रोल्पाको लिबाङमा पहिलो लेडिज फेन्सी पसल

रोल्पा समचारदाता
बैशाख १२ रोल्पा

 


रोल्पाको टुडिखेल नजिकै रोल्पाकै पहिलो लेडिज फेन्सी पसल सञ्चालनमा आएको छ । रोल्पा उद्योग वाणिज्य संघका सदस्य एवं युनिक गण्डकी फेन्सी हाउसका प्रो. रमेश अधिकारीले सञ्चालनमा लिएका हुन् ।
रोल्पा नगरपालिका नगर प्रमुखले उद्घाटन गर्नुभएको थियो । उहाँले व्यावसायी विकास र विस्तारको लागि शुभकामना व्यक्त गर्नुभएको थियो । पसलको उद्घाटनमा रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्द, नेपाल रेडक्रस रोल्पाा सभापति डी.वी. टुहुरो, पत्रकार महासंघका संस्थापक अध्यक्ष काशीराम डाँगी, पूर्व अध्यक्ष खेम बुढामगर, पहिलो कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्मा, पत्रकार महासंघका उपाध्यक्ष देवीकुमारी गुरुङ, सनस्टार साप्ताहिकका सम्पादक नविन लोचन मगर, रेडियो मालाश्रीका मार्केटिङ म्यानेजर लोकेन्द्र चन्द, रा.स.स. का उमा केसी, केयू विकेका सल्लाहकार नरेन्द्र ओली, रोल्पा उद्योग वाणिज्य संघका सदस्य राजन श्रेष्ठ, लगायत अन्य विभिन्न सामाजिक, व्यावसायिक क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।


रोल्पाको लिबाङमा विगत लामो समयदेखि फेन्सी पसल गर्दै आउनुभएको अधिकारीले तल्लो तलामा सबैलाई आवश्यक पर्ने फेन्सी र माथिल्लो तलामा महिलाहरुलाई मात्रै आवश्यक पर्ने फेन्सी राखिएको सञ्चालक रमेश अधिकारीले बताउनुभयो ।
रोल्पा जिल्लामा पनि व्यावसायिक रुपमा विकास हुँदै गएपछि हाल विशिष्टि रुपमा विभिन्न परिकारका फेन्सी पसलहरु सञ्चालन गर्दै आउने क्रम जारी रहेको छ । अधिकारीले जसरी पनि व्यावसायीक रुपमाबाट सेवा तथा व्यवसायी सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

You may also like