रोल्पा समाचारद्वारा अग्नी पीडितलाई आर्थिक र स्टेशनरी सहयोग प्रदान


रेशम बि.क
घोडागाउँ– रोल्पा,
सुवर्णावती गाउँपालिका–१ घोडागाउँ पञ्चिकोटका सात घरका अग्नी पीडित परिवारलाई रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिका पत्रिका, रोल्पा अपसेट प्रेस, न्यू रोल्पा स्टेनरी लिबाङ रोल्पाले नगद सहित स्टेशनरी सामाग्री आज घोडागाउँ पञ्चिकोटमा हस्तारण गरेको छ ।
गत शनिबारका अग्नी पीडित नरिमा घर्तीमगर, नरेन्द्र पुनमगर, कुमारी पुनमगर, अमरबहादुर घर्तीमगर, पवि घर्तीमगर, कृष्णबहादुर घर्तीमगर, किशोर घर्तीमगरलाई नगद रु एक हजार नगद सहयोग रकम रोल्पा समाचार राष्ट्रिय साप्ताहिकाका प्रकाशक÷सम्पादक एवम् नेपाल पत्रकाकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष मानसिंह वि.क.ले हस्तारण गर्नुभयो । साथै पीडित परिवारका बालबालिका दीपेश घर्तीमगर, वुद्विराम घर्तीमगर, मिना घर्तीमगर, आयुष पुनमगर, अविशेक पुनमगर, दीलिप थापा, अनुसा थापा, विशाल घर्तीमगर विवश घर्तीमगर अग्नी पीडित बालबालिकालाई रु ५ सय बराबरको स्टेशनरी समेत प्रदान गर्नुभयो । सहयोग हस्तारण कार्यक्रम अग्नी पीडितले अझै आर्थिक सहयोग लगायत सहयोगको अपेक्षा गरेका छन् । आर्थिक, खाद्यन्न लगालयका सहयोग सुवर्णावती गाउँपालिका, जिल्लाका संघ संस्था लागयत व्यक्तिगत सहयोग प्रदानले यति बेला अग्नी पीडित परिवारलाई सहयोगको अनुभूति भएको छ ।

You may also like