मन्दिर सफा गर्नेहरु हो ! पहिला आफ्नो मन सफा गर !

गोमादेवी ढकाल पौडेल (श्रम सहचारी, कुवेत)

Rambaran-Yadav-and-Bidhya-Bhandariयतिबेला मुलुकले एक महिला राष्ट्राध्यक्ष पाएको छ । यसले पक्कै पनि आम नेपाली महिलालाई गर्वको महसुस बनाएको छ । व्यक्तिगत रुपमा भन्नुपर्दा मलाई विद्यादेवी भण्डारी राष्ट्रपति हुँदाभन्दा पहिलो राष्ट्रपति रामवरण यादव हुँदा बढी खुशी लागेको थियो । एउटा सर्वसाधारण जनताको छोरो मुलुकको राष्ट्राध्यक्ष भएकोमा ।

राजतन्त्रको समाप्ति, गणतन्त्रको स्थापना र एउटा नागरिक राष्ट्रपतिमा निर्वाचित हुँदा आम नेपालाी जनतालाई पनि त्यस्तै लागेको थियो । देशका सबै ठाउँबाट उनलाई गरिएको उच्च सम्मानले यसको सहजै अनुमान गर्न सकिन्थ्यो । सम्पूर्ण नेपाली जनताले उनलाई सम्मान दिए । कुनै पनि जनताले रामवरणलाई ‘मधेसी’ भन्ने नजरले हेरेनन् ।

मधेसलाई पहाडले थिचोमिचो गरेको देख्नेहरु हो ! पहिला दाइजो, दहेजको निहुँमा आफ्ना छोरी बुहारी जलाउन बन्द गर । बोक्सीको आरोपमा महिलालाई मलमुत्र खुवाउन बन्द गर । विधवालाई अलच्छिना देख्न छोड

आज मुलुकले इतिहासकै पहिलो महिला राष्ट्रपति पाएको छ । जतिसुकै समानता, समता, वा समावेशिताको कुरा गरे पनि एक महिला राज्यको सर्वोत्तम निकायमा पुग्नु साँच्ची नै विश्वमै हालसम्म विरलै मात्र भएका राजनीतिक घटनाक्रम हुन सक्छन् । यसले सम्पूर्ण नेपाली जनतालाई खुशी र गर्वको महसुस भएको बनाउनुपर्ने हो । अझ विद्यादेवी भण्डारी, जसले जीवनका धेरै अप्ठ्यारा र कठिनाइ झेल्दै कति पनि विचलित नभई लगातार संघर्ष गरिरहिन्, उनीजस्तो व्यक्ति राष्ट्रपति हुँदा जो कोही नेपाली नागरिकलाई खुशी लाग्नु स्वभाविक हो ।

जीवनमा आइपरेका हरेक आरोह अवरोह र संघर्षसँग जुध्दै मुलुकको सर्वोत्तम पदमा पुग्न विद्यादेवी भण्डारीलाई पक्कै पनि सहज भएन होला । उनको संघर्षबाट हामी आम नागरिकले पनि केही सिक्नुपर्दछ भन्ने लाग्दछ ।

राष्ट्रपति कुनै दल, समुदाय वा जातिको हुँदैन । उ समग्र देश र सम्पूर्ण जनताका अभिभावक हो । तर, विवाह पञ्चमीको अवसरमा मधेसी मोर्चाले राष्ट्रपतिलाई जनकपुर प्रवेशमा रोक लगाउने जुन दुस्साहस गर्‍यो र त्यो सफल नभएपछि विधवाले टेकेको पाइला भन्दै मन्दिर पखाल्ने जुन अति नीच व्यवहार प्रर्दशन गर्‍यो, त्यसको भत्र्सना गर्ने कुनै शब्द नै छैन ।

समानता, समता र समावेशिताको चर्का भाषण गर्नेहरु हो ! के तिमीहरुले खोजेको समानता र सबैको सम्मान हुने समाज भनेको त्यस्तै हो ? अरुको सम्मान गर्न नसक्नेहरुलाई अरुले पनि सम्मान दिन जरुरी छैन ।

गोमादेवी ढकाल पौडेल

गोमादेवी ढकाल पौडेल

मधेसलाई पहाडले थिचोमिचो गरेको देख्नेहरु हो ! पहिला दाइजो, दहेजको निहुँमा आफ्ना छोरी बुहारी जलाउन बन्द गर । बोक्सीको आरोपमा महिलालाई मलमुत्र खुवाउन बन्द गर । विधवालाई अलच्छिना देख्न छोड ।

तिमीलाई कसैले थिचोमिचो गरेको छैन । आफुले राज्यलाई सकेसम्म लुट्ने अनि अरुले गरिदिएन भनेर सधैं अरुलाई सराप्ने ? पहाडको तुलनामा सबै किसिमको भौतिक पूर्वाधार र सुखसुविधा हुँदाहुँदै पनि मधेसको विकास हुन नसक्नुको मुल कारण तिमीभित्रै रहेको दरिद्र मानसिकता र व्यवहार हो । तिम्रो यस्तो गरिब मानसिकता रहुन्जेल कहिल्यै तिमीमा विकास हुने छैन ।

आम मधेसी जनता हो ! कुनै पहाडीले तिमीलाई हेपेको छैन । तिमी त त्यस्तै नरपशु, दरिद्रताको पराकाष्ठ भएका जमिन्दार र सेठ मधेसीहरु बाटै हेपिएका, पेलिएका, थिचिएका र जलाइएका छौ । विधवाले टेकेको, अपवित्र भएको भन्दै मन्दिर सफा गर्नेहरु हो ! पहिला आफ्नो मन सफा गर । अनि बल्ल मधेस सफा र विकसित हुनेछ ।

एउटा राष्टाअध्यक्ष जस्तो व्यक्तिलाई अलच्छिना देख्ने र त्यस्तै व्यवहार गर्नेहरुले आफ्नो घरछिमेकका पीडित, विधवा, असहाय तथा वृद्धाहरुलाई के देख्छन् होला ? कस्तो व्यवहार गर्छन् होला ? अनि उनीहरुले नेतृत्व गर्ने समाज कस्तो हुने होला ??

समाजको प्रवुद्ध वर्ग मानिएको शिक्षक नामको कलंकबाट सामाजिक सञ्जालमा जथाभावी लेखी आम नागरिकलाई दिग्भ्रमित पार्न दुस्साहस गर्नेलाई पदबाट वर्खास्त गरी सार्वजनिक अपराधको मुद्दामा जेल चलान गर्न सरकारले ढीला नगरोस् !

You may also like