चाहेको सबै इच्छा पुरा गरुन् भन्दै गीत गाउँन लाग्नु भयो । उहाँले गीत त खुम मज्जाले गाउँनु भयो ।  उहाँले यात्रुको मन छुने गाए पनि हाम्रो लागि कसैले हो भन्ने परेन बरु यसले माग्न आएको हो भन्ने परेको थियो । गन्दर्भ समुदाय परम्पराकालमा यो देशका शासकहरुले  गीत गाएर जीवन जीउने समुदायको रुपमा चित्रित गरे । तर हाल त्यो पेशालाई सम्मान्ति पेशा बनाउनको लागि न त राज्य, नत सरोकारवाला नत आफै गन्दर्भ समुदायले बनाउने दिशामा ध्यान दिन सके । बरु त्यसलाई मगन्ते पेशाको रुपमा बनाउनको लागि राज्य, सरोकारवालाले फेरी अर्काे चित्रित गरे । गन्दर्भ समुदायलाई भने केही थहाँ छैन । उनीहरुलाई आफ्नो पेशालाई मर्यादित विषयसम्म सोच्ने हैसियतमा पुगेका छैनन् । त्यसै गर्दा अब कलंकी आयो । त्यहाँबाट ति गन्दर्भ दाजु झर्नु भयो । कसैमा पनि मायाँ ममता थिएन झर्ने समयमा । हामी सबै बसपार्कमै ओलिर्ने जति यात्रीहरु बसमा यात्रा ग¥यौँ तर पनि अरु कलंकीमै ओर्लिए । कलंकीबाट यात्रा गर्दा गर्दै अब भक्तपुरे दाजुसँग छुटिने बेला पनि हुन थालेछ । रातभरको यात्रामा हाम्रो साथ छुट्ने भयो । अनि रोल्पा र भक्तपुरको विषयमा कुराकानी पनि राम्रै भएको थियो । हाम्रो मित्रता घनिष्टटा हुँदै जादा फेरी विछोडिनु पर्ने थियो । बस पार्क आयो हामी बसपार्कमै ओर्लियौँ हामी दुवै जना सुकेधारातिर लागेको थियौँ । सुकेधारासम्मको यात्रा पनि सँगै भयो । त्यसपछि हाम्रो यात्रा विछोडिनु पर्ने भयो । जे होस् उनको नाम मित्रबहादुर श्रेष्ठ दाजुसँग विदाई भयौं । म सुकेधारा रोल्पाका अग्रज पत्रकार एवं सम्मानीय उपराष्ट्रपति नन्दबहादुर पुनमगरका प्रेस संयोजक मनोज घर्तीको कोठातिर लागेका चिनको यात्राको आवश्यक तयारी गर्नका लागि । मनोज घर्तीमगर कोठामा नभए पनि आफ्नो कोठामा जानका लागि आग्रह गर्नुभयो । मैले ८ गते बिहानै उहाँसँग भेटघाट गर्ने थियो । उहाँले चिनका लागि भिसा र पासपोर्ट लिई दिनुभएको थियो । ८ गते विहान सबै चिनका लागि आवश्यक तयारी गर्नुपर्ने थियो । हामीले त्यस दिन चिनियाँ रुपैया सतही गर्ने, आवश्यक सामान किनमेल गर्नुथियो । मैले मनोजसँग नै साथै कार्य गर्ने काम गरेको थिए ।  त्यस दिन मनोजको परिवारसँग खाना खाएपछि प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकारमहासंघको भवनमा पुगियो । त्यहाँ फेरी प्रेस काउन्सिलका का.वा. अध्यक्ष किशोर श्रेष्ठ र पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्टसँग भेट भयो । आवश्यक भ्रमणको बारेमा जानकारी लिने काम भयो । त्यस पछि भ्रमणको कार्य तालिका लिए । हाम्रो भ्रमण करिव १० दिनको रहेछ । त्यसमा हाम्रो कार्यतालिकाका लिएर पैसा सतही गर्नका लागि नेपाल बैक न्यूरोडमा गए । चिनको १ रुपैयाको नेपाली १७ रुपैया हुने रहेछ मैले करिव ५ हजार चिनको रुपैया लिएर अन्य काममा लागे । अनि अब भोली विहानको लागि आवश्यक सामान किनमेल गरे । भ्रमण टोलीका अन्य साथीहरुसँग पनि फोन भयो । भोली विहान ८ बजे एरपोटमा भेट हुने गरी सल्लाहमा राती सुत्ने गरी टुङ्गीयो । राती करिव ९ दिनसम्मको काम गर्नका लागि महासंघका साथीहरु र रोल्पा समाचारका साथीहरुलाई सल्लाह दिदैँ अब हाम्रो बारेमा सम्पूर्ण तयारी भयो । त्यसमा साथीहरुले बधाई दिने लगायत यात्रा शुभकामनाको शब्दहरुले शुभकामना दिने साथीहरुको साथले अझै उत्साहित थियौँ । घर परिवारबाट पनि राम्रो सहयोग भयो  । सबैको सहयोगबाट चिनको यात्रा सुखद रहोस् अनि उपलब्धी मूलक बनोस् भन्ने कामनाबाट मलाई अझै जिम्मेवारी बनायो । त्यसकै विचबाट भ्रमणको यात्रा अब अर्काे रात चिनमा हुन्थो । नेपालको अन्तिम रात यसै जिम्मेबारीका बीचमाबाट सुतियो तर राती निद्रा लागेन । मनमा अनेक कुराहरु खेल्न थाले मनमा यति धेरै सोच पनि आउँदो रहेछ । रात यसरी नै सुत्दा चिन्तनका बीचबाट मनमा अनेक कुरा खेल्दै गर्दा ८ गते रातीको १२ पनि बज्यो । मेरो ८ गते यसरी नै वित्यो ।

भाद्र ९ गते विहान करिव ३ बजेको थियो । म व्यूझि सकेको थिए । हाम्रो यात्रा करिव ९ बजे काठमाण्डौँबाट चिनतर्फ थियो ।  विशाल गणतन्त्र चीनको बारेमा सुनेको चिन र देखेको चीन बीचको अन्तर के होला, कस्तो होला ? भन्ने अनेक मनमा प्रश्नका चाङहरु उब्जिए ।  ति प्रश्हरुलाई करिव हवाई यात्रमा करिव नेपालीसमय अनुसार ११ बजे र वास्तविक चीनको भूगोलमै करिव ११ बजे जाने हाम्रो समय तालिका थियो । चीनमा हाम्रो सञ्चार फोनहरुले काम गर्ने रहेनछ । त्यहाँ फोन सेट, फेसबुकहरु करिव बन्दको अवस्था नै रहेछ । ८ गते साँझ सुत्दा भोली विहान फोनमा सेट गरौँला भन्नु भएको थियो मनोज ज्यूले । म ३ बजे उठेर फोनमा साथीभाईहरुलाई मेरो यात्राको बारेमा बताएको थिए । मलाई निकै साथीहरुले भ्रमणको बारेमा शुभकामना दिनुभएको थियो । मैले पनि शुभकामना ग्रहण गर्दै गर्दा करिव ५ बजेको थियो । बास्तमा चिनमा देखेका र भोगेका विषयमा मैले सकेसम्म नेपालमा लिएर अरुलाई भन्ने र आफूले पनि अनुसरण गर्ने भन्ने नै थियो । जे होस चिनको तस्विरहरु लिनका लागि आफ्नो सामानहरु मिलाउने, क्याम्परा, रेकर्डर लगायतको अन्य चाजो पाजो मिलाउने काम गरेको थिए । समान मिलाउँदा मिलाउँदै ७ बजि सकेको थियौं । त्यस पछि मनोज घर्ती कोठबाट बाहिर आउनुभएको थियो । मनोजको म्याडम पिपना पुनमगर र मनोज र मेरो कान्छी बहिनी मन्जिता घर्तीमगरले चिया पकाउनुभयो । उहाँकै घरमा करिव ४ छाक खाना खायाँै । उहाँहरु र हामी परिवारिक माया अनि सम्बन्ध पनि विगत जनयुद्धकालदेखि अनि विद्यार्थी जीवनदेखिको छ । उहाँहरुको सहयोगबाट काठमाण्डौमा हुने विभिन्न समस्याहरु मलाई हल गर्न सम्पादन गर्नका लागि सहज हुन्छ । उहाँहरुलाई पनि रोल्पाबाट गरिके केही काम मबाट सहज गर्ने प्रयास हुन्छ । मलाई करिव हाम्रो अघिल्लो दिनको सल्लाह अनुसार कपिलबस्तुका मनोज पौडेल, नबराज भण्डारी, भानुभक्त जैशी लगायतको साथीहरुको सल्लाहबाट विहान ८ बजे एरपोटमा भेट हुने हाम्रो सल्लाह थियो । भानुभक्त सरले पनि हामीलाई संयोजन गरिरहनु भएको थियो । म ७ बजे सुकेधाराबाट हिड्ने योजना अनुसार काम गरेर अगाडि बढेको थिए । सबै तयारी गरेको थिए । अब मनोज सरले मलाई पु¥याउन खोज्नु भएको थियो । त्यतिबेला सिम सिम पानी परिरहेको थियो । त्यसैमा आफ्नो काम परेपछि मलाई पु¥याउनेका लागि मनोज ज्यूले एक जना ट्याक्सी गुरुजीलाई फोन गर्नुभयो । एक छिनपछि गुरुजी मनोजको डेरा अगाडि आउनुभयो । म मनोज एवं एउटा काठमाण्डौँको परिवारबाट विदाई भएर एरपोटको यात्रामा लागेको थिए । बाहिर हामी गुरुजीले गाडी लिनुभयो थियो त्यसैमा यात्रा गरेर बाटो लाग्यौँ । उहाँले मनोजसँगको निकै नकिजबाट व्यवहार गर्नुभएको रहेछ । उहाँले भन्नुभयोः–“मनोज हाम्रो टोलमा बस्न लागेको धेरै भयो । हामी साथी झै भएका छौँ । रोल्पालीको भावना निकै राम्रो रहेछ ।” बास्तमा रोल्पाली इमान्दार, मिलनसार अनि उच्च भावना र सहयोगी मनहरुले गर्दा निकै राम्रो भएको उहाँको भनाईबाट भित्रीमनबाट खुशी आएको थियो । रोल्पालीहरुको प्रशंसा गर्दा हामी रोल्पालीको शिर फेरी पनि गौरवले भरिएर आउँछ । बास्तमा रोल्पालीहरु इमान्दार हुन्छन् भन्दै ति ट्याक्सी चालकले रोल्पाले परिवर्तको लागि विगतको जनयुद्धमा रोल्पालीले धेरै बलिदान गरेको छ । त्यही बलिदानको फल पाएको छ कि छैन ? भनि उहाँको जिज्ञासा राख्नुभएको थियो । बलिदानको कुरा गर्ने हो भने ९६९ जनाले बलिदान गरेका छन् अरुको त धेरैको योगदान पनि छ । मैले भने विगतको भन्दा रोल्पा जिल्लाले धेरै विकास भएको छ । बलिदान विना क्रान्ति परिवर्त कम सम्भव हुदो रहछे । जे होस् विगतको रोल्पा भन्दा डोल्पा सुन्नेहरु त्यही जनयुद्ध, त्यही बलिदान, त्यही आम रोल्पालीको त्याग, तपस्या र उर्जा एवं पीडाको बीचबाट जन्मेको रोल्पाको नयाँ परिचय हो । रोल्पा विगतको जस्तो अभाव छैन । खासमा माओवादी आन्दोलनको जग हो रोल्पाबाट विद्रोह झण्डा उठाएकोले पनि केही राम्रा सँस्कार सिक्न जरुरी छ । यदी हाम्रो रोल्पाबाट जनयुद्ध शुरु नभएको भएपछि हाम्रो रोल्पाको चर्चा परिचर्चा हुँदैन थियो होला भन्दै मैले चालक दाजुलाई उत्तर दिए । उहाँले रोल्पा जिल्लाको चर्चा परिचर्चा साँच्चिकै भएकोमा रोल्पाले आगामी दिनमा फेरी आफ्नो भूमिका अझै निरन्तरता दिनका लागि सबै लाग्न जरुरी छ । यति रोल्पा र उनको गाउँको बारेमा कुराकानी गर्दा गर्दै गौशाला आई पुगेको थियो । हामी गौशाला एरपोट पुग्नका लागि हतार भएको झै थियो । त्यही हतारमा अmभै हामीले जति छिटो लग्न खोज्यौ । कहिले ट्राफिक जाम कहिले गाडी जाम थियो । त्यसैमा हामीले जसरी भए पनि अगाडि बढायौँ । हामीले सञ्चारग्राम हुँदै एरपोटसम्म पुग्यौँ । एरपोटभित्र प्रवेश गरेका थियौँ । एरपोटभित्र जादाँ अब हाम्रो यात्रामा विदेशतिर जाने एरपोटटिर सोझियो । जहाँ अन्तराष्ट्रिय विमानस्थल तिर हामी लाग्नका लागि ट्याक्सी गुरुजीलाई भने । उहाँले गेट नजिकै लग्नु थियो । मैले उहाँलाई विदाई गरे । उहाँले फेरी आउनु होला । भन्नु भएको थियो ।
नेपालको अन्तराष्ट्रिय विमानस्थलबाट चिनतिरको हवाई यात्रा


रोल्पा जिल्लाबाट चिन जाने यात्रा अब अन्तिम यात्रा अन्तराष्ट्रिय विमानस्थलमा टुङ्गियो । अन्तराष्ट्रिय विमानस्थलमा जादा हाम्रो यात्रामा सहयात्री भानुभक्त जैशी, नविराज कुइकुेल, कलेन्द्र सेजुवाल, नबराज भण्डारी, मनोज पौडेल लगायतसँग भेट भयौँ । हामीले पासपोर्ट जम्मा गरेका थियौँ । हामीले बोरिङ पास गर्नका लागि हामी एरपोटको भित्री घेरामा गयौँ । हामीले भिसा देखायौँ हामीले झोलाहरु चेक गर्नका लागि एरपोटको सुरक्षा निकायमा दियौँ । हामीले बोरिङ पास लिएर आउने काम भयो । हामी नेपाली मिडिया दलको टोलीको जमगत भयो । हामी सो समूहमा १४जनाको टोली थियाँै । हामीले १४ जनाको ग्रुपहरु हामी सहभागि एक आपसमा केही संक्षिप्त परिचय गरेका थियाँै । हामी चिनको पहिलो स्थान सिचुवान प्रान्तका लागि छेन्डु सदरमुकाम जानका लागि हाम्रो यात्राको कार्य तालिका अनुसार हाम्रा उडान १० बजे नै थियो । करिव २ घण्टा अगाडि एरपोटमा पुगी सक्ने  विमानस्थलको नियम हुँदो रहेछ । हामी सबै करिव ९ः४० बजे बोरिङ पास गरी लगेजहरु पनि सामान राख्ने स्थानमा राखेर हामी हाम्रा मनका भावना सातासात गर्न तिर लाग्यौँ । हाम्रो ठीक काठमाण्डौँको अन्तराष्ट्रिय विमानस्थलबाट १०ः४० बजे सीए ४३८ को जहाजबाट चिनको सिचुवान प्राप्तको राजधानी छङत एरपोट जाने नै थियो । हामीले अब नेपालका साथीहरुलाई आफ्नो घर परिवार आफ्ना सबै साथीहरुलाई फोनबाट अब आफूहरु विमानस्थलमा रहेको बताउँदै जानकारी गरायौँ । त्यहीबाट आमालाई फोन गरे आमाले भन्नुभयोः–“कान्छा कहा गइ पुगिस् । कहिल आउँछस् । राम्रो संग आउनु आएपछि घर आएस् हामीलाई पनि चीनको फोटो हामी त देश विदेश घुम्न पाएनौँ कान्छा छोरा राम्रोसँग जानु अनि हाम्रो नाम पनि राख्नु कान्छा ।” यो आमाको भावना सुनेपछि मलाई अर्कै मनमा अनेक भावनाहरु उर्लिएको थियो । वास्तमा जन्म दिने आमा बुवाहरुले हाम्रा लागि जे सके गर्नका लागि निकै प्रयास गरे । उनीहरुको इच्छा भनेको छोरा छोरीले राम्रो काम गरोस् भन्ने हो । वास्तामा आमाले यो जिम्मेवारी चिन यात्राको अन्तिम समयमा बोल्दा उमेरले ७ दशका वसन्तहरु पार गर्नुभएको आमाले यो भनिरहदाँ नयाँ जिम्मेवारी थप भएको थियो । मैले थप जिम्मेवारीका साथ बहन गर्ने जमर्काे सहित अगाडि बढे । मलाई मेरो अभियानको बारेमा छोरा जीवन संगीनी खुविना सुनारी, छोरा प्रियतम र कान्छा मिसनसँग पनि फोनमा भलाकुसारी गरियो । त्यस्तै ठीक शनिबार नै परेको थियो । पत्रिकाको काम गर्ने दिन हो । मैले कार्यकारी सम्पादक भान्ज रेशमलाई पनि सबै कुरा भने अनि हाम्रो यात्रा अब एरपोटमा गाडीलेले हामीलाई जहाज भएको स्थानतिर लग्न आतुर थियो । अनि हामीलाई चीनीया एरलाइन्सको ढोका नं. ३ खुख्यो अनि हामी अब एरपोटमा गयाँै । हामीले फोटो खिच्यौँ, अनि सामुहिक फोटोहरु खिच्यौँ । हामी अब १०ः४० बज्यो सीए ४३८ को जहाजबाट चिनको सिचुवान प्राप्तको राजधानी छङत एरपोटका लागि ए ३४६ को सिटमा मेरो सिट थियो ।  झ्यालतिरको सिट दिनका लागि आग्रह गरेको थिए । त्यही झ्यालतिरको सिटमा बस्यौँ । अनि हाम्रो करिव ३ घण्टाको लागि नेपालबाट चीन तिर प्रस्थानका लागि अन्तिम तयारी भयो । हाम्रा सबै मोवाईल लगायत सञ्चारको सेटहरु अफ ग¥यौँ । अनि हाम्रो यात्रा अगाडि बढ्यो ।  भाद्र ९ गते नै नेपाल र चिनको बीचमा आकाश मार्गमा हिड्नका लागि हामीले जहाजमा यात्रा गरेपछि चीनियाँ नागरिकहरुले जहाजमै हामीलाई स्वागत गर्नुभयो । मैले टिकट दिदाँ झ्याल तिरको सिट दिनका लागि अनुरोध गरेको थिए । मलाई एउटै सपना थियो कि झ्यालतिर बसेमा फोटो खिच्न, चीनको भूगोललाई क्यामरामा कैद गर्नु नै मात्रै थियो । म झ्याल तिर नै परेको थियो । मैले सबै यात्राको बारेमा एउटा चिनो बनाउने कोशिस गरेको थिए । हामीलाई चीनको लागि उडिरहेको जहाजमै खानाको व्यवस्था गरेको रहेछ । हाम्रो समय तालिका अनुसार त्यस दिन जहाजमै खाना खाने भन्ने रहेछ । हामी जहाजको यात्रामा माथि माथि उडेको बेलामा पनि हिमाल चडेको महसुस हुन्थ्यो हामी एउटा उचाईको गणतव्यमा उकालो यात्रामा  जहाज । त्यस जहाजमा यात्रा गर्दा कठिनाको महसुस त भइ रहेको थियो । चिसोको महसुस गर्दै गर्दा हामीलाई चीनियाँ नागरिकहरुले नै एरहोस्टेजमा हामीलाई चिसोबाट बचाउनको लागि सल दिएर स्नेह, प्रेम झल्काए । हामीलाई  त्यो जहाजबाट नेपाल र चीनको रमाइलो अनि सुन्दर आकाशीय दृष्टिले नेपाली भ्रमण टोलीको मनै लोभिएको थियो । नेपालको भुभाग र अन्य चीनियाँ भुभागलाई क्यामरामा कैद गरियो । आकाशे मार्गमा करिव १ घण्टा जति हिडेपछि चीनको भुभागको माथीको आशे बाटोमा हिडिरहेका थियौँ । नेपालको भूभागमा रहदाँसम्म हामीलाई आफ्नै देशमा छौँ भनेर लागि रहेका थियौँ । त्यतिबेला आशाको दृश्यबाट अबलोकन गर्दा कम विकसित, बस्तीहरु टाढा टाढा नै थिए । तर पनि हामीलाई नेपालको आफ्नो देशमा रहदाँसम्म हामी देशबासी हौँ भन्ने भावना जागृत भएको थियो । त्यतितिबेला हामी नेपालीको भूमिमा नै छौँ परेको थियो तर पछि हामी जतिबेला चीनियाँ भुगोलमा जान थालेपछि हामी अब प्रवासी भयौँ । अनि यो चीनको आकाशमा उडिरहेका छौँ । हामी अब नेपाल छाडेका छाँै भन्ने बल्ला हाम्रो भ्रमण टोलीलाई परेको रहेछ । त्यसैले हामीले अब चिनको विषयमा अध्ययन एवं अबलोकन गर्नका लागि चिनीया भूगोलमा प्रवेश गरेका रहेछौँ । हामी त्येला करिव पौने १२ भइसकेको थियो । हामीलाई हवाई यात्राको कारण भोक पनि लागि सकेको थियो । हामीले खाना खानका लागि अब त्यही जहाजभित्र भन्दा अर्काे विकल्प थिएन । हामीले त्यही जहाजभित्र रहेको खानाका लागि हामीलाई सूचना दिनुभयो । एरहोस्टेजहरुले हामीलाई तातो पानी, कोक, चिया लगायतले हामीलाई स्वागत गर्नुभयो । केही समयको आरामपछि फेरी खाना खानको लागि हामी तयारी भएका थियौँ । हामीलाई नयाँ परिकारको खाना आयो । भात, अनि प्रिजमा राखेर खाना योग्य बनाइएको मासु । हामीले खायाँै । हामी करिव १ घण्टाको हवाई यात्रापछि अब चीनको भुभाग देखिन थालेको थियो । हामी हवाई यात्रामा करिव ३ घण्टा हिडियो । अनि चीनको भुगोलहरु देखिन थाले । अब हामी सिचुवान प्रान्तको राजधानी छङतु पुग्नका लागि नजिक नजिक नै पुग्न थालेका थियौँ । हाम्रो टिमले सबैले चिनको बारेमा नयाँ नयाँ कुरा सुनेको चीन र देखेको चीन कस्तो हुनु पर्दछ भन्ने विषयमा हामीले गम्भीर ढंगले सोच्न थालेका थियौँ । हामीले चीनको विकास, सामाजिक, आर्थिक, राजनीतिक, कला एवं सस्कृतिका विषयमा अध्ययन गर्नका लागि हाम्रो टोलीले त्यसतर्फ ध्यान दिन थालेका थियाँै । नेपाली मिडिया दलको टोली अब एरपोटमा उर्लिने बेला भएको थियो । हामीलाई त्यहाँ चीनीयाँ टोलीहरु स्वागतका निम्ति बसेका थिए । हाम्रो कार्य तालिकामा अनुसार करिव नेपाली समय अनुसार १ः५० मा चिनको सिचुवान प्रान्तको राजधानी छङतुमा पुग्ने थियो । त्यसै अनुसार एरपोट  आउन लागेको थियो । जहाज तल जमिनतिर नजिकिदै गर्दा चिनको भूभागहरु देखिन थाले । चिनको भूभागहरु देखिदाँ मलाई निकै खुसि लागेका थियो । वर्षायामको मौसममा सबै हरियाली नै थियो । एकीकृत वस्ती विकास अनुसार बनाइएको सामुहिक बस्ती, बस्ती वरीपरी सबैमा तरकारी खेती, अन्य मौसमी तथा बेमौमी तरकारीहरुले हरियाली बनाइएको थियो । त्यसमा निकै खुशी लागेको थियो । हाम्रो देशमा सबैलाई काम गर्ने भन्दा बढी कुरा गर्ने बरदान दिएको छ । तर त्यहा सबैलाई कुरा भन्दा कामको लागि वरदान दिएको रहेछ । हाम्रो देशमा चियाँ गफ हो कि कफि गफ अथवा मञ्चका साना कोठे अन्तरक्रियादेखि विशाल जनसभाको बीचमा पनि काम भन्दा बढी गफ नै फलाक्ने हाम्रो प्रवृत्ति कहिले अन्त्य होला । नेपालमा विकासको वाधक भनेको यो अनावश्यक गफ गर्ने र काम नगर्ने पनि एक हो । हामीले गफ गर्ने वानीको छिट्टै अन्य गरौँ ।
चीनको छङतु एरपोटको अवतरणदेखि हिमाली पहाडीगाउँसम्म


हामी यति गर्दा गर्दै हामी सिचुवान प्रान्तको सदरमुकाम छङ्तु एरपोटमा ल्याण्ड हुने अवस्थामा तलतल पुगियो । सबै तिर विकसित सहर आयौँ । त्यो विकसित एसियाको सहर रहेछ । हामीलाई त्यहाँको मनरोम एवं त्यो शहर जहाजबाट देखिएको दृष्टिले बास्तमा हामीले सुनेको विकसित चीनको वास्तविकता उद्घाटन गरेको थियो । जब हामी एरपोटमा उत्रियाँै । हामीलाई स्वागतका लागि चिनियाँ रेडियोमा काम गर्ने चिनीयाँ पत्रकार राजु र त्यसैमा नेपाली भाषा विज्ञको रुपमा काम गर्नुहुने झापाको चेतनाथ आचार्य तयार हुनुन्थ्यो । उहाँहरुको साथमा गरिवी निवारणमा काम गर्ने एक जना काम गर्ने कर्मचारी पनि हाम्रै सत्कारमा आउनु भएको थियो । हाम्रो यात्रा एरपोटमा करिव ४० मिनेटको जतिको मात्रै थियो । त्यस बेलामा हामीले आफ्नो पासपोट देखायाँै । अनि चीनमा भ्रमण गर्नका लागि अनुमति पायौँ । त्यहाँ गैर कानूनी रुपमा आएको नागरिकले चिनमा प्रवेश गर्दछ होला भन्ने हामीले कल्पना पनि गर्न सक्दैनौँ । अनि एरपोट हाम्रो नेपालको अन्तराष्ट्रिय विमानस्थल जस्ताका करिव ७ देखि १० वटा मिलाएर बनाएको झै फराकिलो छ । हामीले फोटो खिच्यौँ । चीनियाँ पत्रकारहरुले हामीलाई भाषा अनुवादनको काम र भ्रमण टोलीको गाइड दुइवटा काम उहाँहरुले गरिरहनुभएको थियो । नेपाली मिडिया दलको चीन भ्रमण लेखिएको व्यानरमा हामी सबै आउने गरी चीनको सिचुवानप्रान्तको राजधानी सुन्दर एरपोट छङतुमा सामूहिक फोटो खिचियो ।  त्यो मनोरम एवं सुन्दर सहरले हाम्रो भ्रमण टोलीलाई निकै प्रभावित बनाएको थियो । हामी सबैको भावना र विचारको आकर्षणको केन्द्र बन्न पुग्यो त्यो एरपोट । भौतिक संरचनाले, एरपोटभित्र देखिएको सरफाई, आधुनिक प्रकारको सुरक्षा व्यवस्था, नागरिकमा सबै अनुशासित अनि सबै मिलनसार स्वभाव । हामी यी कुराको अध्ययन गरिरहका थियौँ । त्यतिकैमा हामीलाई भ्रमणमा सहजीकरण गर्नुहुने राजुले हाम्रो चीनमा स्वागत गर्दै दिनभरीको यात्राको बारेमा जानकारी गराउनुभयो । राजुले चीनियाँ नागरिकभए पनि नेपाली भाषा राम्रोसँग बोल्नु हुन्थ्यो । उहाँले भन्नुभयोः–“स्वागत छ नेपाली मिडिया दलका साथीहरुलाई, यहाँहरुको भ्रमण सुखद, उपलब्धी मुलक, फलदायी होस् ।” उहाँले अरु ९ गते छङतु एरपोटबाट पूर्वी आङ शहरबाट पूर्वी हिमाली पहाडी गाउँको होमस्टेसम्मको यात्राको बारेमा सुनाउनुभयो । अनि हामी हिड्यौँ । एउटा चिल्लो अनि सफा गाडीमा पुर्वी हिमाली पहाडी गाउँतिर ।

त्यो कार्यको निरन्तरता कार्यक्रमका प्रमुख व्यक्ति, राजनीतिज्ञ, जनप्रतिनिधी, प्राफेसर लगायत सबैले आफूले कहिले पनि फोहर गर्नु हुँदैन, आफूले गरेको फोहर आफैले व्यवस्थापन गर्नुपर्ने सँस्कार थियो । तर हाम्रो देशमा आफूले भारी बोक्दा, काम गर्दा, श्रम गर्दा खाएको भाडा माझ्दा माझ्ने मानिसले पनि मैले माझे भरे मेरो हैसियत घट्ट, चियाँ खाएको भाडा फोहर जम्मा गर्ने स्थानसम्म लग्न पनि आफ्नो स्तर घट्ने कुरासँग तुलना गर्दछ । भाद्र ९ मा हाम्रो यात्रा अब चीनियाँ सिचुवान प्राप्तको राजधानी छङतुबाटमा ओलिएर सबै अबलोकन गरेका थियौँ । विकास, समृद्धको दृष्टिले चीन निकै समृद्ध र विकासशील राष्ट्र हामीले सुनेका थियौँ । हाम्रो देश कहिले त्यस्तो होला ? भन्ने सपना बुन्दै अगाडि बढेका थियौँ । त्यहाँ एउटा गाडीले हामीलाई लिन आयो । त्यो गाडि पनि कति सफा नियौँ । यहाँका व्यक्तिले चलाएको चिला कार भन्दा कम थिए । त्यो यात्रु बाहक बस नै हो । हामीलाई एरपोटबाट पूर्वी हिमाली पहाडी गाउँमा जानका लागि नेपाली र चीनियाँ पत्रकार एवं गरिवी निवारण कोषको टोली । करिव दिनको मध्यान्त नै भइ सकेको थियो । हामी गाडि भित्र बस्न शुरु गरेका थियौँ । मैले पनि अनुमान गरेको थिए हाम्रो नेपाल झै भौगलिक रुपमा पहाडी भुभाग नै होला  भन्ने । सडक पनि नेपालको झै खाल्डा खुल्डी एवं  कठिन नै होला भन्ने लागेको थियो । तर हामी बस भित्र यात्रा गर्दा नै हामीलाई आनन्दभूती भयो । बस पनि सफा त्यस भित्रको वातारण पनि यात्रु मैत्री । फोहर पाल्ने भाडो राखिएको सिटहरु सफा र सुग्घर नै थियो । हामी सबै आफ्नो छनौटको सिटमा बस्यौँ । हामीलाई सिट छनौटको लागि पहिलो प्राथमिकता दिइएको थियो । हामी केही साथीहरु अगाडि क्याभिनमा बस्यौँ । केही झ्यालतिर बस्यौँ । कान्तिपुरमा कार्यरत पत्रकार कपिलका मनोज पौडेल र रातो पाटीका शम्भु दंगोल अगाडि बस्नु भयो । म त अगाडिकै सिटमा बसेको थिए । हामी ३ जनाले क्यामाराबाट फोटा खिच्न थालेका थियौँ । अरुले मोवाइलबाट नै खिचिरहनु भएको थियो । जे होस् हामीले सबैले आफ्नो आफ्नो इच्छा लागेको तस्विर मोवाईल र क्यामारा कैद गरी अगाडि बढेका थियौँ । हाम्रो यात्रा शुरु भएको सिचुवानको शहरको जति भित्री भागमा प्रवेश गर्दछौँ त्यति नै अचम्मको निर्माण कलाहरु देखिन्छ । त्यो भौतिक रुपले होस् वा प्राकृतिक रुपम निर्माण भएका स्थान र संरचना । एसियाको व्यापारिक हवको रुपमा विकास गर्नको लागि बनाएका विशाल अदृश्य भवन हुन वा अग्ला भवन अनि विभिन्न आकारको भवन, त्यसमा कुनै पनि ट्रफिक जाम छैन । चोकमा ट्राफिक जाम हटाउनको लागि चोक–चोकमा पूर्व पश्चिम बाटो बनाएर करिव ४ देखि ६ तहको सडक थियो । सडक पनि हरिया नै थिए । सडकमा फूल रोपेर होस् विरुवा  रोपेर होस् अथवा बगैचा निर्माण गरेर हो सबै सडक हरियाली अनि धुलोबाट शहर मुक्त छ । अनि सडकको वरी विरुवाले सबै सडकको मुहार नै हरियो बनाएको देखिन्थ्यो । हामी अगाडि बढ्छाँै त्यति नै सुन्दरताको चीन फेला पार्दथ्यौँ । चिल्ला सडक, सडकको वरीपरी हरियाली तिनै पाखाँ पखरेको बाटो हिड्दै गर्दा हामीलाई निकै रमाइलोको महसुस हुन्थ्यो ।  जति भित्रि भागमा पुग्छाँै त्यति नयाँ र नयाँ कुरा हेर्न र अवलोकन गर्न पाइने अबसर प्राप्त भएको थियो । त्यो बस भित्र हामीलाई चीनको भ्रमणसम्म गर्नका लागि भाषा र अन्य सहयोग गर्नका लागि हामीलाई साथ दिनुहुने चेतनाथ आचार्यको हाश्य, व्यङ्ग र गहकिला ज्ञानबद्धक कुरा गर्दा गर्दै हाम्रो यात्रालाई सहज अनि रमाइलो गराउनभयो । उहाँले आफ्नो जीवन व्यवहारमा भोगेका कुरालाई चीनको केही विषयसँग जोडेर शिक्षाका रुपमा हामीलाई प्रदान गर्नुभयो । चिनमा देखिएको नयाँ कुरामध्ये पहिलो कुरा भनेको सस्कार जन्य विषयममा नागरिकहरु समान झै मानिन्थ्ये । सबैले आफूले फालेको काम नलाग्ने सामाग्री समन्धित निकायसम्म पु¥याने नै थियो । त्यो बस भित्रबाट शुरु भएको थियो । त्यो कार्यको निरन्तरता कार्यक्रमका प्रमुख व्यक्ति, राजनीतिज्ञ, जनप्रतिनिधी, प्राफेसर लगायत सबैले आफूले कहिले पनि फोहर गर्नु हुँदैन, आफूले गरेको फोहर आफैले व्यवस्थापन गर्नुपर्ने सँस्कार थियो । तर हाम्रो देशमा आफूले भारी बोक्दा, काम गर्दा, श्रम गर्दा खाएको भाडा माझ्दा माझ्ने मानिसले पनि मैले माझे भरे मेरो हैसियत घट्ट, चियाँ खाएको भाडा फोहर जम्मा गर्ने स्थानसम्म लग्न पनि आफ्नो स्तर घट्ने कुरासँग तुलना गर्दछ । अरुले देख्ने मानिसले पनि यो समाज, आफ्नो लागि आफैले खाएको भाडा उठाउनेलाई पनि कस्तो मानिस यो त कार्यालयमा भयो भयो भने हाकिम हो भने पनि भाडा उठाउने मानिसलाई अपरिचित व्यक्ति हेर्दा वित्तिकै यो त कार्यालमा प्रमुख नै भए पनि चिया खाएको गिलास उठाएर लगेमा यो त कार्यालय सहयोगी हो के हो भन्ने हाम्रो समाजको बुझाई छ । त्यसैले काम गर्ने श्रमिकहरुप्रति सम्मान गर्ने सँस्कारको विकास भएको छैन । त्यहाँको मानिसहरुमा श्रम सबैले गर्नुपर्दछ, श्रमको आधारमा ठूलो सानो भन्ने हुँदैन रहेछ । नेताले पनि जनतासँगको काम गर्न सक्छ । कामको आधारमा सम्मान गर्ने सँस्कार रहेछ । मेरो बुझाइमा सामान्य लाग्ने तर मानिसको जीवनलाई प्रभाव पार्ने सक्ने विषय भनेको श्रमको आधारमा विभेद भएन भने राम्रो हुन्छ । श्रमको प्रकार फरक हुन सक्छ तर पनि श्रमको आधारमा मानिसको हैसियत नापिन थालेमा गर्ने मानिसालाई पनि हिन्ताबोध भइ श्रम गर्ने वानीको बाधक हुन्छ । त्यो कुरा बसबाट शुरु भएको, हिमाली पहाडी गाउँको होमस्टे, आङ शहरको बसाई, राष्ट्रिय चिया उद्योग, किवी उद्योग, मिङ शहरको सरकार प्रमुखसंगको बसाई, सिचुवान प्रान्तको प्रोफेसरसँग गरिवी निवारण कार्यक्रमको बसाईदेखि सिचुवानप्राप्तको चिन गरीवी निवारण कार्यक्रमका अध्यक्ष, बेजिङका सबै बसाईसम्म यो श्रमको आधारमा ठूलो सानो भन्ने थिएन । जसले जे गर्न सक्दछ त्यो गर्नुपर्दछ । देश विकास, आफ्नो समृद्धका लागि पनि श्रम गर्नुपर्दछ । भन्ने भावनाको विकास भएको थियो । यो सस्कारको सिकाई एउटा गाडि चालक गुरुदेखि, जनप्रतिनिधीहरुको बसाई, हरेक कार्यक्रममा देख्न र अनुभूति गर्न पाइयो । यो चिनको सकरात्मक पाटो हो । यो हाम्रो नेपालमा हुँदै नभएको भने होइन तर यसलाई अझै व्यावहारिक रुपमा लागु गर्नु पर्दछ ।
यी सिकाई बस भित्रको जीवन उपयोगी झापाली चेतनाथ सरको गफ, अनि चीनिया नागरिक राजुको नेपाली मिठास भाषा, गरीवी निवारण कोषका कर्मचारीको न्यानो स्वागतसँगै हामी चिनका नयाँ नयाँ विषयको अबलोकन, गर्दै सुरुङमार्ग, रोडकर तिर्ने सिष्टम, पहाडी भुभागमा गरिएको अभूतपूर्व विकास, सडकको वरीपरीको सुन्तला र जुनार बगैचा लगायतको अबलोकनसँगै हाम्रो यात्रा याआन शहर पुगियो । त्यहाबाट हिमाली पहाडी गाउँको नजिकै थियो । चारैतिर नदिको किनारमा रहको सुन्दर याआन शहर त्यस नजिकै रहेको हिमाली पहाडी गाउँमा पुग्ने निश्चित भयो । करिव हामी छङ्तुबाट २ बजे शुरु भएको हाम्रो यात्रा ८ बजे हिमाली पहाडी गाउँमा पुगेका थियौँ । गाउँ निकै रमाइलो थियो । वातावरण पनि निकै पर्यटकको आकर्षण केन्द्र विन्द बन्दै थियो । उकालो बाटाको करिव ३० मिनेटको हिडाई पनि गाउँ भेटियो । हिमाली गाउँका हिमाली पहाडी होमस्टे गाउँमा पुगेका थियौँ । गाउँका सबै मानिसहरु हाम्रो स्वागतमा जम्मा भएका थिए । हिमाली पहाडी गाउँका ग्राम अध्यक्ष (वडा अध्यक्ष) लि द याङले स्वागत गर्नुभयो । स्वागतसँगै हाम्रो सामूहिक फोटो खिच्यौँ । सबै नेपाली मिडिया दलको टोली र चीनिया टोलीबीचमा भावनात्मक रुपमा एकाकार भयौँ । हामीलाई स्वागतपछि बसाईको व्यवस्थापन गर्नुभयो । खाना पनि साथै खायौँ । अनि चिनियाँ विभिन्न प्रकारका खानाको परिकार थेन दिदीको घरमा खायाँैै । चीनिया परिकारहरुको विषयमा अध्ययन एवं जानकारी लियौँ । खाना खाएपछि हामी सुताईको लागि आफ्नो कोठामा गयाँै ।

मीठो अनि उपलब्धीमुलक हिमाली पहाडी गाउँको दुइ दिने बसाई
भाद्र ९ गते साझ खाना खाएरपछि हामी सबै आफ्नो कोठामा लाग्ने त्यस गाउँका प्रमुखले लि द याङले जानकारी गराउनभयो । उहाँले हामीलाई एक÷एक जना रुडगाइडको व्यवस्था गरि दिनुभयो । कति सम्मान हो । उहाँहरुले सबैलाई सुरक्षा सम्बेदनशीलता बारेमा जानकारी गराउनुभयो । यदी राती बाहिर निस्किनु परेमा पनि जानकारी गरेर मात्रै निस्कनु होला भन्नु भएको थियो । त्यस गाउँमा पुगेका पनि सामाजिक कार्यकर्ता एवं गाउँ सुरक्षा समितिका प्रमुख  सुइचाओ, छङथोङ लगायतले सबै गाउँको सुरक्षाको विषयमा आफूहरुले जिम्मेवारी लिएको नेपाली मिडियादलका टोलीहरु केही हुँदाँ वित्तिकै आफूहरुको गाउँको बारेमा विश्वमा नै नराम्रो हुन सक्ने प्रति हामीलाई सजग गराउनुभएको थियो । हामी सबै आफ्नो आफ्नो कोठामा गएका थियौँ । हामी सबैको वासको व्यवस्थापन गर्नका लागि सबै तयारी गरेर कोठामा पु¥याउन जानुभयो । हामी एक्कासी  त्यो हिमाली पहाडी गाउँको होमस्टेका कोठामा आश्चार्य लागेको थियो । मैले कल्पना पनि गरेको थिएन कि त्यो हिमाली पहाडी गाउँको घरबास कार्यक्रम अनुसार बनाएको होमस्टेमा धेरै व्यवस्थित नै थियो । म नेपालको होमस्टेहरुमा पनि म त्यस्तो व्यवस्थित गरि राखेको घरवास कार्यक्रममा बास बसेको थिएन । म त्यहाँ जादा मलाई निकै खुशी लागेको थियो । बास बस्नका लागि सबै व्यवस्था थियो । त्यो गाउँमा पनि त्यति व्यवस्थित घरबास कार्यक्रम रहेकोले मलाई निकै प्रभावित बनाएको थियो । सफा कोठा, सफा कपडा, राउण्ड टेबलमा स्थानीय फलफूल, चिया पकाउने भाडा अनि त्यसमा चियाँका लागि आवश्यक सबै सामान, नुहाउने बाथरुम, शौचालय लगायत सबैको व्यवस्था थियो ।  भनौ सबै व्यवस्था भएको एक वास बस्ने स्थान थियो । जो कि पाँचतारे होटेलमा पनि तिनै व्यवस्थापन मैले देखेको थिएन । त्यस दिनको बसाइ निकै फरक अनुभूति रहेको थियो । हिमाली पहाडी गाउँको नाम अनुसार चिसो स्वच्छ हावा, मिठो पानी अनि हिमाली पहाडी गाउँको आरामदायी वसाई बन्यो । अब नेपालको साथीहरुलाई कसरी सम्पर्क गर्ने भन्ने विषयमा एउटा विषय बन्यो । त्यसपछि काठमाण्डौबाट चीनतर्फका यात्रा शुरु भएपछि मैले आफ्नो परिवार, जिल्ला, सामाचारका साथीहरु, नेपालका आदरणीय व्यक्तिहरुसँग कुनै पनि सम्पर्क भएको थिए । नेपालमा सम्पर्क गर्नका लागि भाइबर विना अन्य कुनै विकल्प नै थिएन । मलाई पत्रकार मनोज घर्तीले सुझाउनु भएको थियो । अब चीन आई पुगेको बारेमा कसैलाई पनि भनेको थिएन । अनि मलाई सकुशल करिव १० घण्टाको यात्रापछि चीनको हिमाली पहाडी गाउँमा पुगेको सन्देश पु¥याउन र त्यहाँको बारेको विकासको बारेमा बताउन मलाई निकै हतार भएको थियो । मैले धेरै प्रयास गरे । करिव २ घण्टाको प्रयास मात्रै भाइबरबाट समपर्क हुने सफलता मिल्यो  । मैले धेरै साथीहरुलाई खोजे तर नेपालमा १२ बजेतिर त सबै सुत्छन् । मझेनी निद्रामा पुगेको बेलामा सबै भाइबर पनि प्राय या ष्लिभ नै थिए केही अनलाईनमा भएकाहरु पनि नचिनेका साथीहरु नै थिए । नचिनेकाहरुलाई कल गर्दा पनि समस्या भने मैले धेरै खोजीकार्य पछि करिव रातीको पौने १२ बजेतिर मैले जिल्ला समन्वय समिति रोल्पाका जिल्ला समन्वय अधिकारी आदरणीय मनका धनी एवं मिलनसार र हसिलो सबै कुरालाई सकरात्मक ढंगले ग्रहण गर्ने डम्बर सुनुवारलाई मैले फेला पारे । पहिले हामी जनयुद्धको मैदानमा होमिदा लामो रातभरीको हिडाई अनि धेरै दिनको भोकमा एक मुठी खाजाले जति शक्ति प्रदान गर्दथ्यो । चैत बैशाखको धुपमा एक चिलिप पानीमा जति तागत पाइन्थ्यो । त्यसै भयो साथीको भोकाईमा हिडेको झै भयो । साथीको खोजिमा भेटिनु भएका डम्बर सुनुवारलाई मैले कुनै पनि निसंकोचित रुपमा कल गर्न त खोजे । करिव चीनको समय अनुसार पनि १०ः४५ बजि सकेको थियो । नेपालको करिव १२ बजेको थियो होला । तर नेपालमा यति बेला मझेनी निद्रामा हुनुहुन्छ होला के गर्ने सुताई पुरै भंग भयो भने मलाई सरले गाली गर्नु हुन्छ कि ? भन्ने सोचे तर पनि म उहाँसँग केही नजिकबाट परिचित भएको थिए त्यसैले हिम्मत गरेँ । कल गरे अनि उहाँले उठाउनु भयो । उहाँलाई कल गरेर कल रिसिभ भयो ।  मैले भनेः–“सर नमस्कार, उहाँले नमस्कार भन्नुभयो । निद्रामा झै गरी बोल्नु भयो । मैले भने सर तपाई पहिलो व्यक्ति हो सर म चीनमा छु । सर क्षमा चहान्छु सर तपाईको चिद्रा भंगको लागि । मैले नेपालमा  अझै रोल्पामा रहनुभएका साथीहरुको  पहिलो व्यक्ति तपाईलाई नै भेटाए मेरो सबै सन्देश तपाईसँग भन्छु । मेरो घर परिवार, मेरो सामाचारका कार्यरत पत्रकार एवं सबै साथीहरुलाई सकुशल चीन पुग्नुभयो रे भनेर भनि दिनु होला । उहाँले लौ तपाई चीन हो । हिजो अस्ति त तपाई रोल्पामै त हुनुहुन्थ्यो नि । कति छिटो चीन पुग्नु भयो त नी । होइन सर मैले सरलाई भन्ने समय मिलने म त चिन पो छु । सर मेरो पु¥याई दिनुहोला भने पनि उहाँले बोलीमा मिठास पन थप्दै भन्नुभयोः–“मानसिंह ज्यू मलाई निद्रा भंगको कुनै समस्या भए बरु तपाईले मलाई चीनबाट पहिलो सम्पर्क व्यक्तिको रुपमा सम्झन सक्नु भयो यही नै गौरवको विषय हो । धन्यवाद मलाई पहिलो सम्पर्क व्यक्ति बनाउनुभएकोमा म तपाईको म्यादम, घर परिवार, समाचार, पत्रकार अन्य साथीहरुलाई भनि दिइ हाल्छु तपाई चीन त पुग्नुभयो तपाईको खवर भन्नलाई मलाई कुनै समस्या छैन । ढुक्क हुनुहोस् आउँदा चीनको अनुभव लिएर आउनु होला ।

हिमाली पहाडी गाउँमा पहिलो सञ्चारसेवामा नेपालका डम्बर सुनुवार


रातीको बेलामा करिव १२ बजे डम्बर सुनुवारसँग कुराकानी भयो । अनि फेरी अरु साथीहरुको खोजीहरु गरेको थिए । त्यति बेला भाइबरमा पत्रकार एवं मेरो नजिकको साथी सामुदादियिक रेडियो जलजलामा कार्यरत घनश्याम केसीलाई पनि अनलाईनमा भएको देखे अनि मैले उहाँलाई कल गर्न मन लाग्यो । सुतेकै भए पनि मैले भाइबर कल गर्दा त उठाउनु हुन्छ होला भन्ने लागेको थिएन । किन किन रातको मध्यान्तभन्दा बढी भइ सकेको थियो तर पनि मलाई मेरो मनले कत्ति पनि मानेन अनि मैले भने गरि हान्छु निद्रा भंग भए पनि मेरो लागि घनश्याम केसीले सहन सक्नु हुन्छ होला भन्ने नै लाग्यो । मैले गरे उहाँसँग मेरो चीन यात्राको बारेमा रोल्पामा हुँदा पनि निकै भलाकुसारी भएको थियो । अनि मैले उहाँलाई मेरो अभिान बारेमा बताएको थिए । उहाँलाई कल गरे मैले भने घनश्याम सर “क. माओको देशबाट सलाम छ । तपाई मेरो दोश्रो सम्पर्क व्याक्ति हुनु हुन्छ । ” धन्यवाद उहाँले भन्नुभयोः–“मैले भने उहाँले सलाम हाम्रो नेपालको रोल्पा जिल्लामै कार्यरत रहेर चीनमा पुग्नुभयो । धन्यवाद । चिनको भ्रमणको शुभकामना छ । चीनको भ्रमणको विषयमा राम्रो सन्देश लिएर आउनु होला है कमरेड” भन्नुभयो । फेरी मैले भनेः–“मैले जिल्लाका साथीहरुलाई सम्झेको भनि दिनु होला, मेरो पत्रकार महासंघका साथीहरु र रोल्पा समामाचारका साथीहरुलाई जिल्लाका सबै साथीहरुलाई पनि सच्चै पुग्नु भयो भन्ने विषयमा खवर गरि दिनु होला । म सम्भव भएसम्म भाइबर कल गरौँला । यदी सम्भव नभए पनि तपाईबाटै सञ्चार गरौला । अनि खुविनालाई पनि भाइवरमा मात्रै सम्पर्क हुन्छ रे भाइरर राख्ने रे भनि दिनु होला ” भने यसरी घनश्याम ज्यूसँग पनि कुरा भयो । उहाँसँग अन्य मनका अन्तरङगका कुरा पनि ग¥यौँ । त्यति गर्दा हाम्रो मोवाईलमा करिव १ बजि सकेको थियो । त्यस दिन चीनको दिनभरी देखिएका कुराको विषयमा सोच्दै सयम वित्यो । त्यस पछि फेरी हामी काठमाण्डौँ स्नाकोत्तर अध्ययनको बेलामा परिचित साथी कवितालाई पनि भाइबरमा देखियो । अनि मैले कल गरे उहाँले उठाउनुभयो । म एम.ए, दोस्रो वर्षको परीक्षाबाट घर फर्किदा एरपोटसम्म गएको कुरा भन्दै तपाईले पठाई लिएको एरपोटबाटै चीन आएको खवर आकस्मिक रुपमा सुनाए । उहाँले भन्नुभयोः–“तपाई मात्रै जाने हामीलाई न लग्ने भनेर हसाउनुभयो ।

मैले भने सम्भव भएन उहाँसँगका अध्ययनका कुरा गर्दै १० दिने भ्रमणको बारेमा आपसी कुराकानी गर्दै हाम्रो भाइबर वार्ता पनि सकियो । ९ गते साmँझ हामी बसाईको लागि विभाजन हुने बेलामा हिमाली पहाडी गाँउका वडा अध्यक्षले लि द याङले जानकारी गराउनुभएको अब १० गते विहानको हाम्रो कार्य तालिका अनुसासर विहान ५ बजे आउने पाहुनाको सम्पर्क घरमा जम्मा हुने थियो । हामीलाई सो वडा अध्यक्षको भाषा नेपालीमा अनुवाद राजुले गर्नुभएको थियो । त्यसैले अब करिव ४ घण्टा जसरी पनि सुत्नु पर्दछ । नत्र भने भोली हाम्रो सामूहिक भ्रमणमा मेरो सक्रियता कम हुन सक्छ हैन भन्ने भयो । म सुत्ने बेलामा विहानको कार्यतालिकालाई पुरै पुरा गर्ने गरी ४ः३० बजे आलाराम लगाएर सुते । सपनामा पनि चीनका विभिन्न विकसित रुप पो देखियो । अनि त्यो आनन्दायी घरायी वातावरणमा समेत सुतियो । मेरो मेवाइलको आलारामको (समय सूचक) को आवाज अयो । मैले कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन भन्ने बोलको गीत आलाराम आवाज छनौट गरेर राखेको थिए । ४ः३० भइ सकेपछि एक्कासी मोवाईलमा गीत बज्यो । कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन भन्ने गीत बज्यो । निद भंग भयो । अबेरमा सुतेको निद्रा भंग भए पनि उठियो ।


उठियो विहानको सबै नृत्य कर्म गरियो । नृत्य कर्म एवं सरफाइ लगायतको विषय गरी अनि १० गते गर्ने सबै कार्य तालिका अध्ययन गरियो । अब मिर्मिरे खुल्न थालेको थियो । हामी त्यो हिजो विभाजन भएको घरसम्म गयौँ । जाने बेलामा त्यति धेरै मानिसहरु आएका थिएनन् । हामी केही साथीहरु त जसरी भए जम्मा भयौँ । अनि हामीले सुताईको बारेमा सबैले आफ्नो साथीहरुलाई भन्ने ग¥यौँ । त्यति बेला सबै भन्दा राम्रो मलाई त्यो रुममा फराकिलो स्थान, त्यो सुन्दर हस्तकलासहितको कोठामा फलफूल अनि सम्मानपूर्वक व्यवहार, त्यो कोठा भित्र भएको पाहुनाहरुलाई केन्द्रित गरेर बनाइएर गरेको सजावत लगायतको विषयमा छलफल गर्न थालियो । यदी नगरेर पो रहेछ नेपाल हामीले गर्ने हो भने के छैन । सबै छ हामीसँग साधान श्रोत छ, हामीसँग पनि हावापानी पानी, वन जंगल, हिमाल पहाड लगायत सबै छ नी तर हाम्रो सोचाईमा र सपनामा अभाव नै हो । हामी विहानै ठेन दिदीको होटेलमा चियाँ, खाजा खायौँ । अनि हामी विस्तारै विहानको हिमाली पहाडी गाउँको भ्रमणमा निस्कियौँ । हामी गाउँका सबै पर्यटकीय क्षेत्र र गरीवी निवारण कार्यक्रमले कसरी गरिवमुक्तका लागि पहल गरेको रहेछ भनेर खास विषयमा अध्ययनका लागि भित्री अध्ययन गर्ने हाम्रो यात्रा जारी रह्यो ।
हिमाली पहाडी गाउँको अध्ययनका लागि हाम्रो टोलीको मुभ
भाद्र १० गते विहान हामी सामूहिक घरमाबाट गाउँको अध्ययनका लागि सबै गाउँको यात्रा शुरु गरेका थियौँ । हामीलाई विहानै गाउँको बारेमा गाउँ प्रमुख गाउँ प्रमुख लि द याङले संक्षिप्त जानकारी गराउनुभयो । त्यसलाई भाषा अनुवादक राजुले गराउनुभयो । उहाँले हामीलाई जानकारीको क्रमममा २०१३ मा ७ स्केलको भूकम्प गएको थियो । सो भूकम्पले गाउँलाई भत्काएको थियो । गाउँको भत्किएको त्यसबाट गरिवीको संख्या झन् बढेको थियो । भूकम्पले निम्त्याएको पिपतले निकै अझै गरिवीको संख्याको बढाएको थियो । हामी एउटा स्तम्भकाबाट शुरु गरेका थियौ । हाम्रो नेपाली मिडियादललाई गरिवी निवारण कोष चीको सहयोगमा चीन सरकारले गरिवी न्यूनिकरणमा गरिएको प्रयासका बारेमा अध्ययन गर्न आमन्त्रण गरिएको थियो । त्यो एउटा सानो स्मारक थियो । त्यसमा ग्राम प्रमुख  लि द याङले पर्यटकीय स्थल स्तम्भको बारेमा बताउनुभयो । उहाँले भन्नुभयोः–“यो एउटा स्तम्भ हो, यो गाउँको वरी परी लगायत चिनमा गएको सन् २०१३ सालमा गएको भुकम्प जादाँ यो गाउँमा ६० घर थिए २ सय ६० जना थिए । त्यो मानिसहरुको भौतिक क्षति नभए पनि हाम्रो गाउँमा भएको ६० घरका र २ सय ६० जना सदस्यहरु विस्थापित भएका थिए । त्यहीको स्मरणमा बनाइएको स्तम्भ हो । यसमा सबै यस गाउँमा प्रवेश गरेपछि सबैले फोटो खिच्छन् । यो भुकम्प स्मारक हो ।”
हामी गाउँको विषयमा अन्य स्थान पनि घुमेका थियौँ । हामीले हिमाली पहाडी गाउँको प्रवेशद्वार गेटमा गएका थियौँ । सो गेट पनि हेर्नका लागि गएका थियौँ अनि चीनको सबैभन्दा राम्रो सुन्दर गाउँ हिमाली पहाडी गाउँ गएका पर्यटकहरुले सबैले फोटो खिच्ने अनि आफूले सो गेटमा हस्तकलाद्वारा निर्माण गरिएको सामाग्रीले सजावत गरिएको थियो । हामी सबैले सबैले फोटो खिचेका थियौँ । त्यो हिमाली पहाडी गाउँका मानिसबाट निर्माण गरिएको थियो । त्यस पछि हामी हिमाली पहाडी गाउँको शुरुवातको क्रममा एउटा कार्यालय झै भवन छ । बाहिर पार्टी कार्यालय झै थियो । हामीले त्यसमा चीनमा आएर चीनिय कम्युनिष्ट पार्टीको झण्डामा फोटो खिच्यौँ । त्यसमा हामी नेपाल पत्रकार महासघंका केन्द्रीय सदस्य नविनराज कुइकेल र पोखराको माधव पनेरु लगायतले हामीले फोटो खिचेका थियौँ । हामीले त्यस पछि पहाडी हिमाली गाउँको सडकका गल्ली देखि अन्य गाउँहरु फराकिलोबाटोमा लगायतको अध्ययन गरेका थियौँ । त्यस बाटो सफा र सुग्घर लगायतको बाटोमा चिल्लो बाटो थियो । गल्ली वरीपरी फोहरको कुनै संकेत पनि थिएन । फोहर पनि सबैले सफा नै गर्दथ्ये । हामीले पनि त्यो सँस्कार अनुसरण गर्नुपर्दछ । हामीले सफा गाउँ अनि सुन्दर वस्तीको गाउँको होमेस्टेका अवलोकन गरेका थियाँै । सो गाउँमा पहिले पुरानो घरमा आगो बाल्ने स्थान, आराम गर्ने स्थान, पुरानो खाद्यान्न राख्ने भण्डार लगायतको पुराना सामानहरुको पर्यटकीय आकर्षणको केन्द्र बनेको थियो । हामीले गाउँभरीको पर्यटकीय क्षेत्रहरुको अबलोकन गरेका थियौँ । हामीले त्यस गाउँको घरहरुका नयाँ र पुराना घरको अबलोकन गरेका थियौँ । भुकम्प आउनु भन्दा अगाडिको केही भवन एवं सरचना र केही नयाँ संरचना अनुसार बनाइएका घरहरु पनि हेरेका थियौँ । हामी पुरै गाउँबारेमा अध्ययन गर्दा सो गाउँमा भएको पहिलेका पुस्ताले प्रयोग गरेका घर, घरमा रहेका सामान, हिडदुल गर्ने सडक, लगाउने कपडा लगायतका सामानहरु पनि पर्यटकहरुको लागि राखिएको छ । त्यसैगरी नयाँ भवन, बाटो, सरफाईकोयुक्तबाटो लगायतको हामीले हेरको थियौँ । साच्चिकै त्यो एउटा चिनको सुन्दर गाउँ, संसार भरीका आउने गाउँ रहेछ । राजनीतिक, सामाजिक, साँस्कृति, उत्पादन लगायत सबै हिसावले पनि त्यो गाउँ नमूना लाग्यो । हामीलाई चिनको सबै भन्दा राम्रो गाउँमा लगिएको थियो । साच्चिकै त्यो स्वर्ग झै थियो ।

कसरी गरिहेका रहेछन् चीनमा गरिवी निवारण


हाम्रो गाउँको भ्रमण सकिएको थियो । हामीले खाना खायौं । हामीले ठेन दिदीको होटेलमा खाना खायौँ । खानापछि हामीलाई गरीवी निवारण चीको आर्थिक सहयोगमा सरकारले गरेको सकरात्मक एवं सुधारात्मक विषयमा छलफल गर्ने नै भयौँ । हामीलाई लागेको थियो गाउँका मानिसहरु सबै जम्मा हुन्छन् अनि हामी जनतासँग अन्तरक्रिया धेरै गर्न सकिन्छ भन्ने नै थियो । जन हामी खाना खाएर हामी त्यो सामूहिक भवन भित्र प्रवेश गरेका थियौँ । हिमाली पहाडी गाउँमा जनताको श्रम एवं पसिनामामा निर्माण गरेको सुन्दर गाउँ र गरीवी निवारण कोषले गरिएको पहलका बारेमा अन्तरक्रिया गरिएको थियो । गरीवी निवारण कार्यक्रमका बारेमा गरिवी निवारण कार्यक्रमका प्रमुख आउने कुरा थियौँ । मलाई लागेको थियो कि गरिवी निवारण कार्यक्रममो त्यस क्षेत्रका प्रमुख आउने भन्ने भए पछि सबै आफ्नो तयारी गरेका थियौँ । तर हलभित्रको बसाई सामान्य नै बनाउने झै थियो । हामी सबै भित्र पनि पसेका थियौँ । हामी सबै नेपाली मिडिया दलको टोली बस्यौँ । अनि कार्यक्र शुरु भयो । पहिले चीनियाँ सरकारले सन् २००८ मा करिव चीनका ८ करोड नागरिकहरु गरीव थिए । हाल सरकारले २ करोड नागरिकहरु गरिव छन् । त्यही गरीवीलाई न्यूनिकरण गर्नका लागि चिनिया सरकार लागि रहेको उहाँले बताउनुभयो । सन् २०२० सम्ममा चिनबाट  गरिवीमुक्त देश निर्माण गर्नका लागि लागि रहेको बताएपछि हामीले त्यति छिटो रफ्तारमा कसरी सम्भव भयो भन्ने विषयमा अध्ययन गर्नका लागि अन्तरक्रिया गरेका थियौँ ।
अन्तरक्रिया कार्यक्रमको सन्दर्भमा चीन विश्वको सबैभन्दा ठूलो राष्ट्र हो त्यसमा पनि गरिवीको संख्या सन् २००८ मा ८ करोड हाल २ करोड र सन् २०२० मा गरिवी न्यूनिकरणको महान अभियानको बारेमा बताउनुभयो । हिमाली पहाडी गाउँमा पहिले २००८ सालमा पनि भूकम्प गएको त्यसबेलादेखि गाउँको अस्तव्यस्त नै भएको जानकारी गराउँदै सन् २०१३ सालको भूकम्पपछि मात्रै चीन सरकारले भत्किएका संरचनाबाट पनि विकासको आधार तयार पर्न सकिने, भत्कीएको संरचनाबाट पनि मानिसको ध्यान आकर्षण गर्न सकिने लगायतको विषयमा चीन सरकारले एउटा योजना निर्माण गरेको थियो । त्यसैबाट चीन सरकारले हिमाली पहाडी गाउँ लगायत सबै भूकम्पबाट भत्किएका स्थानहरुको पहिचाहन गरी संरक्षण गर्दै नयाँ प्रचार शैलीबाट प्रचार अगाडि बढाएर पर्यटकीय क्षेत्र निर्माणको दिशामा अगाडि बढाउने योजना अनुसार कामको थाली गरेको रहेछ ।

के रहेछ त हिमाली पहाडी गाउँमा
भाद्र १० गते सो सुन्दर हिमाली पहाडी गाउँमा गविी निवारण कोष कार्यक्रम र जनतासँग अन्तरक्रिया गरियो । हामी गरीवी निवारणको कार्यक्रममा चीनिया गरिवी निवारण कोषण्का जिम्मेवार व्यक्तिहरुले चिनीया सरकारले गरिवी निवारणको लागि गरिएको सकरात्म प्रयासको बारेमा धारणा राखे । चीनको विषयमा भएका गरीवी र गरिवीको अवस्था एवं गरिवी निवारणमा गरिएको प्रयासको बारेमा सबैले गरिवी निवारण याङका प्रतिनिधी र हिमाली पहाडी गाउँका जिम्मेवार व्यक्तिले आफ्नो निकै महत्वपूर्ण विचार राखेका थिए । निकै प्रयास  चीनमा गरिवी निवारणको लागि त्यहाँको सरकार, पार्टी र आम नागरिक नै लागेका रहेछन् ।
स्थानीय जनताको सहभागितामा जनतासँग सरकार भन्ने कार्यक्रमबाट गाउँ पुनःनिर्माण अभियानको शुरुवागत गरेको रहेछ । भौतिक संरचना पनि नयाँ तरिकाले गर्ने, पहाडी मुलुकमा टाढा टाढा मानिसको बसोवास भएको, त्यस क्षेत्रमा सडक, खानेपानी, विद्यालय, स्वास्थ्य लगायतको भौतिक विकास तथा मानव विकासका कामहरु लग्नका लागि निकै कठिनताका साथै बढी लागत लाग्ने भएकोले बस्ती एकीकरण गरी भौतिक पूर्वाधार निर्माण एवं मानव विकासको कामहरु गरिएको रहेछ । अनि पो विकास भएको रहेछ । त्यसमा भौतिक पूर्वाधार निर्माणमा कसरी पर्यटकीय क्षेत्रको केन्द्र विन्दु बताउन सकिन्छ । १० गते हामी गरीवी निवारणको कार्यक्रममा चीनिया गरिवी निवारण कोषको जिम्मेवार व्यक्तिहरुले चीनियाँ सरकारले गरिवी निवारणको लागि गरिएको सकरात्म प्रयासको बारेमा धारणा राखे । चीनको विषयमा भएका गरीवी र गरिवीको अवस्था एवं गरिवी निवारणमा गरिएको प्रयासको बारेमा सबैले गरिवी निवारण याङका प्रतिनिधी र हिमाली पहाडी गाउँका जिम्मेवार व्यक्तिले आफ्नो निकै महत्वपूर्ण विचार राखेका थिए । निकै प्रयास चीनमा गरिवी निवारणको लागि त्यहाँको सरकार, पार्टी र आम नागरिक नै लागेका रहेछन् ।
त्यस गाउँमा गरिवी निवारण कार्यक्रमले त्यस गाउँमा रहेका सबै संरचनालाई संरक्षण गर्दै पर्यटनको माध्यमबाट स्थानीयवासीको आर्थिक जीवन स्तर उठाउनको लागि प्रयास गरिरहेको रहेछ । त्यस गाउँको भएका सबै संरचनालाई संरक्षण गरी पर्यटकीय हिसावले सवावत र प्रस्तुत गरिदो रहेछ  । त्यस गाउँमा भूकम्प आउने भन्दा पहिलो मकै खेती गरिने स्थानलाई पनि नमूना खेतीको रुपमा बनाइएको छ । त्यस्तै सो गाउँमा आउने मानिसलाई सबै सोही गाउँमै उत्पादन भएको परिकारबाट खाना पकाई दिइन्छ । रायोको साग, हाँसको मासु, चीनीया कुखुराको मासु, आलु चिप्स, लटे, लगायत जे होस सबै स्थानीय उत्पादन र अर्गानिक नै प्रदान गरिन्छ । त्यसले पर्यटकलाई थप आकर्षण गर्दाे रहेछ । प्रति घर परिवारलाई चीनिया ५० हजार युयान गरिवी निवारणका लागि चीनिया गरिवी निवारण कोषबाट सहयोग गर्दाे रहेछ । त्यसबाट विभिन्न होटेल, पसल, पशुपालन, कृषि लगायतका व्यवसायमुखी काम गर्ने रहेछ । त्यसरी गरिएको जानकारी समेत गराएका थिए । गरिवी निवारण कोषले प्रदान गरेको रकम सही काममा प्रयोग भयो कि भएन भनेर गाउँ सरकार प्रम्ुख, गरिवी निवारण कोष र पार्टी प्रमुखले अनुगमन गर्दा रहेछन् । सहीरुपले सदुपयोग रुपमा नगरेमा किन ? गरेन भनेर उसको सबै पाटोमा खोजी अनुसन्धान गरिदो रहेछ । त्यसमा एउटा विज्ञ टोली नै ऋण लिएको पैसाले किन गर्न नसकेको भन्ने विषयमा अनुसन्धान गरी त्यसको मानसिकरुपमा खोजी गर्दै उसको व्यावहारिक रुपमा समस्यालाई हल गरी दिएर पूर्ण रुपले उसलाई आयआर्जनतर्फ अगाडि बढाइने रहेछ । सो गाउँमा तिब्बती सस्कृतिलाई पनि गाउँको एउटा गाउँको आयआर्जनको क्षेत्र बनाउँदै गरीवी निवारणमा सहयोग पु¥याउने योजना निर्माण गरिएको छ । त्यसलाई पनि गरिवी निवारण अभियानसँग जोडिएको रहेछ ।
सो गाउँमा एक सय वर्ष पहिले हाङ जातीको बसोबास हुने गरेको स्थान हो । त्यो पनि गाउँमा जाने पर्यटकीयहरुलाई सो बारेमा जानकारी गराईने र गाउँको इतिहाबारेमा जाने सबैलाई जानकारी गराईन्छ । अर्काे सो गाउँको नजिकमा रहेको याङ्सी नदिलाई पनि पर्यटकीय क्षेत्रसँग जोडिएको छ । सो गाउँबाट सबैतिर सो नदिलाई अबलोकन गर्न मिल्ले गरी बनाइएको छ । नदिको सुन्दरतालाई हिमाली पहाडी गाउँको सुन्दरता अनि पर्यटकीय क्षेत्रसँग जोडेर पर्यटकीय क्षेत्रका गणतव्यकोरुपमा अगाडि बढाइएको छ ।
त्यस गाउँको एउटा नयाँ एउटा घरबास कार्यक्रम रहेछ । घसबास कार्यक्रमबाट आफ्नो आर्थिक स्तर उठान गरेको ठेन दिदीको होटेल एउटा नमूना हो । सो होटेलका ठेन दिदीले आफ्नो परिवारले काम गरिरहेको सरकारबाट पहिले ५ लाख र आफ्नो ५ लाख चीनियाँ युयानबाट शुरुवात गरेको व्यावसायीबाट हाल चीनको एउटा उदाहरणीय परिवार बनेको छ । उनी हासी खुशी हुँदै ४ जनाको परिवारले काम गरिरहेका हुन्छन् । आउने सबै पर्यटकलाई खुशीका साथ सेवा प्रदान गर्नुहुन्छ । आफुलाई ग्राहको सेवा भन्दा अन्य केही सपना नभएकोले आफ्नो कर्मको फल मीठो भएको बताएका थिए । उनी चीनियाँ सरकारबाट विभुषित पनि भएका छन् । ठेन दिदीको हाटेल नामम शाखा समेत सञ्चालन गरेका छन् । सो गाउँको सबैभन्दा ठूलो उद्योग होमस्टे नै रहेछ । सो गाउँका बासिन्दाले नै राम्रो आर्थिक आम्दानी गरेका रहेछन् ।
हिमाली पहाडी गाउँ ३ः२ किलो मिटरसम्म फैलिएको छ । २००८ साल र २०१३ सालमा भूकम्प गएपछि पुनर निर्माणका लागि विभिन्न योजना सहित अगाडि सारेको थियो । नयाँ गाउँ निर्माणको लक्ष्य भनेको सुन्दर जीवन र समृद्ध चिनको परिकल्पना गरिएको थियो । सो गाउँमा मात्रै चीचियाँ गरिवी निवारण कोषको सहयोग रहेछ । सबैलाई तालिम प्रशिक्षण, नैतिक, उत्पादन शिक्षा बारे अनुशिक्षण प्रदान गरी कार्यक्रम सफल बनाइएको रहेछ । उनीहरुलाई सबैमा यो कार्यक्रम हाम्रो लागि हो हाम्रो सहभागिता अनिवार्य हुनु पर्दछ भन्ने भावनाको उच्च विकास गरिएको छ । त्यसले मात्रै सफल भएको रहेछ कार्यक्रम । तर नेपालमा गरिवी निवारण हाम्रो भन्ने भावनाको विकास छैन, यो सँस्था, यो विदेशीको पैसा, विभिन्न व्यावसायी भनेर लगेको पैसा पनि घरमा नुन्, तेल खाने, सापती पैसा तिर्ने लगायतको कार्य गर्नाले मूल धन नै समाप्त हुने खतराबाट मुक्त हुन सकेका छैनन ।
सो अन्तरक्रियामा याङ शहरको १५ लाख जनसश्या छ । सबैलाई गरिवी न्यूनिकरण गर्नका लागि लागेको प्रयासबाट त्यो सम्भव भएको छ । हरेक मानिसलाई रोजगार बनाउने उद्देश्यले अनिवार्य विभिन्न श्रममा जोडिनका लागि पहल गरिवी निवारण कोषले कार्य योजना निर्माण गरी  कार्ययोजना अगाडि बढाएको छ । अब त्यसको निरन्तरतामा अगाडि बढेको छ ।
सो कार्यक्रमबाट सो हिमाली पहाडी गाउँमा उत्पादनमा सुधार, सामूहिक भावनाको विकास, ऋण लगानी कार्यमा आत्म दायित्व बोध, निर्माण कार्यमा सामूहिकता भावनाको विकास, लगायको काम गरेको र त्यसले पार्टी र जनताको बीचको सम्बन्ध प्रघात बनाएको छ ।  त्यसलाई आम चीनीयाँको कार्यक्रम बनाउन सकेको छ ।
त्यस गाउँमा विकासले १) ध्वसंबाट पनि निर्माण गर्न सकिएको २) गरीवी निवारण कोषलाई जनताको जीवन स्तरसम्म जोड्न सकिएको ३)  पैसा भन्दा सीप र भावनाको विकास भएको ४) आफ्नो लागि कार्यक्रम हो भन्ने विकास भएको ५) आवश्यकताको आधारमा योजना निर्माण गर्नु पर्ने ६) कम्युन र सहकारीबाट पनि गरीवी निवारण गर्न सकिने ७) होमेस्टेबाट पनि गरी निवारण गर्न सकिने ८) सरकार भन्दा पार्टीले गरेको काम प्रभावकारी भएको ९) स्थानीय उत्पादनको प्रचार–प्रचारबाट पनि जीवन स्तर उकास्न सकिने १०) सामूहिकताबाट गरिवी निवरण गर्न सकिने ११) बस्ती एकीकरणबाट पनि गरिवी निवारण गर्न सकिने १२) सफल स्थानीय व्यवासायीबाट पनि अरुलाई सिकाएर गरीवी निवारण गर्न सकिने सिकाई रहेछ । मैले हिमाली पहाडी गाउँको अन्तरक्रियाबाट शश्लेषण गरेको थिए ।

    
हिमाली पहाडीगाउँमा रेशम फिरीरीरी गीतमा चीनीया र नेपाली नाँच

भाद्र १० ठीक २ बजेको थियो हाम्रो अन्तरक्रिया सकियो । अन्तरक्रिया सकिएपछि हामीले नेपाली ढाकाको टोपीले स्वागत गर्ने कार्यक्रम थियो । नेपाली  टोलीले मायाँको चिनो स्वरुप ढाका टोपी लगाएर चीनियाँ टोली निकै खुशी भएको आवास जनाए । मिडियादलका साथीहरुसँग अंकमाल गर्ने, हात मिलाउने उत्साहपूर्वक गरेका थिए ।  हाम्रो टोलीसँग झनै चीनियाँ टोलीले फोटो खिच्न लालाहित भएपछि हामीलाई पनि थप आत्मीयता प्रकट भएको आवास भयो ।  चिनीयाँ टोलीले फोटो खिच्नका लागि अनुरोध गरे र हामीले ग¥यौँ । हामीले चीनीयाँ साथीहरुसँग सामूहिक फोटो खिच्यौँ । उहाँहरु पनि निकै खुशी हुनुभयो । हामी पनि निकै खुशीका साथ सामूहिक फोटो खिचेर सो कार्यक्रमबाट विदाई भएका थियौँ । हामी गाउँको सबै भ्रमणका लागि फेरी निस्कीयौँ । त्यो गाउँको सुन्दरतालाई फेरी अन्तिम पटक नियाँल्नका लागि सबैको सामूहिक सल्लाह भयो । हामीले चीनियाँको हिमाली पहाडी गाउँको सुन्दरतामा हामी फेरी एक छिन रम्ने सोच गरेका थियौँ । हामी अब अन्तिम पटक घुम्ने अबसर कहिले मिल्दैन । त्यसर्थ हामी गाउँको अबलोकनमा गाउँ प्रमुखहरुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । हामीले नेपाली ढाको टोपी लगाई दिएपछि औधी खुशी भएका चीनियाँहरुले हामीलाई पनि उपहार दिनका लागि तयार गरिएका रहेछन् । हामीलाई हिमाली पहाडी गाउँमा उत्पादन हुने बास्ना युक्त बस्तुबाट बनेको उपहार हाम्रो सबै मिडिया दललाई  गाउँ प्रमख लि द याङले माला पहिरनु दिनुभएको थियो । हामी पालौपालोसँग लाईनमा उभियौँ अनि हामीले पहिरिइ सकेपछि फेरी उहाँहरु ढाको टोपी र हामीहरु सो चिनका सो मालामा सामूहिक तस्विर लिने त्यो सोचाईमा गयौँ । हामीले सामूहिक तस्विर लिने सल्लाह गरेपछि हामी सबै खुशी हुँदै हामीले फोटो लिनका लागि लाइनमा बस्यौँ । हामीले एक अर्काेलाई सम्मान पछि सामुहिक तस्विर लियौँ । अनि आज साझको कार्यक्रमको बारेमा गाउँ प्रमुख लि द याङले सबै कुरा जानकारी गराउनुभयो । यति सम्बेदनशील थिए ती गाउँका बासीन्दाहरु जसले हाम्रो हरेक सुरक्षाको बारेमा निगरानी र चासो व्यक्त गरेका थिए । हामीले पनि त्यस कुरामा निकै ख्याल गरेका थियौँ । हामीलाई अब एक छिन् गाउँ घुम्ने, अनि गाउँको बारेमा पुनः अध्ययन गर्ने त्यस पनि फेरी साझको खाना खाने अनि चीनियााँ टोलीले नेपाली मिडियादललाई क्याम्प फायर गरेर स्वागत गर्ने कार्यक्रमको बारेमा जानकारी गराउनुभयो । हामीलाई कार्यक्रम सकियो । अब साँझ पर्न लागेपछि अझै हामीलाई गाउँका स्वयम् सेवकहरुले नकिजकबाट सुरक्षामा ध्यान दिन थाल्नुभयो । गाउँका स्वयम् सेवकहरुले हामी गाउँमा रहदाँसम्म हाम्रो सुरक्षाको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । अब हामी कार्यक्रम हलबाट निस्कियौँ । अनि गाउँको पुन अबलोकन गरेका थियौँ । हामीलाई राम्रो लागेको स्थानमा घुम्यौँ । घाउँ अध्ययनको क्रममा र स्थानीयबासीले गरिवी निवारणको लागि गरेका स्वयमको प्रयासको बारेमा छलफल गर्दा गर्दै खाना खानेबेला भयो । अनि गरिवी निवरणमा चीन गरिवी निवारण कोषले साँच्चिकै सहयोग नै गरेको रहेछ । हामी तिनै कुरा गर्दै खाना खाने सयम भयो । साँझ हामीले खाना खाएपछि क्याम्प फायरमा जाने भन्ने थियो । गाउँको बीचमा क्याम्प फायर गरेर साँस्कृति साँझ मनाउने नै थियो । हामीले ठेन दिदिको होटेलमा साँझको खाना खायौँ । अनि हामी सबै आफ्नो कोठामा पुग्यौँ । अनि अब सबैलाई क्याम्प फायरको खवर आयो । हामी गाउँको छेउमा रहेको एउटा फिल्डमा पुग्यौँ । त्यहाँ चीनियाँ सँस्कृति अनुसार महिला पुरुषले पोशाक लगाएर लहरै उभिएका थिए । बीचमा ठूलो आगो बालिएको थियो । सो आगोलाई घुमाएर नाँचिने सँस्कृति रहेछ । सबै गाउँका आमा बुवा, दाजु, भाई, दिदी, वहिनी लगायत विद्यार्थी बाल बालिकाहरु जम्मा हुँदारहेछन् । गाउँका सबै जम्मा भएर लस्करै रुपमा नाच्दा रहेछन् । अनि सबैले दुख सुख सातासात गर्न सक्ने रहेछन् । गाउँभरीका जनताहरु जम्मा भएर रमाइलो मात्रै होइन कि विदेशी पाहुनहरुलाई स्वागत गर्दा रहेछन् । हाम्रो मिडिया दलका साथीहरु पनि सहभागि भयौँ । हामी पनि चीनियाँ गीतहरुमा चीनिया टोलीहरुसँग तालमा ताल मिलाउँदै नाच्यौ । हामी पनि चिनियाँ नागरिक सँग अन्तर घुलन हुनका लागि नाँच्यौँ । अनि चीनको गीत तालमा ताल मिलाउँन खोजिए पनि नहुने नै भयो । अनि हामी नेपाली मिडिया दलको टोली हामी सक्ने जति नाच्यौँ । अरु साथीहरुले पनि ताली पित्नुभयो । पहिले पहिले हामी पनि चीनिया गीत संगीत मै नाच्यौँ । तर, पछि हामीले पनि एउटा नेपाली गीत गाएर स्वागत गर्ने हिम्मत गरेका थियौँ । हाम्रो टिमको जोशीला व्याक्ति भानुभक्त जोशी, गंगा बराल लगायतले रेशम फिरीरी‘ भन्ने बोलको गीत गाउँनुभयो । अनि हामीलाई सबैलाई नचाउनु भएको थियो । हामी नेपाली गीतमा नेपाली र चिनियाँ नागरिहरु संगै नाचेका थियौँ । त्यो क्याम्प फायर निकै रमाइलो भयो । जति बेला हाम्रो देश फरक फरक भए पनि हाम्रो विचार र भावना एकै थियो । हामी त्यो साँस्कृति साँझले हाम्रो बीचमा थप सामिप्यता थियो । हामीलाई नजिनक बनाउने एउटा सँस्कृति पनि हो । हामी सबै नाच्यौँ । हामीलाई नचाईले पनि हाम्रो बीचको सम्बन्धलाई गाढा बनाएको थियो । हामी क्याम्प फायरबाट अझै हाम्रो समन्ध नजिकबाट विस्तार भयो । रातीमा पनि चिनीया नागरिक र हामी मन खोलेर नाच्यौँ । डकुमन्ट्री समेत निर्माण गरेका थियौँ । हामी सबै नाँचौ अनि फोटा खिच्यौँ । त्यहाँको बसाइले हामीलाई अन्तरघुलनमा निकै सहयोग पुगेको थियो । हामी फाटिने बेलामा निकै चोट लागेको झै भएको थियो । हामी नाँच्दासम्मा त ठीकै थियो । हामीले चीनियाँ नागरिकहरुाँग फोटो खिच्यौँ । अनि हामी आफ्नो कोठामा जानु पर्ने थियो । हामी र चिनीयाँ बीचमा जति घनिष्ट सम्बन्ध भए पनि हाम्रो गाउँमा बस्न सक्ने अवस्था थिएन । हामीले त्यो सुन्दर गाउँ छोड्नै पर्दथ्यो । हामीलाई आफ्नो कोठा लग्नका लागि स्वयम् सेवकले पु¥याउनुभयो । हामी सबै आफ्नो कोठमा लागेका थियौँ  । राती भइ सकेको थियो । करिव १० बजेको समयमा हामी आफ्नो सुत्ने कोठामा पुगेका थियौँ । कोठामा पुगेपछि भोली विहान ५ बजे तयार भएर जम्मा हुनुपर्ने छ । हाम्रो ११ गतेको कार्य तालिका अनुसार समयको निकै परिपालन गर्नु पर्ने थियो । हामी जति रमाइलो भए पनि बसाई नै सर्न मन भए पनि हामी छोडेर आउनै पर्दथ्यो । त्यो सुन्दर गाउँ ।
हामी सबै आफ्नो कोठामा लागेपछि त त्यो क्याम्प फायर पनि सकियोँ । जे होस् क्याम्प फायर भनेको एउटा विदेशी पाहुनाहरुको लागि स्वागत गर्ने सत्कार नै रहेछ । त्यसैमा पनि मिडिया दलललाई अझै अब सबै आफ्नो कोठाभित्रमा पसेपछि अब साथीहरुसँग भाइबरमा खवर गर्न लागियो । त्यस दिनको बारेमा मैले मेरो घर परिवार, सामाचार कक्षका साथीहरुलाई अनि पत्रकार महासंघका साथीहरुलाई मेरा भ्रमणका बारेमा बताएको थिए । सबैले मेरो भ्रमणको बारेमा जिज्ञासा राख्नुभयो । मैले मेरो भ्रमणको बारे जानकारी गराएपछि सबैले धन्यवाद दिए । भोली विहान उठ्नु पर्ने हुन्छ । त्यसैले त्यस दिन सुतियो । सबै भोली दिनको यात्रा याङ शहरतिरको । १० गते साझँलाई वा अन्तिम रात हिमाली पहाडी गाउँमा । जे होस् हिमाली पहाडी गाउँको सुन्दरता, मानिस विचकै सहकार्यता लायतको विषय, अनि हिमाली पहाडी गाउँको विकास सँस्कारका विषयमा मनमा अनेक प्रश्नहरु गर्दै लागियो । बास्तमा हामीले नगरेर त रहेछ गरेपछि के नहुदो रहेछ । हामीले सबैलाई परिश्रमको सन्देस प्रवाह गर्नुपर्दछ । वास्तमा भूकम्पले थिलोथिलो पारेको गाउँ कसरी यसरी चिनको नमूना गाउँ बन्यो ? यो प्रश्नको उत्तर पनि मैले खोजे । अनि भने यीनी परिश्रम, इमान्दार, उर्जा वान चीनियाहरुको सहभागितमा सामूहिकतामा गाउँ पुरै सुन्दर र नमूना योग्य बनेको देखियो । हो वास्तमा गरेपछि त हुने नै रहेछ । हामीले गर्नुपर्दछ आफैबाट शुरुवात । मिठो सम्झना गर्दै भोली त ती गाउँहरु र गाउँबासीलाई छोडेर जानुपर्ने छ । पहिलो आउँदा को हो को हो जस्ता लाग्ने पनि तर पछिल्लो दिनमा गाउँ र गाउँबासीको मायाँ, स्नेह प्रेम निकै उच्च थियौ । त्यो विदेशी पाहुनाहरुप्रतिको आदरभाव, मायाँ, स्नेह, प्रेमले गर्दानै हिमाली पहाडी गाउँ साच्चिकै राम्रो बनेको रहेछ । धन्य । हिमाली पहाडी गाउँलाई । फेरी कुनै दिन अवसर प्राप्त भएमा आउने बाँचा सहित यस पटकको यात्राका अन्तिम रात त्यही सुतियो ।

१० गते राती अनेक सपनाको संल्गाल्दै म आफ्नो कोठामा सुत्ने काम गरंै । मलाई त्यतिबेला पनि चीनको जस्तो विकाका लागि नेपालको सबै क्षेत्र लागेमा असम्भव भन्ने त थिएन । तर पनि हाम्रो देशमा सबै निरन्तर रुपमा लाग्नुपर्दछ । चीनको एउटा नयाँ सस्कृति सिंक्न लायक पनि छ । सबै नागरिकले आफ्नो क्षमता अनुसार काम, काम अनुसारको पैसा भन्ने सँस्कार नेपालमा सरकार, नीति क्षेत्र लगायत राजनीतिक सँस्कारमा बढल्नु पर्दछ । जे होस् श्रमप्रतिको सम्मान गर्ने भावनाको विकास गनुृपर्दछ । त्यो राज्य र राजनीतिक सँस्कारमै विधिबत तरिकाले उल्लेख गरेमा मात्रै सम्भव छ देशको विकास । ११ गते विहान ४ः३५ मिनेटमा व्यूझीएको रहेछु । मैले त्यतिबेला सरर ओछ्यानमै चीनको विकास र आफ्नो भ्रमणको बारेमा थिए । मलाई निकै गहिरो अध्ययनको विषय बन्यो चीन । विहानको क्षितिज अलि राम्रोसंग खुलेको थिएन । क्षितिज नखुलेपछि हाम्रो कार्य तालिका अनुसार ५ बजे सबै तयारीका साथ हिमाली पहाडी गाउँको सामूहिक घरमा जम्मा हुनुपर्ने थियो । त्यो कार्यतालिकामा कुनै पनि तलमाथी गर्न सक्ने अवस्था थिएन । मैले आफ्नो जिम्मेवारी अनुसार सबै काम भ्याएर ५ बजे सामूहिक घरमा गएको थिए । त्यतिबेला चीनका नागरिक हामीलाई भाषा अनुवादमा सहयोग गर्ने चीनिया पत्रकार राजु र नेपाली नागरिक चिनिया रेडियोमा कार्यरत झापाली चेतनाथ आचार्य मात्रै हुनुहुन्थ्यो । म पनि गए र अन्य साथीहरु पनि आउनुभयो । त्यस बेलामा हाम्रो छलफल चल्यो कि यदी हामीले समयको परिपालना ग¥यौै भने हामी अगाडि बढ्न सक्छौँ । हामीले समयको परिपालन गरी अगाडि बढ्न सक्दैनौँ भने आफै पछि पर्दछौँ ।
त्यति कुरा गर्दा हाम्रो यात्राको लागि बस तिलिक्क अनि चिचिक्कको बस हाम्रो अगाडि आई पुग्यो । हामीले चियाँ खायौँ । अनि हाम्रो सबै सामानहरु बसमा राख्यौँ । हामीलाई हिमाली पहाडी गाउँका मानिसहरुले निकै राम्रो सँस्कार र वातावरण तथा सुरक्षाको साथमा दुइ दिनको बसाई व्यवस्थापन गर्नुभयो । त्यसमा हामीलाई निकै खुशी लागेको थियो । अनि त्यसैमा नेपालबाट गएको मिडिया दलको टोलीलाई विदाई गर्नका लागि कार्यक्रम तयार गरिएको थियो । सबैले हात मिलायौं अनि हाम्रो टिमले हामी र हिमाली पहाडी गाउँका स्थानीयवासीन्दाहरुले हामीलाई निकै राम्रो साथ विदाई गरे  । अनि हामी हिड्ने बेलामा फेरी अर्काे पटक भेट हुने गरी बाँचा त गरेका थियौँ । तर हामी भेट हुने कम सम्भावना नै थियो । उहाँहरुले पनि फेरी भेट हौला भन्ने चिनीया भाषाबाट दिनुभयो तर त्यो वाँचा पूरा हुने कम सम्भावना भएको भए पनि हामी आशामा बाँचेहरुलाई आशा गर्न लायक हुन्छ नै । हामीलाई गाउँ प्रमुख  लिद याङले मनतव्यमार्फत विदाई गर्नुभयो ।

हामी सबैले बिदाईको हात मिलायाँै । जतिबेला हामी भाद्र ९ गते राती त्यहाँ पुगेका थियौँ, त्यतिबेला सबै हिमाली पहाडी गाउँका साना बाबु नानीदेखी बृद्धाबृद्धसम्म खुखी नै देखिन्थ्ये त्यतिबेला हामी सबैको अनुहारमा खुशीको अनुभूति भइरहेको थियो । सबैका अनुसारमा खुशी एवं हर्षको वातारवण थियो । हामी सबैलाई नयाँ चीनको सबैभन्दा विकसित हिमाली पहाडी गाउँको भ्रमणका लागि अवसर प्राप्त भएपछि निकै उत्साहित हाम्रा मनहरु पनि दुई दिनसम्मको बसाइ पछि निकै आत्मियता गाँसिएको थियो । सो कुरा एक्कासी स्वागतमा विदाईमा परिणत भयो । स्वभावलै पनि विदाई भनेको सबैलाई नराम्रो नै लाग्ने नै भयो । हामीलाई पनि त्यसै भएको थियो । हिमाली पहाडी गाउँबाट विदाई हुँदा हाम्रो सबैको अनुसार मलिनतामा बढलिएका थिए । मलिनतामा बढलिएको बेलामा अझै हिमाली पहाडी गाउँको नागरिकहरुको भावुकताले अझै हामीलाई भावुकता बनाएको थियो । हाम्रो गाउँको सँस्कारसँग मिल्दो रहेछ । हाम्रो गाउँको मनहरु जति फराकिलो हुन्छ, गाउँको भावनाहरु जति सहयोगी र साहरायुक्त हुन्छ शहरको भावना त्यस्तो हुँदैन । शहरमा मानिसहरुको मन अनि भावनाको केही पाटलो हुन्छ भन्ने कुरा त्यहाँ पनि प्रकट भयो । हामी हिमाली पहाडी गाउँमा जति हामीले स्नेह, प्रेम, माया र सद्भाव पाएको थियौँ त्यो चिनका अन्य शहरमा पाउने कुरा पनि थियाँै अनि पाएनौँ पनि अब हामी त्यस गाउँ र गाउँबासीको न्यानो माया, स्नेह, प्रेमबाट विछोडीनु पर्ने नै भयो । हामी बस भित्र पस्यौँ । त्यस बसमा हामी सबै आफ्नो सिटमा बस्यौँ । हामीलाई विदाईका लागि आएका सबै हिमाली पहाडी गाउँबासीले हात हल्लाएर अगाडि बढ्यौँ । बस त्यो घुम्तिबाट आङ शहर तिर लागेको थियो । अब त्यो प्रेमयुक्त, आदरयुक्त अनि सदभावयुक्त गाउँलाई विदाई गर्दै हिडियो । विहानै यान शहरको हामी छन्तु एरपोर्टबाट हिमाली पहाडी गाउँमा जादाँको बाटो बाटै हामी अब मिङ शहर तिर अगाडि बढेका  थियौँ । हामीले बसभित्र पनि चिनको बास्तविकताको बारेमा वर्णण गर्दै यात्रालाई रमाइलो बनाएका थियौँ । ठूला–ठूला पहाडहरुलाई पनि सुरुङ मार्गबाट छोटो मार्ग बनाइएको मार्ग, अनि विकसित योजनाका साथ निर्माण गरिएको नमूना सहर, ठूला—ठूला कृषि फर्महरु हेर्दै अगाडि बढ्यौँ । त्यसै रमाइलो यात्रा गर्दा गर्दै हामी मिङ शहरमा आई पुगेका थियौँ ।
हाम्रो कार्ययोजना अनुसार चियाँ खेती र कि.वी. खेतीबाट कसरी गरिवी निवारण गरिएको छ भन्ने अध्ययन तथा अबलोकन गर्ने कार्यक्रम रहेको थियो । हामी मिङ शहरबाट केही अगाडि कि.वी. खेती गरिएको स्थानमा गएका थियौँ । हामी गाउँमा पुग्नका केही समयमै मात्रै थियो । त्यहाँ हामी कि.वि. बगैचा भएको स्थानमा जाने भन्दा तल उद्योगमा पहिले गएका थियौँ । त्यस उद्योगमा कि.वि. ग्रेडिङ गर्दै रहेछ । हामीले पनि कि.वि. खाएका थियौँ । हामीलाई कि.वि. खेतीको बारेमा जानकारी गराउने भन्ने बेलामा हामीलाई कि.वि. खेतीका लागि गरिवी निवारण कार्यक्रमले सहयोग गरेको रहेछ । त्यसमा करिव १५० जनाले रोजगार पाएका रहेछन् । त्यस उद्योगमा १५० जनाले रोजगार पाएका छन् भने कि.वि. खेती गर्नका लागि त झन धेरै मानिसले रोजगारयुक्त छन् । पहाडैभरी कि.वि. खेती गरिएको रहेछ । हामीलाई पनि त्यो कि.वि. खेतीमा हामीलाइै घुमाउनको लागि लगिएको रहेछ । हामी त्यो उद्योगबाट केही माथी पहाडतिरको गाउँमा लागेका थियौँ । त्यसमा पहाडैभरी कि.वि. खेती गरिएको रहेछ । त्यसमा हामी पुग्यौँ अनि हामीले फोटो खिन्च लागेका थियौँ । स्थानीवासीहरुले हामीलाई एक एक वटा टोकरी दिनुभएको थियो । हामीले त्यस टोकरीमा कि.वि. टिपेर राख्नका लागि दिनुभयो । हामी सबै कात्तिक मंसिरमा बन फुकिएका पशु झै गरी हामी कि.वि. खेतीको बारीको एक कुनामा हामी सबै नेपालीहरु निकै नै उत्साहित तरिकाले टिपेका थियौँ । हामीले एकैबोटमा करिव एक टोकरी बनाएका थियौँ । अनि हामीले त्यहा फोटो खिच्यौँ । चिनियाँ नागरिकहरुसँग फोटो खिच्यौँ । कि.वि. खेतीबाट गाउँको आम्दानीको श्रोतमा पुरै बृद्धि भएको रहेछ । त्यतिमात्रै होइन त्यो गाउँका युवा युवतिहरुले पनि काममा निकै इमान्दारीतापूर्व काम गर्दा रहेछ । त्यो इमान्दारीतामा सफलता प्राप्त गरेका चीनिया नागरिकहरुको जमात यही छ । त्यही जोस जागर बोकेका युवा, युवतिहरुको टिमले नै कि.वि. खेतीको जिम्मेवारी बहन गरेको रहेछ । साच्चिकै नमूना योग्य कि.वि. खती र उद्योग सञ्चालन भएको रहेछ । हामीले चीनिया मोडेलमा युवा युवतिलाई पनि पनि सक्रियरुपमा श्रममा लगाउने हो भने त देश त साच्चिकै बन्दो रहेछ । हामी युवा युवतिलाई खाडी मुलक पठाएर देशमा पैसा ल्याउने सपना बोक्दा बोक्दै सपनामाथी बज्रपात हुदाँ अनि धन कमाएर पैसा लिने सपनामा आफै बाकस भित्र आउँदा नि कस्तो अवस्था होला । त्यसको नजरअन्दाज मात्रै गरेर विदेशमा रहेका युवा युवतिलाई स्वदेशमै रोजगारको वातावरण सृजना गर्नका लागि सबै पक्षले वातावरण निर्माण गर्नुपर्दछ । तब जनता खुशी अनि देश समृद्ध हुन्छ त ?

चीया बगैचादेखि चिया बगैचा सम्मको यात्रा


हामी जब कि.वि. खेती भएको विशाल बगैचाको अवलोकन पश्चात अब हाम्रो यात्रा चिया वगान तिर गएको थियो । हाम्रो केही समयको हिडाई पछि चिया वगानको गाउँमा पुग्नका लागि हाम्रो टोली अगाडि बढेको थियो । त्यो राष्ट्रिय चियान वगैचाको नजिक जब पुगेका थियाँै । त्यहाँ हाम्रो स्वागतका लागि चीनियाँ नागरिहरु बस्नुभएको थियो । हामी जब गाडीबाट ओर्लियौं त्यस स्थानमा चियाँ बगैचाको बारेमा संक्षिप्त चिनारी तयार गरिएको रहेछ । चारैतिर हरियाली नै थियो । त्यो हरियाली दृश्य हाम्रो दृष्टिले नै भ्याएको थिएन । हामी मनहरु सबै त्यही हरियालीमा हराउन थाले । हामीले भन्यौँः–“ साच्चिकै देश विकासका लागि राष्ट्रिय चिया बगैचाको पनि ठूलो योगदान रहेको छ होला,  चीनको यो अदृश्य बगैचाले राष्ट्रिय विकासमा योगदान दिएको नै छ होला वास्तमा पहाडै हरियाली नै छ । हरियाली पहाड त पैसाको पहाड नै हो । त्यही पहाडले चिन सबृद्ध बनाएको होला ।” हामी एक अर्कामा कुरा ग¥यौँ । सो चियाँ वगैमा हामीलाई चियाँले स्वागत गर्नुभयो । हामी चियाँ खानेबेलामा सामूहिक फोटो खिच्यौँ । सामूहिक फोटो खिच्दा पनि त्यही चियाँ बगैचाको पृष्ठभूमीमा खिच्याँै । चिया बगैचाको जानकारी दिनका लागि इलेक्ट्रोक्नि जानकारी पुस्तिकामा बगैचा ठूलो क्षेत्रफलमा फैलिएको कारणले गर्दा विभिन्न रङबत्तीको आधारमा नर्सरी, तयार भएको, टिप्न तयार भएको अनि विक्री वितरणका लागि तयार भएको विभिन्न पलटका बारेमा जानकारी गराउनुभयो  ।


सो गाउँमा चियाँ बगैचाको शुरुवात सबैभन्दा पहिले उतिङ पाङलेले चियाँ खती गर्नुभएको थियो । पहिलेका पहिलेका मानिसहरु करिव १०० केजीको भारी बोकेर चिनको विभिन्न शहरसम्म विक्री वितगरण गर्ने गर्दथ्ये । सन् १९४९ देखि सामान्य खेती गरेपनि २०१३ सालको भूकम्प पछि सो पहाडलाई राष्ट्रिय चियाँ उद्योगको रुपमा विकास गरेका थिए । सिङ मडतिङ पहाडको वरीपरीको सबै भुगोललाई समेटेर बनाइएको रहेछ । २००१३ सालमा राष्ट्रिय चिया उद्योग सञ्चालक समिति निर्माण गरी सो समितिले सिङ मडतिङ पहाड चियाँ वगैचा लिमिटेड बनाएर सबै चियाँ वगैचालाई एकीकृत र  युवा युवतिहरुलाई रोजगारको सृजना गरेको छ । सन् २०१३ सालपछि भूकम्प पछि देशको सम्बृद्धको दिशामा लग्नका लागि यो चिया बगानलाई पनि महत्वपूर्ण अंगको रुपमा लिइएको रहेछ । त्यसलाई चीन गरिवी निवारण कार्यक्रमले पनि चियाँ बगैचालाई एउटा गरिवी निवारणको आधारको रुपमा ग्रहण गर्दै अगाडि बढाइएको रहेछ । यो राष्ट्रिय सहकारीको नीति अनुसार सञ्चालन गरिएको रहेछ । त्यसमा सबैलाई आफ्नै लगानी र आफै रोजगार बन्नका लागि नै रहेछ । आफै समुदायको लगानी एवं आफै रोजगार बन्ने कार्यक्रममा  लागेका रहेछन् । हामी त्यसै गर्दा चिनियाँ नागरिले चियाँ वगानको बारेमा प्रस्तुति सक्नु भयो । हामी चियाँ बगैचाको अवलोकनमा लागेका थियौँ । चीनिया सरकार, गरिवी निवारण कोष चिन र केही लगानीकर्ताहरुको सहकार्यमा सञ्चालित चियाँ बगैचाको अबलोकन अब पैदल सम्भव नै भएन । हामीले जसरी भए पनि सो चियाँ बगैचा अब बसबाटै अबलोकन गर्ने कार्यको योजनामा लागेका थियौँ । करिव २ घण्टाको अबलोकनमा जति पनि हरिया पहाडमात्रै देखिन्छ । ती हरिया पहाडै पहाडको यात्राले हाम्रो दिमागलाई अझै स्वच्छता प्रदान गरेको थियो । रोल्पाबाट जिल्लाबाट चिन भ्रमणमा जाने बेलामा मैले केही सिकेर आउनु पर्दछ भनेको थिए । त्यो भ्रमणबाट हाम्रो जस्तो पहाड पहाडले भरिएको भुगोलमा पनि हामीले खेती गर्न अनि माटो र भुगोल सुहाउँदो खेती गरेर देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने भन्ने कुरा नै प्रमाणित हुन्छ । यदी हामीले देश र भुगोल हावा पानी सुहाउँदो खेती गर्न सक्नुपर्दछ । अब पहिले विरुवा, जात, फल लिएर होइन की पहिले माटो परीक्षण गर्ने अनि माटो हावा पानी अनुसारको विउ तथा विरुवा एवं खेती र्गे पर्दछ  । तव मात्रै हामीले सोचेको सफलता हाँसिल गर्न सकिन्छ । हामी प्रकृति र भुगोलको विरुद्धमा जान सक्ने कम सम्भावना हुन्छ तर प्रकृति र भुगोलको अनुसारको खेती गरेर मात्रै दीगोपना रुपमा जीवन यापनसँगै आर्थिक रुपमा आत्मनिर्भर बनाउन सकिन्छ ।
हाम्रो देशमा कृषि प्रदान देश हो । नेपालमा कृषि गरेर जीवन यापन गर्ने कुरा भन्दा पनि विदेशमा गएर रोजगार गर्नुपर्ने भन्ने मनसायले बढी काम गरेको छ । तर त्यहाँ चीनमा आफ्नै देशमा कृषि पेशाबाट पनि आफू रोजगार बन्ने र अरुलाई रोजगार प्रदान गर्ने पेशाको रुपमा विशाल एवं ठूला कृषि फारमहरु सञ्चालन गर्ने परम्परा पनि सकरात्मक सँस्कार रहेछ । अर्काे पढे  लेखेका मानिसहरुले सररकारी जागीर नै प्रमुख भन्ने मानसिकताबाट मुक्त रहेछन् । त्यो पनि सँस्कार पनि सिक्न लायक नै छ । अर्काे कृषि पेशाबाटै देश समृद्ध बनाउन सकिने कुरामा चीनियाँ नागरिकहरु विशस्त रहेछन । कृषि फाराममा काम गर्ने सबैले आफ्नो जिम्मेवारी पूर्णताका साथ निर्वाह गरेको देख्दा हाम्रो नेपालमा श्रमिकहरु बीचमा पनि खाडल छ । तर त्यो कृषि फाराम हेर्दा कुनै विभेद हुन्छ होला थिएन । पछि बोल्ने क्रममा पनि ति सबै कर्मचारीको रुपमा रहेका आफूहरुलाई जिम्मेवारीको आधारमा कुनै पनि विभेद थिएन । त्यसैले तिनी सबै कर्मचारीहरुमा खुशीका साथ आफ्नो चियाँ बगानको रक्षा र विकास गरेका रहेछन् । अनि तिनी सबै कर्मचारीहरुको पनि त्यसमा लगानी रहेछन् । सबै कर्मचारीहरुको अवस्थामामा समान भएको देखिन्थ्यो । कर्षि पेशाबाट नै आफू र देश सबृद्ध बनाउनको लागि आफूहरु निरन्तर लागेको प्रक्रिया दिदैँ सबैले भनेका थिए ः–“ यो हाम्रो राष्ट्रिय चियाँ उद्योग हो,  यसले विश्वभरी आफ्नो व्राण्ड कायम गरेको छ,  चीनियाहरुको आम्दानीमा थप टेवा पुग्याएको छ , हाम्रो पौरख अनि हाम्रो गौरव हो यो चियाँ उद्योग ।”  यो भनाईले हामी नेपाली मिडियादलको टोलीलाई निकै प्रभावित बनायौ । अनि हामी तिनै चीनियाँ नागरिकसँग भलाकुसारी गर्दै हाम्रो त्यो मिङ पहाडको राष्ट्रिय चियाँ बगैचा उद्योग र कि.वि. बगैचाको अबलोकनको बस यात्रा पनि सकिन थाल्यो । हामीले फेरी अर्काे चोटी आउन पाए कति राम्रो ? यदी हामीलाई साथ दिएमा आउला । यदी यो भ्रमण निकै उपलब्धी मूलक रहेको छ । हामीले राष्ट्रिय चियाँ बगैचामा पनि गरिवी न्यूनिकरणका लागि गरीवी निवारणका लागि सहयोग गरेको र सयौं मानिसलाई रोजगारमा जोड्न सफल भएको कुरा प्रमाणित गरेको रहेछ । अनि हामीले पनि यो भ्रमणका केही सिकाईलाई आफ्नो जीवन व्यवहारमा उतार्नुपर्ने प्रेरणा सहित हाम्रो यात्रा मिङ पहाडबाट चेन्जी शहरतर्फ लागेका थियौँ । त्यो चियाँ वगैचा र कि.वि. बगैचाको अबलोकन भ्रमण निकै फलदायी र उपलब्धी मुलक बन्यो ।

१२ गते दिउसो चियाँबगैचाको अवलोकन पछि मिङ शहरमोको छोटो बसाई  

हामी मिङ शहरमा पुग्नु पर्ने थियो । त्यहाँ हाम्रो दिउसोको खाना युनान प्रान्तकाका गरिवी निवारण कोषका प्रमुखसँग खाना खाने कुरा थियो । हामीलाई बीच बीचमा चीनियाँ नागरिकले गरेको स्वागत र सत्कारले हामीलाई पनि निकै प्रभावित बनाएको थियो । त्यसैमा चीनियाँ आर्थिक विकासका लागि महत्पूर्ण मानिएका हिमाली पहाडी गाउँ, राष्ट्रिय चियाँ उद्योग र कि.बी. बगैचाको अध्ययनपछि हामी शहरको खानका लागि हामीलाई विहान जानकारी गराउनुभएको थियो । त्यस प्रान्तका प्रमुख ज्यूले नेपाली मिडिया दललाई दिवाभोजबाट स्वागत गर्ने कार्यक्रम चिनीया पत्रकार राज, सि.आर, आई रडियोमा नेपाली विज्ञ चेतनाथ आचार्यले गराउनुभएको थियो । हामी होटेल भित्र पसेका थियौँ । त्यसमा सबै चिनियाँ नागरिकहरु आफ्नै काममा व्यस्त थिए । त्यस होटेलका मानिसहरु कोही खाना पकाउँदै थिए, कोही मासु बनाउँदै थिए । कोही शौचालय सफा गर्दै अनि कोही कान्टरमा अडर लिदैँ थिए । विशाल होटल थियो । त्यसमा कसै पनि ठूला मानिदैन थिए  । त्यसमा सबैले आफ्नो काम सरासर गर्दै थिए । साच्चिकै मलाई त्यति बेला लागेको थियो । चीन आफै बनेको होइन चीनियाँ नागरिकले समृद्ध बनाउने संकल्प गरे, अनि श्रमका अधारमा मानिसहरु ठूलो र सानो मानिदैन थिए । सबैले आफ्नो जिम्मेवारी सबैलाई थाहाँ छ । त्यहाँ कसैले पनि आदेश दिएको देखिदैन थियो । नेपालीहरु आफैले गर्न सक्ने काम वा आफ्नो भूमिका पनि अरुले भनि दिनु पर्ने अवस्था हुन्छ । तर त्यहाँ सबैले आफ्नो काम आफैले गर्नका लागि कसैले आदेश दिनुपर्दैन भन्ने त्यो सँस्कार सँचो रहेछ । हामी करिव १ घण्टाको अवधीमा त्यस होटेलमा सुन्दर, अनि ग्राहक मैत्री वातावरणमा हामीलाई बसालियो । पहिले त्यसमा अडर गर्नका लागि हाम्रो यात्राभरी साथ दिने राजु र चेतनाथ सर जानुभयो । चेतनाथ सरले हामीलाई भन्नुभयोः–“आज नेपाली साथीहरु के –के खाने हो भन्नुहोस् आज अब यो प्रान्तबाट विदाई हुँदैछौँ । ” उहाँले भने पनि हामी सबैले आफ्ना इच्छा भन्दा पनि हामीलाई जे ले स्वागत गर्ने तयारी गरिएको छ त्यसैले स्वागत गर्नुहोस् भन्ने हामीले जानकारी दियौँ । हाम्रो टोलीमा ३ जना भेज खाने साथीहरु हुनुहुन्थ्यो भने हामी सबैलाई प्राय सबै खाने कुरा खान सक्ने थियौँ । हामी त्यसै बेलामा त्यस प्रान्तका प्रमुखले स्वागत गर्ने गरी सामान्य तयारी थियो । सबैका समान कुर्सी थिए । हामीले भन्यौँ हाम्रो प्रमुख ज्यूको सिट कहाँ हो भन्यौँ हामीले बस्दा मिलायौँ । हामीलाई जानकारी भयो यहाँ त्यस्तो सिट नै फरक नहुने भएपछि हामीसँगै बस्ने र समान सिट जो भए पनि हुने जानकारी दिएपछि हामीले उहाँलाई सबैको सेन्टर बनाएर राख्यौँ । अनि उहाँ एक दिन पछि सामान्य पोशाक अनि जनताकै कामबाट आएको झै मुद्रामा हुनुहुन्थ्यो । हामीले भन्यौँ नेतामा हुनु पर्र्ने सामान्यकृत जीवन शैली, उच्च विचार, अनि जनताको लागी अरोहरात्र लाग्ने नेता झै देखिनु हुन्थ्यो । हाम्रो नेपालका नेताहरुले झै आफ्नो अगाडि पछाडी सुरक्षा निकायको अनाआवश्यक भिड, अनि सरकारी गाडिहरुको भिड बनाउने सँस्कार पनि थिएन । हामीलाई चिनको सबैभन्दा सकरात्मक स्वागत योग्य बस्तु चीनियाँ चियाँले स्वागत गर्नुभयो । उहाँले भन्नुभयोः–“नेपालबाट नेपाली मिडयादलको टोली चिनको पूवी प्रान्त यूनानमा आउने भएको छ । यहाँहरुलाई स्वागत छ । चिनीया विकास, समृद्ध, अनि गरवी निवारणमा पार्टी, सरकार, आम नागरिक लागेका छौँ । हामीले यी सबै गतिविधी चिनको हामीले गरिवी निवारण गर्ने हाम्रो लक्ष्य हो । धन्यवाद यहाँहरु सबैलाई चिनमा स्वागत छ, चीनको यात्रा सुखद रहोस् । ”
यो भनाईसँगै हामी सबैले चियाँ लियौँ । चियाँको साथमा एक छिन हाम्रो माझमा विभिन्न चिनियाँ खानाको प्रकार अनि तरकारी, मासुका परिकारहरु आए । हामी एउटै टेबलबाट बस्यौँ टेबलमा खाना खायाँै । हामीलाई त्यतिबेला कुनै पनि भिन्नता लागेन । हामी सबैले एउटै भाडोमा पालैपालोसँग टिप्दै खायौँ । जुठो पनि कुनै वास्ता भएन । हामीले सकेसम्म सहज तरिकाले खायौँ । करिव ३० मिनेटको खाना खाने समय थियो । त्यसमा सबैले आफूलाई आवश्यक खाना खायौँ । कसैले मासुबाट बनेका विभिन्न परिकार त कसैले तरकारीबाट बनेको परिकार खायाँै ।  हाम्रो खानाको करिव ३० मिनेटको समय पनि सकियो । हामीलाई त्यस प्रान्तको प्रमुख ज्यूबाट विदाई भयो । उहाँ आफ्नो काममा जानु पर्ने कारण देखाउँदै उहाँ जानु भयो । हामी करिव त्यहाँबाट १ बजे जसरी पनि हिड्नै पर्दथ्यो । हामीले सबैले आफूलाई जानका लागि तयार गरेका थियौँ । हामीले काम गर्दा गर्दै करिव २ बजे यात्रा शुरु गरेका थियौँ । त्यसबाट करिव ३ घण्टा लागेर छन्तु पुग्ने गरी यात्रा तय गरियो । फेरी उस्तै सुरुङ मार्ग, हरियाली मार्ग, सरफाई सहर हेर्दै यात्रा गरेका थियौँ । हामी त्यही विशाल गाउँ शहर गएका थियौँ । हामी ठूला ठूला साना बजार कटाएर गएका थियौँ । हामी किरिव ३ घण्टाभित्र निकै छलफल गरेका थियौँ । हामीले साच्चिकै चिनको बारेमा बसको यात्रामा पनि हामीलाई बीच बीचमा ज्ञानबद्र्धक उखान टुक्का भनि दिएर हामीलाई मनोरञ्जन एवं यात्रालाई सहज बनाई दिनुभएको थियो । हाम्रो यात्रा जे होस चेतनाथ सरको हासोले निकै रमाइलो र ज्ञान दिनुभएको थियो । हामीलाई चीनको बारेमा केही कुरा जानकारी लिनु पर्ने भएमा चेतनाथ र राजुलाई हामी धेरै दुख दिएका थियौँ । हाम्रो यात्राभरी निरन्तर रुपमा सूचना मूलक जानकारी प्रदान गर्दै यात्रा रमाइलो अनि ३ घण्टाको यात्रा पनि छोटो झै मानिएको थियो । हामी विभिन्न नयाँ नयाँ कुराको अवलोकन गर्दै चिनको विकासलाई हेर्दै हामी पुन सिचुवान प्रान्तको राजधानी छङतुमा पुगेका थियाँै । अनि त्यहाँ हामीलाई कार्य तालिका अनुसार चिनको नयाँ विकशित सहर सिचुवान शहरको अवलोकन गराउने कार्य तालिका रहेको थियो । हामी होटेलमा पुग्यौँ । अनि हामीले आफ्नो सामानहरु होटेलका आफ्ना कोठामा राख्याँै अनि हामीलाई राजु सरले बजारको बारेमा बताउनुभयो । अनि चेतनाथ सरले पनि सहजी करण गर्नुभयो । हामी छङतु शहरको बजारमा किनमेल लगायत शहरको बस्ती विकास हुनु भन्दा पहिलेको साधुरा गल्ली र नयाँ गुरु योजना बनाएर बस्ती विकास गरेको फराकिलो गल्ली हेरेका थियौँ । गुरु योजना र बस्ती विकासको खाका विनानै बसालिएको शहरमा साधुरा गल्ली, मानिसहरुको मात्रै पैदल यात्रा हुन सक्ने थिए । मानिसको भिड अत्याधिक नै थियो । त्यो पनि एउटा पर्यटक गणतव्यको थलोका रुपमा रहेको छ । मानिसहरको चाप धेरै र पुराना सँस्कृति झल्किेन मुर्ति, विभिन्न पुरातात्विक सम्पदा नै थिए । हामीले फोटो खिच्दै घुम्दै पुग्यौँ । लग्छ त्यस मार्गमा मानिसको अत्याधिक चाप, किनमेल हुने स्थानको रुपमा रहेको रहेछ ।
यस्तै फराकिलो मार्गमा नयाँ शहरको गुरुयोजना निर्माण गरी अगाडि बढाइएको रहेछ । त्यसमा सडकको वरीपरी विरुवा अनि हरियाली, सुन्दर बगैचा निर्माण गरिएको रहेछ । त्यसै भुलौ, भुलौ झै लाग्ने मनमोहक स्थानहरुले हाम्रो मन नै लोभ्याउने गर्दथ्यो । लाग्छ त्यति बेला आफूलाई तिनै बगैचाको सुन्दरताले चुम्बकको आकर्षण शक्ति झै तानिरहेको झै भान हुने गर्दथ्यो । अनि त्यो अग्ला भवन अनि व्यवस्थित जनजीवन, सरफाई युक्त सडक, विभिन्न अदृश्य संरचना लगायतले हामीलाई अनौठो अनुभुति प्रदान गरिरहेका थिए । नागरिकको व्यवहार पनि सभ्य नै थियो । हाम्रो यात्रा तिनीहरुसँग सात्क्षात्कार हुँदा हुँदै रात प¥यो । अनि करिव साझको ८ बजे हामी होटलमा आएर खाना आएर आफ्नो कोठामा जाने कार्यक्रम भयो । कोठामा जानुभन्दा पहिले हामीलाई हाम्रो गाइड राजुसरले हमीलाई १३ गते एवं अगष्ट २८ को सम्पूर्ण कार्य तालिका जानकारी गराउनुभयो । अनि हामी होटेलका आफ्ना आफ्ना कोठामा प्रवेश गरेको थिए । मलाई दिनभरीको त्यही चियाँ बगैचाको उद्योग, कि.वी. खेती, हिमाली पहाडी गाउँको न्यानो सत्कारले निकै प्रेरणा प्रदान गरेको थियो । तिनै सम्झना मनभरी खेलाउँदै गर्दा, अनि विकशीत चिनको स्मरणमा नै राती ११ बजेको रहेछ अभि भोली विहान फेरी ५ बजे गेटमा पुग्नु पर्दछ भनेर सुत्ने काम भयो ।

सिचुवानप्रान्तको बसाईमा सिचुवानको नयाँ मिडियाहरुको अध्ययन
१३ गते विहान


दक्षिण एसियाकै उडाउँदो शहर सिचुवानप्रान्तको होटेलमा बसाई निकै सहज एवं नयाँ अनभुति भयो । राती सपना पनि सुन्दर घुमेका गाउँहरु अनि सहरको स्मरण भइरहेको थियो । हामीलाई जे होस् दिनमा मात्रै होइन रातीमा पनि भ्रमण गरिएका समृद्धिका स्थानहरुले झस्कराई रहेको अनि स्मरण गराई रहेको थियो । तिनै गाउँ, अनि तिनै पहाड, तिनै वगैचा एवं तिनै हिमाली पहाडी गाउँले हामीलाई निकै सम्झना योग्य नै थियो । त्यही चीनको सम्झना  विपना र सपनामा सोच्दा सोच्दै अनि मझेनी निद्रामा पनि तिनै पहाड हिमालमा घुम्दा घुम्दै करिव विहानको ४ बजेको आलाराम मोवाइलमा बज्यो । मोवाइलमा ‘जाग लम्क लम्क हे नौजवान हो’ भन्ने बोलको गीत बजिरहेको थियो । मेरो दिमागमा आयो साच्चिै देश समृृद्ध बनाउनको हामी युवाहरुको काँधमा नै छ । चीनका युवाहरुले समृद्धि चीन निर्माणमा गरेको भूमिकालाई हामीले हाम्रै आखाँले देखेका छाँै । देश विकासको पहिलो आधार युवा जनशक्ति नै हो । विहानको ४ बजेको भालेको रुपमा मोवाइललाई प्रयोग गरेको थिए । मलाई निकै सचेत बनायो । त्यसपछि मलाई समयमै उठाउनको लागि आफ्नो कर्तव्य पूरा गरेपछि मैले अब आफ्नो भूमिका पूरा गर्नका लागि ५ बजे होटेलको नास्ता खाने स्थानमा जानु पर्ने थियो । हाम्रीलाई व्रिफिङ भएको समय तालिका अनुसार होटेलको काउन्टरमा पुगी सक्नु पर्ने थियो । हामीले आफैले बनाएको कार्य तालिकाको पूर्ण पालना गर्नै पर्ने थियो । त्यसो नगरेको भए आफ्नो भ्रमणको कार्य योजना अनुसार पूरा गर्न सक्ने सम्भावना थिए । हामी सबै ५ बजे होटेलको काउन्टरमा पुगेका थियौँ । त्यतिबेला हाम्रो अगुवा चीनिया पत्रकार राजु र नेपाली विज्ञको रुपमा कार्यरत चेतनाथ आचार्यमात्रै देखिनुभएको थियो । हामी फेरी अरु साथीहरुलाई पर्र्खाइमा रहेका थियौ । विस्तारै साथीहरु आउनुभयो । हामी सबैले नास्ता खायौँ । नास्तामा आफ्ना रोजाईको खाएपछि अब हामी होटेलबाट बाहिर निस्कियौँ । चीनियाँ नयाँ उडाउँदो शहर सिचुवान प्रान्तको आधुनिक मिडिया, गरीवी निवारण कार्यक्रमसंगको अन्तरक्रिया नै थियो । हामी चीनियाँ गरिवी निवारण कार्यक्रमले प्रान्तमा गरेको सकरात्मक एवं सिकाईको बारेमा छलफल थियो । तिनै कार्यक्रम सकेर त्यस दिन फेरी होटेलमै आएर बास वस्ने पूर्ण निर्धारित कार्य तालिका अनुसार अगाडि बढेका थियौँ ।
हामी विहानै सबै साथीहरु जम्मा भएर होटेलको बाहिरे गेटमा गयौँ । अब हामीलाई लिनका लागि बस आयो । अनि हाम्रो सहयोगमा रहनुभएका राजु सरले हामीलाई जानकारी गराउनुभएको थियो । हामी होटेल बाहिर निस्किदा करिव ६ बजी सकेको थियो । हामीले विहान छङतु शहरको वरी परी घुमफिर गरेका थियौँ । त्यस अन्तर्गत मानिसहरुले विहानै सरफाई गरेको अनि बगैचालाई सुन्दर एवं आकर्षक ढंगले सजाई रहेका थिए । सबैको मन तिनै बगैचामा केन्द्रीत हुन्थ्ये । अनि त्यही करिव विहानको केही काम गरेपछि हामीले अब सिचुवान सहरका विभिन्न मिडिया अध्ययन गर्ने कार्य गरेका थियौँ । हामीले शुरुमा सिचुवान समाचार ग्रुपसँग भेटघाट गरेका थियौँ । सो अवस्थामा हामीले विहानै पुग्यौँ । सिचुवान सामाचार दैनिकमा जाने बेलामा हामीलाई कौतुहलता थियो । सो जिज्ञासालाई मेटाउनको लागि हामीले समय पर्खिनु पर्ने पर्ने थियो । सिचुवानमा नयाँ प्रविधि अनुसार सामाचार प्रकाशन गरिने रहेछ । हामी जब सिचुवान शहरको मध्य सहर अनि विकसित सहर थियो । त्यहाँ पुग्दा सबै उस्तै अदृश्य घरहरु नै थिए । त्यसमा हाम्रो नजरको दृष्टिले पुग्दैन थियो । हामी तिनै विशाल भवनहरु हेदैँ जाने क्रममा सिचुवान दैनिकको कार्यालय पनि आई पुगेका थियौँ । कार्यालयको बाहिरबाट लेखिएको सिचुवान सामाचार दैनिक त्यो भवन पनि अन्य भवन झै अदृश्य नै थियो । त्यस भित्र विभिन्न विभागहरु फरक फरक रुपमा नै राखिएको रहेछ । त्यसैमा हामीलाई स्वागत गर्नका लागि तैनाथ लिए सिचुवान दैनिकका पत्रकारहरु । हामी भित्र पस्नका लागि स्वागत गर्नुभयो । अनि सिचुवान दैनिकका विकासका बारेमा तयार गरिएको डिजिटल प्रस्तुतिकरण थियो ।

१३ गते विहान

दक्षिण एसियाकै उडाउँदो शहर सिचुवानप्रान्तको होटेलमा बसाई निकै सहज एवं नयाँ अनभुति भयो । राती सपना पनि सुन्दर घुमेका गाउँहरु अनि सहरको स्मरण भइरहेको थियो । हामीलाई जे होस् दिनमा मात्रै होइन रातीमा पनि भ्रमण गरिएका समृद्धिका स्थानहरुले झस्कराई रहेको अनि स्मरण गराई रहेको थियो । तिनै गाउँ, अनि तिनै पहाड, तिनै वगैचा एवं तिनै हिमाली पहाडी गाउँले हामीलाई निकै सम्झना योग्य नै थियो । त्यही चीनको सम्झना  विपना र सपनामा सोच्दा सोच्दै अनि मझेनी निद्रामा पनि तिनै पहाड हिमालमा घुम्दा घुम्दै करिव विहानको ४ बजेको आलाराम मोवाइलमा बज्यो । मोवाइलमा ‘जाग लम्क लम्क हे नौजवान हो’ भन्ने बोलको गीत बजिरहेको थियो । मेरो दिमागमा आयो साच्चिै देश समृृद्ध बनाउनको हामी युवाहरुको काँधमा नै छ । चीनका युवाहरुले समृद्धि चीन निर्माणमा गरेको भूमिकालाई हामीले हाम्रै आखाँले देखेका छाँै । देश विकासको पहिलो आधार युवा जनशक्ति नै हो । विहानको ४ बजेको भालेको रुपमा मोवाइललाई प्रयोग गरेको थिए । मलाई निकै सचेत बनायो । त्यसपछि मलाई समयमै उठाउनको लागि आफ्नो कर्तव्य पूरा गरेपछि मैले अब आफ्नो भूमिका पूरा गर्नका लागि ५ बजे होटेलको नास्ता खाने स्थानमा जानु पर्ने थियो । हाम्रीलाई व्रिफिङ भएको समय तालिका अनुसार होटेलको काउन्टरमा पुगी सक्नु पर्ने थियो । हामीले आफैले बनाएको कार्य तालिकाको पूर्ण पालना गर्नै पर्ने थियो । त्यसो नगरेको भए आफ्नो भ्रमणको कार्य योजना अनुसार पूरा गर्न सक्ने सम्भावना थिए । हामी सबै ५ बजे होटेलको काउन्टरमा पुगेका थियौँ । त्यतिबेला हाम्रो अगुवा चीनिया पत्रकार राजु र नेपाली विज्ञको रुपमा कार्यरत चेतनाथ आचार्यमात्रै देखिनुभएको थियो । हामी फेरी अरु साथीहरुलाई पर्र्खाइमा रहेका थियौ । विस्तारै साथीहरु आउनुभयो । हामी सबैले नास्ता खायौँ । नास्तामा आफ्ना रोजाईको खाएपछि अब हामी होटेलबाट बाहिर निस्कियौँ । चीनियाँ नयाँ उडाउँदो शहर सिचुवान प्रान्तको आधुनिक मिडिया, गरीवी निवारण कार्यक्रमसंगको अन्तरक्रिया नै थियो । हामी चीनियाँ गरिवी निवारण कार्यक्रमले प्रान्तमा गरेको सकरात्मक एवं सिकाईको बारेमा छलफल थियो । तिनै कार्यक्रम सकेर त्यस दिन फेरी होटेलमै आएर बास वस्ने पूर्ण निर्धारित कार्य तालिका अनुसार अगाडि बढेका थियौँ ।
हामी विहानै सबै साथीहरु जम्मा भएर होटेलको बाहिरे गेटमा गयौँ । अब हामीलाई लिनका लागि बस आयो । अनि हाम्रो सहयोगमा रहनुभएका राजु सरले हामीलाई जानकारी गराउनुभएको थियो । हामी होटेल बाहिर निस्किदा करिव ६ बजी सकेको थियो । हामीले विहान छङतु शहरको वरी परी घुमफिर गरेका थियौँ । त्यस अन्तर्गत मानिसहरुले विहानै सरफाई गरेको अनि बगैचालाई सुन्दर एवं आकर्षक ढंगले सजाई रहेका थिए । सबैको मन तिनै बगैचामा केन्द्रीत हुन्थ्ये । अनि त्यही करिव विहानको केही काम गरेपछि हामीले अब सिचुवान सहरका विभिन्न मिडिया अध्ययन गर्ने कार्य गरेका थियौँ । हामीले शुरुमा सिचुवान समाचार ग्रुपसँग भेटघाट गरेका थियौँ । सो अवस्थामा हामीले विहानै पुग्यौँ । सिचुवान सामाचार दैनिकमा जाने बेलामा हामीलाई कौतुहलता थियो । सो जिज्ञासालाई मेटाउनको लागि हामीले समय पर्खिनु पर्ने पर्ने थियो । सिचुवानमा नयाँ प्रविधि अनुसार सामाचार प्रकाशन गरिने रहेछ । हामी जब सिचुवान शहरको मध्य सहर अनि विकसित सहर थियो । त्यहाँ पुग्दा सबै उस्तै अदृश्य घरहरु नै थिए । त्यसमा हाम्रो नजरको दृष्टिले पुग्दैन थियो । हामी तिनै विशाल भवनहरु हेदैँ जाने क्रममा सिचुवान दैनिकको कार्यालय पनि आई पुगेका थियौँ । कार्यालयको बाहिरबाट लेखिएको सिचुवान सामाचार दैनिक त्यो भवन पनि अन्य भवन झै अदृश्य नै थियो । त्यस भित्र विभिन्न विभागहरु फरक फरक रुपमा नै राखिएको रहेछ । त्यसैमा हामीलाई स्वागत गर्नका लागि तैनाथ लिए सिचुवान दैनिकका पत्रकारहरु । हामी भित्र पस्नका लागि स्वागत गर्नुभयो । अनि सिचुवान दैनिकका विकासका बारेमा तयार गरिएको डिजिटल प्रस्तुतिकरण थियो । सो प्रस्तुतिकरणमा सिचुवानमा सबैभन्दा बढी र सबैभन्दा ग्राहकको हातमा पुग्ने पत्रिका भनेको सिचुवान दैनिक रहेको बताएका थिए । सिचुवान दैनिकमा समाचार प्रकाशन गर्नुभन्दा पहिले पाठकवर्गहरुको अध्ययन गरिन्छ । कुन सामाचारले पाठक वर्गलाई प्रभाव पार्दछ भनेर अध्ययन गरिन्छ । तिनै अध्ययनको आधारमा सामाचारलाई प्राथमिकतामा राखिन्छ । समाचार प्रकाशन भन्दा पहिलो आफ्ना ग्राहक वर्गहरुलाई सटिक जानकारी दिइन्छ त्यही सबै पाठक वर्गले संक्षिप्त समाचार अथवा शीर्षकलाई आफ्नो वेव साइडमा राख्ने अनि त्यही शीर्षक वा संक्षिप्त जानकारीमा अत्याधिक पाठक वर्गले छनौट गरेको आधारमा सामाचार छापिन्छ । त्यसैको आधारमा सामाचारमा प्रकाशन गरिने नयाँ अभ्यासको सुरुवात गरिएको रहेछ । त्यसले पाठकलाई अझै परिकृष्ट हुने, सामाचारको स्तरमा विकास हुने समेत गरेको रहेछ । त्यसलाई हरेक पाठकले समाचार प्रकाशन हुनभन्दा पहिले पनि त्यसो गरिने र सामाचार प्रकाशन गरेमा पनि प्रकाशित सामाचार पनि कति पाठकले कुन सामाचार हेरेर भनेर सर्वेक्षण अनलाईन पद्धतीबाट हुने नै रहेछ । प्रकाशन हुनु पूर्वको समाचार शीर्षक र प्रकाशित सामाचारका विषयमा अध्ययन तथा सर्वेक्षण समेत देखाउने अनि सामाचारको महत्वका बारेमा छलफल हुने लगायतको कार्यहरु गर्दछ । त्यसले पत्रिकालाई समृद्ध बनाउन, सवल बनाउनको लागि ठूलो सहयोग गर्दो रहेछ ।
अर्काे मिडियाको प्रतिनिधित्वको सवालमा हरेक २ वर्षमा त्यस प्रान्तको सरकारले विधानसभा बोलाउँछ । त्यसमा मिडियाको तर्फबाट आफ्ना रचनात्मक सुझाव माग्ने र सुझावहरुलाई सुधार गर्नका लागि योजना निर्माण गर्ने । सरकारले गरेका कामका बारेमा मिडियामा छलफल गर्ने, मिडियाले संकलन गरेका जनताको गुनासाहरुको बारेमा छलफल गर्ने । जनता र सरकारको बीचमा रहेका मतभेदहरुलाई समेत कम गर्ने गर्दा रहेछन् । त्यसमा पत्रकारहरु पनि आफ्नो जिम्मेवारीमा थिए । जे होस् सबैले आफ्नो शाखामा सबैले आफ्ना काम पत्ते गर्नमा लागि रहेका थिए । त्यहाँ कुनै पनि कर्मचारी अरुको काम भन्दा पनि आफ्नो काममा नै बढि केन्द्रित थिए ।
अर्काे मेसिनबाटै ताइप तथा सामाचार सम्पादन, समाचार लेखन गर्ने कार्य पनि हुदो रहेछ । कुनै बेला आकस्मिक रुपमा धेरै हतार भएकाले बेलामा मेसिनबाटै सामाचार लेखन तथा प्रकाशन पनि गर्दाे रहेछ । त्यो यन्त्रको चिनमा भएको आठौ विश्वकम प्रतियोगितामा परीक्षण समेत गरिएको छ । त्यसले सधै भन्दा पनि आफत विपतमा समेत समाचार सँंकलन गरी, समाचार सम्प्रेशनसम्म गर्दाे रहेछ । त्यो मेसिनको प्रभावकारीता, प्रभाव र उपयोगिताका बारेमा हामीलाई जानकारी दिनुभयो । हामीले विभिन्न शाखा, मेसिनहरुको अवलोकन पश्चात हामी वाहिर आएर छोटो रुपमा परिचय एवं कामकार्यको बारेमा जानकारी गरायौँ । हाम्रो सिचुवान दैनिकको अध्ययनको यात्रा पनि सकियो ।
सिचुवान दैनिकमा सरकारले विधान सभामा मिडियालाई पनि बोलाउँछ त्यसमा मिडियाको नजरमा प्रान्तमा रहेका गुनासा, सल्लाह, सुझाव, अनि अन्तरक्रिया हुदो रहेछ । त्यसले पार्टी र सत्तालाई सुद्धित बनाउँदो रहेछ । यहाँ मिडियाले उठाएको कुरालाई सुधारर्नको सत्तामा उल्टै मिडियाप्रति खण्डन गर्ने गरिन्छ । त्यो कुरा मिडियाले पनि बुझाउन र आफ्नो भूमिका विर्सिएका होसान् । तर पनि मिडियाले पनि सकरात्मकताको कोणबाट भन्दा पनि नेपालमा अलि आलोचनात्मक रुपमा मात्रै आफ्नो धारणा प्रस्तुत गर्न गर्ने समस्या पनि उत्तिकै छ । तर मिडिया भनेको जनता र सकारको बीचको पुलको भुमिका निर्वाह गर्नुपर्दछ । चिनमा त्यो पद्धतिको विकास भएको छ । त्यति गर्दा गर्दै अब सिचुवान दैनिकको कार्यालयबाट बाहिर निस्किएर सिचुवान रेडियो र टेलिभिजन तर्फ लाग्याँै ।
   सिचुवान रेडियोमा अलग अलग सेवा २२ वटा फ्रिक्वीन्सी  
सिचुवात दैनिकको भ्रमण सकेपछि  हाम्रो यात्रा सिचुवान रेडियो र टेलिभिजन भएको शहर तिर लागेका थियौँ । हामी धेरै सडकहरुलाई पन्छाउँदै अगाडि बढेका थियौ । विशाल अदृश्य अनि, तिनै अग्ला घरहरुको अबलोकन गर्दै अगाडि बढ्यौँ । तिनै सडकहरु पनि हरियाली बनाएकोछ । त्यसैमा हामीलाई आनन्दको यात्रा भयो । हामी सबै त्यही विशाल भवन तिर अगाडि बढ्का थियौँ । सिचुवान रेडियो र टेलिभिजन एउटै भवनको परक कम्पलेक्न रहेछ ।
हामी सिचुवान समाचार दैनिकबाट यात्रा अब सिचुवान रेडियो र टेलिभिजन तर्फ अगाडि बढ्यो । अदृश्य भवन, अनि विशाल महलभित्र सिचुवान रेडियो र सिचुवान टेलिभिजन छ होला भनेर कल्पना पनि गरिएको थिएन । तर हामी विस्तारै झन् झन् विशाल देखिदै थियो । चीनको सिचुवान प्रान्तको मिडिया पनि उडाउँदो शहर झै मिडिया पनि उडाउँदो रहेको छ । मिडियाको विकास पनि सिचुवान प्रान्तमा अत्याधिक नै रहेको छ । सिचुवान प्रान्तको रेडियोको विकास र यसको विस्तारको बारेमा हामीलाई रेडियोका जिम्मेवार व्यक्तिले हामीलाई प्रस्तुत गर्नुभएको थियो । रेडियोको संक्षिप्त चिनारी दिएपछि हामीलाई सिचुवान रेडियोको अवलोकन गराउनको लागि लागिएको थियो । सो रेडियोमा हामी करिव २२ वटा मेगाहर्जमा सुन्न सकिने । कोठा सजि सवाजत थिए । सबै पत्रकारहरुले आफ्नो कामहरु गरिरहेका थिए । उनीहरुलाई हाम्रो आगमनले पनि कुनै आफ्ना ध्यान दिन विकेन्द्रीत गर्न सकेन । तर पनि उहाँहरुले बरु झन् बढी काम गर्ने र जिम्मेवार देखिदै थिए । हाम्रो नेपालमा कोही मानिस आएपछि सरोकार राख्ने मानिसहरु भन्दा पनि अन्य बढी मानिसहरुको भिड हुने पनि अवस्था छ । त्यो अवस्थाबाट पुरै मुक्त थियो । त्यस रेडियोमा करिव २२ वटा फ्रिक्वीन्सीबाट सुन्न सकिने नै नयाँ रहेछ । रेडियोका श्रोताहरु परक फरक रुची एवं चाहना भएका हुन्छन् । तिनै विविध चाहना र रुची भएका श्रोताको मनोभावलाई सम्वोधन गर्नका लागि त्यस रेडियोमा कुनै समस्या छैन । त्यस रेडियोका श्रोताहरु कुनै श्रोता साचारको, कुनै श्रोता गीत संगीतको, कुनै श्रोता व्यापार एवं उद्योग लगायतको विषयका श्रोताहरु छन् । फरक फरक रुची एवं ज्ञान आर्जन गर्नका लागि आतुर समूहलाई त्यसै अनुसारको  सामाग्री दिइ रहेका हुन्छन् । समाचार पनि कसैलाई राजनीति, खेलकुद, साहित्य, कृषि, पशुपालन, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य, अन्तरवार्ता, गीतमा पनि आधुनिक, पप, लोक गीत लगायत फरक फरक विषयका श्रोतालाई सामग्री प्रस्तुति दिने गर्दछन् । त्यसमा हामीले नयाँ प्रविधिबाट विश्वभरी आफ्ना सञ्चार सञ्जाल फैलाएको समेत बताएका थिए । हाम्रो रेडियाहरुले फरक फरक कार्यक्रम उत्पादन गर्न पनि कति कठिन छ तर पनि चिनको सिचुवान प्रान्तको रेडियोमा फरक फरक मेगाहर्जमा फरक फरक कार्यक्रम सुन्न पाईने कुरा पनि नयाँ हो । यदी त्यो रेडियोले कुनै श्रोतालाई व्यापारको विषयमा सुन्न मन लागेमा पर्खिरहनु पर्दैन । त्यसले मेगाहर्ज बढलेमा मात्रै पुरा हुन्छ । सिचुवान रेडियोले कुनै समाचार र सञ्चार माध्यमले बाहिर प्रवाह गर्दा पनि राष्ट्र र जनताप्रति जिम्मेवार हुनै पर्दछ । त्यसको अलामा त्यस कुनै सम्वेदनशील विषयका सामग्री प्रसारण एवं प्रवाह गर्दा त्यस प्रान्तको सरकार, पार्टीसँग पनि राय परामर्श गरिरहेका हुन्छन् । त्यसैमा उनीहरुको विषेश साम्रीमा चिन जसरी विश्वमा उडाउँदो शक्तिको रुपमा अगाडि बढेको छ त्यसैमा  इट्टा थप्ने गरी हुँदोरहेछ । चीनको विकास, समृद्धिको लागि सबै सञ्चार माध्यमको विकास समेत लागि रहेका छन् । तिनै सञ्चार माध्यमले देश, राज्य, सरकार र पार्टीको विविध कार्यक्रमलाई परिपूति गर्नका लागि लागि रहेका छन् । सबै भन्दा सिचुवान प्रान्तमा धेरै सुन्ने कार्यक्रममा भनेको उत्पादन, व्यापार, उद्योग रहेको तथ्याङ्क रहेछ । त्यसले मात्रै देशलाई सम्बृद्ध बनाउनेमा जोड गरेको पनि जानकारी गराइयो । अर्काे कुरा चीनको रेडियो नीतिमा (देश विकासका लागि सकरात्मक सञ्चार अभियान) भन्ने रहेछ । पत्रकारिता र सञ्चार माध्यममा मृत्य, कुट पिट, दुर्घटना, लडाई, झगडा लगायतका विषयमा हाम्रो सञ्चार माध्यम र सञ्चार क्षेत्रका प्राथमिकताको विषय परिरहेका छन् । तर त्यसमा व्यापार, सफल उद्यमी, देश विकासका लागि भएका राम्रा प्रयास लगायतको विषयलाई प्राथमिकता दिने गरिदो रहेछ । चीनको गरीवी, असामान्ता, अन्याय, विभेदलाई कसरी कम गर्न सकिन्छ त्यस तर्फ सञ्चार माध्यमको पहिलो भूमिका र कर्तव्य थानिदो रहेछ । रेडियो सञ्चारकर्मीले पनि देश विकासका लागि आफ्नो भूमिका पूरा गर्नका लागि तयार भएका हुन्छन् ।
त्यसैगरी हाम्रो यात्रा सिचुवान रेडियोका विभिन्न सकारात्मक विषयमा अध्ययन गरेपछि हामीले परिचयात्मक कार्यक्रम गरेको थियौँ । हाम्रो नेपाली मिडिया दलको टोली अब फेरी सिचुवान टेलिभिजन तर्फ नै लागेका थियौँ । जोडिएको भवन नै थियो । हामी सिचुवान टेलिभिजन मै जाने बेलामा हामीलाई स्वागत गर्न र संक्षिप्त टेलिभिजनको परिचय जानकारी गराउनुभएको थियो । सो टेलिभिजनमा पनि विभिन्न भाषा, विभिन्न विषयको सामाग्रीहरु प्रसारण गर्ने रहेछन् । सेटलाईटको माध्यमबाट सो टेलिभजन प्रशासरण हुन्छन् । हामीले त्यस सञ्चार माध्यमका कार्यक्रम प्रस्तोताहरुसँग फोटो खिच्यौँ, अन्तरक्रिया ग¥यौँ । सो सञ्चार माध्यममा पनि सिचुवान रेडियोमा भै देश निर्माणमा सकरात्मक सञ्चार भन्ने महान लक्ष्यका साथ कार्यक्रम एवं समाचारहरु प्रवाह गर्दाे रहेछन् ।
विश्वमा चीन आर्थिक, जनशक्ति लगायतको विषयमा नयाँ गतिका साथ अगाडि बढेको छ । चीन भित्रको सिचुावन प्रान्त नयाँ उडाउँदो सहर हो । त्यसमा सूचना र सञ्चारको क्षेत्रबाट पनि सिचुवान प्रान्त एउटा नयाँ र उडाउँदो सञ्चार क्रान्ति अगाडि बढेको छ । त्यस मिडिया क्षेत्रको अवलोकन भ्रमणले हामीबाटै केही गर्न सकिदो रहेछ । देश निर्माणमा सञ्चार क्षेत्रबाट योगदान गर्न सकिने रहेछ ।
नयाँ प्रविधि र नयाँ लक्ष्य, ध्येयका साथमा सञ्चालन गरिएका रेडियो, पत्रिका, टेलिभिजनको बारेमा अवलोकन गरेपछि हामी खाना खाने होटेलमा पुगेका थियौँ  । सो अवलोकनबारेमा हामी नेपाली मिडियादलको टोलीले समीक्षा गरेका थियौ । हाम्रो नेपालमा पनि मिडियाको विकास कहिले होला, हाम्रो नेपालमा पनि देश निर्माणका लागि सकरात्मक सञ्चार आवश्यक रहेको छ । कुनै पनि देश निर्माणमा सकरात्मक सञ्चार आवश्यक रहेछ । हुनत मिडिया तेस्रो आँखा नै हो, प्रतिपक्षको झै भूमिका गर्नुपर्ने हुन्छ भनिन्छ, जे होस् यो सिद्धान्तबाट पनि अब केही रुपमा देश निर्माणको लागि योगदान गर्न सकिन्छ । देश निर्माणका लागि सकरात्मक सञ्चार भन्ने सञ्चार सिद्धान्तका साथ पनि काम गर्न सकिदो रहेछ । हामीले सधै देशका लागि र जनताका लागि पनि मिडियाले ठूलो भूमिका निर्वाह गर्न सकिनेदो रहेछ । चीनमा त्यो उदाहरण देखा परेको थियो । हामीले पनि देश निर्माणमा हाम्रो भूमिका सकरात्मक रुपले निर्वाह गर्न सक्छौँ । रचनात्मक आलोचना, सुधारात्मक आलोचना, उपचारमूलक समाचार लेखन लगायतको विषय हाम्रो अभियान जारी राख्नु पर्ने रहेछ । त्यस तर्फ पनि नेपाली मिडयादलको टोली निष्कर्ष निकालेको थियो ।
मिडिया क्षेत्रको अवलोकनपछि हाम्रो यात्रा सिचुवानको एक होटेलमा गइयो । हाम्रो भोजनको व्यवस्थापन आयोजकले त्यही होटेलमा गरेको थियो । हामी खाना खानु भन्दा अगाडिको केही समयमा हाम्रो साथमा रहनुभएका पत्रकार चेतनाथ आचार्यको हसिला, अनि रसिला मनन् योग्य कुराहरु सुन्दै हामी टेलुलमा बस्यौँ । हामीलाई अब त्यसपछि त्यहाँको होटेलले स्वागत गर्दै सबैलाई चियाँ लिइदियो । टेबुलमा बस्ने वित्तिकै विभिन्न परिकारका खाना आयो । हामी आफ्नो इच्छा अनुसारको भोजन ग¥यौँ । हामीले खायाँै । चीनीयाँ सिचुवान प्रान्तकको खाना, संस्कार, संस्कृतिको बारेमा अध्ययन गर्दै खायौँ । हाम्रो खाना खाने समय सकिएको थियो ।
प्रान्तीय गरिवी निवारण कोषसंगको छलफल
हाम्रो घडीमा दिउँसोको २ बजेको थियो । हाम्रो कार्य तालिकामा सिचुवान प्रान्तको गरिवी निवारणसँंग हाम्रो अन्तरक्रिया एवं बैठक थियो । हामीहरुको टोली होटेलबाट सिचुवान प्रान्तको गरिवी निवारणको प्रान्तीय कार्यालयमा पुग्यौँ । हामी त्यहाँ जाने बेलामा सबै तयारी भइसकेको थियो ।  त्यस कार्यालयमा हाम्रो करिव ३ घण्टाको कार्यक्रम थियो । हामी सबै आफ्नो सिटमा बस्यौँ । त्यहाँ कुनै सिटको विभेद थिएन । हाम्रो जस्तो प्रमुखहरुलाई शोभासेट र अन्य सहभागितालाई कुर्सीको व्यवस्था गरिने परम्परा पनि थिएन । हामी जसरी भए पनि सामान्य जीवन शैलिको अभ्यास देख्न पाइयो । सबैको जीवन र हैसियत उस्तै थियो । सबैको कुर्सि सामान थियो । स्वागत व्यानरमा हामीलाई फोटो खिचाइयो । अनि हामीले अन्तरक्रिया कार्यक्रम शुरु गरेको थियौँ । सो अन्तरक्रिया कार्यक्रममा अरु कुनै तामझाम थिएन  ।
गरीवी निवारण कोषमा लामो समय काम गरे सिचुवान प्रान्तको विश्व विद्यालयमा अध्यायपन गराउने प्राफेसर वाङ जोमले प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँ गारिवी निवारण कोष कार्यक्रममा कार्य पनि गर्नुभएको रहेछ । उहाँले पनि चीनको गरीवी हटाउनको लागि गरिहएको प्रस्तुतिकरणमा कार्यक्रमा २०१४ देखि चीनियाँ कम्युनिष्ट पार्टीको मूख्य अनुगमन, चीन सरकारको आर्थिक लगानी, गरीवी निवारण कोषको सामाजिक परिचालनमा चीनका करिव ८ करोड मानिसलाई गरीवीबाट मुक्त गर्नका लागि लागेको विषयबाट शुरुवात गर्नुभयो । तथ्याङ्लाई बढो कलात्मक तरिकाले वाचन गर्ने सुनि रहने गरी राख्नुभयो । अनित सुन्दर ढगले कलात्मक तरिकाले प्रस्तुति गर्नुभयो  । उहाहरणका रुपमा सिचुवान प्रान्तको एउटा गाउँमा ४० वर्षिय पुरुष ४१ वर्षिय महिला र ३ वटा बच्चा थिए । गरिवी निवारण कार्यक्रम लागु नहुँदा अति विपन्न थिए । तर सन् २०१४ देखि कार्यक्रम लागु भएपछि रोजगारमुखी भएको, विपन्नताबाट आयमुखी एवं व्यावसायी बनेको श्रव्य, दृश्य डकुमेन्ट्री निर्माण गर्नुभएको थियो । उहाँले सन् २०१४ मा चिनमा गरीवीको संख्यामा ८ करोड थियो । २०१७ मा ३ करोडमा झारेको सन् २०२० सम्ममा ० बनोनय लक्षयकासाथ लागेके बताउनुभयो । गरीवीलाई न्यूनिकरण गर्नका लगि प्रतिव्यक्ति आय २०७ डलर बनाउन लागेको बताउनुभयो । त्यस कार्यक्रम अन्तर्गत गरीवी न्यूनिकरणका लागि धनि शहर, गरीव शहर, औद्यागिक क्षेत्रले न्यून उत्पादनभएको क्षेत्र, आर्थिक आम्दानी भएका व्यक्तिले गरीवीको रेखा मुखि रहेका मानिस, शिक्षित नागरिकले अशिक्षित नागरिकलाई, स्वास्थ्य क्षेत्रका दक्ष नागरिेकले पनि स्वास्थ्यको अभावमा रहेका मानिसहरुलाई उपचार सेवा प्रदान गरेर गरीवी न्यूनिकरण गराउनका लागि लागेको कुरा समेत जानकारी गराउनुभयो । वास्तमा सरकारले नीति लिने हो भने के गर्न नसकिने हो र । गरीवी निवारणका लागि आफ्नो देशका सबै समयन्त्र, आम नागरिकलाई धनी र गरीवी बीचको खाडल हुनु हुँदैन वर्गिय क्रान्तिहल विना सबै विकास अवरुद्ध हुन्छ भन्ने कुरा सबै नागरिकलाई बुझाएर अगाडि बढेको छ । यदी चिनका विकसित र औद्योगिक क्षेत्रका सहरहरुले, उद्योग कलकारखना नभका ग्रामीण भेगका मानिसहरुलाई रोजगार प्रदान गरेर, धेरै आम्दानीको श्रोत भएका व्यक्तिहरुबाट अधिकतम कर लिएर  न्यून आय भएका नागरिकको विकासमा लगाएर, धेरै शिक्षित स्थानका नागरिकले स्यम सेवक रुपमा अशिक्षित स्थानमा गएर शिक्षा प्रदान गरेर, स्वास्थ्य क्षेत्रका नागरिकहरुले पनि स्वयमेवक रुपमा उपचार एवम् चिकित्सा सुविधा दिएर पनि गविी निवरण गर्न सक्निछ । त्यसै पर्यटन, खेलकुद, उत्पादन, पशुपालन, होटले व्यावसायीहरु, यातायात क्षेत्रबाट पनि गरिवी न्यूनीकरण गर्न सकिन्छ । त्यो कार्य गर्नका लागि राज्यबाट नीति निर्माण गरी कार्यान्वय गर्नुपर्दछ । तर हाम्रो देशमा पशुपालन, कृषि, उद्योगका नाममा पैसा दिने र लिने त्यस त्यस रकमले सँस्था, बैंक अथवा व्यक्तिबाट लिएको ऋण तिर्ने प्रवृतिको अन्य गरेर मात्रै गरिवी निवारण सम्भव छ । यो सरकारको कार्यक्रम बनाईनु पर्दछ, यो राज्य, राजनीतिक पार्टीले नै अगुवा गर्नुपर्दछ । होइन भने हाम्रो नेपालमा गरिवी निवारणमा गएको पैसाले खासैँ अर्थ राख्दैन ।

प्रोफेसर वाङजोमको घटलाग्दा कुरा

प्रोफेसर वाङ जोमले  गरिवी निवारणमा पार्टीको नेतृत्वहरुमा केन्द्रीय समिति, प्रान्त समिति, जिल्ला समिति, गाउँ समितिको नियमित अनुगमन, अबलोकन लगायतबाट मात्रै सम्भव भएको कुरा राख्नुभएको थियो । यदी पार्टी नेतृत्वले सही तरिकाले नलिएको भए चिनमा यो अभियान सफल नहुने दावी समेत गर्नुभएको थियो । कर्मचारीलाई अर्काे पटकको निर्वाचनमा जनमतको कुनै ख्याल र महत्व नहुने भएको जनताप्रति र सरकारको कार्यक्रम प्रति उत्तरदायित्व नुहने कुरा स्वभाविक हुन्छ । त्यसैले चिनियाँ कम्युनिष्ट पार्टीले नै आफ्नो प्रमुख जिम्मेवारी जनताको आर्थिकस्तर माथि नउठाउँदासम्म अरु विकास सम्भव नहुने निष्कर्ष सहित प्राथमिकताका साथ कार्यक्रम अगाडि बढाएको हो । यसरी चीनमा गरीवी निवारण कार्यक्रम अगाडि बढाई रहेको कुरा हाम्रो माझमा जीवन्त रुपमा प्रस्तुत गर्नुभएको थियो ।
हामीलाई एउटा नयाँ कुराको अनुभूति भएको थियो । साँच्चि हाम्रो नेपालमा राजनीतिक पार्टीहरुले आफैले कार्यक्रम कार्यन्वयन गरेको अवस्था होइन । नीति निर्माण र कार्यक्रम बनाए पनि त्यसको कार्यन्वयन कर्मचारीहरुबाट गर्दा त्यसले विकास नलिएको सत्य झै लागेको छ । यो मेरो अनुभूति हो । त्यसैले राजनीतिक पार्टीहरुले देश समृद्ध बनाउने कुरा गर्दा आफ्ना हजारौँ कार्यकर्तालाई जुलुस, ¥याली र कार्यक्रममा देखाउने मात्रै होइन कि संगठनात्मक पद्धतीमै विकास, समृद्धिको कुरालाई पाटीको उपल्लोतहले नीति निर्माण गरि दिने तल्लोतहकोले कार्यन्वयनय गर्नुपर्दछ । तर त्यो समृद्धि नेपालका लागि भ्रष्टचारमुक्त कार्यन्वयन हुन जरुरी छ ।
हामीले नेपालमा पनि गरिवी निवारण कार्यक्रमलाई नयाँ ढंगले अगाडि बढाउनु पर्दछ । हामी त्यही अन्तरक्रियामा विभिन्न हाम्रा जिज्ञासाहरु राख्यौँ । अनि हाम्रो नेपालको बारेमा पनि जानकारी गरायौँ । हामी एक अर्काे देशको बारेमा जानकारी दिने, लिने काम भयो यसै गर्दा हामीलाई कार्यक्रम सकिएको जानकारी गराउनुभयो । कार्यक्रम सकियो कार्यक्रम सकिदाँ वित्तिकै सबैले आफ्नो स्थानको फोहर पहिले जसले हामीलाई सभ्य, ज्ञान योग्य कुरा सुनाउनु भयो प्रोफेसर वाङ जोमले विकास फोहरको भाडोहरु टिपेर फोहर फाल्ने स्थान सम्म लग्नुभएको थियो । हामीले पनि लग्यौ । त्यहाँ आफुले गरेको फोहर आफैले सफा गर्नुपर्दछ भन्ने भावनाको विकास पनि भएको छ । आफ्नो काम आफैले गर्नुपर्ने सँस्कार जस्तो सुरुवात राम्रो हो  । प्रान्तका प्रमुख, लगायत अन्यले पनि आफ्नो स्थानमा भएको र आफूले गरेको फोहरहरु दस्तविनमा राख्ने राम्रो सँस्कार रहेछ । जे भए पनि आफैले गर्न सकिन्छ । आफ्नो नैतिक दायित्व हामीले आफैलै गर्न निर्वाह गर्नु पर्दछ भन्ने भावना विकास भएको छ र त्यो नै हाम्रो हाम्रो लागि एउटा सिक्ने संस्कृति हो । हामीले यीनै विविध विषयमा कुरा गर्दै हाम्रो सिचुवान प्रान्तको गरीवी निवारणकोषेसँगको बसाई पनि सकियो । हामी होटेलतर्फ लागेका थियौँ । हाम्रो यात्रा घुम्दै घुम्दै सिचुवान प्रान्तको विभिन्न स्थानमा घुम्दै होटेलमा बास बस्यौँ । हामीले भोली वेजिङतर्फको प्रस्थानको कार्य तालिका हामीलाई जानकारी गराउनुभएको थियो । हामी सबै आफ्नो होटेलको कोठामा गएर बास बस्यौँ । भोली विहानको कार्यतालिकका अनुसार काम गर्ने प्रतिवद्धतासहित हामी सुत्नका लागि आफ्ना कोठामा जानका लागि विभाजन भयौँ ।

१३ गते खानासँगै प्रोफेसरका वाङ जोमका ५ सत्य र यथार्थ कुरा

१) हामी सिचुवान प्रान्तको याङ होटेलमा खाना खाएर आफ्नो कोठामा गएका थियाँै । दिउँसो गरिवी निवारण कोष सिचुवान प्रान्तमा भएको कार्यक्रममा प्रोफेसर वाङ जोमले भनेको कुरा स्मरण गर्दै ओछ्यानमा पल्टिएको थिए । एक पटक फेरी उहाँले गरेको कुरा निकै मनन् योग्य भएको थियो । उहाँले भन्नुभएको थियो । उहाँले भन्नुभयएको थियोः–“अर्काेको देशको सिकाइले देश समृद्धि हुन सक्दैन, अर्काेको देशको माटो, हावापानी, साधान श्रोत, जनशक्तिको क्षमता, लगनशीलता, भू–बनावट लगायतका कुराले मात्रै हाम्रो देशमा नमिल्न सक्छ त्यसैले गर्दा आफ्नो देशको बारेमा गहिरो अध्ययन गरेर आफ्नो देशको हावापानी, भू—वनावट, साधान, श्रोत, जनशक्तिको क्षमता लगायतमा भर परेर योजना निर्माण गरी वास्तविक रुपमा योजना निर्माण गरी कार्यन्वयन गरेर मात्रै विकास सम्भव छ  ।” हुन पनि हो, हामीले चीनको बारेमा अध्ययन गर्ने हो भने त्यस देशको शाषण पद्धती, देशको समग्र विषयमा अध्ययन गरेर मात्रै योजना निर्माण गरी कार्यन्वयन गरिएको देखिन्छ । तर हाम्रो देश नेपालमा अर्काेको देशको सिकाई गर्ने प्रबृति बढी देखिन्छ । कहिले देशलाई स्वीजरल्याण्ड, कहिले अमेरीका, कहिले चीन, कहिले भारत लगायत अन्य देश झै बनाउने उद्घोष गर्ने क्रम त निरन्तर चलिरहेको छ । तर पनि हाम्रो देशको साधान श्रोत, भू—बनावट, जनशक्ति, अस्थीर राजनीतिक गतिविधिले पनि बन्न सकेको छैन भन्ने मैले सोचे ? म आफैलाई पश्न गरे ? साँच्चिकै हाम्रो देशमा राम्रो काम गर्नेलाई सहयोग गर्ने, राम्रोलाई राम्रो भन्ने भन्दा पनि विरोधको नाममा विरोध, परम्परा छ । त्यसलाई हामीले अन्य गर्नुपर्दछ ।  हामी भाषण भन्दा पनि काममा बढी समय दिनु पर्ने छ । हाम्रो विग्रीएको बानी नेपालीको वानी काम भन्दा बढी भाषण भन्दा आफ्नै पनि गौरव गुमेको महसुस हुन्छ । तर पनि हामी त्यही नै गरिरहेका हुन्छाँै । हाम्रो परम्परा त्यही बनेको छ । यो बारेमा निकै गम्भिरता पूर्वक सोचे झन् त्यही नै बढी चिन्तन गर्न मन लागेको थियो । हामीले भाषण गर्ने प्रवृतिको अन्त्य गरेमा देश समृद्ध हुने कुरामा नै रहेछ । यो हामीले गर्नै पर्दछ । यदी हामीले प्रत्येक व्यक्ति, व्यक्तिबाट शुरुवात गर्न सकेनौ भने हामीले आपूm र आफ्नो देशलाई समृद्धि तर्फ लग्न सक्दैनौँ ।
२) गरीवी निवारणका लागि चेतना पपरिवर्तन हुनै पर्दछ । यदी हामीसँग साधान, स्रोत मात्रै भएर हुँदैन त्यसलाई परिचालन गर्ने विचार, नैतिकता, जिम्मेवारीपन, इच्छा शक्ति, दायित्व वोध हुनै पर्दछ । त्यस साधान श्रोतले के दिन्छ भन्ने परिनिर्भर भन्दा पनि के लिने भन्ने मुख्य भएको चेतना निर्माण पहिलो पश्न हो । त्यसैले त्यस काम गर्नुपर्दछ । हामीले चेतना गरिवलाई सामान, पशु, कृषि क्षेत्रमा बढी अनुदान दिएर परनिर्भर बनाउनु भन्दा पनि चेतना निर्माण गरी अगाडि बढ्नु पर्दाे रहेछ । उहाँले भन्नुभयोः–“चिनमा प्रचलित उखान छ, माछा मारेर खान दिनु भन्दा पनि माझीलाई जाल बुन्ने तालिम र माछा मार्ने तालिम दिनु पर्दछ, हामी त्यही अभियानमा छाँै । गरिवलाई सामान दिने होइन कि आइडिया दिने हो यसले मात्रै समृद्धि चीन निर्माण भएको छ ।” साचो रुपमा यसै हामीले पनि गरीवहरुलाई अनुदान भन्दा पनि आफ्नो जीवनलाई समृद्ध बनाउनका लागि प्रशिक्षण हो । प्रशिक्षण पनि व्यवहारिक रुपमा उदाहरणसहित नै हो । कुराले मात्रै होइन आफ्नो जीवन समृद्धि बनाउने र अरुको पनि समृद्ध बनाउने खालको प्रशिक्षण आवश्यक छ ।
३) नेपालमा र चिनको अर्काे कुरा निर्वाचन प्रक्रियामा पनि भएको बताउनुभयो । उहाँले भन्नुभयोः–“नेपालमा पहिलो वडाबाट माथि केन्द्रको निर्वाचन हुन्छ तर चीनमा नेपालको ठीक उल्लोट माथिबाट तल हुन्छ । पहिले केन्दउहाँले अर्काे काम बढी गर्नु पर्दछ । नेपालमा पहिले तलबाट माथि भएमा माथिका नेताहरु प्रतक्ष्य जनतासँग समन्ध र महत्व त्यति राख्दैनन् । त्यसले गाउँस्तरका नेतादेखि माथिल्ला नेताहरुको मात्रै सम्बन्ध हुन्छ । तर हाम्रो देशमा माथिदेखि तलसम्मका जनतासँग प्रतक्ष्य सम्बन्ध राख्नु पर्दछ । त्यसले पनि चिनको समृद्धीको यात्रालाई अगाडि बढाएको छ” त्यसैले नेपालमा ऐजेन्डाका आधारमा प्रतिनिधी छान्ने भन्दा पनि विचार, आस्थाका आधारमा अनि तलबाट एक पटक चुनिएर गएपछि आफ्ना केही नेतालाई रिजाएपछि सधै नेता बनिरहने प्रवृति छ त्यसले पनि केही समृद्धीमा वाधा पुगेको हुन सक्छ ।  त्यसैले गर्दा हाम्रोमा पनि आम जनतासँगको प्रतक्ष्य कुरालाई अगाडि बढाएमा अगाडि बढ्न सकिने कुरा छ । त्यसलाई पनि मनन् गर्नुपर्ने हुन्छ की भन्न मलाई लागेका छ ।
४) गरवी निवारण भनेको आदर्शले हुँदैन । गरिवी निवारण हुनलाई खाना, लगाउने कपडा, बस्ने बास आधारभूत रुपमा अनिवार्य सर्त भएको बताउँदै यसैसाथ शिक्षा, स्वास्थ्य, प्रत्येक जनालाई क्षमता अनुसारको रोजगारको न्यूनतम व्यवस्था हुनुपर्ने कुरा औल्याउनु भएको थियो । हुन पनि हो । यी अवस्थाका सबै सूचकहरु पूरा भएमा मात्रै गरिवी निवारण हुने विचार व्यक्त गर्नुभयो । साँच्चिकै हो । गास, वास, कपास आधारभूत आवश्यकता लगायत अन्य कुराको पनि परिपूर्ती गर्न सक्नु पर्ने बताउनुभयो । त्यसतर्फ नेपाल सरकार लाग्नका लागि जरुरी छ । क्षमता र योग्यता अनुसारको काम गराउने र रोजगार प्रदान गराउने अनि नागरिकलाई समृद्धि बनाउने पर्ने धारणा समेत राख्नुभयो ।
५) गरवी निवारण कार्यक्रम त्यसै न्यूनिकरण नभएको बताउँदै यसमा चीनिया कम्युनिष्ट पार्टी, चीन सरकार र गरीवी निवारण कोष चीनको सहयोग र सहकार्यमा भएको बताउनुभयो । उहाँले चीनको ८ करोड जनसंख्यालाई गरिवी निवारण गर्ने कुरा निकै महत्वपूर्ण कुरा हो । गरीवी निवारण कार्यक्रममा सुरक्षित आवास निर्माण, बालबालिकालाई पोषण भत्ता वितरण गर्ने, शैक्षिक सहयोग, सरकारको नाममा जमिन भएपछि बस्ती सार्न, धेरै आम्दानीहुनहरुबाट कर लिएर गरीवहरुको हितमा लगाउने, लगायतको काम गरेर गरिवी न्यूनिकरणको अभियानलाई तिव्रता प्रदान गरेको कुरालाई हाम्रो देशमा पनि समृद्धिका आधारहरु नभएका होइनन् । तीनीलाई सही तरिकाले कार्यन्वयन आवश्यक पर्दछ ।
यसरी प्रोफेसरले प्रदान गरेका अनगिन्ती कुरालाई सम्झदै गर्दा करिव रातको ११ः२५ भइ सकेको रहेछ । मैले झ्ल्यास्स भोली विहानको कार्य तालिका हेरे त्यसमा करिव ५ बजे फेरी तयारी भएर होटेलको रिसेप्सनमा जानु पर्ने थियो । त्यसैले केही निद्रा पर्ने प¥यो । किन फेरी भोली विहानै तयारी गर्नु छ । अर्काे विहान हामी बेजिङ तर्फको प्रस्थान थियो । सिचुवान प्रान्तको छङ्तु एरपोर्टबाट बेजिङ प्रस्थानका लागि तयारी गर्नुपर्ने थियो । चिनको विकास र समृद्धिबारे सोच्दा सोच्दै निद्रा कत्ति पनि लाग्दैन तर पनि जवर जस्ता निदाउने प्रयासमा बत्ति सबै निभाए । अह त्यो चिनको समृद्धि र विकासका कुरा फेरी मनमा आइहाल्छ । हाम्रो देशको बारेमा अनि चीनको बारेमा सोच्छु । फेरी पनि यदी हाम्रो देशमा पनि साधन श्रोत नभएको त होइन किन विकास भएको छैन । यदि हामीले पनि आफ्नो देशका सबै नागरिकलाई काम लगाउने, अनि खाडीमा गएका युवाहरुलाई स्वदेशमै रोजगारको व्यवस्था गर्न सकेमा त अनिवार्य देशलाई समृद्ध बनाउन सकिन्छ । तर नीति र कार्यक्रमको अभावमा स्वतन्त्रताको नाममा पुरै कामनै नगरे पनि हुन जस्तो देखिने परम्परालाई अन्त्य गर्नु पर्दछ । निद्रा लाग्दैन अनि एउटा सानो सँस्मरण लेख्न शुरु गरेर केही अनुछेद लेखे । अनि बल्ल शसिरले निद्राको आवश्यकता थालेको झै महसुस भयो । करिव १ बजेतिर फेरी सुतियो ।

१४ गते विहान साँझको सपनामा चीनको विकासको सपना


विहान निद्रामा थिए । त्यतिबेला मेरो मोवाइलमा समय सूचक बजेको थियो । मलाई पहिलो पटक समय सूचक बज्दै गर्दा मेरा निद्रा खुल्यो । मैले घडि हेरेको विहानको ४ः३० बजेको थियो । फेरी हिजो राती सुत्ने बेलामा स्मरण गरिएका कुराहरु स्मरण गरे । हामीलाई अघिल्लो साझ १४ गतेको कार्यतालिका अनुसार विहान ५ बजे जसरी पनि होटेलको काउन्टरमा आउने भनै भन्ने थियो । त्यतिबेला मैले साझ नै सम्पूर्ण सामानहरु प्याक गरि सकेको थिए । मैले विहानको नृत्यक्रम गरि सकेको थिए । अब सबै सामानहरु लगेर होटेलको काउन्टरमा जानका लागि तयार भइयो । हामी करिव ५ बजे होटेलको काउन्टरमा पुग्ने बेलामा चिनीयाँ साथी राजु र गरिवी निवारण कार्यक्रममा काम गर्ने कर्मचारी तयारी हुनुभएको थियो । त्यसपछि पछि नेपाली नागरिक चेतनाथ सर पनि तयारी नै हुनुभएको थियो । उहाँ केही समय अगाडि देखि नै नास्ता खाई रहनुभएको थियो । उहाँहरुले राउण्डमा टेवलमा बसेर नास्ता खाई रहेको बेलामा हाम्रो टोलीका केही साथीहरु गयौँ । त्यसपछि हामीले विभिन्न बनस्तपति, मासुका परिकारका नास्ताहरु खायौँ । त्यसका साथै चिनको सबैभन्दा प्रचलित चियाँ पनि खायाँै । हामी सबैले चियाँ नास्ना खाइ सकेपछि हामी अब वेजिङतर्फ हिड्ने हाम्रो यात्रा तय भएको थियो । हामीले नास्ता खाई सक्दा बल्ल उज्यालो भयो । हामी सबैले नास्ता  खाई सकेपछि बाहिर हिड्ने क्रममा भयो । हामी जसरी पनि विहान ६ बजे चीनको राजधानी बेजिङतर्फ जानका लागि छङ्तु विमानस्थलमा जानै पर्ने थियो । हाम्रो विहानको ८ः३० बजेको उडान थियो । हामी विमानस्थलतर्फ जानका लागि बसमा यात्रा ग¥यौँ । हामी सबै बसमा हिड्दै गर्दा हामीले सिचुवान प्रान्तको राजधानीलाई विदाई गर्दै अब कुनै दिनमा संयोग मिलेमा आउँला भन्दै हामीले विदाई गरेका थियौँ । हामी बसमा यात्रा गर्दै हाम्रो यात्राको बारेमा कुरा गर्दै वसभित्रको यात्रामा करिव ४ दिनको यात्रामा भएका सफलता, शिक्षा, स्मरण योग्य कुराबाट हामी अगाडि बढ्यौँ । त्यतिबेला लम्जुङका पत्रकार एवं नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य नविराज कुइकेले भन्नुभयोः–“मानसिंह ज्यू । रोल्पा कहिले यस्तो हुन्छ भनेर सोध्नुभएको थियो, मैले जवाफ दिए । रोल्पा पनि हुने यात्रामै छ । हामीले पनि विगत २० वर्ष भन्दा पहिलेको रोल्पा र वर्तमानको रोल्पा निकै फरक छ । आज रोल्पा एउटा समृद्धिको यात्रामा अगाडि बढेको छ । त्यो हामी रोल्पाले विगतमा गरेको परिवर्तन र आन्दोलनको उपलब्धी अनुसार आज नयाँ अवस्थामा रोल्पा उठेको छ । विकास हुने क्रममा छ । रोल्पा समृद्धि, विकास, गतिशीलता एवं मुहार फर्ने यात्राका लागि अगाडि बढेको छ । हामी पनि रोल्पा समृद्ध बनाउने यात्रामा छौँ । हाम्रो रोल्पालाई समृद्धि बनाउने यात्रामा अगाडि बढेका छाँै । यदी रोल्पा माओवादी जनयुद्धमा रोल्पाली सहभागी नभएको रोल्पा उस्तै हुन्थ्यो होला नि आम जनताको आशा अपूर्ण त भएको छैन । अझै त्यो वाँकी नै यात्रा पूरा भएको छैन । तर पनि विगतभन्दा वर्तमानमा रोल्पा निकै राम्रो बन्दै गएको छ । यसमा सबैको सहकार्य आवश्यक छ ।
नेपाली मिडिया दलका साथीहरुको बीचमा यस्तो कुरा गर्दै गर्दा हामी छङ्तु एरपोटमा अइ पुग्यौँ । हामीले सिट लियौँ । मैले मलाई झ्याल तिरको सिट दिनका लागि अनुरोध गरेपछि छङतु एरपोर्टका कर्मचारीले झ्यालतिरको सिट प्रदान गर्नुभयो । मैले सिट झ्यालतिरका माग्नुको स्वास्र्थ एउैटै थियो । हामी अब विश्वको एउटा नयाँ विचार, विकास र समृद्धिको यात्रामा अगाडि बढेको चीनमा आउन पाइन्छ कि पाइन्न तर हामी तलबाट त त चिनका धैरै स्थान हेरियो तर पनि विशाल चिन फेरी आउन पाइन्छ पाइन्दै त्यसलाई हवाई मार्गबाट भए पनि अबलोकन गर्ने इच्छा थियो । अनि म झ्यालतिरको सिट पाइयो भने निकै हौसिए  । किन किन सफा मौसम भएको बेला त चिनमा जमिनको भाग स्पष्ट देखि गरिने गरि हवाईको मार्ग बनाउँदा रहेछन् । किन भने चीन एउटा विशाल देश हो । त्यसमा सबै पुरै देश परिक्रममा गर्न सक्दैनन् त्यसैले हवाई जहाजबाट भए पनि देशको अवलोकन गरुन भन्ने चीन सरकारको चाहना रहेछन । अनि हामी पनि त्यही मान्यता अनुसार चिनका धेरै स्थानहरु हेरेका थियौँ । हामी आफ्नो टिकट लियौँ । अनि हाम्रा सामानहरु चेकमा पठायौँ । हाम्रो सामानहरु पठाएपछि हाम्रा झोलाहरु पठाएपछि हामी पनि बोरिङ पास लियौँ । सो एरपोट पनि किन त्यति ठूलो ? हाम्रो कुनै आखाँको पनि दृष्टिले नभ्याउने एरपोट थियौँ । सो एरपोटको सुन्दरता, अनि जति जहाज पनि अवतरण गर्न सकिने गरी बनाइएको विमास्थल थियो  । हामी त्यसैमा अगाडी अगाडि गयौँ । झन जति अगाडि बढ्छौँ, त्यति त्यति नयाँ नयाँ रुपमा स्वरुपहरु देखा पर्दछन् । विशाल अनि सुन्दरताको एरपोटबाट हामी तल वरी परी हेर्दा हेर्दै अनि हामी सबै चिनको बारेमा कुरा गर्दा गर्दै हाम्रो बेजिङ उडानको समय हुन लागेको थियो । हामी सबै गेटमा पुग्यौँ । हामी त्यही गेटबाट जहाज भित्र पस्यौँ । अब हामीले सिचुवान प्रान्तको राजधानी एवं छङतु एरपोटबाट हामी विदाई भयौँ । अनि हाम्रो यात्रा जहाजमा सिट मिलायौँ । अनि हामीले फेरी कुनै समयमा मिलेछ भने आउँदा भनेर विदाई हुने जमर्को ग¥यौँ । हामी सबै जम्मा भयौँ । हामीले जहाजको यात्रामा गर्नु पर्ने सुरक्षित हुने कार्य प्रणाली अपनायौँ । हामीलाई हाम्रो यात्राबारे सबै जानकारी गराउनुभयो । करिव ४ घटनाको बाटोमा हिड्नु पर्ने भयो । हामीले त्यस दिनको खाना पनि बाटोमै खानु पर्ने भो अब हाम्रो यात्रा शुरु भयो । सिचुवान प्रान्तबाट बेजिङ तर्फ अगाडि बढ्यौँ । चिनको राजधानी बेजिङमा करिव ४ घण्टापछि अवतरण थियो ।

१४ गते सिचुवानबाट बेजिङसम्म
हामी करिव ८ः३० बजे छङतु विमानस्थलबाट बेजिङको लागि प्रस्थान गरेका थियो । हामीलाई सी.ए.४१५ को विमानस्थलद्वारा प्रथानको यात्रा तय गरियो । मैले झ्यालतरिको सिट उपलब्ध गराउनको लागि गरेको अनुरोधमा सहर्षका साथ स्वीकार गरेर प्रदान गरेको थियो । मैले झ्यालबाट चिनको विकास र समृद्धिलाई हवाईमार्गबाट भए पनि नियाले यसरी हेर्दा हेर्दै करिव आधा घण्टा भएको थियो । हामीलाई नास्ता जहाजभित्र नै दिनु भयो । उहाँले चिनीया भाषामा भन्नुभयोः–“आजको खाना यही हो । अब बेजिङ पुग्न करिव ३ घण्टा लाग्छ । हामीले दिएको नास्ता नै खा हो ।” हामीले खायौँ । अनि हाम्रो यात्रा निरन्तर जारी छ । आकाशबाट पनि ठूला ठूला कृषि फारमहरु देखिन्थ्ये । त्यसैमा ति पहाडै ढाक्ने गरी भएको ठूला अनि विशाल कृषि फारमहरु हेर्दा मनै निकै लोभिएको थियो । मैले मन मनै कल्पा गरे यदी सकिन्थ्यो भने त्यो मनोरम अनि मेरो मनलाई आकर्षण गरिरहेको त्यो सुन्दरता भित्र निकै सजिएको थियो । मलाई कुनै बेला त्यस्तो कल्पना गर्दै थिए कि मन मित्र कि ? यदी राम्रो अनि सुन्दर बस्तिमा हेर्दा त्यही हो के हो झै लाग्दथ्यो स्वर्ग ।
हामी यात्राको बीचमा नै नास्ता खायौँ । अनि हामी जहाजको याात्राबाट चिनका ठूला ठूला कृषि फारामहरु हेरियो । आकासे यात्राबाट हेर्दा निकै रमाइलो थियो । हामीले जहाँ हामीलाई चीनको त्यही भूमिमै जान मन लाग्दथ्यो । हरियाली बिसाल बगैचा, अनि ठूला ठूला उद्योगहरु हेर्दै पनि हाम्रो यात्रा अगाडि नै बढि रह्यो । मलाई मन भित्र भित्रै यो जहाजले अलि तल लगेर त्यो सुन्दरतासँग मायाँ गास्न दिएर अनि चुम्वन गरी फोटो खिच्न पाएको भए स्मरण अझै नयाँ हुने थियो भन्ने  लाग्दथ्यो । हामीले जहाज भित्र नै चीनिया खाना खाएका थियौँ । फ्रिजमा चिसो बनाएर पकाइएको मासु खाइयो । मैले जीवनमा चिसोबाट पकाइएको खाइएको नौलो अनुभूति भएको थियो । मैले एक जना चिनीयाँ नागरिकसँग सोचे चीनमा सबैभन्दा तपाईलाई राम्रो लागेको कुरा  के हो ? उहाँले भन्नुभयोः– “चिनमा कुनै विभेद नभएको कुरा नै निकै राम्रो भएको छ ।” हुन पनि मलाई यदी जहाँ विभेद नहुने देश नै अगाडि बढेको  । हाम्रो देशमा विभेद विभेद नै छ । कसरी अगाडि बढ्छ ? मैले मेरो मनलाई प्रश्न गरे । हाम्रो नेपालमा जातीय छुवाछुत, लैङ्गिक हिंसा, वर्गिय विभेद, क्षेत्रीय उत्पीडनबाट जबसम्म मुक्त हुदैन तव सम्म हाम्रो नेपालमा विकासको ढोका खुल्दैन । यो ढोका खोल्नका लागि यी हाम्रा बीचमा भएका विभेदहरु अन्त्य हुन जरुरी छ । यदी हामीले यी विभेदको विरुद्धमा सबै एक हुन सकेनौ भने पनि हाम्रो देश नमूना बन्न सक्दैन । हाम्रो देशमा समृद्धिको नारा धेरै बोलेर फल्याकि रहेका छाँै तर समृद्धि भन्ने कुरा सडक बनाएर, पुल पुलेसा बनाएर मात्रै हुदैन मानवीय विकासका लागि पनि अति आवश्यक छ । हामीले भौतिक विकासमा मात्रै भन्दा पनि सामाजिक, आर्थिक राजनीतिक र साँस्कृतिक विकास गर्न आवश्यक रहेको छ । सामाजिक विकासका लागि मानिसको चेतना पहिलो कुरा विकास हुन र गर्न अति आवश्यक छ ।
हामी त्यति चिनका राम्रा पक्षको भलाकुसारी गर्दै लामो यात्राको नेपालको बारेमा भएका सकरात्मक कार्यहरुको बारेमा चर्चा गरियो । अनि भौगलिक रुपमा नेपाल र चीन उस्तै छ । वातावरण, हावा पानी पनि उस्तै छ । नेपालको वन जंगल र नदि नाला पनि उस्तै छन् । नेपाल यति मात्रै हो कि नेपालका नागरिकहरु समृद्धी बन्ने दिशामा भर्खरै पाइला चालिरहेका छौँ भने चिन समृद्धिको यात्रामा निकै अगाडि बढेको छ । चिनको जनताहरुको आर्थिक हैसियत र सामाजिक, मानवीय विकास धरै अगाडि बढेको छ । हाम्रो देश बल्ल  बामे सर्दै अगाडि बढेको । यति कुरा गर्दै जादा बस्ती पनि निकै बाक्लो, शहरी विकास योजना माफर्त अगाडि बढेको छ । ठूला अनि विशाल बस्तीहरु पनि विकसित झै देखिन्थ्ये आकाशे मार्गबाट । अनि पहाडी भूभाग पनि निकै विकसित देखिन्थ्ये  । तीनै बस्तीमा हेर्दा पनि खुशी झै देखिन्थ्ये ।
यति गर्दा गर्दै पनि हामी यात्राको गणतव्य गणतन्त्र चिनको बेजिङ पुग्न सकेनौँ । हामीले यात्राको बीचमा फेरी ठूला ठूला बन्दरगाह पनि देखियो । बन्दरगामा पानी जहाजहरु चलेकै थिए । हाम्रो नेपालमा पनि पानी जहाजको निकै चर्चा परिचर्चा भइरहेको छ । अब नेपालमा पनि पानी जहाजबाट नेपालीहरु यात्रा गर्न सक्ने अवस्था हुन्छ । यदी हम्रो देशम पानी जहाजको जसरी चर्चा परिचर्चा चलिरहेको छ । त्यस्तै हाम्रा देशका जनताले पनि पानी जहाजमा यात्रा गर्न पाउने छ । यति धेरै कुरा गरिएन कि ४ घण्टाको बीचमा चीनको बारेमा र नेपालको बारेमा हामीले चीनको नयाँ नयाँ भूगोल आउँदा वित्तिकै हामीले परिचयात्मक कार्यक्रम गर्ने गर्दथ्यौँ । अनि फेरी त्यो समृद्धलाई हाम्रो नेपालमा तुलना गर्दै फेरी काम गर्नुपर्दछ भन्छौँ । त्यो चार घण्टाको जहाजको यात्रामा हामी चीनको राजधानी बेजिङको नजिकै आई रहेको खवर हामीलाई जहाजमा स्वागत सत्कारमा खटिएकाहरु म्यादमहरुले जानकारी गराए । अनि हामीले अब बेजिङ आउन लागेको रहेछाँै । हामीलाई एक्कासी जहाजले अवतरण  गर्न लागेको आभास भयो । हामीलाई जनिममा आएको अनुभूति भयो । अनि हामी बेजिङको एरपोटमा अवतरण भयौँ । अवतरणपछि हामीले सबैले फोटा खिच्यौँ । अनि एरपोटबाट आफ्ना सामानहरु निकाल्नका लागि सबै लाइनमा लाग्यौँ । विशाल एरपोर्ट अनि विसाल जहाजहरुबाट हाम्रो यात्रा बेजिङमा सकुशल अवतरण भयो । हामीले बेजिङको विभिन्न दृश्यलाई क्यामरा, अनि मोवाईमा कैद गर्न लागेका थियौँ । अब हाम्रो यात्रा बेजिङतिर भयो ।

१४ गते साझको बेजिङको दिन
हाम्रो यात्रा बेजिङको एरपोर्टमा निकै रमाइलो भयो । अनि त्यो विशाल अनि अदृश्य एरपोटमा हामी अवतरण भएपछि हाम्रा सबै सामानहरु चेक जाँच गरेका थियौँ । हाम्रो राहदानीहरु पनि एरपोट सुरक्षा विभागले निकै ध्यान पूर्व जाँच गरेको थियो । किन किन आफ्नो देशमा अन्य देशका नागरिकहरु आएर केही अप्रिय घटना पनि घटाउन नपाउन र चीनमा रहदाँसम्म सुरक्षित पूर्वक वस्न सकुन् । चीनमा रहँदासम्मका लागि सुरक्षितपूर्वकको वसाइका लागि चेक जाँच निकै कडा नै थियो । अनि हामीले बेजिङमा ३ दिनको लागि  मात्रै अनुमति पायौँ । अनि हामीले एक आपसमा ३ दिनको मात्रै अनुमति पाएपछि कसरी ३ दिनको समयलाई बहु उपयोगी बनाउन सकिन्छ भन्ने विषयमा निकै छलफल गरेका थियौँ । हामीले बेजिङको बसाईलाई फलदायी बनाउने विषयमा हाम्रो समूहमा व्यापक छलफल गरेपछि हामीले हाम्रो कार्यतालिकाका कार्यक्रमहरु सकेर अन्य कार्यक्रम पनि तय गर्ने भनियो । हामी सबै एरपोर्टको सुरक्षा निकायले हामीलाई गर्ने सबै चेकजाँच गरेपछि अब बेजिङ शहरतिर लागेका थियाँै । हामीलाई चीनको राजधानी बेजिङ (पेचिङ) को बारेमा चिनीयाँ पत्रकार राजु र नेपाली नागरिक जो चिनको रेडियो प्रसारणमा नेपाली विज्ञको रुपमा काम गरिरहनुभएका चेतनाथ आचार्यले जानकारी दिनुभयो । त्यति गरुन्जेल हामीलाई फेरी चीनया पत्रकार कविताले  विमानस्थलमा स्वागत गर्नुभयो । स्वागतपछि हामीले फेरी हामीलाई शुरुको दिनबाट हाम्रो जिम्मेवारी निर्वाह गर्नुभएका राजु सरलाई विदाई गरेका थियाँै । विमास्थलबाट नै राजुसरलाई नेपाली ढाकाको टोपी लगाएर विदाई गरेका थियौँ । हामीले जसरी राजु सरको ४ दिनको यात्रामा अनवरत सहयोग र साथ पाएका थियौँ । उहाँले जिम्मेवारी पूर्ण तरिकाले नै हामीलाई काठमाण्डौँबाट चिनको यात्रामा पहिलो पाइला टेकेपछि हामीलाई स्वागत गरी पूर्वी हिमाली पहाडी गाउँदेखि सिचुवान प्रान्तको अधिकांश स्थान अनि बेजिङसम्मको रमाइलो अनि उपलब्धीमूलक भ्रमणमा न्यानो मायाँ अनि साथ दिनुभएको थियो । त्यो आत्मियतालाई मैले कहिले पनि भूल्न सक्दैन । जसरी हाम्रो सुरक्षामा निकै ध्यान दिनुभयो । अनि हाम्रो हेरचाहमा नजिकबाट सहयोग गर्नु भयो । त्यतिमात्रै होइन हामीसंग एउटा परिवारको सदस्य झै गरेर ४ दिनसम्मको यात्रामा भाषा, हिडाई लगायतमा सहजीकरण गर्नुभयो । अनि हाम्रो सम्पूर्ण जिम्मेवारीका लागि चीनिया सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभयो । त्यसका लागि राजु सरलाई हाम्रो टोली धन्यवाद व्यक्त गरेका थियौँ । छोटो विदाई समारोहपछि हामीलाई कविताले हामीलाई रिसिभ गर्नुभयो । अनि हामी चिनको राजधानी बेजिङको शान होटेलमा हाम्रो बसाई थियो । त्यतातीर बसमा लागेका थियौँ । हामी चिनको विभिन्न रिङरोडहरुबाट निस्किएर शान होटेलमा गयौँ । हामीलाई आ–आफ्नो कोठाहरुमा होटेलले उपलब्ध गराएपछि हामी नास्ता खायौँ ।
नास्ता खाने बेलामा दिउँसोको ठीक ३ः३० बजि सकेको थियो । हामीले चीनमा रहदाँसम्म समयको निकै पालाना गरेका थियौँ । होटेलको खाजाको समयपछि अब हाम्रो कार्य तालिका अनुसार चिनको विभिन्न सञ्चार माध्यमहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको थियो । चिनको अन्तराष्ट्रिय प्रशारण सेवा (सि.आर.आई) को भ्रमण थियो । सि.आर. आई का नेपाली प्रशारण सेवाका उपप्रमुख सुमेघासँग भेटघाट गर्ने कार्यक्रम रहेको थियो । हामीलाई सुमेघाले गेटमा लिन जानुभएको थियो । अटोमेटिक गेट पनि आफै बन्द हुने र आफै खुल्ने थियो । हामी सबैको इन्ट्री भई सकेको थियो । अनि हामीलाई विभिन्न रेडियोको कोठामा घुमाउनुभएको थियो । हामीले रेडियोको विभिन्न प्रशारण सेवाहरु रहेका थियौँ । अब केही समय पछि रेडियो, टेलिभिजन, अनलाई एउटै मिडिया हाउसबाट सञ्चालन गर्ने तयारी गरिरहेको समेत सुमेघाले बताउनुभयो । हाम्रो रेडियोको भ्रमण सकियो ।

चिनीया रेडियो सि.आर. आइ. को भ्रमण


हामी हलमा गयौँ । कार्यक्रमको तयारी भएको हलमा चियाँले स्वागत गरिएको थियो । सबै कुर्सीहरु सामान्य थिए । कुनैको कुर्सीहरु पनि फरक थिएन । हाम्रो नेपालको जस्तो अतिथि दीर्घा र दर्शक दीर्घाको फरक थिएन । हाम्रो नेपालमा भने कसैलाई शोभा सेट र कसैलाई सामान्य कुर्सी अनि कसैलाई कुनको व्यवस्था हुन्थ्यो । एकै प्रकारका कुर्सीहरु थिए । त्यति बेला हाम्रो माझमा चीनीया सि.आर.आई. का मिडियाका प्रमुख वाङकङ मिङ आउनु भयो । उहाँ पनि सामान्य पहिरनमा आउनुभयो । हेर्दा अग्ला र गोरा देखिने अनि हसिलो अनुहारका सुन पनि आउनुभयो ।  हाम्रो वसाई जस्तो थियो त्यसैमा पनि उहाँ आएर बस्नु भयो । हाम्रो पनि सामान्य परिचय गरेका थियौँ । सो कार्यक्रममा आफ्नो धारणा राख्नुभयो । उहाँले पहिलो चीनमा नेपाली मिडिया टोलीलाई स्वागत गर्दै भन्नुभयोः–“हाम्रो माओको देश चीनमा स्वागत छ, बसाई सखुद होस् हाम्रो देशमा यहाँहरुको ।” उहाँले भनेको विषयलाई चिनीया पत्रकार कविताले नेपाली भाषामा अनुवाद गर्नुभयो । उहाँले चीनीयाँ सञ्चार माध्यमले बढी जनताको समृद्धिका विषयहरुलाई उठाउने र जनताको समृद्धि भन्दा अरु चिनीया मिडियाको कुनै स्वार्थ नभएको बताउनुभयो । उहाँले जनता र देश विकासमा योगदान पु¥याउने गरी मिडियाले एजेण्डा उठाएको बताउनुभयो । उहाँले चीनको विकासका लागि चिनीया कम्युनिष्ट पार्टी र चिनीया सरकारले लिएको कार्यलाई जनतामाझ पु¥याउने र जनताको बीचमा भएका समस्याका विषयलाई नै सरकार, अनि पार्टीसम्म पु¥याउने हाम्रो मिडिया नै हो । हामीले मिडिया पूर्ण रुपले स्वतन्त्र हुदैन । हाम्रो न्यूनतम कुराहरुमा स्वतन्त्रता भए पनि पार्टी र राज्यले लिएको योजनालाई बाहिर लग्ने र देश एवं जनताको जीवनमा आघात पुग्ने कार्यमा भने पार्टी र सरकारको न्यूनतम अनुमति लिनु पर्ने बताउनुभयो । स्वतन्त्रता भएपनि चिन र चिनीया नागरिलाई घाटा हुने गरी स्वतन्त्रताको रुपमा अगाडि बढ्न नसक्ने समेत धारणा सुनले राख्नुभएको थियो ।
चिनको रेडियोमा करिव ७२ भाषमा विश्वमा प्रशारण हुदो रहेछ । त्यसमा नेपाली भाषामा विहान र साँझ नेपाली भाषामा पनि प्रशारण हुदो रहेछ । त्यसमा १२ जना चीनिया पत्रकार र ३ जना नेपाली नागरिकहरुलाई नेपाली भाषा विज्ञका रुपमा कार्यरत छन् । सि.आर.आई.का नेपाली प्रशारण सेवामा चीनिया नागरिक वर्षाले प्रमुखको जिम्मेवारी निर्वाह गरिरहनुभएको रहेछ । त्यस सेवामा उपप्रमुखको जिम्मेवारी चिनिया नागरिक सुमेघाले भूमिका निर्वाह गरिरहुनभएको छ । त्यसमा नेपाली नागरिक चेतनाथ अधिकारी लगायत ३ जना नेपाली नागरिकहरु पनि कार्यरत छन् । नेपाली भाषा र अन्य विश्वका नागरिकहरुले विश्वभरी चिनको गतिविधि प्रवाह गर्ने यात्रामा छन् । तर तीनीहरुले काम गरेपछि सबै नियन्त्रण भने चीनीयाँ नागरिकहरु मै हुने गर्दछ । जे होस् विश्वमा आफ्नो कार्यक्रम प्रवाह गरिरहेको छ । चिनको समृद्ध र विकासका लागि विश्वभरी सकरात्मक सन्देश प्रवाह गरी विश्वमा नयाँ ढंगले उडाई रहेको चीनको बारेमा नागरिकलाई सन्देश प्रवाह गर्ने यात्रा छन् । जसले चिनको समृद्धिको यात्रालाई नयाँ स्थानमा शिराहमा उठाएको छ ।

हामी सि.आर. आई. मा छलफल सकिने बेला भयो । अनि हामीलाई फेरी चियाँले विदाई गर्नुभयो । हामीले त्यस रेडियो, टेलिभिजन र अनलाईनका बारेका विभिन्न विषयमा छलफल गरेका थियौँ । त्यसमा चीनका सञ्चार माध्यमले चीनको गरिवी हटाउनको लागि धेरै कार्यक्रम सञ्चालन गरेको जानकारी गराउनुभयो । चीनका सञ्चार माध्यमहरुले रोजगार जनताका लागि, व्यावसायीक जनताका लागि लगायतको कार्यक्रम पार्टी नेतृत्व बसेर सहयोग गर्दा रहेछन् । त्यसका साथै हामीलाई विदाईको अन्तिममा वाङकङ मिङले भन्नुभयोः–“नेपालबाट आउने साथीहरुको बसाई छोटो छ, यो छोटो बसाईमा चिन अर्थात क. माओको देशमा राम्रो होस् । चीनको हावा पानी राम्रो छ यो राम्रो हावा पानीमा बेजिङको बसाई सुखद होस् । यहाँहरु जसरी काठमाण्डौँबाट जहाजभित्र आउँदा चिनको बारेमा कल्पना गर्नुभएको थियो । चिनको बारेमा सबै कल्पना अनि सपनाहरु अध्ययन एवं अवलोकन गरेर जानु होस् ।”
चिनका सुन्दर युवा युवतिको रमालाइलो प्रंशग वाङकङ मिङले अर्काे प्रंशग्रमा भन्नुभयो ः–“चिन एउटा सुदरताको देश हो । त्यसैमा युवा युवतिहरुको सुन्दरताले भरिएको चिनमा तपाईहरु चिनको पनि सबैभन्दा बढी सुन्दर र सुन्दरीहरुको भएको स्थान सिचुवानप्रान्तको छङतुबाट आई सक्नु भएको छ ।” उहाँले यो प्रशंगमा रोमान्तस पाराले भन्नुभयो ः–“हाम्रो चिनको सबै भन्दा सुन्दर प्रान्त र सुन्दर सुन्दरी भएको प्रान्त सिचुवान नै हो चीनका मानिसहरु पनि जान्छन् जो आन्तरिक पर्यटक हुन् त्यसमा तपाई हरु पनि जानु भयो । जे होस् राम्रो भयो होला भन्ने महसुस गरेको छु ।”
यो हाम्रो विदाई पनि अन्त्यमा वाङकङ मिङले अब चीनको रेडियो, टेलिभिजन, अनलाईन एउटै मिडिया हाउसबाट सञ्चालन हुने जानकारी गराउनुभयो । अब फरक फरक स्थान र व्यवस्थापनबाट होइन अब चिनीया मिडिया ग्रुप (अजबष्लब ःभमष्थब न्गचउक) (सी.एम.जी.) बाट सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयोः–“पहिलो तलामा हेर्नुभयो रेडियो जो ९९.१० मेगाहर्जबाट हामी सुनाई रहेका छौँ । अकाऐ कुरा तपाईहरुले पहिलो तलामा विश्वभरीका मानिसहरुले पठाएको पत्रको थुप्रो हेर्नुभयो अब पत्रहरु आउँदैनन् । अब अनलाइनबाट आउने गर्दछन् । त्यसैले गर्दा अब (भ्(ःभमष्थब) आएका सामाग्रीहरुले कम्युटरको ड्राइन नै भरिएको छ । अब त्यसलाई व्यवस्थापन गर्नका लागि चाइना मिडिया गु्रप बनाएर अगाडि बढ्ने पहलमा लागेका छौँ । यो सायद हामी छिट्टै गर्दछौँ ।”
उहाँले चीनीया मिडियाहरुलाई अब आधुनिकरण र विश्व सञ्चार बजारमा विक्न सक्ने बनाउनको लागि निरन्तर चीनको चिनीया कम्युनिष्ट पार्टी, सरकार, मिडियामा खोज अनुसरन्धान गरिहेका सञ्चार विज्ञहरुलेले प्रयास गरिरहेका बताउनुभयो । चीन सरकारले आफ्नो देशको सूचना चुहावट र आफ्नो देशका नागरिकहरुको कम सम्पर्क होस् भन्ने चाहेको चीनीया सरकारले नै नीति बनाएको रहेछ । उहाँले चिनिया सञ्चार माध्यमहरु चिन कोही पनि चिनीया नागरिककोहित भन्दा अरु काम गर्न नसक्ने बताउनुभयो ।
यो छलफलपछि हामी सबैले सामूहिक फोटो खिच्यौँ । अनि हामीले चिनको सञ्चार माध्यम र नेपालको सञ्चार माध्यमको बीचमा तुलना गर्दा पछिल्लो चरण नेपालमा स्वतन्त्रताको नाममा मिडियामा पनि अलि मर्यादालाई ख्याल नगरेको हो कि भन्ने जनमानसमा केही प्रश्न उठेको छ त्यस प्रवृतिको हावी हुँदै गएमा नेपालमा मिडियाप्रति जनताको विश्वास अलि घट्ने क्रममा रहेमा मिडियालाई नै हानी हुने कुरा स्वभाविक छ । यसलाई भरी अलि सच्याउनु पर्ने आवश्यकता रहेछ । हामीले आफ्नो देशका लागि पनि मिडियाको भूमिका बढी हुदोरहेछ भन्ने हाम्रो नेपाली मिडया दलको बीचमा छलफल भयो ।
यसरी छलफल गरी रहेको बेलामा हामीलाई चेतनाथ आचार्य सरले भन्नुभयोः–“अब साथीहरु नेपालको मिडिया र चिनिया मिडियाको बीचमा भएको प्रगतिको बारेमा फरक के पाउनुभयो ?” भनि हामीलाई प्रश्न गर्नुभयो । हामीले भने देश निर्माणका लागि मिडियाको भूमिका अहम हुँदो रहेछ । तसर्थ हामीले पनि देश र जनताको समृद्धिको लागि सञ्चार माध्यमबाट हाम्रो भूमिका पूरा गर्नुपर्दछ । जो हामीले आफ्नो भूमिका पूरा गरिरहेका छाँै । त्यसलाई अझै हाम्रो गतिमा थप गर्नुपर्ने देखियो ।
यति कुरा गर्दा गर्दै हाम्रो खाना खाने बेला भयो । हामीले हामी सि.आर. आइ.बाट बाहिर निस्कने समय तालिका अनुसार हामी सि.आर. आई.को बाहिरपट्टि आगनमा निस्केर फोटो खिचेका थियौँ । हामी फोटो खिेचपछि सि.आर. आई.का नेतासँग भोजन गर्ने कार्य तालिका अनुसार नेपाली प्रशारण सेवाका उपप्रमुख सुमेघाले खानका लागि निमन्त्रण गर्नुभयो । हामी सबै गाडीमा होटेल तिर लागेका थियौ । त्यसमा सि.आर. आई. का नेता सुनसंग साँझको खाना खानका लागि होटेलमा बस्यौँ । हामी हामीले होटेल बसेपछि सबैले आफ्नो इच्छा अनुसार भोजन गरेका थियौँ । त्यति बेलामा पनि चीनको सँस्कार, चिनको  राजनीति, चीनको विकास, समृद्धको बारेमा छलफल गरेका थियौँ ।  त्यो होटेलमा सबै आ–आफ्नै धुनमा थिए । त्यो विशाल भवन भित्र रहेको होटेलमा ६ बजेदेखि निकै भिड थियो । हामीले खाना खायौँ ।
चीनमा कविताको प्रतिबद्धता
अनि हामी सि.आर. आइ. का नेताहरुसंग हामी विछोड भयौँ । त्यो हामीलाई स्वागत गर्दा उहाँ जति हसिलो मुद्रामा हुनुहुन्थ्यो तर पनि विछोडको बेलामा उहाँ पनि अलि निरास हुनुभयो । उहाँको त्यो भावुकता र मलिनतामा निकै हामी पनि अछुत रहन सकेनौँ । हामी पनि भावनात्मक रुपमा करिव ३÷४ घण्टा साथै बसेका थियौँ । त्यो हाम्रो मायाँ ममता र उहाँको हसिलो र उदार स्वभावले निकै प्रभावित बनाएको थियो । सामान्य पहिरनमा अनि मिनलसाल हसिलो मुद्रामा हासी हासी भाषण गर्ने शैली नै धेरै मलाई मन परेको थियो । हामी छुट्टिनै पर्ने थियो । हामी आफ्नो बासस्थान शान होटेल तिर आयौँ । सि.आर.आइ. का प्रमुख सुन र सुमेघा आफ्नो गणतव्य तिर जानुभयो । हामीलाई हाम्रो गाइड कविताले लिएर होटेलसम्म पु¥याउनुभयो ।


हामी विछोड हुने बेलाम अलि रात परि सकेको थियो । हामीले हाम्रो जिम्मेवारी लिई रहनुभएका कविता ज्यूलाई यतैबाट जानका लागि अनुरोध गरेका थियाँै । उहाँलाई कोठामा जानका लागि रेडियोेबाट नजिक हुन्थ्यो । जो कविताले काम गर्ने रेडियो हो सि.आर.आई. । उहाँको कोठामा करिव २ वर्षको बावुलाई विहानदेखि नै छोडेर आउनुभएको थियो । उहाँको बाबुको पनि कुनै प्रवाह नगरी हामीलाई जसरी पनि होटेलमा लगेर मात्रै आफू फर्किने बताउनुभयो । हामीले धेरै पटक पटक अनुरोध गरेका थियौँ । हामी जान सक्छौँ तपाई जानुहोस् भन्ने प्रश्नमा उहाँले भन्नुभयोः–“यो मेरो बाबुको भन्दा तपाईहरुको चिन्ता छ, भोली तपाईहरुलाई केही भयो भने मेरो जीवन नै धरापमा हुन्छ त्यसैले म त्यो आफ्नो जिम्मेवारीबाट कहिले पनि पछि हट्दैन । कि मैले मेरो भूमिका पूरा गर्नुपर्दछ । किनकी मलाई चिनियाँ सरकारले तपाईहरुको जिम्मा दिएको छ । त्यसैले मैले केही गर्न मिल्दैन । तपाईहरुलाई होटेल लगेर छोड्छु । त्यो मेरो जिम्मेवारी हो । ”
उहाँको यो कर्तव्यप्रति सलाम गरे । साच्चिकै हामीलाई होटेलमा लिने बेलामा ९ बजे थियो । ९ बजेको समयमा पनि हामीले बाबु आत्तिएको होला जानु होस् भनेर पटक –पटक अनुरोध गरेपनि उहाँले त्यस दिनको जिम्मेवावरी एरपोर्टबाट होटेलसम्मको थियो । उहाँले सबै भूमिका पूरा गर्नुभयो । यदी हामी झै भएको भए साथीहरु जानुहोस् भनेर हामी जान्थ्यौँ होला तर उहाँहरुको कर्तव्यलाई सम्मान आत्मैदेखि गरे । हामीलाई होटेलमा लिनुभयो । अनि उहाँले हामीलाई होटेलभित्र लिनुभयो । हामीलाई सबैको कोठा पुग—नपुग सबै हेर्नुभयो । समस्याका बारेमा कुरा बुझ्नुभयो । हामी होटेलतर्फ लागेका थियौँ । उहाँ राती ९ बजिसक्दा बल्ल कोठामा जानुभयो ।
बाकी निरन्तरतामा

You may also like