शैक्षिक रुपान्तरणमा विद्यार्थी आन्दोलन

 

अनुपम जि.सी.
शिक्षा र विद्यार्थी सामाजिक परिवर्तनका परिपुरक हुन् । शिक्षाको विकासमा विद्याथीको भुमिका महत्वपूर्ण रहेको कुरा अवगत नै छ । देशको विकास र समृद्धिमा त्यहाँका विद्यार्थी र विद्यमान शिक्षामा निर्भर हुने गरेको तथ्य अन्य देशका उदाहरणले प्रष्ट पारेका छन् । नेपालको राजनितिक, सामाजिक र शैक्षिक परिवर्तनमा विद्यार्थी आन्दोलनको उल्लेखनीय योगदान रहेको कुरा सर्वविधितै छ । नेपालको सन्दर्भमा विद्यार्थी आन्दोलन परिवर्तन र सफलताको सम्वाहक नै हो । शान्तिपूर्ण आवाजबाट परिवर्तनलाई संस्थागत गर्न नसकिएमा विद्यार्थी आन्दोलनमा हिंस्रक   बनेको छन् । विगतको परिवर्तनलाई फर्केर हेर्दा देश र जनहितका विषयमा विद्यार्थी धेरै जिम्मेवार बनेका छन् ।
शिक्षा क्षेत्रका प्रत्यक्ष सरोकारवाला भनेका विद्यार्थी र शिक्षकहरु हुन् । शिक्षा क्षेत्रका विद्यमान समस्या तथा सवालको बारेमा उनीहरुलाई धेरै जानकारी हुन्छ । समयको माग र परिवर्तनसँगै शिक्षामा व्यापक परिवर्तन र परिमार्जनको आवश्यक रहेको छ । अबको विद्यार्थी आन्दोलनले यसको नेत्तृत्व गर्नु पर्छ । विगतमा राणा शासन, पञ्च्यात र एक दलीय राजतन्त्र समाप्तीका लागि प्रयोग भएका कलम र मसाल अब व्यवहारिक, बैज्ञानिक र आधुनिक शिक्षा स्थापनार्थ प्रयोग गरिनु पर्छ । यो अहिलेको अपरिहार्यता हो । समयको परिबर्तनसँगै विद्यार्थी आन्दोलनको एजण्डाहरु प्नि परिवर्तन गरिनुपर्छ भन्ने सबैको अपेक्षा र आसा पनि हो ।
विद्यार्थी आन्दोलनका एजेन्डा मुख्यतः मातृ पार्टीका सिद्धान्त र विचारबाट सान्चालित हुन्छन् । पार्टीका नर्सरीको रुपमा पनि विद्यार्थीहरुलाई लिइने गर्छ । जहाँबाट प्रशिक्षित र क्षमतावान नेता तथा कार्यक्रताको उत्पादन हुने गर्छन् । यसलाई विद्यार्थीहरुसँग प्रघाध सम्बन्ध र समन्वय राख्ने संस्था पनि हो ।     विगतका प्रत्यक परिवर्तनको उत्थान हेर्दा विद्यार्थी जगतको महत्वपूर्ण योगदान रहेको प्रष्ट छ । देशमा हालसम्म भएका परिवर्तनमा विद्यार्थीहरु नै अग्रपंक्तिमा रहेर परिवर्तनको मोर्चा नेतृत्व गरेको देखिन्छ । देशमा विद्यमान राणा साशनको अन्त्य गरि प्रजातन्त्र स्थापनामा पनि युवा विद्यार्थीको महत्वपुर्ण योगदान रहेको थियो । प्रजान्त्रको अवधि २००७ सालदेखि २०१७ सालसम्म पनि विद्यार्थीहरुले जनसरोकारका विषयलाई केन्द्रमा राखेर काम गर्न सरकारलाई सिर्जानात्मक दवाब दिएको देखिन्छ । प्रजातन्त्रपछि विद्यार्थीहरुका वैचारिक सङ्गठनको निर्माण भएको थिाये । नेपालको एकिकृट विद्यार्थी जगत संरचनागत रुपमै विभिन्न किट्टामा उभिन पगे । विशेषत् नेपालमा तीन वटा विचार धाराका विद्यार्थीको सङ्गठन काङ्ग्रेस, कम्युनिष्ट र राजावादी मैदानमा आए । यहि परिपच्छेमा नेपालमा नेपाली जनताबाट निर्वाजित पहिलो सरकार बनेको थियो । यो पहलो प्रजाततान्त्रिक अभ्यासमा पनि विद्यार्थीको अतुलनीय भुमिकका रहेको थियो । सरकारलाई दायित्वबोध र जनोत्तरदायी बनाउनको लागि विद्यार्थीहरु सधै प्रतिपक्षमा रहेको तेजिला् उदाहारण नेपाली विद्यार्थी आन्दोलनमा रहेको छ ।
वि.स. २०१७ साल पुस १ गते राजा महेन्द्र विर बिक्रम शाहबाट नेपाली काङ्ग्रेसका नेता वि.पी. कोइराला नेतृत्वको सरकारलाई अपदष्थ गरि एक दलीय निरुङ्कुश शासनको सुरुवात गरेका थिए । नेपाली जनताबाट प्राप्त अधिकार र लोकतान्त्रिक चरित्रको हत्या गरियो । पञ्च्यात शासनको सुरुवातीसँगै राजनीतिक दलका र यिनका विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध गरियो । पञ्च्याती शासनको अन्त्यका लागि विद्यार्थीहरु सडकमा आए  । शाही शासनको प्रतिगमन विरुद्ध आफ्नो ज्यानको आहुटी दिन तयार भए । नेपालको शैक्षिक परिवर्तनमा विभिन्न पार्टी निकट विद्यार्थी सङ्गठनहरुले फरक फरक एजेण्डा प्रस्तुत गरेका थिए । नेपालको शैक्षिक रुपान्तरणमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले बैज्ञानिक शिक्षाको अबधारणा अगाडी सारेको छ । तत्कालीन नेकपा एमाले निकट अनेरास्ववियूले जनमुखी शिक्षाको अबधारणा प्रस्तुत गरेको छ भने तत्कालीन नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनले एकाईसौ सताब्दीको जनवादी शिक्षाको बाटोलाई व्यवहारमा उतार्न खोजेको देखिन्छ । विद्यार्थी संघ सङ्गठन र अन्य सबैको भूमिकाबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । लगभग अब राजनैनिक क्रान्ति पुरा भएको छ । यसलाई संस्थागत गर्न हाम्रो सकारात्मक खबरदारीको अपरिहार्यता रहेको छ । अहिलेको समयसम्म आईपुग्दा शैक्षिक हक प्राप्तीको आन्दोलनको एक महत्वपूर्ण अध्याय पुरा भएको छ । राजनैतिक परिवर्तनसँगै शैक्षिक एजेण्डाहरु पनि परिवर्तन गर्नुपर्छ । अबको शिक्षा विकासको रुपान्तरणमा शिक्षालाई समाजवादीउन्मुख शिक्षाको मोडेलमा विकास गर्न सक्नुपर्छ । शिक्षालाई अब समाजवादमूखी बनाउन सकेमात्र देशमा आवश्यक जनशक्ति पूर्ति गर्न सकिन्छ । शिक्षामा व्यापक परिवर्तनको आवश्यक रहेको छ । नेपालको शिक्षा प्रणालीलाई अन्तर्राष्ट्र्यि रुपमा प्रतिस्पर्धा गर्न योग्य बनाउन सक्नू आजको प्रमुख आवश्यकता रहेको छ । सरकारले साधारण विषयहरुभन्दा प्राविधिक विषयलाई केन्द्रविन्दुमा रोखिने नीति तथा नियमहरु निर्माण गरिएको भएता पनि यसलाई व्यवहारमा उत्तार्न सकेको छैन । नेपालको संविधान २०७२ ले शिक्षालाई नागरिक मौलिक हकको रुपमा परिभाषित गरेको छ । सबैको लागि शिक्षा भन्ने मान्यता यसले कानूनी रुपमा स्थापित गरेको छ । प्रत्यक नागरिकको शिक्षामा पँहुज हुनुपर्छ ।
ेपालमा विद्यमान शिक्षा प्रणालीले सबै विद्यार्थीहरुको शिक्षामा सम्मान सहभागिता हुनुपर्ने कुरामा जोढ दिइनु पर्छ । सबै वर्ग र जातका नागरिकले सम्मान शिक्षामा पँहुज  पुर्याउन पहल गरिनु पर्छ । पिछडिएको वर्ग, क्षेत्र र लिँगका लागि शिक्षामा आरक्षणको व्यवस्था गरेको छ । यसलाई अक्षराम्स् कार्यन्वयन गर्न पहल गरेमा यसले नागरिक शिक्षामा सम्मान पँहुज पु्र्याउन सकिन्छ । नेपालमा राजनैतिक क्रान्तिको समाप्तीसँगै नेपाल विकास निर्माण, आर्थिक समृद्धि र सामाजिक सुशासनसहितको समाजवादउन्मुख व्यवस्थाको आधारशिला खडा गर्ने चरणमा प्रवेश गरेको छ । यो समय देशमा रहेको जनशक्ति र स्रोत साधनलाई अधिक्तम परिचालन र प्रयोग गर्ने समय हो । यसका लागि देशमा पर्यापत मात्रामा प्राविधिक शिक्षालय खोल्नका लागि पहल गरिनु विद्यार्थी आन्दोलनको आजको मुख्य एजेण्डा हो । प्रविधिक शिक्षा अध्ययन पश्चात उत्पादित जनशक्तिलाई देशमा परिचालन गर्न सके समृद्ध राष्ट्र् निर्माणमा ठूलो टेवा पुग्न सक्छ । नेपालमा अहिले ४० प्रतिशतभन्दा धेरै युवाहरु रहेका छन् । यीनको उचित परिचालन र व्यवस्थापन गर्ने सवालमा विद्यार्थीहरुले आवाज उठाउने समय खाएको छ । नेपालको संविधानले शिक्षामा समावेशी प्रतिनिधित्वको ग्यारेन्ती गरेको अबस्थामा यसको प्रभावकारी कार्यन्वयनका लागि सबै विद्यार्थी संघ सङ्गठनहरु एक ठाँउमा आउनु विकल्प छैन । अबको शैक्षिक आन्दोलनमा सामुहिक प्रयासको खाँचो रहेको छ । यसतर्फ विद्यार्थी आन्दोलन केन्द्रित हुनुपर्छ । शिक्षा नियमावलीले व्यवहारिक,व्यवसायिक र बैज्ञानिक शिक्षाको परिकल्पना गरे पनि अहिले सम्म पाठ्यक्रमका विषयवस्तुहरुमा पर्याप्त परिमार्जन गरिएको छैन् । समयानुकुल परिमार्जन गरि पाठ्यक्रमका विषयवस्तुहरु पनि थपघत बनाउन पहन गरिनु पनि वर्तमान शैक्षिक आन्दोलनको आवश्यकता रहेको छ ।
वर्तमान समयको शिक्षालाई औँल्याउदा नेपालको शिक्षा व्यापक विकृती रहेका छन् । यसको सामाधान गर्न सकारात्मक पहल कदमीको खाँचो रहेको छ । विकसित सूचना प्रविधिको प्रयोग गरेर शिक्षालाई थप प्रभावकारी र जीपनोयोपयोगी बनाउन नयाँ कदम चालनु पर्छ ।  प्रतिस्पर्धी विद्यार्थी आन्दोलनभन्दा पनि वैज्ञानिक, व्यावहारिक, व्यवसायिक र जीवनोपयोगी नीति तथा कार्यक्रमको निर्माण गरि कार्यन्वयन गर्नु विद्यार्थी आन्दोलनको अबको मुख्य कार्यदिशा हुनुपर्छ । विद्यार्थी आन्दोलनको कार्यदिशा तथा कार्यक्रममा व्यापक परिवर्तन हुन जरुरी छ । अबको विद्यार्थी आन्दोलनले देशको बदलिँदो परिस्थीतिलाई सहज बनाउन योग्य हुनुपर्छ । यसको मूल एजेण्डा देशमा  शैक्षिक रुपान्तरण, विकास, समृद्धि र स्थायित्व हुनु अपरिहार्य रहेको छ ।

You may also like