नगर प्रमुख के.सी.द्वरा सन नेपाल लाइफ इन्स्योरेन्स रोल्पा उप–शाखाको कार्यालय उद्घाटन

सर्मिला बि.क
लिबाङ–रोल्पा
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रोल्पा उप शा खा रोल्पाको कार्यालय रोल्पा नगरपालिकाका नगर प्रमुख पूर्ण के.सी.ले शुक्रबार जिल्ला समन्वय समिति रोल्पाका नयाँ हलमा उद्घाटन गर्नुभयो । अब जिल्लामा उक्त विमा कम्पनीको स्थायी उप शाखा कार्यालय उद्घाटनले जिल्लाबासीलाई आफ्नो जीवन विमाको लागि सहज वातावरण सिर्जना भएको छ ।
रोल्पा उप–शाखाको कार्यालय उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुख पूर्ण के.सी.ले विगतदेखि नै रोल्पा जिल्लामा विभिन्न नामका विजनेज नेटवर्किङ कम्पनीहरू आएर धेरै जिल्लाबासीहरुलाई ठगेका छन् । तर नेपाल सरकारबाट मान्यता प्राप्त जीवन विमा कम्पनीलाई अन्य नेटवर्किङ कम्पनीहरुसँग तुलना गर्न नमिल्ने धारणा राख्नुभयो । जीवन विमा नै मानव जीवनको सुख दुःखको सारथी भएको प्रमुख अतिथि के.सी.ले जोड दिनुभयो । विशेष गरी बालबालिकाहरुको हकामा जीवन विमा गर्दा निकट भविष्यमा उक्त जीवन विमा रकमबाट नै उच्च शिक्षा हिसालमा सहजता हुन्छ भने अन्य मानिसहरुले पनि जीवन विमा गर्दा जीवनमा आइपर्ने समस्याको समाधनमा सहजता हुने उहाँले बताउनुभयो । जसरी रोल्पा जिल्लाको सदरमुकाम लिबाङमै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उप शाखा कार्यालय स्थापना भएकोमा रोल्पा नगरपालिकाको तर्फबाट धन्यवाद समेत प्रमुख अतिथि नगर प्रमुख के.सी.ले व्यक्त गर्नुभयो । छोटो समयमा नै आवश्यक माप दण्ड पूरा गरी जसरी जिल्लामा स्थायी उप शाखा स्थापना गरेको गर्न सफल भएका सम्पूर्ण टिमलाई बधाई दिँदै उप शाखाको आगामी दिनमा थप प्रगतिको शुभ कामना समेत व्यक्त गर्नुभयो । आम नागरिकहरुलाई जीवन विमाबाट नै विमित गर्न सकिएको अवस्थामा दैनिक जीवनमा आइपर्ने दुःख कष्टको साथि जीवन विमा नै बन्ने धारणा उहाँले राख्नुभयो ।
कार्यक्रमको विशिष्ट अतिथि सन नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका महा प्रबन्धक कलमराज गौतमले विगतदेखि देश तथा विदेशबाट नै विजेनेज नेटवर्किङहरुले धेरै नेपाली नागरिकहरुलाई ठगेको ताजै घट्ना छन् तर यो विमि कम्पनी नेपाल सरकारको विमि समितिबाट स्वीकृति प्राप्त गरी कम्पनी सञ्चालन भएको हुँदा विजनेज नेटवर्किङ कम्पनीको रुपमा नबुझ्न अनुरोध गर्नुभयो । उहाँले आम नागरिकहरुलाई जीवन विमाको बारेमा स्पष्टता बनाउन सकिएको अवस्थामा सबै नागरिकहरुले जीवन विमा गर्ने कार्यक्रममा उद्घोष गर्नुभयो । जीवन भन्नाले मृतु पश्चात् पाउने रकमका रुपमा मात्र नबुझेर मानवीय जीवनमा भौपरी आउने समस्याहरुलाई समाधानको रुपमा बुझ्न जोड दिनुभयो । मानव जीवन अजमबरी जीवन होइन किन भने मानिस जन्म पश्चात् मृतु हुने प्राकृतिकको नियम हो । त्यसैले मृतु कुन समयमा हुन्छ त्यो कसैलाई थाहा हुँदैन तर मृतु पश्चात् पीडित परिवारहरुलाई पनि आर्थिक सहायताले धेरै सहज बन्ने भएकोले पनि जीवन विमा गर्नेपर्ने आवश्यकता औल्याउनुभयो । यो कम्पनी नेपाल सरकारबाट मान्यता प्राप्त गरी एक सय ४० करोड रकम जम्मा गरी कम्पनी सञ्चालन भएको छ । साथै सोही रकमको एक सय २० करोड रकम विमा समितिमा धौरती राखेको कार्यक्रममा उहाँले बताउनुभयो । कम्पनी लिमिटेडले १२८ ओटा ठाउँमा शाखा तथा उप शाखा स्थापना गरी विमा गतिवधिहरू सञ्चालन गर्दै आएको छ । एस.एल.सी उत्तिर्ण गरेका व्यक्तिहरुलाई समेत कम्पनीले रोजगार सिर्जना गर्दै आएको विशिष्ट अतिथि गौतमले बताउनुभयो ।
कार्यक्रममा समाज सेवी कृष्णबहादुर घर्तीमगर, पत्रकार खेमबहादुर बुढामगरले कार्यक्रमको शुभकामना मनतव्य राख्नुभएको थियो । कार्यक्रममा जीवन विमाको अभिमुखिकरण कर्ता, जीवन विमा गरेका विमित लगायतका सरोकारवाला निकायहरुको उपस्थित थियो । रोल्पा उप शाखा कार्यालयले सात महिनाको समयमा नै ४१० जना मानिसलाई विमिमा समावेश गरेको छ । जसको परिणाम स्वरुप साविकको राप्ती अञ्चलको पाँच जिल्लामा यस जिल्लामा पहिलो पटक रोल्पा उप शाखाको कार्यालय स्थापना भएको छ ।सन नेपाल इन्स्योरेन्स कम्पनि लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालयको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन सन नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड दाङ जिल्ला शाखाका महा प्रवन्धक मोतिलाल भट्टराईले गर्नुभएको थियो भने स्वागत जीवन विमा अभियान जागरणका संयोजक अनिल कुमार पुनले गर्नुभएको थियो ।